Latest Post
Showing posts with label कला. Show all posts
Showing posts with label कला. Show all posts
विद्यार्थी क्लासमा आफ्नो प्रतिभा देखाउँदै ।
Written By Collegetimes on Saturday, May 3, 2014 | 2:22 AM
Labels:
कला
सडक नाटकबाट सिरियलसम्म
Written By Neplee on Wednesday, February 13, 2013 | 11:29 PM
५८ सालमा बालसमूहमा रहँदा गरेको सडक नाटकबाट उनले अभिनयको सुरुवात गरेकी थिइन् । बालसमूह हुँदै युवासमूहका विभिन्न कार्यक्रममा नाटक प्रदर्शन तथा निर्देशन गरेको अनुभवले लता कार्कीलाई आज एक प्रतिभावान कलाकारको रूपमा उभ्याएको छ ।
अभिनयले मानिसको जीवनलाई मञ्च र पर्दामा देखाउन सघाउने हुँदा कलाकारितालाई पेसाकै रूपमा अँगालेको बताउने कार्कीका अनुसार कलाकारितामा व्यावसायिकताको खाँचो छ । ‘सानो सफलतामै चित्त बुझाउनुपर्ने अवस्था छ,’ २६ वर्षीया कार्कीले कलेज टाइम्ससँग भनिन्, ‘अझ सुरु–सुरुमा त कलाकारको शोषण मात्रै हुन्छ ।’ टेलिसिरियलहरूमा अभिनय गर्दा थोरै पारिश्रमिकमै चित्त बुझाउनुपरेको गुनासो गर्दै उनी भन्छिन्, ‘कलाकारिताबाटै बाँच्न नसक्ने होइन, तर राज्यले पनि हेर्नुप¥यो ।’ बालसमूहमा रहेर सडक नाटकबाट अभिनय थालेकी कार्कीले २०५९ सालमा कलाकार विक्रमश्रिको समूहद्वारा आयोजित कार्याशालाबाट अभिनयलाई थप निखारिन् । बेजोड अभिनय क्षमताकै कारण कार्याशालापछि प्रदर्शन गरिएको ‘कोही किन बर्बाद होस्’ शीर्षक रहेको नाटकमा मुख्य पात्रको रूपमा अभिनय गर्ने मौकासमेत पाइन् ।
तर, निम्नवर्गीय परिवारमा जन्मेकी कार्कीले आर्थिक तथा पारिवारिक कारणले अभिनय करियरलाई सोचेजसरी निरन्तरता दिन सकिनन् । ‘एकातिर नातावाद, कृपावाद अनि अर्कोतिर पारिवारिक समस्या,’ बीचमा अभिनयबाट विश्राम लिए पनि अहिले जुर्मुराएकी कार्की भन्छिन्, ‘अब सकुन्जेल अभिनयमै लाग्छु ।’
अभिनय मात्र होइन, कार्की गायनमा पनि पोख्त छिन् । उनकै स्वरमा कलाकार धर्म अवशेषको ‘लक्का जवान ठिटो’ बोलको गीत रेकर्डसमेत गरिएको छ । उनले किशोर अनुराग निर्देशित ‘शिशिरको अन्तिम दिन’ नाटकमा समेत मुख्य भूमिकामा अभिनय गरेकी थिइन् ।
पछिल्लो समयमा उनले ‘चाहना मनको’ नामक टेलिफिल्ममा समेत अभिनय गरेकी छिन् । १२ भाग सुटिङ सकिएको उक्त टेलिफिल्मको सुटिङ भने रोकिएको छ । धेरै टेलिफिल्मका लागि प्रस्ताव आए पनि ‘धन्यवाद’मा मात्र काम गर्नुपरेको गुनासो गर्दै उनी भन्छिन्, ‘उल्टै पैसा तिरेर टेलिफिल्ममा अभिनय गर्ने प्रवृत्ति भएकाले क्षमता भएका कलाकारले पनि पारिश्रमिक नपाउने अवस्था छ ।’
बालसमूहमा आबद्ध रहँदा पाएको वातावरणले उनलाई अभिनय विकास गर्ने अवसर दिएकै कारण उनी बालबालिकाहरू समूहमा आबद्ध भएर सामाजिक काम गर्नु आवश्यक रहेको बताउँछिन् । ‘बाल समूहले बालबालिकालाई समूहमा रहेर सिर्जनात्मक काम गर्न प्रोत्साहित गर्छ,’ उनी भन्छिन्, ‘बालबालिकाको मनोविज्ञानलाई बुझेर उसको वास्तविक क्षमता विकास हुने वातावरण बनाउन समूहले सहयोग गर्छ ।’
गायन र अभिनय दुवैमा दखल भएकी कार्कीले गायनलाई स्थगित गरी अभिनयलाई अघि बढाउने भएकी छिन् । उनले विभिन्न टेलिसिरियलमा अभिनय गर्दै आफ्नो कलाकारितालाई थप निखार्दै लगेकी छिन् । उनी अवसर पाउन्जेल अभिनयमा सक्रिय रहने इच्छा समेत व्यक्त गर्छिन् । तर, राज्यले कलाकारलाई उचित सम्मान दिन नसकेको उनको गुनासो छ । ‘अभिनयमार्फत् धेरै सकारात्मक काम गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘तर, राज्यले पनि कलाकार र कलाकारितालाई सम्मान गर्नुप¥यो ।’
Labels:
कला
होडबाजी सुन्दरीको
Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:42 PM
सुन्दरताको पछाडि नलाग्ने सायदै मानिस होलान् । सुन्दरताका नाममा मानिसहरु प्रायः बाहिरि आवरणमा केन्द्रित हुने गरेका छन् । आवरण मात्र नभएर व्यक्तिमा लुकेका प्रतिभासमेत बाहिर ल्याउने प्रयास हुनथालेको छ, आजकल ।
बाहिरी सुन्दरता मात्र नभएर क्षमता र प्रतिभा परीक्षण गर्न भन्दै हरेक सहरमा सुन्दरी प्रतिगोगिता गर्ने होडबाजी नै चल्न थालेको छ, अहिले । यसैको परिणामतः केही वर्षयता सौन्दर्य प्रतियोगिता बाक्लिदै गएका छन् । कुनै समुदायका नाममा त कुनै जाति र क्षेत्रका नाममा यस्ता प्रतियोगिता हरेक महिना जसो हुने क्रम चलिरहेको छ । विभिन्न समुदाय र जातजातिले आफ्नो समुदायका सुन्दरीहरुबीच प्रतिस्पर्धामा उतार्न थालेपछि यो सिलसिला झन्झन् अटुट हँुदै गएको छ ।
त्यसको प्रभाव अहिले देशका मुख्य सहरमा परेको छ । राई, लिम्बू, राजवंशी, नेवार, शेर्पा, गुरुङ, तामाङ, मगर आदि समुदायका सुन्दरीको आफ्नै समुदायका सुन्दरीसँग प्रतिस्पर्धा हँुदै (गराइँदै) आएको छ । त्यसका साथै क्षेत्रीय, जिल्ला, अञ्चल, सहर र संस्था विशेषका नाममा सुन्दरी प्रतियोगिता गर्ने लहर पनि चलेको छ । मिस कोसी, मिस कलेज, मिस स्कुल, सुमर मोडल, व्युटी क्वीन, मिस इ कलेज, मिस युनिभर्सललगायतका नाममा सुन्दरी प्रतिगोगिता फेसनकै रुपमा बढ्दो छ ।
सन् २०१२ मा मिस नेपाल, मिस पूर्वाञ्चल, पूर्वाञ्चल सुपर मोडलसँगै मिस लिम्बू, मिस राई, मिस शेर्पा, मिस तामाङ, मिस मगर, मिस मङ्गोल, मिस राजवंशीलगायतका प्रतियोगिता आयोजना गरिए । मिस नेवा २०१२ का लागि पुस १५ गते प्रतिस्पर्धा हँुदैछ भने मिस मङ्गोलको १०१३ का लागि पनि प्रतियोगिताको दौडाहा सुरु भइसकेको छ । मङ्सिर २५ देखि आवेदन खुला गरिएको प्रतियोगितामा विभिन्न समुदायका ताज विजेताले छनोट चरणमा सहभागी नभइ प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक एक्सन इन्टरटेनमेन्टले जनाएको छ । फागुन २६मा हुने फाइनलका लागि देशभरिका आदिवासी जनजाति युवतीले सहभागिता जनाउने आयोजकको दावी छ ।पछिल्लो समय आदिवासी–जनजाति समुदायका युवतीहरु प्रतियोगितामा बढी सहभागी हँुदै आएका छन् । आयोजना पनि आदिवासी–जनजातिका विभिन्न संघसंस्थाले गर्दै आएका छन् । भर्खरै मिस राजवंशीको दोस्रो संस्करण सकेको सोसियल अर्गनाइजेशन अफ राजवंशी एब–ओरिजिन्सका सहसचिव अर्जुन राजवंशी आफ्नो समुदायका प्रतिभावान चेलीहरुलाई अवसर दिन सुन्दरी प्रतियोगिता आयोजना गरिएको बताउँछन् । सुन्दरीको आत्मविश्वास र क्षमता बढाउन पनि प्रतियोगिता सहयोगी हुने उनको दावी छ । पहिले आफ्नो समुदायमा प्रतिष्पर्धा गर्नसक्ने भएपछि मात्र अरु समुदायसँग प्रतिस्पर्धामा उत्रन सजिलो हुने भएकाले मिस राजवंशीको दास्रो संस्करण पनि गरिएको राजवंशीले बताउँछन् । ‘सहर मात्र नभएर पिछडिएका दुर्गम क्षेत्रमा रहेका प्रतिभाशाली युवतीलाई अवसर मात्र दिँदैन, उनीहरुलाई सेलिब्रेटीसमेत बनाउँछ,’ उनले भने ।
कला, संस्कृति र भाषाको संरक्षण तथा प्रचार प्रसार गर्न र अरु समुदायबीच चिनाउन यस्ता प्रतियोगिता आवश्यक रहेको मिस लिम्बू २०१२ की विजेता नीलिमा मादेनको धारणा छ । पश्चिमी संस्कृतिको प्रभावमा नेपालका मौलिक संस्कृति र विभिन्न जातजातिको संस्कार र संस्कृति लोप हुने अवस्थाबाट जोगाउन, युवापुस्तालाई सचेत गराउन सुन्दरी प्रतियोगिता उपयोगी हुने सुन्दरीहरुको बुझाइ छ ।
युवालाई मनोरञ्जन दिँदै सचेत गराउने सजिलोमाध्यम यस्ता प्रतियोगितालाई बनाउन सकिने भएकाले मिस मङ्गोलको आयोजना गरेको एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोक प्यासी राई बताउँछन् । सुन्दरता, बौद्धिकता र संस्कृतिबीचको फ्युजनका रुपमा प्रतियोगिता गर्दै आएको उनको भनाइ छ । मिस मङ्गोलको पाँचौ संस्करणसम्म आइपुग्दा थुप्रै आदिवासी–जनजाति युवतीले क्षमताको विकास र आफूलाई परिमार्जन गरेर आत्मनिर्भर बनेको राईले बताए । ‘सुन्दरता र बौद्धिकताले मात्र हँुदैन आफ्नोपन, आफ्नो संस्कार पनि सँगसँगै लानुपर्छ’, उनले भने ‘युवापुस्तालाई आफ्नो र अरुको संस्कारको जानकारी दिन र संरक्षणका लागि मोह जगाउनु आवश्यक छ ।’
यस्ता छन् २०१२ का आदिवासी जनजाति सुन्दरी
मङ्सिर अन्तिम साता मात्र विराटनगरमा राजवंशी समुदायका सुन्दरीहरु प्रतिस्पर्धामा उत्रिए । झापा र मोरङका १६ प्रतिस्पर्धीलाई उछिन्दै झापा पाँचगाछीकी रेविका राजवंशीले मिस राजवंशी २०१२ को उपाधि हात पारिन् । सोसियल अर्गनाइजेशन अफ राजवंशी एब–ओरिजिन्सको आयोजनामा भएको प्रतियोगिताको ताजसँगै उनले नगद २५ हजार रुपैयाँ र मिस ट्यालेन्टको उपाधिसमेत आफ्नै बनाइन् । यसैगरी, फस्ट रनर अप मोरङ अमरदह (सुरत) की सपना राजवंशी र सेकेन्ड रनर अप मोरङकै उषा राजवंशी भए ।
राजधानीमा असोजमा भएको मिस लिम्बू २०१२ को उपाधि ताप्लेजुङकी नीलिमा मादेनले हात पारिन् । फस्ट रनरअप बिपि प्रतिष्ठान धरानकी डाक्टर अलिशा बनेम र सेकेन्ड रनरअप धरानकै एलिना थलङ भइन् । असारमा राजधानीमै भएको मिस राई २०१२को उपाधिसँगै नगद ५० हजार रुपैयाँ युमा राईले हात पारिन् भने शेली राईले फस्टरनर अप र र्सिजा राईले सेकेन्ड रनरअपमा चित्त बुझाए ।
शेर्पा फेसन होम्सले भदौमा आयोजना गरेको मिस शेर्पा २०१२को उपाधिसँगै ताज पहिरिन् छिमि शेर्पाले । पोखरामा सम्पन्न मिस मगर २०१२को उपाधि रञ्जना थापामगरले हात पारेकी थिइन् । २३ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरेकी रञ्जनाले नगद २५ हजार रुपैयाँ पनि हात पारिन् । यस्तै, राजधानीमै सम्पन्न मिस तामाङ २०१२ को उपाधि काभ्रेकी सुमी मोत्तानले हात पारिन् । यस्तै, मिस मङ्गोल २०१२को उपाधि सपना रोक्का मगरले आफ्नो बनाइन भने फस्ट रनरअप नुमा कन्दङ्वा र सेकेन्ड रनरअप उषा राई भए । मिस लिटिल नेवाः २०१२को उपाधि सुस्मिता प्रजापतिले हात पारिन् । यस प्रतियोगितामा लुमना मर्हजन फस्ट रनरअप र अनिषा खडगी सेकेन्ड रनरअप भए ।
उता, लण्डनमा भएको मिस युके नेपाल २०१२को उपाधि र ताज दुर्गा गुरुङले पाइन् । त्यसो त नेपालमा भएका अधिकतर सुन्दरी प्रतियोगिताको उपाधि जनजाती सुन्दरीले नै पहिरिँदै आएका छन् । मिस नेपाल २०१२को ताज सृष्टि श्रेष्ठले पहिरिएकी छन् भने मिस पूर्वाञ्चल २०१२ अस्मिता गुरुङ भएकी छन् ।
शोषणमा सुन्दरी
सौन्दर्य प्रतियोगिता बढे पनि ‘सुन्दरी’हरुमा यसका आयोजकप्रतिको आर्कषण भने दिननुदिन घट्दो छ । यस्ता प्रतियोगिता फेसनका रुपमा चल्न थालेपछि विकृतिले पनि जरा गाडेको छ । प्रतियोगिता बाक्लै हुनु र आयोजकले त्यसको कुशल व्यवस्थापन गर्न नसक्नुले पनि आर्कषण घट्दो मात्र छैन, यसलाई हेर्ने दृष्टिकोणमा समेत नकारात्मकता थपिन थालेको छ ।
आयोजकले प्रतियोगिता अगाडि घोषणा गरेका पुरस्कार, सेवा र सुविधाहरु नदिने, विजेताहरुको समेत बेवास्ता हुने, उपाधि जितेर पनि अवसरहरु नपाउने घटना पछिल्लो क्रममा बढ्दो छ । आयोजकले यस्ता प्रतियोगितालाई खानेमेलो बनाउन थालेपछि सुन्दरी हुने आकाङ्क्षा बोकेका युवतीहरु शोषणको सिकार भएका छन् ।
आयोजकले सहभागीबाट मोटो रकम मात्र असुल्दैनन् शारीरिक शोषण समेत गर्न पछि पर्दैनन् भन्ने खबर पुराना हुन थालेका छन् । प्रतियोगितामा सहभागी हुनेलाई दिइने तालिमका नाममा मोटो रकम असुल्ने गरेका छन् भने युवतीलाई विभिन्न बहाना बनाएर फाइदा लुट्ने गरेको भुक्तभोगीहरु बताउँछन् ।
सौन्दर्य प्रतियोगिता कसले गर्ने कसले नगर्ने भन्ने निश्चित मापदण्ड नहँुदा जसले पनि गर्ने र युवतीलाई भेला गराएर उनीहरुबाट फाइदा लिने क्रम बढेको पाइन्छ । केही प्रतियोगिताका आयोजकले युवतीहरुलाई पुरस्कार दिनुको साटो उल्टै दुव्र्यवहार गरेका खबर आइरहेका छन् ।
सुनसरीमा भएको एउटा सौन्दर्य प्रतियोगिताका विजेताले रकम लेखेको फ्लेक्स मात्र पाएको तर रकम भने हात नपरेको बताएका छन् । सुन्दरी र सेलिब्रेटी बन्ने आकाङ्क्षाका साथ प्रतियोगितामा सहभागिता जनाउने युवती अन्ततः शोषणको सिकार हुने गरेका छन् ।
Labels:
कला
बाटो देखाउँदै अनाम
धरान/सामाजिक सद्भाव बलियो बनाउन र सबैको हक अधिकार स्थापित गर्न एकजुट भएर लड्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै ‘अबको बाटो’ नाटक देशका दुई सय ५० स्थानमा प्रदर्शन गरिँदै छ ।
सुवास थापाको निर्देशनमा रहेको सो नाटक अनामले विभिन्न जिल्लाका सडकहरुमा देखाइरहेको छ । ‘प्रतिकात्मक अर्थ लाग्ने र समावेशी खालको बनाएर नाटक मञ्चन
गरेका छौ,’ निर्देशक थापा भन्छन् ‘यसबाट दर्शकलाई नाटक बुझ्न र नाटकलाई महशुश गर्न थप मद्दत मिल्छ भन्ने विश्वास छ ।’
राजेन्द्र रिमालले परिकल्पना गरेको नाटकमा कलाकारहरु सुवास थापा, अल्पना कर्माचार्य, मदन गुप्ता, सुरज थापा, सरस्वती महन्त योगी, सिर्जना राई, चन्दा राई, टेकराज लिम्बू, अल्का न्यौपाने, लक्ष्मणप्रसाद खनाल रहेका छन् ।
‘२००७ सालदेखि २०६९ सालसम्म हामीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनआन्दोलन, जनयुद्ध आदि विभिन्न नाममा लड्यौं । तर, के हामीले खोजेको लोकतन्त्र हामीले खोजेको अधिकार र हामीले खोजेको समावेसीकरण यही हो ? हामी हिडिरहेको बाटो सही छ ? यसले लोकतन्त्रलाई दीगो बनाउँछ ? यसले देशलाई समृद्ध बनाउँछ ? अब हामीले हिड्नुपर्ने बाटो कुन हो ? आदि जिज्ञासा र समाधानको सरोफेरोमा नाटक तयार पारिएको परिकल्पनाकार राजेन्द्र रिमालले बताए । नाटक पूर्वका सुनसरी, झापा, मोरङ, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, सप्तरी, सिराहा, उदयपुर जिल्लाका दुई सय ४५ स्थानमा प्रदर्शन गरिएको थियो ।
Labels:
कला
नेपाली ग्ल्यामर गायिकाहरू
Written By Collegetimes on Tuesday, December 4, 2012 | 5:40 AM
अन्जन श्रेष्ठ
हलिउड र बलिउड मात्रै होइन, नेपाली साङ्गीतिक फाँटमा समेत ग्लामर गायिकाहरुको सङ्ख्या बढ्दो छ । पछिल्ला पुस्ताका गायिकाहरु त आफ्नो गीतको म्युजिक भिडियोमा आफैँ मोडलिङ गर्न थालेका छन् ।हलिउडका चर्चित गायिकाहरु रिहान्ना, एलिसिया किज, साकिरा, ब्रिट्नी स्पेयर्स, जेनिफर लोपेज, मेडोना मात्रै होइन बलिउडका चर्चित गायिकाहरु सुनिधी चौहान, ममता शर्मा, टाटा योङ (थाइल्याण्ड) पनि गायनसँगै ग्लामर क्षेत्रमा जमेका नामहरु हुन् ।
![]() |
| अन्जु पन्त |
राम्रो प्रशंसा पाउने सोख सबैमा हुन्छ, त्यै भएर आजभोलिका नायिका, मोडलहरु मात्रै होइन, गायिकामा समेत त्यो सोख पलाएको पाइन्छ । गीत चर्चित भएसँगै आफ्नो गेट–अपमा पूरै परिवर्तन गर्नेहरुमा अन्जु पन्त र मल्लिका कार्कीको नाम अग्रपङ्क्तिमा आउँछ । गीत चर्चित नहँुदा र अहिलेको तस्बिर हेर्ने हो भने आकाश जमिनको फरक छ उनीहरुमा । मल्लिका भन्छिन्, ‘समयको माग हो, अलिअलि त परिवर्तन हुनैप¥यो नि, होइन र ?’ हाउभाउ, जीउडाल, पहिरन, फेसन, डाइटिङ, मेनटेन सामान्यतया सबैले गर्न खोज्छन् तर सबैले सक्दैनन्, मल्लिका भन्छिन् ।
![]() |
| इन्दिरा जाेशी |
गायिका विष्णु चेम्जोङ भन्छिन्, ‘आफ्नो गीतमा अरुलाई प्ले गराउनुभन्दा आफैँले मोडलिङ गर्नु बेस हुन्छ ।’ हुन त हेर्ने दृष्टिकोण सबैको एउटै हुँदैन, त्यसमा समयले ल्याएको परिवर्तन स्वीकार्नुपर्छ । उनी थप्छिन, ‘पूर्वीय संस्कृतिमा भर्खरै परिवर्तन आउँदैछ, पश्चिमा संस्कृतिमा त यस्तो चलन पहिलेदेखि नै थियो ।’ अहिलेको पुस्ता सचेत भएकाले गायिकाहरु समेत परिवर्तनको लहरबाट अछुतो रहन नसकेको विष्णुको तर्क छ ।
![]() |
| निशा सुनार |
मौषमी गुरुङको बुझाइमा छोरीमान्छे ग्लामर देखिनु नै पर्छ । अझ मिडिया फिल्डमा अति आवश्यक छ ग्लामर । भर्खरै महसुस नामक एल्बम निकालेकी मौषमी भन्छिन्, ‘हुन त अरुलाई पनि म्युजिक भिडियोमा राख्ने गरेकी छु, तर सामान्यतयाः आफैँ मोडलिङ गर्छु,,’ उनी भन्छिन्, ‘आफँै खेल्दा एक्सप्रेसन बढी दिन सकिन्छ जस्तो लाग्छ ।’
राम्रो देखिने रहर गायिकामा मात्रै होइन, सबैमा हुने उनको तर्क छ । ‘स्टेजमा समेत पर्फमेन्स दिनुपर्ने हुँदा मेनटेन त गर्नैपर्छ, तर डाइटिङ नै चाहिँ गर्दिनँ,’ उनी भन्छिन् । पानी बढी पिउनेगर्छु, यसले राम्रोसँगै स्वस्थ रहन सकिन्छ,’ उनले भनिन् ।
सबै तस्विर अनलाइनबाट साभार
Labels:
कला
मिस सुनसरी कलेज आइकन ज्योति
इटहरी / कस्तुरी कलेज इटहरीमा स्नातक अध्ययनरत ज्योति गौतमले मिस सुनसरी कलेज आइकनको उपाधि जितेकी छन् ।
कात्तिक पहिलो साता भएको अन्तिम प्रतिस्पर्धामा पन्ध्र प्रतिस्पर्धीलाई उछिन्दै ज्योतिले उपाधि हत्याएकी हुन् । उनले मिस क्याटवकको उपाधिसमेत हात पारिन् । फस्र्ट रनरअप स्वेक्षा कार्कीले सुन्दर मुस्कानको उपाधि पाइन् भने सेकेन्ड रनरअप समीक्षा पौडेलले सुन्दर हेराइको उपाधि आफ्नो पक्षमा पारेकी थिइन् ।
उपाधि विजेतालाई निर्माता, निर्देशक तथा वरिष्ठ कलाकार तुलसी घिमिरेले ताज पहिराउँदै पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा विभिन्न डान्स सेन्टरका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । त्यस क्रममा हरिशा बानियाँले नृत्य गरिरहँदा उल्लेख्य जमातले हुटिङ गरेको थियो ।
कार्यक्रम सञ्चालक जिपी तिम्सिना र पूर्व मिस नेपाल उषा खड्गीले पनि कार्यक्रमको रौनक बढाएका थिए । युथ अर्वानेस क्याम्पिङले आयोजना गरेको प्रतियोगितामा सुनसरीका तीन दर्जनभन्दा बढी कलेजका छात्राहरु सहभागी थिए । किशोरीहरुमा रहेको प्रतिभा बाहिर ल्याउन र विभिन्न कलेजका छात्राहरुबीच समन्वय बढाउन कार्यक्रम आयोजना गरिएको अर्वानेस क्याम्पिङका भुवन राउतले बताए ।
Labels:
कला
महोत्सवमा लठ्ठिए युवायुवती
दसैंदेखि तिहारसम्म इटहरीमा चलेको महोत्सवमा युवायुवतीले लठ्ठ भएर रमाइलो गरे । मनपर्ने गायक–गायिका र कलाकारको प्रस्तुतिमा युवायुवती लठ्ठिएका थिए । महोत्सवमा इटहरी र आसपासका दुहवी, खनार, झुम्का, दुलारी, सुन्दरपुर, विराटचोकका युवायुवतीले एक महिनासम्म हरेक साँझ हुने सांस्कृतिक कार्यक्रमबाट सक्दो मनोरञ्जन लिए ।
पूर्वाञ्चल महोत्सवमा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुतिले किशोरकिशोरीदेखि ढल्किँदो उमेरसम्मका दर्शकको जमघट बढाएको थियो । कार्यक्रममा आस्था व्यान्डदेखि कोमल ओलीसम्मका गायक–गायिकाले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राखेनन् । दैनिक छुट्टा–छुट्टै चलेका कलाकारको प्रस्तुतिले दर्शकको घुइँचो घट्न पाएन ।
महोत्सवमा प्रस्तुतिका क्रममा कोमल ओलीले ‘मै हुँ चिटिक्क परेकी कुमारी, कोही छौ भने खेलौँ जुहारी ?’ भनेर प्रश्न गर्दा मञ्चअगाडिका युवाले हात उठाउँदै ‘हामी छौँ’ भन्दै कराएर ताली बजाउँदा वातावरण निकै रोमाञ्चक भएको थियो । ‘इटहरीमा म आउँदाखेरि भेट भयो गजबको तन्नेरी’, ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’, ‘गोजीमा गाँठ भाको मनमा आँट भाँको’लगायतका गीत गाएर ओलीले इटहरीका युवालाई भुतुक्क पारेकी थिइन् ।
अहिलेको पुस्ताकी सुन्दरी गायिका इन्दिरा जोशीले ओलीको प्रस्तुतिभन्दा दुई दिनअघि ‘ट्राफिक जाम’ गीतसहित मञ्चमा बारुले कम्मर मर्काएर युवाहरुलाई हुरुक्क पारेकी थिइन् । उध्रेको चोलीवाली जोशीले जीउ मर्काउँदै ‘छुनलाई होइन्, हेर्न चाहिँ पाइन्छ,’ भन्दा युवायुवतीहरु पसिनापसिना भएर नाचेका थिए । उनले ‘चङ्गा चेट, मामुली अनुहार, माछी मार न र चौबन्दी चोली अनि रातो घाँगर’ बोलका गीतमा आफ्नो शाकिरागिरी राम्रैसँग प्रस्तुत गरेकी थिइन् ।
महोत्सव अवधिमा गायकहरु एड्रिन प्रधान, निमा रुम्बा, राजेशपायल राई, अनुप्रस्त तथा आस्था व्यान्डका कलाकारले दर्शकलाई थाक्नेगरी नचाएका थिए । चर्चित गायकहरु दीपक लिम्बू, शिव परिवार, स्वरुपराज आचार्य, प्रमोद खरेल, कमलीकान्त भेटुवाल, डम्बर नेपालीसहित स्थानीय कलाकारका प्रस्तुति पनि कम उत्कृष्ट थिएनन् । बिहानी डान्स सेन्टर, दर्शन डान्स सेन्टर र युनाइटेड थर्टिनका आर्कषक नृत्य पनि महोत्सवको उल्लेख्य प्रस्तुति थियो ।
Labels:
कला
गृष्मा मिस इ–कलेज २०१२
Written By Collegetimes on Saturday, October 20, 2012 | 7:45 PM
काठमाडौं÷‘नारी व्यक्तित्व विकासका लागि शिक्षा र सौन्दर्य’ भन्ने नाराका साथ तीन वर्षदेखि जारी मिस इ–कलेज’ २०१२ को उपाधी गृष्मा बस्नेतले हात पारेकी छिन् ।
ज्ञानकुन्ज कलेज वाफलमा कक्षा १२ मा अध्ययनरत् १८ वर्षिया बस्नेतले मिस इ–कलेज २०१२ को ताजसँगै वेष्ट हेयर र वेष्ट स्माइल टाइटल पनि हात पारिन् । साउथ वइस्टन स्टेट कलेजमा १२ मा अध्ययनरत् दिव्या भण्डारीले मिस फोटोजेनिक फेसबुक लाइक अवार्डका साथमा फष्ट रनरअपको ताज पहिरेकी छन् ।
नासा कलेजमा कक्षा १२ मा अध्ययनरत् प्रकृति श्रेष्ठले मिस डिसीपीलीनको अवार्डसहित सेकेण्ड रनरअपको ताज हात पारिन् । थर्ड रनरअप रन्जु चापागाईँले अर्गनाइजर च्वाइस अवार्ड पनि हात पारिन् । फोर्थ रनरअप र्सिर्मला थापा भइन् ।
प्रतियोगिताकी विजेताले मिस इ–कलेज २०१२ को ताज र उपाधिसहित महिन्द्रा रोडीयो स्कुटर र अन्य गिफ्ट ह्याम्परका साथै स्नातक तहमा एकलाख बरावरको छात्रावृति प्राप्त गरेकी छिन् ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः १५ हजार र १० हजार रुपैयासहित एकलाख बराबरको स्नातक तह छात्रावृतिमा चित्त बुझाए ।
Labels:
कला
आँटी महिलाको दमदार थिएटर
Written By Neplee on Friday, September 21, 2012 | 5:32 AM
‘घरधन्दाका कारण बाहिर निस्कन नै गाह्रो हुने महिलाहरुसँग काम गर्दा केही समस्या त भयो,’ कलालयका अध्यक्ष सोनु जयन्तीले भने, ‘त्यसमाथि भाइरल ज्वरोका कारण कलाकारहरुले अभिनय गर्नेमा समेत शङ्का थियो ।’
होम थिएटरमा देखाइएका छ वटा नाटकमध्ये मुख्य नाटककी केन्द्र पात्र सर्मिला चौधरी नै अघिल्लो दिन अस्पतालको बेडमा भर्ना भएकी थिइन् । आफ्नो वास्तविक जीवनीमा आधारित नाटक गर्नका लागि बिरामी चौधरीले नाटक सुरु हुनुभन्दा केही समय अघि मात्र रिहर्सल गरेकी थिइन् । ‘महिलाहरुको आँट र हिम्मतका कारण नाटक सफल भयो,’ जयन्तीले भने ।
चौधरीको वास्तविक जीवनमा आधारित नाटकले धेरैको मन जित्यो । महिलाहरुको नाटकलाई स्कुल थिएटरका बालबालिकाले साथ दिएका थिए । महिला र बालबालिका गरेर चालीस जनाको समूहले गरेको गीति नाटक र नाटकको माध्यमबाट सडक बालबालिका, ग्रामीण महिलाको वास्तविकता झल्काइएको थियो । यस्तै गाउँ समाजमा मेलमिलापको सन्देश दिँदै राम्रो कामका लागि आँट र हिम्मत आवश्यक हुने सन्देश समेत दिइएको थियो ।
एक महिना लामो अभ्यासबाट नाटक गर्न सक्षम बनेका महिला सीप विकास केन्द्र र जागरण महिला समुहका २० देखि ६० वर्षसम्मका महिलाहरुको पहिलो प्रस्तुति देखेर वरिष्ठ साहित्यकार डा. अभि सुवेदी खुसीले गद्गद् भए । अन्य महिलाले नाचगान गरेर र दर खाएर तीज मनाएको समयमा इटहरीका केही जागरुक महिलाले अभिनयमार्फत् सामाजिक चेतना छरेको भन्दै उनले महिलाहरुको कामको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै कवि तथा साहित्यकार मनु मन्जिलले महिलाहरुमार्फत् घरलाई थिएटरमा ल्याउन कलालय सफल भएको बताए । उनले महिलाहरुले चाहेमा समाज परिवर्तन हुने भन्दै हौसला दिनुपर्नेमा जोड दिए । अभ्यासदेखि प्रदर्शनको चरणसम्म पुग्दा नाट्यकर्मलाई निरन्तरता दिन अधिकतर गृहिणी कलाकारलाई हम्मे–हम्मे परेको थियो । पछि भने परिवारले समेत सहयोग गर्न थालेको उनीहरु बताउँछन् । स्कुल थिएटरको दुई संस्करण सकेको कलालयले यस पटकदेखि होम थिएटर सुरु गरेको हो ।
Labels:
कला
“महानायक मान्दिन”
नेपालका डेढ दर्जन बढी फिल्ममा अभिनय गरेका, रामायण र मिस्टर इन्डियालगायतका दर्जन बढी चर्चित सिरियल तथा सिनेमामा अभिनय गरेर बलिउडमा जमेका मुरलीधर मिजार एक कुशल अभिनेता मात्र होइनन्, गीतकार, सङ्गीतकार र गायकसमेत हुन् । डेढसय बढी नेपाली, छ दर्जन हिन्दी, सय बढी मैथिली र भोजपुरी गीत गाएका मुरलीधरका उडायो सपना सबै हुरीले ... , निष्ठुरीलाई माया गरी आफैंलाई रोगी बनाएँ... जस्ता गीत नेपाली सङ्गीतप्रेमीले कहिल्यै नभुल्ने गीत हुन् । हाल भारतको मुम्बईलाई कर्मथलो बनाएका कला र गलाका धनी मुरलीधर फिल्म निर्माणका लागि पूर्व आएका बेलामा कलेज टाइम्सका लागि शेखर ढकालले गरेको कुराकानीको सारसंक्षेप :
अहिले नेपाली फिल्ममा मुरलीधर कम देखिनुको कारण के होला ?
हैन, दुई–तीन वर्षअगाडि ‘सन्देश’ आएको थियो । त्यसपछि धेरै अफरहरु त आए । तर, म मैथिली, भोजपुरी फिल्म बनाउन लागेकाले नेपाली फिल्ममा समय दिन नभ्याएको हो ।
कलिउडको माया मर्दै गएको हो ?
कसरी माया मार्नु, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ । कसरी आफ्नो माटो र भाषालाई माया मार्नु हौ ?
नेपाली फिल्ममा सुनिल थापाको उदय भएपछि मुरलीधरको क्रेज हरायो भनिन्छ नि ?
क्रेज भन्ने कुरा बेग्लै हो । कार्यशैली बेग्लै हो । मेरो बसाइ मुम्बईमा छ, त्यसैले सबैलाई लाग्छ कि मुरलीधर धेरै महँगो कलाकार हो । हवाइजहाजमा ल्याउनुपर्छ, धेरै पारिश्रमिक दिनुपर्छ । मान्छेहरुले मेरोबारे धेरै हौवा फैलाए, तर त्यस्तो होइन । फिल्मको मामलामा भने म छानेर मात्र काम गर्छु ।
मैले छोडेका धेरै फिल्म अरु साथीहरुले गरेका छन् । पर्दामा देखिन छाड्नेबित्तिकै मानिसहरु बिर्सन थाल्छन् । सङ्गीतको मामलामा मैले २६ वर्ष अगाडि गाएको ‘उडायो सपना सबै हुरीले ’ अहिले पनि मानिसहरुले सम्झिरहन्छन् । काम गरिरहने हो भने मात्र चर्चा भैरहन्छ । त्यसैले फलानो माथि आयो, फलानो तल झ¥यो भन्ने हँुदैन ।
मुम्बईमा चाहिँ कसरी समय बितिरहेको छ ?
म अभिनय र सङ्गीतकै काम गर्छु । भोजपुरी र मैथिलीमा सिनेमा बनाइरहेको छु ।
अहिले नेपाली सिनेमाको स्तर कस्तो छ ?
बर्सेनि सयौं फिल्म निर्माण भैरहेका छन् । तर, दर्शकले मन पराउनु र व्यापार गर्नुलाई दाँज्ने हो भने कुरा फरक छ । नेपालको धेरै भूभागमा छरिएका कथा छन्, जुन समेटिएका छैनन् । विदेशी चर्चित फिल्मका नक्कलहरु बनाइएका छन् । नेपाली फिल्मले नेपाली मौलिकता र माटो बोल्नुप¥यो ।
मुरलीधरको नजरमा नेपाली सेलीब्रेटी को हो ?
जो चर्चित भएका छन् । अभिनय गरेर मलाई पनि प्रभावित बनाउने नेपाली कलाकार हुन्, मुकुन्द श्रेष्ठ र रामचन्द्र अधिकारी । अरु पनि राम्रा छन् । कलाकारहरु हरिहर शर्मा, नीर शाह तथा महानायक मानिने राजेश हमालको अभिनय मन पर्छ । मेरा लागि मेरा सिनियरहरु सबै सेलीब्रेटी हुन्, जसले अभिनय कला क्षेत्रलाई जिउँदो राख्न मद्दत गरेका छन् ।
महानायक भन्ने कुरा पनि विवादमै छ हैन र ?
हिरो हुन् । फिल्म खेलेका छन् । तर, म कसैलाई महानायक मान्दिनँ ।
मुरलीधर बलिउडमा मजाले जम्न सकेन भनिन्छ नि ?
नजमेको हैन । बलिउडका धेरै फिल्ममा मैले काम गरेँ । नजमेको भए काम नै पाउने थिइनँ । दुःखद् कुरा के भने म स्क्रिप्ट हेरेर त्यसअनुसार अभिनय गर्थेँ । तर, सिनेमा प्रदर्शन हुने बेलामा मेरो भूमिका नै सानो बनाइएको हुन्थ्यो । सम्पादनको कैचीले काटेर खुम्च्याइयो ।
नेपालको राजनीतिबारे कुनै टिप्पणी छ कि ?
कलाकार मान्छे राजनीतिबारे के भन्नु ? सबैभन्दा पहिले नेपाली जनता जागरुक हुनुप¥यो । हाम्रो देशमा जातीय राजनीति गरिनुहुन्न । अहिले त्यसको बिउ रोपिएजस्तो लाग्छ । नेताहरुले यसबारे सोच्नुपर्छ । जातीयताभन्दामाथि उठेर राष्ट्रियताप्रति प्रतिबद्ध हुनपर्छ, सबै नेपाली जनता सांस्कृतिक रुपमा एकजुट हुनुपर्छ ।
०००
Labels:
कला
लभ्लीलाई फिल्ममै मजा
बाल्यकालदेखि कलाकारिता क्षेत्रमा रुचि राखेकी सङ्गम राई हास्य कलाको क्षेत्रमा ‘लभ्ली’ नामले चिनिन्छिन् । अभिनयका साथै नृत्यमा समेत राम्रो प्रस्तुति दिन सफल उनी भोजपुरी फिल्मकी नायिका पनि हुन् । हाँस्य कलाकार दमन रुपाखेतीलाई गडफादर मान्ने सङ्गमले ११ वटा टेलीसिरीयल, एक दर्जन बढी भोजपुरी, तीन वटा नेपाली फिल्म र एक दर्जनभन्दा बढी म्युजिक भिडीयोमा अभिनय गरिसकेकी छिन् । उर्नीसँग गरिएको कुराकानी :
तपाई हास्य कलाकार कि नायिका ?
दर्शकमा कमेडी कलाकार भन्ने छाप परेको छ । तर म दुवै विधाको हुँ । समग्रमा कलाकार हँु ।
केलाई निरन्तरता दिने ? हास्य कलाकार की नायिका ?
नायिकाको भूमिकामा फिल्म क्षेत्रमै सक्रिय हुन्छु । मेरी आमा पनि फिल्म क्षेत्रकै भएकोले पनि उहाँकै प्रोडक्सनमा पुनः फिल्ममा अभिनय गर्नेछु ।
कुनमा अभिनय गर्न सजिलो ? टेलीसिरियल वा फिल्म ?
टेलीसिरीयल नै सजिलो । फिल्ममा कुनै नयाँ पात्रको अभिनय गर्नुप¥यो भने पर्याप्त तयारी गर्नुपर्छ । फेरि फिल्मभन्दा टेलिफिल्म छिटो हुन्छ । तर, मजा चाहिँ फिल्म मै ।
अभिनयमा लागेर जीविकोपार्जन गर्न सकिन्छ ?
मेहनतका साथ काम गर्ने हो भने बाँच्न सकिन्छ । तर, घर, गाडी, तथा जग्गा किन्न र मस्ती गर्न चाहिँ पारिवारिक सहयोग चाहिन्छ ।
फरक अभिनय गर्न कतिको कठिनाइ हँुदो रहेछ ?
मैले कला क्षेत्रमा आउनुभन्दा पहिला नै अभिनय, नृत्यहरु सिकेको र एक्टर पनि गरेको हुनाले त्यस्तो कठिनाइ चाहिँ भएन ।
लभ परेको छ कि छैन ? विवाह कहिले गर्ने ?
विवाह र प्रेमका लागि मेरो दुवैतिर ध्यान छैन । म अहिले काममै व्यस्त छु । दुई तीन वर्षपछि सोचौंला ।
प्रस्तुति : अनिल श्रेष्ठ
Labels:
कला
इटहरीका आठ जना नटराजमा
इटहरी/विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कोसी अञ्चलव्यापी एकल नृत्य प्रतियोगिता ‘कोशी
नटराज–४’ को इटहरीमा हालै भएको पहिलो अडिसनबाट आठ जना छानिएका छन् ।
कक्षा ५ देखि १० सम्मका छात्र–छात्रा सहभागी हुने सो प्रतियोगितामा आँपगाछी, पकली, झुम्का, इनरुवालगायतका ३० जना बालबालिकाले अडिसनमा भाग लिएका थिए ।
अडिसनबाट अभिषेक पोख्रेल, मनिषा राई, भूमिका कार्की, आरजु कटवाल, सिर्जना कार्की, सञ्जु मगर, स्वस्तिका भेटवाल र लक्ष्मी कार्की छानिएको आयोजक गरिमा डान्स सेन्टर धरानले जनाएको छ । प्रतियोगितामा विजयी प्रतियोगीले ‘कोसी नटराज–४’ २०६९ को उपाधि, नगद ५० हजार, नटराजको ट्रफी दुई थानसहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गर्ने गरिमाका प्रबन्ध निर्देशक एवम् नृृत्य निर्देशक मणिकुमार लिम्बूले बताए ।
Labels:
कला
मिस क्वीनको छनोट इटहरीबाट
इटहरी/मिस ग्लोबल ब्युटी क्वीन २०१२ को इटहरीमा भएको पहिलो अडिसनबाट प्रतिसा पौडेल, मेरिना राई र स्मृति थापा छनोट भएका छन् ।
बिराटनगर, बिर्तामोड, इटहरी र धरानका १८ देखि २४ वर्षसम्मका ३० युवतीमध्येबाट उनीहरु छनोट भएका हुन् । उनीहरुले भदौ चितवन, पोखरा र काठमाडौंको अडिसनबाट छानिएका युवतीसँग अन्तिम प्रतिस्पर्धा गर्ने आयोजक इएस क्रिएसन नेपालले जनाएको छ ।
वातावरण प्रदूषणलाई कम गर्न सन्देश दिनको लागि आयोजित यस प्रतिस्पर्धाका दृश्यहरुलाई असोज अन्तिम सातादेखि टेलिभिजनबाट रियालिटी सोका रुपमा प्रसारण गर्ने क्रिएसनका अजय मल्ल ठकुरीले बताए । १३ भागमा प्रशारण गरिने यस्तो रियालिटी सो नेपालमा पहिलो भएको आयोजकको दावी छ ।
प्रतियोगिताका विजेताले पूर्ण छात्रवृत्ति, स्कुटी, वातावरण क्षेत्रमा काम गर्न इन्भारोमेन्ट एम्बेसेडर र नगदका साथै मिस ग्लोबल ब्युटी क्वीनको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पाउने आयोजकले जनाएको छ ।
Labels:
कला
युमा पहिलो मिस राई
Written By Neplee on Friday, August 17, 2012 | 6:52 PM
काठमाडौ/ओखलढुङ्गाकी २० वर्षीया युमा राई पहिलो मिस राई बनेकी छिन् । किरात राई मौलिक संस्कृति केन्द्रद्वारा आयोजित मिस राई प्रतियोगितामा सहभागी १६ प्रतिस्पर्धीमध्ये उनले निर्णयकको आँखामा अव्वल ठहर हुँदै सो उपाधि हात पारेकी हुन् । राष्ट्रिय नाचघर जमलमा हालै आयोजितमा उनले प्रथम मिस राईको ताजसँगै नगद पचास हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताको फस्ट रनर अप (वंशज चुला) धनकुटाकी सेली राई, सेकेन्ड रनर अप (कुटुम्व चुला) भोजपुरकी श्रृजा राई र थर्ड रनर अप (समाज चुला) सुनसरी चतराकी बीडी योक्की राई घोषित भएका थिए ।
प्रतियोगिताको मिस ट्यालेन्ट (सुम्निमा, सृष्टिकर्ता) अवार्ड सेली राई र फ्रेण्डसिप (बाखम्मा, कला संस्कृति) अवार्ड अपाधि इलामकी गोमा राईका भागमा परेको थियो । त्यसैगरी, मिस फोटोजेनिक (निनाम्मा, आकाश)को उपाधि धरानकी एल्जिना राई र डिसिप्लीन (हेन्खामा, पृथ्वी)को अवार्ड काठमाडौंकी अरूणा राईले जितिन् । मिस पर्सनालिटी (खिल्यामा, हक्की स्वभाव) को अवार्ड काठमाडौंकी शारदा राईले प्राप्त गरिन् । भ्युअर च्वाइस (जाउमा, मन पराइएको)को अवार्ड भने मिस राई विजेता युमा राईले नै प्राप्त गरेकी थिइन् ।
प्रतियोगिताको फस्ट रनर अप (वंशज चुला) धनकुटाकी सेली राई, सेकेन्ड रनर अप (कुटुम्व चुला) भोजपुरकी श्रृजा राई र थर्ड रनर अप (समाज चुला) सुनसरी चतराकी बीडी योक्की राई घोषित भएका थिए ।
प्रतियोगिताको मिस ट्यालेन्ट (सुम्निमा, सृष्टिकर्ता) अवार्ड सेली राई र फ्रेण्डसिप (बाखम्मा, कला संस्कृति) अवार्ड अपाधि इलामकी गोमा राईका भागमा परेको थियो । त्यसैगरी, मिस फोटोजेनिक (निनाम्मा, आकाश)को उपाधि धरानकी एल्जिना राई र डिसिप्लीन (हेन्खामा, पृथ्वी)को अवार्ड काठमाडौंकी अरूणा राईले जितिन् । मिस पर्सनालिटी (खिल्यामा, हक्की स्वभाव) को अवार्ड काठमाडौंकी शारदा राईले प्राप्त गरिन् । भ्युअर च्वाइस (जाउमा, मन पराइएको)को अवार्ड भने मिस राई विजेता युमा राईले नै प्राप्त गरेकी थिइन् ।
Labels:
कला
डान्स पार्टी र कन्सर्ट
Written By Neplee on Tuesday, May 15, 2012 | 9:41 AM
इटहरी/नयाँ वर्ष लागेसँगै पूर्वमा डान्स पार्टी र कन्सर्टहरु बाक्लै भए बैसाख महिनामा । बढेको गर्मी भुल्न पानीको फोहरामा नाचेर रमाइलो गरे कसैले भने कुनै ठाउँमा पसिना–पसिना भएर नयाँ वर्षको रमाइलो गरे युवाहरुले ।
गायक सविन राई र नेप्साइडस् ब्याण्डको प्रस्तुतिमा पसिना–पसिना हुनेगरी नाँचेर बेलबारीका युवाहरुले नयाँ वर्ष मनाए । स्थानीय नवयुग युवा क्लबले आयोजना गरेको म्युजिक कन्सर्टमा वाद्यवादन टोलीसहित आएका सविनले चपली हाइट, गुराँसको फेदमुनी पिपलुको छायाँ, माया जालैमालगायतका एक दर्जन गीत गाएर नचाए बेलबारी र आसपासबाट भेला भएका हजारौँ सङ्गीत पारखीलाई । सविनले गीत गाइरहँदा युवायुवतीहरु जोड–जोडले नाचिरहेका थिए गर्मीलाई भुलेर पानी पिउँदै नाच्नेहरु पनि थुप्रै थिए मञ्चअगाडि ।
यता, फरक शैली र गर्मी बिर्साउन सिमसिम पानीमा रुझ्दै नाचे इटहरीका युवाहरु । बिरलै हुने यस्ता डान्स पार्टीमा पानीको फोहरामा नाच्दै युवाहरुले नयाँ वर्ष मनाएका थिए ।
फ्ल्यस इन्टरटेनमेन्टले इटहरीको मनशान्त क्वीन प्यालेसमा पानीको फोहरामा नाँच्ने अवसर जुटाएको थियो । मोटरबाट पानीको फोहरा घुमाएर त्यसको मुनि निथ्रुक्क भिज्दै युवाहरुले डान्सको मज्जा मात्र लिएनन् गर्मीको मौसममा शितलता पनि पाए । विराटनगरका डिजे गिरिशले उनीहरुलाई नाच्न उकासेका थिए । यस्तै द स्याड्स ग्रुपको सहयोगमा स्थानीय क्षितिज बिष्ट, नवीन चापागाईं, राज राई र राजु लामाले संयोजन गरेको न्यू इयर इभ डान्स पार्टीमा इटहरीका तीन दर्जन बढी युवा–युवतीले मस्ती गरे । डान्स पार्टीमा आफैँमा रमाउदैँ नाँच्दै रमाइलो गरे ।
यस्तै, इटहरी जेसीजले आयोजना गरेको साङ्गीतिक साँझमा कोमल वली, मिङ्मा शेर्पाले गीतमा झुमाए । ‘इटहरीमा म आउँदाखेरि, उसले भन्यो हे नानी गाजले मरे म त लाजले...’ कोमल ओलीले तुलसीपुरको गीतलाई इटहरीमा मिलाएर गाउँदा ननाच्ने सायदै थिए ।
नायक अयुव केसी र प्रनिशा उदासले ‘उध्रेको चोली’ मा प्रस्तुत गरेको नृत्यमा दर्शकको मन बढी तानेको थियो । यादव देवकोटा ‘सरापे’ र युनिक डान्स सेन्टर इटहरीका प्रस्तुति पनि कम थिएनन् ।
गायक सविन राई र नेप्साइडस् ब्याण्डको प्रस्तुतिमा पसिना–पसिना हुनेगरी नाँचेर बेलबारीका युवाहरुले नयाँ वर्ष मनाए । स्थानीय नवयुग युवा क्लबले आयोजना गरेको म्युजिक कन्सर्टमा वाद्यवादन टोलीसहित आएका सविनले चपली हाइट, गुराँसको फेदमुनी पिपलुको छायाँ, माया जालैमालगायतका एक दर्जन गीत गाएर नचाए बेलबारी र आसपासबाट भेला भएका हजारौँ सङ्गीत पारखीलाई । सविनले गीत गाइरहँदा युवायुवतीहरु जोड–जोडले नाचिरहेका थिए गर्मीलाई भुलेर पानी पिउँदै नाच्नेहरु पनि थुप्रै थिए मञ्चअगाडि ।
यता, फरक शैली र गर्मी बिर्साउन सिमसिम पानीमा रुझ्दै नाचे इटहरीका युवाहरु । बिरलै हुने यस्ता डान्स पार्टीमा पानीको फोहरामा नाच्दै युवाहरुले नयाँ वर्ष मनाएका थिए ।
फ्ल्यस इन्टरटेनमेन्टले इटहरीको मनशान्त क्वीन प्यालेसमा पानीको फोहरामा नाँच्ने अवसर जुटाएको थियो । मोटरबाट पानीको फोहरा घुमाएर त्यसको मुनि निथ्रुक्क भिज्दै युवाहरुले डान्सको मज्जा मात्र लिएनन् गर्मीको मौसममा शितलता पनि पाए । विराटनगरका डिजे गिरिशले उनीहरुलाई नाच्न उकासेका थिए । यस्तै द स्याड्स ग्रुपको सहयोगमा स्थानीय क्षितिज बिष्ट, नवीन चापागाईं, राज राई र राजु लामाले संयोजन गरेको न्यू इयर इभ डान्स पार्टीमा इटहरीका तीन दर्जन बढी युवा–युवतीले मस्ती गरे । डान्स पार्टीमा आफैँमा रमाउदैँ नाँच्दै रमाइलो गरे ।
यस्तै, इटहरी जेसीजले आयोजना गरेको साङ्गीतिक साँझमा कोमल वली, मिङ्मा शेर्पाले गीतमा झुमाए । ‘इटहरीमा म आउँदाखेरि, उसले भन्यो हे नानी गाजले मरे म त लाजले...’ कोमल ओलीले तुलसीपुरको गीतलाई इटहरीमा मिलाएर गाउँदा ननाच्ने सायदै थिए ।
नायक अयुव केसी र प्रनिशा उदासले ‘उध्रेको चोली’ मा प्रस्तुत गरेको नृत्यमा दर्शकको मन बढी तानेको थियो । यादव देवकोटा ‘सरापे’ र युनिक डान्स सेन्टर इटहरीका प्रस्तुति पनि कम थिएनन् ।
Labels:
कला
उपाधि पाउँदा मिस नेपालका आँखामा आँसु
१५ सुन्दरीहरूलाई उछिन्दै यस वर्ष मिस नेपालको ताज चितवनकी सृष्टि श्रेष्ठले जितेकी छिन् । बेलायतमा बसोबास गर्दै आएकी उनी उपाधि पाएपछि खुशीले रोइन् ।
द हिडेन ट्रेजरको आयोजनामा राजधानीमा पहिलोपटक खुला आकाशमुनि हालै भएको प्रतियोगितामा सृष्टिलाई सन् २०११ की मिस नेपाल मलिना जोशीले आफ्नो उत्तराधिकारीको ताज पहि¥याइन् ।
सृष्टिले मिस वल्र्ड प्रतियोगितामा भाग लिनेछिन् । उपाधि जितेपछि उनले आफूले नेपालीको सम्मान जितेको बताइन् । ‘मैले नेपालीको सम्मान पाएँ,’ उनले भनिन्, ‘या सम्मानको उचित ठाउँमा प्रयोग गर्नेछु ।’
सृष्टिले मिस वल्र्डमा आफ्नो प्रतिनिधित्वले ठूलो अर्थ राख्ने बताइन् । ‘म नेपाली हुँ,’ उनले भनिन्, ‘मिस वल्र्डमा त्यो नै मेरो प्रतिनिधित्व र जितका लागि आधार हुनेछ ।’ २३ वर्षीया सृष्टि बेलायतमा रहँदा पनि मोडलिङमा थिइन् ।
यसैगरी मिस नेपाल अर्थको उपाधि नगमा श्रेष्ठले जितिन् भने मिस नेपाल इन्टरनेशनलको उपाधि शुभेच्छा खड्काले जितिन् ।
Labels:
कला
आरती पूर्वाञ्चल सुपर मोडल
Written By Neplee on Friday, February 17, 2012 | 6:18 PM
विराटनगर÷होटल परिसरमा साँझ ढल्दै जाँदा युवा युवतीको भीड बढ्दै थियो । भीडसँगै कौतुहलतासमेत बढ्दो थियो । हजारौं उपस्थित भीडको अगाडि जब एक दर्जन सुन्दरीहरू ¥याम्पमा देखिए, भीडबाट ताली र हुटिङ एकसाथ सुरु भयो ।
पूर्वाञ्चल सुपर मोडल २०१२ को ताजका लागि साँझ ५ बजेदेखि आयोजकले सुरु हुने भनेको प्रतियोगिता झन्डै दुई घण्टा ढिलो सुरु भए पनि दर्शकहरू उत्साहित देखिन्थे । कार्यक्रम प्रस्तोता आयुस बरुवालले कार्यक्रम सुरु भएको जानकारी दिए । सबैको ध्यान स्टेजतिर तानियो ।
आयुष भन्दै थिए, प्रतियोगी नम्बर एक, पुनम बुढाथोकी, विराटनगर, दुई, अन्जु राई, उदयपुर गाईघाट, तीन, आयुषा कटुवाल, विराटनगर, चार, मन्जिला मगर, इटहरी, पाँच, निलम प्रधान, विराटनगर, छ, सुषमा प्रधान, विराटनगर, सात, रोनिका पेडिवाल, विराटनगर, आठ, गरिमा श्रेष्ठ, विराटनगर, नौ, आरती दाहाल, धरान र दश, दीपिका श्रेष्ठ, विराटनगर ।
यसरी स्टेजमा क्रमशः प्रवेश गरेका सुन्दरीहरूले आफ्नो परिचय दिँदै रुचिका बारेमा बताए । गीत–सङ्गीतको वर्षा गराउन गायक साजन राई स्टेजमा उत्रिए र साँझलाई तताउने प्रयास गरे केबी थुलुङको शब्द र सङ्गीतलाई आफ्नो स्वरमा । ‘तिमी गयौ र यो दिल खाली भो ...’ गीत दुई अन्तरा गाउन नपाउँदै विद्युत् अवरोधका कारण प्रस्तुति रोकियो । पछि साजनले गाए, ‘सागरभन्दा गहिरो भयो हाम्रो माया ... ।’ साजनपछि विराटनगरकै अर्का गायक तथा कलाकार पारस थापाले हास्यब्यङ्ग्यका पोका खोले । दर्शक दीर्घा हाँसोमय भयो । हाँस्दाहाँस्दै आँसु झरे ।
प्रतियोगिताको उत्कृष्ट पाँचमा आयुषा कटुवाल र मन्जिला मगरलाई टाइमा पारियो र निर्णायक मण्डलीका नायक अयुव केसीले आयुषा कट्वाललाई छाने । प्रतियोगी नम्बर १, ३, ६, ७ र ९ नम्बरका प्रतियोगी परे टप फाइभमा ।
प्रश्नोत्तर राउण्डमा प्रतियोगीले जवाफ तीन मिनेटमा लेखेर सुनाए । प्रश्नोत्तरकै आधारमा छानियो पूर्वाञ्चल सुपर मोडल २०१२ । दर्शकले समेत रुचाएकी धरानकी आरती दाहालले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिइन् । उनलाई प्रमुख अतिथि अविनास बोहोराले ताज पहि¥याए । यस्तै प्रतियोगीतामा फष्ट रनरअपको उपाधि विराटनगरकी सुषमा प्रधानले र सेकेण्ड रनरअपको उपाधि विराटनगरकै पुनम बुढाथोकीले पाइन् ।
यसैगरी, प्रतियोगितामा मिस ट्यालेन्टको उपाधि मञ्जिला गुरुङले, मिस फोटोजेनिक आरती दाहालले पाए भने बेस्ट ड्रेसको उपाधि निलम प्रधानले पाइन् । सुषमा प्रधान मिस क्याटवाक, पुनम बुढाथोकी मिस फ्रेण्डसिप, गरिमा श्रेष्ठ मिस बेष्ट हेयर र आयुसा कटुवाल मिस बेस्ट स्माइल भए ।
यस्तै रोनिका पेडिवाल बेस्ट फिजिक्सको उपाधि पाउन सफल भइन् । प्रतियोगितामा सुपर मोडल बन्ने आरती दाहालले वैशाखमा हुने मिस नेपालमा प्रतिष्पर्धा गर्न सिधै प्रवेश पाउने कोरियोग्राफर जतिन ताम्राकारले बताए ।
Labels:
कला
नाटकमा वेदना
‘बुवा, कहिलेकाँही भेट्न आउनु ल !’ विराटनगरकी २६ वर्षीया अस्मिना कर्णले नाटकमा घरेलु श्रमिक देवीको भूमिकामा आफ्ना बुवासँग आग्रह गरिरहँदा दर्शकदीर्घामा रहेकी सञ्चारकर्मी प्रतिक्षा पोखरेलको आँखाबाट आँसु झरे । उनले आँसु पुछ्दै भनिन्, ‘साह्रै मार्मिक रै’छ !’ प्रतीक्षाको मात्र हैन विराटनगरस्थित गुरुकुलमा आयोजित लिलिपुट मन्टेश्वरीको अभिभावक दिवसको कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए ।
सानैमा आमालाई गुमाएकी देवीले बुबाको जागिरका कारण आफ्नै घरमा बसेर पढ्न पाइनन् । थोरै कमाइ भएका कारण उनलाई आफ्नै बुबाले पहाडबाट विराटनगरसम्म ल्याए कृष्णप्रसादको घरमा । कृष्णप्रसाद र राधा दम्पतिले पनि देवीलाई पढाइदिने वाचा गर्दै आफ्नै साथमा राखे । देवी र उनका बुबाको एउटै सपना थियो, देवी पढेर ठूली हुन्छे । यो सपना सार्थकतामा बदलिँदै थियो ।
मुटुकी टुक्रा, एकमात्र सन्तान देवीलाई छाडेर जाने बेलामा उनका बुबाले सम्झाए, ‘साह्रै असल मान्छे रहेछन् । राम्ररी पढेस् छोरी, ठूली भएर मलाई पनि पाल्नु ।’ देवीले आँशुका धारा बगाउँदै भनिन्, ‘हुन्छ बुबा तर कहिलेकाँही भेट्न आउँदै गर्नु ल !’
नेपालका गाउँ तथा शहरमा रहेका श्रमिक बालबालिकाकी प्रतिनिधि पात्र हो देवी । भरे भोलि भन्दै तीन वर्ष अर्काको घरमा काममात्रै गरेर बिताए पनि अन्त्यमा पढ्न पाएकी देवीको मुहारमा झल्किएको खुसी भावलाई धेरै दर्शकहरुले अनुभव गरे । गरिबीका कारण अर्काको घरमा बसेर पढ्ने इच्छा बोकेर आएकी देवी नामक पात्रलाई पढ्ने अधिकारबाट वञ्चित गरी मात्र बालश्रमिक बनाएर राखेको मार्मिक कथा समेटिएको यो नाटकलाई उपस्थित धेरैले मन पराए ।
जीवन्त प्रस्तुति गरेका बालबालिकाको अभिनयले धेरैलाई गम्भीर बनाएको थियो । बालश्रमिक र आफ्ना सन्तानलाई गरिने फरक व्यवहारलाई समेत जीवन्त प्रस्तुत गर्दै बालबालिकाको हक–अधिकार सुनिश्चितताको लागि नाटकले सघाउ पु¥याएको अभिभावक तीलकुमारी शर्माले बताइन् ।
कार्यक्रममा लिलिपुट मन्टेश्वरीका बालबालिकाले विभिन्न नाचगान र संस्कृति झल्कने फेसन सोसमेत गरेका थिए । १८ महिनादेखि ६ वर्षसम्म अध्ययन गर्ने मन्टेश्वरीमा यस वर्षदेखि १२ महिनादेखिका बालबालिका राखिने प्रिन्सिपल अमिना तिम्सिनाले बताइन् । पूर्ण मन्टेश्वरी प्रविधिबाट दक्ष शिक्षकले अध्ययापन गराउने यस चिल्ड्रेन हाउसले दिवसकै अवसरमा स्थानीय एक वृद्धाश्रमलाई ११ हजार एक सय ११ रुपैयाँको चेकसमेत हस्तान्तरण गरेको थियो । चिल्ड्रेन हाउसमा हाल एक सय ११ जना बालबालिका अध्ययनरत छन् ।
Labels:
कला







.jpg)




