दक्ष जनशक्ति सबै क्षेत्रको आवश्यकता हो, डाक्टर, इन्जिनियर, शिक्षक, बैङ्कर, व्यवस्थापक, नेता, प्रशासक बन्नका
लागि सक्षम जनशक्ति चाहिन्छ । यस्तै हरेक क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन
गर्न नेपालमा विशेष शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् । केही व्यावसायिक
कार्यक्रम पनि छन् । जनप्रशासन यस्तै एउटा शैक्षिक कार्यक्रम हो ।
प्रशासन क्षेत्रको ज्ञान, क्षमता र सीपको अभिवृद्धि गर्ने
उद्देश्यले २०३१ सालदेखि नेपालमा जनप्रशासन विषयको अध्यापन सुरु भएको हो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्र्तगत स्थापित जनप्रशासन क्याम्पसमा
पहिले डिपिए (डिप्लोमा इन पब्लिक एड्मिनिस्ट्रेसन)को अध्यापन गराइन्थ्यो । डिपिएमा भर्ना हुन जुनसुकै विषयमा आइए उत्तीर्ण
गरेको हुनुप¥थ्यो । २०३६ सालमा डिपिए बन्द गरेर एमपिए (मास्टर इन पब्लिक
एड्मिनिस्ट्रेसन)को अध्यापन प्रारम्भ गरिएको हो । एमपिएको कक्षा सुरु भएपछि
जुनसुकै विषयमा स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरूले भर्ना पाउँछन् । एमपिएको
शैक्षिक सत्र त्रिभुवन विश्वविद्यालयको शैक्षिक तालिकाअनुसार अन्य विषयमा
स्नातकोत्तरसँगै प्रारम्भ हुन्छ ।
के के पढाइन्छ जनप्रशासनमा
जनप्रशासनको स्नातकोत्तर एमपिए पनि दुई बर्से हुन्छ । एमपिए प्रथम वर्ष
पाँच सय पूर्णाङ्कको हुन्छ, जसमा जनप्रशासनको आधारभूत ज्ञान, जनप्रशासन अनुसन्धान पद्धति, विकास प्रशासन, सार्वजनिक, व्यक्तिगत
प्रशासन र कार्यालय संरचना, सार्वजनिक, आर्थिक प्रशासन र प्रशासनिक कानुनजस्ता विषयहरूको अध्ययन–अध्यापन हुन्छ ।
एमपिए दोस्रो वर्षमा पनि सार्वजनिक नीति विश्लेषण, सार्वजनिक उद्यम
व्यवस्थापन एवम् सामाजिक उत्तरदायित्व, अन्तर्राष्ट्रिय प्रशासन, सार्वजनिक
प्रशासन व्यवस्थापनका समान विषयहरू अनिवार्य रूपमा अध्ययन–अध्यापन गरिन्छ ।
त्यसैगरी विकास प्रशासन क्षेत्र, मानवीय स्रोत विकास क्षेत्र सार्वजनिक
आर्थिक क्षेत्र, कानुन र निर्देशन, प्रशासनिक क्षेत्र र प्रतिवेदन
लेखनमध्ये कुनै एक क्षेत्र अथवा प्रतिवेदन लेखनलाई छनोट गर्नुपर्ने हुन्छ । कुनै
एक क्षेत्र दुई सय पूर्णाङ्कको हुन्छ भने प्रतिवेदन लेखन एक सय पूर्णाङ्कको हुन्छ
।
कस्ता–कस्ता विद्यार्थी ?
जनप्रशासनमा स्नातकोत्तर तह अध्ययन गर्ने प्रायः विद्यार्थी प्रशासनिक
क्षेत्रमा काम गरिरहेकाहरू नै छन्, जसमा खरिदारदेखि उपसचिवसम्मका कर्मचारी
पर्छन् । सेना, प्रहरी तथा निजी क्षेत्रका
प्रशासनमा कार्यरत कर्मचारीहरू पनि जनप्रशासन क्याम्पसमा अध्ययनरत छन् ।
जनप्रशासनको अध्ययन गर्दा बढुवामा सजिलो पर्ने र सम्बन्धित विषयको ज्ञान, दक्षता एवम् सीप
हासिल हुने हुनाले पनि कर्मचारीहरूको आर्कषण बढेको हो । लोकसेवा आयोगले लिने
अधिकृत परीक्षाको तयारी गरिरहेकाहरू पनि विषय मिल्ने कारणले जनप्रशासन क्याम्पसमा भर्ना हुन्छन् ।
पढ्न कहाँ जाने
२०३१ सालमा डिल्लीबजारबाट अध्यापन सुरु गरेको जनप्रशासन क्याम्पस
त्रिपुरेश्वर हुँदै अहिले जमलमा छ । यो त्रिभुवन विश्वविद्यालय जनप्रशासन पढाइ
हुने एक मात्र आङ्गिक क्याम्पस हो । २०६० सालदेखि जनप्रशासन विषयमा निजी
क्याम्पससमेत खुलेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त काष्ठमण्डप
स्कुल अफ् पब्लिक अफेयर्स म्यानेजमेन्ट निजीस्तरमा सञ्चालित नेपालको एक मात्र जनप्रशासन अध्यापन
हुने क्याम्पस हो । यो काठमाडौंको तीनकुने सुविधानगरस्थित मेरिल्यान्ड भवनमा
सञ्चालित छ ।
दुवै कलेजको पाठ्यक्रम समान छ । तर, शिक्षण प्रक्रिया भने अलि फरक छ ।
त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पसभन्दा काष्ठमण्डप स्कुल अफ् पब्लिक
एफेयर्स म्यानेजमेन्ट दुई कुरामा फरक देखिन्छ । पहिलो कुरा त्रिभुवन
विश्वविद्यालयमा थेसिस अनिवार्य छैन । त्यसको विकल्पमा विद्यार्थीले अन्य विषय पनि
रोज्न सक्छन् तर पूविविबाट सम्बन्धनप्राप्त काष्ठमण्डप म्यानेजमेन्टका विद्यार्थीहरूले भने अनिवार्य रूपमा थेसिस
गर्नैपर्छ । यो क्याम्पसमा चार सेमेस्टरमार्फत् दुई वर्षमा एमपिए सकिन्छ ।
जनप्रशासनमा दुई बर्से वार्षिक प्रणालीमार्फत् एमपिए सकिन्छ ।
खर्च कति लाग्छ ?
जनप्रशासन क्याम्पसको भन्दा पब्लिक अफेयर्स म्यानेजमेन्टको शुल्क भने छ
गुणा बढी छ । जनप्रशासनबाट साढे ११ हजार रूपैयाँमा पूरा हुने एमपिए पब्लिक
अफेयर्सबाट पूरा गर्न भने ६१ हजार १ सय रूपैयाँ लाग्छ ।
पब्लिक
अफेयर्सबाट सेमेस्टर परीक्षामा सर्वाधिक अङ्क ल्याई उत्तीर्र्ण गर्ने एकजनालाई
अर्को सेमेस्टरमा निःशुल्क पढाउने
व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रबाट स्नातक पास गरेर आउनेलाई
म्यानेजमेन्टका चारै सेमेस्टरमा निःशुल्क एमपिए पढ्ने व्यवस्था गरिएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !