काठमाडौ/ओखलढुङ्गाकी २० वर्षीया युमा राई पहिलो मिस राई बनेकी छिन् । किरात राई मौलिक संस्कृति केन्द्रद्वारा आयोजित मिस राई प्रतियोगितामा सहभागी १६ प्रतिस्पर्धीमध्ये उनले निर्णयकको आँखामा अव्वल ठहर हुँदै सो उपाधि हात पारेकी हुन् । राष्ट्रिय नाचघर जमलमा हालै आयोजितमा उनले प्रथम मिस राईको ताजसँगै नगद पचास हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताको फस्ट रनर अप (वंशज चुला) धनकुटाकी सेली राई, सेकेन्ड रनर अप (कुटुम्व चुला) भोजपुरकी श्रृजा राई र थर्ड रनर अप (समाज चुला) सुनसरी चतराकी बीडी योक्की राई घोषित भएका थिए ।
प्रतियोगिताको मिस ट्यालेन्ट (सुम्निमा, सृष्टिकर्ता) अवार्ड सेली राई र फ्रेण्डसिप (बाखम्मा, कला संस्कृति) अवार्ड अपाधि इलामकी गोमा राईका भागमा परेको थियो । त्यसैगरी, मिस फोटोजेनिक (निनाम्मा, आकाश)को उपाधि धरानकी एल्जिना राई र डिसिप्लीन (हेन्खामा, पृथ्वी)को अवार्ड काठमाडौंकी अरूणा राईले जितिन् । मिस पर्सनालिटी (खिल्यामा, हक्की स्वभाव) को अवार्ड काठमाडौंकी शारदा राईले प्राप्त गरिन् । भ्युअर च्वाइस (जाउमा, मन पराइएको)को अवार्ड भने मिस राई विजेता युमा राईले नै प्राप्त गरेकी थिइन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !