College Times : Educational Magazine: उच्च शिक्षा
Headlines News :
आवरण >>>>

Latest Post

Showing posts with label उच्च शिक्षा. Show all posts
Showing posts with label उच्च शिक्षा. Show all posts

रोजगारका लागि फार्मेसी

Written By Collegetimes on Friday, November 1, 2013 | 6:13 PM


अहिले चिकित्सकले औषधि पसल खोल्न चाहे, त्यो सम्भव हँुदैन, किनभने औषधि व्यवस्था विभागले फार्मेसी अध्ययन गरेर अनुमति–पत्र लिएकाहरूले मात्र औषधि पसल खोल्न पाउने नियम लागु गरेको छ । साथै अस्पतालका बेडमा पनि अनुमतिपत्र लिएकालाई अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले औषधि विज्ञान अर्थात् फार्मेसीप्रति विद्यार्थीलाई थप आकर्षित गरेको छ ।

‘फार्मेसीको अध्ययनपछि रोजगारीका लागि सबैभन्दा राम्रो विषय हो,’ सुनसरी टेक्निकल कलेज धरानका फार्मेसी विभाग प्रमुख अमित गुप्ताले भने, ‘रोजगारीको ग्यारेन्टी मात्र होइन, स्वरोजगार दृष्टिकोणले पनि फार्मेसी उपयुक्त विषय हो ।’

फार्मेसी अध्ययन गरे सुरक्षित रोजगारी पाइनुका अतिरिक्त स्वयम्ले औषधि पसल खोलेर जीविकोपार्जनसमेत गर्न सकिने भएकाले यो विषयप्रति आकर्षण बढेको गुप्ताले बताए । सिटिइभिटीको सम्बन्धनमा ३० वटा कलेजले नेपालमा डिप्लोमा इन फार्मेसी अध्यापन गराउँदै आएका छन् । डिप्लोमा इन फार्मेसी गरेकाहरूले फार्मेसीमै स्नातक तथा स्नातकोत्तर गर्न सक्छन् । फार्मेसीमा स्नातक गर्न नेपालमा त्रिभुवन, पूर्वाञ्चल, पोखरा तथा काठमाडौं विश्वविद्यालयको शैक्षिक पाठ्यक्रम उपलब्ध छ । स्नातकोत्तरका लागि काठमाडौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम छ ।

फार्मेसी अध्ययन गरेकाहरूले फार्मेसी ल्याब, औषधि पसल तथा औषधि गुणस्तर नियन्त्रणका क्षेत्रमा अवसर पाउँछन् । फार्मेसीमा उच्चअध्ययनका लागि प्लसटु साइन्समा बायोलोजी लिएकाहरूले अवसर पाउँछन् । इन्जिनियरिङ, डाक्टर, पाइलट, पत्रकारजस्ता फिल्ड ओरिएन्टेड जब नहुने भएकाले पनि यो विषय तीभन्दा फरक छ । फार्मेसी अध्ययन गर्नेले फिल्डमा जान पर्दैन सबै काम अफिसमै बसेर गर्न सक्छन् । मेडिकल एजुकेसनमा सबै एजुकेसन सिस्टमले फार्मेसीका बारेमा ज्ञान हासिल गर्नुपर्ने बाध्यता हुन्छ, त्यसकारण फार्मेसी अध्ययन गरेकाहरूले एमबिबिएसदेखि मेडिकल ल्याब, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापिस्ट, रेडियोलोजिस्ट, एचए, नर्सिङलाई अध्यापन गर्ने अवसरसमेत पाउँछन् । फार्मेसी अध्ययन गरेपछि फर्मासिस्ट बनेकाहरूलाई औषधि कम्पनीले समेत रोजगारीको अवसर दिन्छन् । औषधिको केमिकल कम्बिनेसनका बारेमा फर्मासिस्ट नै ज्ञाता हुन्छन् । पश्चिमा मुलुकहरूमा एमबिबिएस डाक्टरले परीक्षण गरिसकेपछि रोगअनुसार औषधि लेख्ने जिम्मा फर्मासिस्टलाई नै दिइन्छ । औषधि निर्माणमै उनीहरूको संलग्नता हुने भएकाले केमिकलका बारेमा उनीहरू दक्ष हुन्छन् । त्यस्तै हिजोआज मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) को रोजगारीका लागि पनि फर्मासिस्टलाई नै पहिलो प्राथमिकतामा राखिन्छ ।

एमआर, क्वालिटी कन्ट्रोल, फार्मेसी ल्याबमा उनीहरूले सहजै रोजगार पाउँछन् । महिलाहरू कामप्रति संवेदनशील हुने भएकाले पुरुषको तुलनामा उनीहरूले छिटो अवसर पाउने गरेको विज्ञहरू बताउँछन् । नेपालमा अहिले एक दर्जनभन्दा बढी फर्मासिटिकल्स कम्पनी सञ्चालनमा छन् । सुरु–सुरुमा औषधि कम्पनीहरूले औषधि उत्पादनका लागि भारतबाट फर्मासिस्ट झिकाउने गरेका थिए, तर अहिले नेपालमै जनशक्ति तयार भएकाले औषधि कम्पनीहरूले पनि कम मूल्यमा दक्ष कामदार पाउन थालेका छन् । डिप्लोमा इन फार्मेसी अध्ययन गरिसकेकाहरूले न्यूनतम आठ हजारदेखि ३० हजार रूपैयाँसम्मको रोजगारी पाउँछन् । त्यसभन्दामाथि अध्ययन गरेकाहरूको त ३० हजारभन्दा बढी तलब हुन्छ ।

सहरमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि फार्मेसी अध्ययन गरेकाहरूको विशेष महत्व हुन्छ । ग्रामीण क्षेत्रमा उनीहरूले क्लिनिक नै सञ्चालन गरेका हुन्छन् । डिप्लोमा इन फार्मेसी तथा ब्याचलर इन फार्मेसी गरेकाहरूले फार्मेसी काउन्सिलबाट अनुमति–पत्र लिएर औषधि पसल तथा क्लिनिक सञ्चालन गर्न सक्छन् ।

फार्मेसीमा के के पढाइ हुन्छ ?
फार्मेसीमा जनरल साइन्सअन्तर्गतका फिजिक्स, केमेस्ट्री, बायोलोजी अध्ययन गर्नुपर्छ । यसबाहेक एनाटोमी, फिजियोलोजी, मेडिकल म्यानेजमेन्ट, एडमिनेस्ट्रेसन, सोसियल स्टडी, फर्मासिटिकल्स केमेस्ट्री, फर्माकोलोजी, कोग्नोसी, मेडिकल प्लान्ट आदि विषयमा अध्यापन हुन्छ ।

खर्र्च कति लाग्छ ? कहाँ पढ्ने ?

थोरै लगानीमा अध्ययन गरिने विषयमध्येमा फार्मेसी एक हो । सिटिइभिटीअन्तर्गतको डिप्लोमा इन फार्मेसीका लागि एक लाख ७५ हजार रूपैयाँदेखि तीन लाख सम्म खर्च हुन्छ, जुन पैसा विद्यार्थीले २ वर्षभित्रै कमाउन सक्छन् । पूर्वमा सुनसरी टेक्निकल कलेज धरान, नोबेल मेडिकल कलेज विराटनगर, विराटहेल्थ कलेज विराटनगर, मनासरोवर कलेज दमकलगायतका कलेजमा यो विषयको पढाइ तीन लाखसम्ममा पूरा हुन्छ ।

पढाइपश्चात् राम्रो रोजगारी बीएसडब्ल्यू

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:39 AM

अहिलेको समय परिस्थितिमा नवीनतम् एवम् राम्रा मानिएका विषय लिएर सामाजिक कार्यमा स्नातक तह (बिएसडब्लू) विषय पनि एउटा नयाँ र विशेष सम्भावनाको क्षेत्र हो । हाल यसको प्रभाव विस्तार हुँदै गएको देख्न सकिन्छ ।
नेपालमा बिएसडब्लूको प्रवेश सन् १९९६ पछि भएको हो । हाल त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा यस विषयको पढाइ हुँदै आएको छ । दिनानुदिन गैरसरकारी र अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूको सङ्ख्या र कार्यक्षेत्र बढ्दै गएका कारण श्रम बजारमा यो विषय पढेका जनशक्तीको तीव्र माग हुँदै आएको पाइन्छ ।
हिजोआज समाजसेवा र सामाजिक सुधारका कार्यप्रति अन्तर्राष्ट्रियस्तरमा नै चासो बढ्दै गएको छ । तर, विद्यमान जनशक्तिले सैद्धान्तिक ज्ञानको अभावमा उक्त चासो र मागको सम्बोधन गर्न सकेको देखिँदैन । यसै पृष्ठभूमिमा बिएसडब्लू विषयको अध्ययनमा सैद्धान्तिक र व्यावहारिक दुवै किसिमको सिकाइ पद्धतिमा जोड दिइने भएको हुँदा उत्पादन हुने जनशक्ति प्रभावकारी कार्य सम्पादन हुन सक्ने कुरामा विश्वास गर्न सकिन्छ ।
संयुक्त राष्ट्र सङ्घ र यसअन्र्तगतका विशिष्टीकृत सङ्घ–संस्था, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाहरू, ग्रामीण विकास तथा सामाजिक परियोजनाका क्षेत्रमा समेत बिएसडब्लू अध्ययन गरेका जनशक्तिले रोजगारी पाएका छन् । समाजसेवाका माध्यमबाट गाउँ, समाज, देश र विश्वमै आमूल परिवर्तन ल्याई विकास सम्भव हुन्छ भन्ने विषयवस्तुमा केन्द्रित भई यसको पाठ्यक्रम तयार गरिएकाले यो विषय समयसापेक्ष एवम् सान्दर्भिकसमेत रहेको छ ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायलगायत जुनसुकै विषयमा १० जोड दुई वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण विद्यार्थीले बिएसडब्लूमा भर्ना भई अध्ययन गर्न सक्छन्् । त्यसका लागि कलेजले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नु भने आवश्यक हुन्छ ।

के–के पढाइन्छ बिएसडब्लूमा ?
सामाजिक कार्य र समाजसेवाको बृहत्् क्षेत्रलाई सैद्धान्तिक ढाँचामा ल्याउन विश्वस्तरिय विषयवस्तुलाई बिएसडब्लूको पाठ्यक्रमले समेटेको छ । पाठ्यक्रममा बालअधिकार, सामाजिक न्याय, समावेशीकरण, लैङ्गिक मुद्दा, समाजसेवा, मानवअधिकार, मनो–सामाजिक विषयवस्तु, महिला सशक्तीकरण, युवा एवम् वृद्ध–वृद्धासम्बन्धी विषयवस्तु समेटिएका छन् । बिएसडब्लूअन्र्तगत समाजकल्याण प्रशासन, एकीकृत सामाजिक कार्य, सामाजिक कार्यमा अनुसन्धान पद्धति, सामाजिक कार्य अभ्यास, मानवअधिकार र सामाजिक वातावरण, समाजकल्याण नीति र सेवालगायतका व्यावहारिक विषय हुन्छन् । साथै फिल्ड रिपोर्ट र लगभग ४० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षामा छुट्याइने हुनाले पनि बिएसडब्लू विषय व्यावहारिक विषयको रूपमा रहेको छ । बिएसडब्लू उत्तीर्ण गरेका जनशक्तिहरू हाल प्राकृतिक स्रोत, सडक बालबालिका, बालअधिकार, महिला सशक्तीकरण, पुनःस्थापना केन्द्र, अपाङ्ग, अशक्त एवम् सीमान्तकृत वर्गका क्षेत्रमा कार्य गरिरहेका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा आबद्ध छन् ।

कहाँ पढ्ने, खर्च कति ?
बिएसडब्लू विषयको अध्ययन हाललाई काठमाडौं उपत्यकाभित्रका केही कलेजमा सीमित छ । तीन बर्से कोर्स पढाइ हुने यस विषयमा त्रिविले वार्षिक रूपमा परीक्षा सञ्चालन गर्ने भए तापनि काठमाडौं विश्विद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भने सेमेस्टर प्रणाली अपनाएको छ । यी विश्वविद्यालयले ६ सेमेस्टरमा आधारित भई पढाउने र ६ महिनामा अन्तिम परीक्षा सञ्चालन गर्छन् । हरेक ६ महिना बराबरको एक सेमेस्टर हुन्छ । यो विषय अध्ययन गर्नका लागि वार्षिक रूपमा औसत ६० हजार रूपैयाँ शिक्षण शुल्क लाग्छ ।  जेभियर इन्टरनेसनल कलेजबाट बिएसडब्लूको अध्ययन पूरा गरी हाल युनिसेफमा इन्टर्न गरिरहेका विद्यार्थी जगन्नाथ पोख्रेलले लगभग दुई लाख रूपैयाँमा आफूले तीन बर्से कोर्स पूरा गरेको बताए ।
कुन–कुन कलेजमा पढाइ हुन्छ बिएसडब्लू ?
त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेजहरूमा बिएसडब्लूको पढाइ हुने गरेको पाइन्छ । सन् २००५ मा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सेन्ट जेभियर्स कलेज काठमाडौंले स्नातकोत्तर तहमा समेत यो विषय अर्थात् एमएसडब्लूको पढाइ गर्दै आएको छ । बिएसडब्लूको अध्ययनपश्चात नै राम्रो अवसर र रोजगारी सिर्जना हुने कारणले गर्दा अधिकतर विद्यार्थीले स्नातक तहसम्म मात्र अध्ययन गर्ने गरेको पाइन्छ । केही विद्यार्थीले एमएसडब्लू विषय अध्ययनका लागि अमेरिका, पोल्यान्ड, बेलायत, नर्वे, फिनल्यान्डलगायतका विकसित मुलुकतिर प्रस्थान गर्ने परिपाटी रहेको छ ।
नेपालमा बिएसडब्लू विषयको पढाइ हुने केही मुख्य कलेजको सूची यस्तो छ ।
–ट्रिटन इन्टरनेसनल कलेज, तीनकुने काठमाडौं
–काठमाडौं मोडल कलेज, कमलादी
–सेन्ट जेभियर्स कलेज, माइतीघर
–कलेज अफ् डेभलपमेन्ट स्टडीज, बालुवाटार
–के एन्ड के इन्टरनेसनल कलेज, नयाँ बानेश्वर
–न्युटन इन्टरनेसनल कलेज, सिफल
–साउथ वेस्टर्न स्टेट कलेज, बसुन्धारा
–जेभियर इन्टरनेसनल कलेज, कालोपुल
–सगरमाथा कलेज फर हाइयर स्टडीज, डिल्लीबजार
–कादम्बरी मेमोरियल कलेज, शङ्खमूल
–ब्राइट भिजन कलेज, सातदोबाटो   
–थेम्स कलेज, पुरानो बानेश्वर
–गोल्डेन गेट इन्टरनेसनल कलेज, बत्तीसपुतली
–पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार
–बानेश्वर क्याम्पस, बानेश्वर
–सान्त्वना मेमोरियल कलेज, शान्तिनगर

बिएसडब्लू अध्ययनपछि यसबाट उत्पादन हुने जनशक्तिहरूले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खुबी र सीपको  विकास गरिरहेका हुन्छन् । नेपालमा बिएसडब्लू अध्ययन गरेका जनशक्तिहरू हाल युनिसेफ, युएनडिपी, युनेप, विश्वबैंक, सेभ द चिल्ड्रेन, एडिबी, वल्र्ड भिजन, युएन वुमन, ब्लूडाइमन्ड सोसाइटी, आरआरएन, न्युएराजस्ता राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा कार्यरत छन् ।
विश्व–प्रतिष्ठित पुरस्कार सिएनएन हिरोज् २०१२ की विजेता नेपालकी पुष्पा बस्नेतले समेत बिएसडब्लू विषयको अध्ययन गरेकी हुन् । उनले प्रयोगात्मक परीक्षाको क्रममा सुन्धारा जेलमा आमाबुबासँग बसेका बालबालिका भेटेपछि संरक्षकत्व प्रदान गर्ने प्रेरणा यसै विषयको अध्ययनबाट मिलेको कुरा सगर्व बताउने गरेकी छिन् ।
बिएसडब्लू विषयको अध्ययनपश्चात नै राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा राम्रो माग भएको हुँदा रोजगारीका अवसरहरू सहजै सिर्जना हुन्छन् । यस विषयले समाजसेवाको पारम्परिक दृष्टिकोण परिवर्तन गरी आधुनिक, सैद्धान्तिक एवम् प्रयोगात्मक विषयमा जोड दिने भएकाले यसको अध्ययन सान्दर्भिक, समयसापेक्ष र व्यावहारिक छ ।
उच्चशिक्षा अध्ययन गर्ने होडबाजी नै चलेको छ । उच्चशिक्षा अध्ययनका क्रममा गरिने सही विषयको छनोट हाम्रो शैक्षिक एवम् प्राज्ञिक गन्तव्यले सही बाटो प्राप्त गर्नुका साथै भविष्यलाईसमेत सुनिश्चित बनाउन मद्दत मिल्छ । विभिन्न सङ्कायअन्र्तगतका विविध विषयहरूको छुट्टाछुट्टै विशेषता रहेको पाइन्छ ।
*अनिल पोख्रेल

प्रशासक बन्न जनप्रशासन

Written By Collegetimes on Sunday, May 26, 2013 | 1:25 AM



दक्ष जनशक्ति सबै क्षेत्रको आवश्यकता हो, डाक्टर, इन्जिनियर, शिक्षक, बैङ्कर, व्यवस्थापक, नेता, प्रशासक बन्नका लागि सक्षम जनशक्ति चाहिन्छ । यस्तै हरेक क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न नेपालमा विशेष शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् । केही व्यावसायिक कार्यक्रम पनि छन् । जनप्रशासन यस्तै एउटा शैक्षिक कार्यक्रम हो ।
प्रशासन क्षेत्रको ज्ञान, क्षमता र सीपको अभिवृद्धि गर्ने उद्देश्यले २०३१ सालदेखि नेपालमा जनप्रशासन विषयको अध्यापन सुरु भएको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्र्तगत स्थापित जनप्रशासन क्याम्पसमा पहिले डिपिए (डिप्लोमा इन पब्लिक एड्मिनिस्ट्रेसन)को अध्यापन गराइन्थ्यो ।  डिपिएमा भर्ना हुन जुनसुकै विषयमा आइए उत्तीर्ण गरेको हुनुप¥थ्यो । २०३६ सालमा डिपिए बन्द गरेर एमपिए (मास्टर इन पब्लिक एड्मिनिस्ट्रेसन)को अध्यापन प्रारम्भ गरिएको हो । एमपिएको कक्षा सुरु भएपछि जुनसुकै विषयमा स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरूले भर्ना पाउँछन् । एमपिएको शैक्षिक सत्र त्रिभुवन विश्वविद्यालयको शैक्षिक तालिकाअनुसार अन्य विषयमा स्नातकोत्तरसँगै प्रारम्भ हुन्छ ।
के के पढाइन्छ जनप्रशासनमा
जनप्रशासनको स्नातकोत्तर एमपिए पनि दुई बर्से हुन्छ । एमपिए प्रथम वर्ष पाँच सय पूर्णाङ्कको हुन्छ, जसमा जनप्रशासनको आधारभूत ज्ञान, जनप्रशासन अनुसन्धान पद्धति, विकास प्रशासन, सार्वजनिक, व्यक्तिगत प्रशासन र कार्यालय संरचना, सार्वजनिक, आर्थिक प्रशासन र प्रशासनिक कानुनजस्ता विषयहरूको अध्ययन–अध्यापन हुन्छ ।
एमपिए दोस्रो वर्षमा पनि सार्वजनिक नीति विश्लेषण, सार्वजनिक उद्यम व्यवस्थापन एवम् सामाजिक उत्तरदायित्व, अन्तर्राष्ट्रिय प्रशासन, सार्वजनिक प्रशासन व्यवस्थापनका समान विषयहरू अनिवार्य रूपमा अध्ययन–अध्यापन गरिन्छ । त्यसैगरी विकास प्रशासन क्षेत्र, मानवीय स्रोत विकास क्षेत्र सार्वजनिक आर्थिक क्षेत्र, कानुन र निर्देशन, प्रशासनिक क्षेत्र र प्रतिवेदन लेखनमध्ये कुनै एक क्षेत्र अथवा प्रतिवेदन लेखनलाई छनोट गर्नुपर्ने हुन्छ । कुनै एक क्षेत्र दुई सय पूर्णाङ्कको हुन्छ भने प्रतिवेदन लेखन एक सय पूर्णाङ्कको हुन्छ ।
कस्ता–कस्ता विद्यार्थी ?
जनप्रशासनमा स्नातकोत्तर तह अध्ययन गर्ने प्रायः विद्यार्थी प्रशासनिक क्षेत्रमा काम गरिरहेकाहरू नै छन्, जसमा खरिदारदेखि उपसचिवसम्मका कर्मचारी पर्छन् । सेना, प्रहरी तथा  निजी क्षेत्रका प्रशासनमा कार्यरत कर्मचारीहरू पनि जनप्रशासन क्याम्पसमा अध्ययनरत छन् । जनप्रशासनको अध्ययन गर्दा बढुवामा सजिलो पर्ने र सम्बन्धित विषयको ज्ञान, दक्षता एवम् सीप हासिल हुने हुनाले पनि कर्मचारीहरूको आर्कषण बढेको हो । लोकसेवा आयोगले लिने अधिकृत परीक्षाको तयारी गरिरहेकाहरू पनि विषय मिल्ने कारणले जनप्रशासन  क्याम्पसमा भर्ना हुन्छन् ।

पढ्न कहाँ जाने
२०३१ सालमा डिल्लीबजारबाट अध्यापन सुरु गरेको जनप्रशासन क्याम्पस त्रिपुरेश्वर हुँदै अहिले जमलमा छ । यो त्रिभुवन विश्वविद्यालय जनप्रशासन पढाइ हुने एक मात्र आङ्गिक क्याम्पस हो । २०६० सालदेखि जनप्रशासन विषयमा निजी क्याम्पससमेत खुलेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त काष्ठमण्डप स्कुल अफ् पब्लिक अफेयर्स म्यानेजमेन्ट निजीस्तरमा  सञ्चालित नेपालको एक मात्र जनप्रशासन अध्यापन हुने क्याम्पस हो । यो काठमाडौंको तीनकुने सुविधानगरस्थित मेरिल्यान्ड भवनमा सञ्चालित छ ।
दुवै कलेजको पाठ्यक्रम समान छ । तर, शिक्षण प्रक्रिया भने अलि फरक छ । त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पसभन्दा काष्ठमण्डप स्कुल अफ् पब्लिक एफेयर्स म्यानेजमेन्ट दुई कुरामा फरक देखिन्छ । पहिलो कुरा त्रिभुवन विश्वविद्यालयमा थेसिस अनिवार्य छैन । त्यसको विकल्पमा विद्यार्थीले अन्य विषय पनि रोज्न सक्छन् तर पूविविबाट सम्बन्धनप्राप्त काष्ठमण्डप म्यानेजमेन्टका  विद्यार्थीहरूले भने अनिवार्य रूपमा थेसिस गर्नैपर्छ । यो क्याम्पसमा चार सेमेस्टरमार्फत् दुई वर्षमा एमपिए सकिन्छ । जनप्रशासनमा दुई बर्से वार्षिक प्रणालीमार्फत् एमपिए सकिन्छ ।
खर्च कति लाग्छ ?
जनप्रशासन क्याम्पसको भन्दा पब्लिक अफेयर्स म्यानेजमेन्टको शुल्क भने छ गुणा बढी छ । जनप्रशासनबाट साढे ११ हजार रूपैयाँमा पूरा हुने एमपिए पब्लिक अफेयर्सबाट पूरा गर्न भने ६१ हजार १ सय रूपैयाँ लाग्छ ।
पब्लिक अफेयर्सबाट सेमेस्टर परीक्षामा सर्वाधिक अङ्क ल्याई उत्तीर्र्ण गर्ने एकजनालाई अर्को सेमेस्टरमा निःशुल्क पढाउने  व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रबाट स्नातक पास गरेर आउनेलाई म्यानेजमेन्टका चारै सेमेस्टरमा निःशुल्क एमपिए पढ्ने व्यवस्था गरिएको छ ।

सम्भावना बोकेको एच ए

Written By Neplee on Saturday, March 16, 2013 | 6:15 PM


अहिलेको प्राथमिकता हो, गरिखाने शिक्षा । अध्ययनपछि रोजगार पाउने सम्भावना बढी भएकाले प्राविधिक शिक्षाप्रति युवायुवतीको झुकाव बढ्दै गएको छ । रोजगारमुखी कोर्स गराउने शिक्षालयहरू प्रतिस्पर्धात्मक रूपमा सञ्चालन हुनु अर्को फाइदाको कुरा हो । सर्टिफिकेट इन जेनरल असिस्टेन यस्तै कोर्स मध्येमा पर्छ । यो कोर्स गरिसकेपछि हेल्थ असिस्टेन अर्थात् एचए बन्न सकिन्छ । एचएलाई स्वस्थ्य क्षेत्रमा मध्यमस्तरीय जनशक्ति मानिन्छ । यो कोर्स तीन वर्ष अवधिको हुन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का ४४ वटा शिक्षालयबाट यो कोर्स गर्न सकिन्छ ।
भर्ना प्रक्रिया तथा खर्च
एसएलसी उत्तीर्ण विद्यार्थीले एचएका लागि आवदेन दिन सक्छन् । उनीहरूलाई प्रवेश परीक्षामा सामेल गराइन्छ । प्रवेश परीक्षामा एसएलसीसरहको अङ्ग्रेजी, गणित र विज्ञानका अब्जेक्टिभ प्रश्नहरू सोधिन्छन् । मेडिकल साइन्सका लागि महत्वपूर्ण हुने भएकाले यिनै विषयमा आधारित प्रश्नहरू सोधिएको सिटिइभिटी पाठ्यक्रम विकास विभागका निर्देशक शिवशङ्कर घिमिरे बताउँछन् ।
सिटिइभिटीको आङ्गिक कलेज अफ् हेल्थ साइन्स भरतपुरबाट यो कोर्स गर्न ३० देखि ४० हजार खर्च लाग्छ भने अन्य सम्बन्धन प्राप्त शिक्षालयबाट दुईदेखि तीन लाखसम्म खर्च लाग्छ ।
तीन बर्से कोर्समा के पढ्ने ?
सर्टिफिकेट इन जेनरल असिस्टेन अन्र्तगत पहिलो वर्ष विभिन्न ९ वटा विषयहरू पढ्नुपर्छ । यसमा अङ्ग्रेजी, नेपाली, समाजशास्त्र, एनाटोमी एन्ड फिजियोलोजी, फिजिक्स, केमेस्ट्री, जुलोजी, बोटानी र म्याथमेटिक्स एन्ड कम्प्युटर एप्लिकेसन रहेका छन् । पहिलो वर्षको कोर्स सिद्धान्तमा आधारित छ भने दोस्रो वर्ष सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा पनि लिनुपर्छ । यस वर्ष १० वटा विषय समावेश छन् ।
मेडिसिन, सर्जन, क्लिनिकल, फार्माकोलोजी एन्ड फार्मेसी, इन्भाइरोमेन्टल हेल्थ, हेल्थ एजुकेसन, फेमेली हेल्थ, इपिडिमियोलोजी एन्ड कम्युनिटी डिजिज, बेसिक मेडिकल प्रोस्युडर तथा फस्ट एडजस्ता विषयमा विशेष प्रयोगात्मकसहितको कोर्स गराइन्छ ।
तेस्रो वर्षमा पनि यिनै विषयहरूको थप गहन अध्ययन र प्रयोग गर्नुपर्छ । खासगरी यो वर्ष मेडिसिन, सर्जन, हेल्थ म्यानेजमेन्ट लगायत इमरजेन्सी, मेडिसिन, सर्जन (इएनटी) समेटिएको छ । अध्ययनका साथै विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिइन्छ । तेस्रो वर्षमा समुदायमा गएर उनीहरूले स्थलगत अध्ययन गर्नुपर्छ हुन्छ ।
योग्यता र अवसर
सर्टिफिकेट इन जेनरल असिस्टेनसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरिसकेपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा रोजगारको अवसर पाइन्छ । यस्ता जनशक्तिले हेल्थपोस्टमा प्रमुखको रूपमा समेत काम गर्न सक्छन् । एचएलाई प्राइभेट क्लिनिक, हेल्थ केयर सेन्टर, जिल्ला अस्पताल, नर्सिङ होम, अस्पतालमा स्वस्थ्य सहायक भएर काम गर्न सक्षम मानिन्छ । सर्टिफिकेट इन जेनरल असिस्टेनको कोर्स गरेकाले बिरामीको समस्या पहिल्याउन, भाइटल साइन लिन र स्वस्थ्य परीक्षण गर्न सक्छन् । प्रोभिजनल डाइनोसिस गर्न सक्छन् । साथै, बिरामीका लागि इसेन्सियल औषधि (स्वस्थ्य मन्त्रालयले तोकेको) सिफारिस गर्नसमेत पाउँछन् ।
ग्रामीण क्षेत्रका डाक्टरको रूपमा चिनिने एचएले सामान्य बिरामीहरूको राम्रो उपचार गर्न सक्छन् । क्लिनिकल,  प्रिभेन्टिभ तथा प्रमोटिम क्षेत्रमा यस्ता जनशक्ति आवश्यक हुन्छ । रोग प्रतिरोध र शारीरिक स्वस्थ्य कायम राख्न गरिने विभिन्न स्वस्थ्य कार्यक्रम तथा अभियानमा उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ ।
कुनै पनि रोगविरूद्धको खोप, फेमेली प्लानिङ, हेल्थ एजुकेसन क्याम्पेनजस्ता कार्यक्रम सञ्चालनमा उनीहरूले अगुवाइ गर्न सक्छन् । साथै समुदायमा स्वास्थ्य समस्य पहिचान गरी त्यसको समाधानका लागि कार्यक्रम बनाउन र सञ्चालन गर्न योग्य हुन्छन् । एनजिओ, आइएनजिओमार्फत् यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका हुन्छन्, जहाँ एचए  गरेकाले रोजगार पाउने सम्भावना हुन्छ ।
थप अध्ययन
सर्टिफिकेट इन जेनरल असिस्टेन कोर्स उत्तीर्ण गरिसकेपछि स्तातक तहमा विपिएच
(ब्याचलर अफ पब्लिक हेल्थ) अध्ययन गर्न बाटो खुल्छ । त्यसो त एमबिबिएस अध्ययन गर्न चाहनेहरूका लागि समेत यो राम्रो अवसर हो ।
एचएपछि पाटन एकेडेमी अफ् मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गर्न सकिन्छ । एचएपछि एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्णपछि केही महिनाको प्रि–मेडिकल साइन्सको कोर्स गराइन्छ ।
त्यसो त विज्ञानमा प्लसटु वा सोसरहको शैक्षिक योग्यता हासिल गरेकाले पनि यहाँ प्रवेश पाउन सक्छन् । उनीहरूलाई भने प्रि–मेडिसिनको कोर्स गराइन्छ ।
यसरी फरक क्षेत्रबाट आएका दुवै किसिमका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि योग्य बनाइन्छ । कुनै पनि मेडिकल कलेजको प्रवेश परीक्षा उत्तीर्ण गरेर ब्याचलर अफ् पब्लिक हेल्थको अध्ययन गर्न सकिन्छ ।

शिक्षक बन्ने सुअवसर नगुमाउनुहोस्

Written By Neplee on Wednesday, February 13, 2013 | 6:11 PM


शिक्षक सेवा आयोगले १७ वर्षपछि करिब १३ हजार दरबन्दीका लागि विज्ञापन गरेर आवेदन लिएपछि अहिले एकलाखभन्दा बढी शिक्षक हुने प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा आफूलाई अगाडि ल्याउन उनीहरू हरतरहले जुटेको पाइन्छ । विभिन्न शैक्षिक संस्थामा प्रशिक्षण लिनेदेखि पुस्तकमा घोत्लिनेको सङ्ख्या बढ्दो छ । जेठ ९, १० र ११ गते हुने परीक्षाको तयारी गरिरहेका विद्यार्थी र शिक्षकलाई सहयोग पु¥याउन कलेज टाइम्सले यस अङ्कदेखि जेठसम्म परीक्षाको तयारीसम्बन्धी सामग्री प्रस्तुत गर्ने जानकारी गराउ“दै यसपटक आयोगको संक्षिप्त परिचयसहित केही टिप्स र नमुनाप्रश्न समावेश गरेका छौं । (सम्पादक)
शिक्षक सेवा आयोगको संक्षिप्त परिचय ः
सामुदायिक विद्यालयका शिक्षकहरूको स्थायी नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्न, शिक्षक पदको उम्मेदवारको लागि आवश्यक पर्ने अध्यापन अनुमति प्रदान गर्न र शिक्षकको सेवा, शर्त र सुविधासम्बन्धी विषयमा सरकारलाई सुझाव दिन २०५६ सालमा राष्ट्रिय शिक्षक सेवा आयोगको गठन भै २०५८ साल माघ २५ गते शिक्षा ऐन २०२८ मा भएको सातौं संशोधनद्वारा शिक्षक सेवा आयोगको गठन भएको हो ।
आयोगको कार्यहरू ः
लसामुदायिक विद्यालयका शिक्षकहरूको स्थायी नियुक्तिका लागि कार्य सम्पादनपश्चात सिफारिस गर्ने ।
ल७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा (फाइल बढुवा) र २५ प्रतिशत (आन्तरिक प्रतियोगितात्मक
      परीक्षाबाट) बढुवा कार्यसम्पादन गरी नियुक्तिका लागि सिफारिस गर्ने ।
लअध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन र प्रमाणपत्र प्रदान गर्ने ।
लशिक्षकहरूको खुला प्रतियोगितात्मक परीक्षा, बढुवा र अध्यापन अनुमतिपत्रका लागि लिइने परीक्षाको पाठ्यक्रम
  निर्धारण गर्ने र परीक्षासम्बन्धी अन्य कार्य गर्ने ।
लशिक्षकहरूको सेवा, शर्त र सुविधाका सम्बन्धमा मन्त्रालयलाई सुझाव दिने । आदि
शिक्षक सेवा आयोगले लिने परीक्षाको नमुना प्रश्नहरू
१. तुलनात्मक रूपमा प्रश्न निर्माण गर्दा ज्यादै गाह्रो हुने कुन चाहि“ प्रश्न हुन् ?
क. बहुवैकल्पिक ख. ठिक÷बेठिक ग. जोडा मिलाउने घ. छोटा उत्तर आउने
२. राम्रा–नराम्रा दुवै पक्ष व्यक्त गर्ने खालका प्रश्नलाई.... भनिन्छ ?
क. छलफल गर्ने प्रश्न ख. छोटो उत्तर आउने प्रश्न
ग. समालोचनात्मक प्रश्न घ. मूल्याङ्कन तहको प्रश्न
३. वृद्धि र विकासको निर्धारकमा तलको कुन पर्दछ ?
   क. वंशानुक्रण ख. वातावरण ग. वंशानुक्रम र वातारण घ. पौष्टिक आहार
४. राम्रा नराम्रा दुवै पक्ष व्यक्त गर्ने खालका प्रश्नलाई ..... भनिन्छ ?
क. छलफल गर्ने प्रश्न ख. छोटो उत्तर आउने प्रश्न ग. समालोचनात्मक प्रश्न  घ. मूल्याङ्कन तहको प्रश्न
५. विद्यालय शिक्षक किताब खानाको स्थापना कहिले भयो ?
सन् क. १९९५ ख. १९९८ ग. २०० घ. २००२
६. राष्ट्रिय शिक्षा पद्धति योजना पा“चौ चरणमा कति जिल्लामा लागू भयो ?
 क. १३ ख. १५ ग. २० घ. २५
७. राष्ट्रिय शिक्षा पद्धति योजना प्रथम चरणमा कति जिल्लामा लागु भयो ?
क. २ ख. ३ ग. ४ घ. ५
८. प्रत्येक बालबालिकालाई कस्तो प्रकारको शोषणविरद्धको हक हुने
    व्यवस्था संविधानले गरेको छ ?
क. शारिरीक शोषण ख. मानसिक शोषण ग. अन्य कुनै प्रकारको शोषण घ. माथिका सबै
९. अन्तरिम संविधान २०६३ मा तलका मध्ये कुन मौलिक हकमा पर्दैन ?
क. बालबालिकासम्बन्धी हक ख. महिलासम्बन्धी हक ग. शिक्षा तथा संस्कृतिसम्बन्धी हक घ. भाषासम्बन्धी हक
१०. तुलनात्मक रूपमा मौलिक विचार अभिव्यक्ति परीक्षण गर्न नसक्ने
   प्रश्न कुन हो ?
क. छोटो उत्तर आउने ख. निबन्धात्मक प्रश्न ग. वस्तुगत प्रश्न घ. वर्णनात्मक प्रश्न
११. ‘मानव अनुभव एवम् व्यवहार अध्ययन गर्ने वास्तविक विज्ञान नै मनोविज्ञान हो,’ यो कसको भनाइ हो ?
क. थोलेस ख. स्टेफेट ग. गुड घ. स्किनर
१२. ‘शिक्षा मनोविज्ञानले मानव व्यवहारलाई शैक्षिक परिस्थितिहरूमा अध्ययन गर्दछ ।’ यो कस्को भनाइ हो ?
क. स्किनर ख. क्रो एन्ड क्रो ग. स्टेफन घ. वाल्टर कोलेस्निक
१३. अस्थायी शिक्षकले एक वर्षमा कति बिरामी बिदा पाउ“छन् ?
क. ६ दिन ख. १२ दिन ग. ३० दिन घ. १५ दिन
१४. लाइब्रेरी पर्व कुन प्रधानमन्त्रीको पालामा भएको थियो ?
क. चन्द्रशमशेर ख. भीमशमशेर ग. मोहनशमशेर घ. जुद्दशमशेर
१५. राष्ट्रिय शिक्षा पद्दति योजनाले पुस्तकहरूले लेखाउने र वितरण गर्ने जिम्मा कसलाई दिएको छ ?
क. शिक्षण सामग्री विकास केन्द्र ख. जनक शिक्षा सामग्री केन्द्र ग. साझा प्रकाशन घ. पाठ्यक्रम विकास केन्द्र
१६. दुर्गम क्षेत्रका विद्यालयमा पठनपाठन गर्न कुन विषयका लागि अस्थायी अध्यापन अनुमतिपत्र दिन सकिने व्यवस्था छ ?
क. विज्ञान ख. गणित ग. अङ्ग्रेजी घ. माथिका सबै
१७.निम्नमाध्यमिक तहमा अध्ययन गर्ने बालबालिकाको उमेर समूह कुन हो ?
क. ११–१३ ख. ११–१२ ग. ११–१५ घ. १०–१४
१८. राष्ट्रिय शिक्षापद्दति योजनाअनुसार प्राथमिक तहका शिक्षकको तलबमध्ये नेपाल सरकारले कति प्रतिशत व्यहोथ्र्यो ?
क. ८०   ख. १००   ग. ९५   घ. ७०
१९. विकासको अर्थ के हो ?
क. परिमाणात्मक परिवर्तन ख. गुणात्मक परिवर्तन ग. परिमाणात्मक तथा गुणात्मक परिवर्तन घ. सङ्ख्यात्मक परिवर्तन
२०. कुन चाहि“ शैक्षणिक योजनामा समय उल्लेख गरिएको हु“दैन ?
क. पाठयोजना ख. एकाइ योजना ग. कार्य योजना घ. कार्यपात्रो
२१. शिक्षा ऐन २०२८ अनुसार विद्यालयले लागू गर्ने  पाठ्यपुस्तक
    कहा“बाट स्वीकृत भएको हुनुपर्छ ?
क. जिल्ला शिक्षा कार्यालय ख. क्षेत्रीय शिक्षा निर्देशनालय
ग. नेपाल सरकार घ. पाठ्यक्रम विकास केन्द्र
२२. शिक्षक सेवा आयोगका सदस्यको अवकाशको उमेर हद कति हो ?
क. ५० वर्ष  ख. ५५ वर्ष  ग. ६० वर्ष  घ. ६५ वर्ष
२३. विद्यालय व्यवस्थापना समितिमा मनोनित सदस्यहरूको समयावधि
    कति वर्ष हुन्छ ?
क. २ वर्ष  ख. ३ वर्ष  ग. ४  वर्ष घ.  ५ वर्ष
२४. तलका मध्ये साक्षरता दर कम भएको राष्ट्र कुन हो ?
क. भारत  ख. बंगलादेश  ग. पाकिस्तान  घ. नेपाल
२५. सबैका लागि शिक्षा कार्यक्रमले प्रारम्भिक बाल विकासका लागि
    कुल भर्नादर सन् २००० मा  १३ प्रतिशत भएकोमा सन् २०१५ मा
    कति प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ?
क. ५०  ख. ६५   ग. ७३    घ. ८०
२६. हाल उदर कक्षोन्नति नीति कति कक्षासम्म कायम गरिएको छ ?
क. आठसम्म  ख. तीनसम्म  ग. पाँचसम्म घ. सातसम्म
२७. रेडियोद्वारा शिक्षण तालिम दिने व्यवस्था कहिलेदेखि गरियो ?
क. २०३५  ख. २०३७  ग. २०४३  घ. २०४५
२८. राष्ट्रिय शिक्षापद्दति योजना वर्षमा कुन जिल्लामा लागू गरियो ?
क. कास्की ख. चितवन ग. काठमाडौं घ. क र ख दुवै
२९. त्रिवर्षीय योजना (२०६७÷२०६८–२०६९÷२०७०)मा माध्यमिक
    तहको खुद भर्नादर कति पु¥याउने लक्ष्य छ ?
क. २५% ख. ३५% ग. ४५% घ. ५५%
३०. कुनै पनि निश्चित तह र विषयका उद्देश्यहरू पूरा गर्ने उद्देश्य लिई
    लेखाजोखा गर्नुलाई.....भनिन्छ ।
क. कार्यक्रम मूल्याङ्कन ख. सन्दर्भ मूल्याङ्कन ग. विद्यार्थी मूल्याङ्कन घ. प्रक्रिया मूल्याङ्कन
३१. शिक्षकको कार्य क्षमताका आधारमा बढुवा गर्दा शैक्षिक योग्यता
    वापत कति अङ्कसम्म प्रदान गर्न सकिन्छ ?
क. ३५  ख. २०  ग. १५  घ. १०
३२. कला सोन्दर्यप्रति अभिरुची जगाई सिर्जनशील सिपको विकास गर्ने
    देहायमध्ये कुन तहको तहगत उद्देश्यमा पर्दछ ?
क. पूर्वप्राथमिक ख. निम्नमाध्यमक ग. माध्यमिक घ. प्राथमिक
३३. नेपालमा पाश्चात्य शिक्षाको सुरुवात सर्वप्रथम कसको पालामा भयो ?
क. देव शमशेर ख. जङ्गबहादुर  ग. पद्मशमशेर  घ. वीरशमशेर
३४. तलका मध्ये कुनचाहि“ प्राथमिक शिक्षाको उद्देश्य भित्र पर्दैन ?
क. साक्षर बनाउने ख. वैज्ञानिक प्रयोगमा जोड दिने ग. राष्ट्र, धर्म समाजको ज्ञान दिलाउने घ. आधारभूत सैनिक शिक्षा प्रदान गर्ने
३५. सामान्यता पा“च वर्ष उमेरका केटाकेटीमा कति सङ्ख्यामा शब्दहरूको
   निर्माण भएको हुन्छ ?
क. १०००  ख. १६००  ग. २२००  घ. २४००
३६. मानव विकासका सन्दर्भमा तलको कुन भनाइ उपयुक्त छ ?
क. विकास+परिपक्वता= सिकाइ  ख. परिपक्वता+सिकाइ= विकास ग. विकास+सिकाइ= परिपक्वता घ. वृद्दि+विकास= सिकाइ
३७. प्राथमिक विद्यालयमा कम्तीमा एकजना महिला शिक्षक अनिवार्य
    राख्नुपर्ने प्रावधान कुन शिक्षा नियमावलीले राखेको हो ?
क. शिक्षा नियमावली २०२८ ख. शिक्षा नियमावली २०४९ ग. शिक्षा नियमावली २०५९ घ. शिक्षा नियमावली २०५७
३८. सामुदायिक विद्यालयमा शिक्षकको स्थायी नियुक्ति कसले गर्छ ?
क. शिक्षक सेवा आयोग ख. विद्यालय व्यवस्थापन समिति
ग. प्रधानाध्यापक घ. जिल्ला शिक्षा अधिकारी
३९. सर्वप्रथम माध्यमिक शिक्षालाई ६ वर्षको शिक्षा गराउनुपर्छ भनी
    सिफारिस गर्ने आयोग कुन हो ?
क. सर्वाङ्गिण राष्ट्रिय शिक्षा समिति २०१८ ख. राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ ग. नेपालमा शिक्षा २०११ घ. विद्यालयक्षेत्र सुधार योजना
४०. निम्नमाध्यमिक शिक्षकले तलकामध्ये कुन बिदा पाउ“दैनन् ?
क. भैपरिआउने  ख. पर्व  ग. बिरामी  घ. घर
४१. जिल्ला शिक्षा कोषमा तलकामध्ये कुन रकम जम्मा हु“दैन ?
क. नेपाल सरकारबाट प्राप्त अनुदान ख. शिक्षा करबाट उठेको रकम
ग. विद्यालयमा उठाएको शुल्क  घ. माथिका सबै जम्मा हुन्छन्
४२. मानव विकास भन्नाले के जनाउ“दछ ?
क. शारिरीक परिवर्तन ख. संख्यात्मक परिवर्तन ग. मानसिक परिवर्तन घ. गुणात्मक परिवर्तन
४३. विद्यालय तहको हालको संरचना कुन हो ?
    क. ५+३+२+२ ख. ५+२+३+२ ग. ५+२+२+३ घ. ३+५+२+२
४४. शिक्षा नियमाविल अनुसरा विद्यालयको एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तिमा कति दिन हुन्छ ?
क. १५०  ख. १८०  ग. २००  घ. २२०
४५. कक्षा ८ मा पढ्ने रामले १०० पूर्णाङ्कको गणित विषयमा ५०
   अङ्क ल्याए । यसलाई केले नाप्न सकिन्छ ?
क. मापन  ख. मूल्याङ्कन  ग. परीक्षा  घ. परीक्षाफल
(थप प्रश्नहरू धधध।अयििभनभतष्mभक।अयm।लउ मा)

पोषण विज्ञानमा आकर्षण

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:09 PM



प्रविधिको युगमा प्रविधिक विषयप्रति सबैको आकर्षण हुनु स्वाभाविकै हो । सम्भावना धेरै भएका व्यावहारिक र रोजगारमूलक शिक्षा लिने सबैको रहर हुन्छ । यस्तै, रहर हुनेहरु पछिल्लो समय पोषणमा आकर्षित हुँदैछन् । धरानबाट केपी लम्साल लेख्छन् :

परिवारको सपना र आफ्नो लक्ष्यलाई यथार्थमा बदल्दै समाज र राष्ट्रका लागि योगदान पु¥याउने उद्देश्य बोकेका  पोखराका राजेश पोखरेलजस्तै धेरैको सपना पूरा गराउँदैछ पोषणविज्ञानको पढाइले । नेपालमै पहिलोपटक तीन वर्षदेखि धरानको केन्द्रीय प्रविधि क्याम्पसमा पढाइ सुरु भएको पोषणविज्ञान धेरैको आकर्षणको केन्द्रविन्दु बन्दै छ ।
दोस्रो वर्षमा अध्ययनरत राजेश पोषणविज्ञानलाई व्यावहारिक र उपयोगी शिक्षा मान्छन् । उनी भन्छन्, ‘हाम्रोजस्तो विकासोन्मुख देशमा धेरै मान्छे खान नपाएर वा खान नजानेर बिरामी परिरहेका छन्, त्यो समस्या समाधानको लागि पोषणविद्को महत्वपूर्ण भूमिका हुन्छ ।’ राजेशजस्तै ७२ जना विद्यार्थी पोषणविज्ञानमा स्नातक (बिएनडी) गरिरहेका छन् अहिले । त्रिभुवन विश्वविद्यालयको आङ्गिक इकाई केन्द्रिय प्रविधि क्याम्पस धरानमा पढाइ हुने पोषणविज्ञानमा बर्सेनि २४ जनाले पढ्न पाउँछन् ।
सल्यानकी कुश्मा गौतम बिएनडी प्रथम वर्षकी विद्यार्थी हुन् । उनी राम्रो स्कोप भएका कारण काठमाडौंमा प्लसटू सकेर पोषणविज्ञान पढ्न धरान आएको बताउँछिन् । पढाइपछि अस्पताल गएर खानाका कारण बिरामी परेकाहरुको सेवा गर्ने उनको उद्देश्य छ । दोस्रो वर्षमा अध्ययनरत खोटाङ, दित्तेलका प्रणय उदासको पोषणविज्ञान पढेर समाज र राष्ट्रका लागि केही योगदान पु¥याउने उद्देश्य छ ।
नेपालजस्तो देशमा खाद्य तथा पोषण प्रविधिको ठूलो महत्व रहेको बताउने उदास यस बि
विषयका दक्ष जनशक्तिले बेरोजगार बस्नु नपर्नेमा ढुक्क छन् । पछिल्ला तथ्याङ्कहरु हेर्ने हो भने विश्वमै ८० प्रतिशतभन्दा बढी मानिस खानाको कारणले बिरामी पर्छन । ‘यदि पोषणविज्ञानको ज्ञान हुने हो भने ती मानिसहरुले खान नजानेर वा खान नपाएर अकालमा ज्यान गुमाउनु पर्ने थिएन,’ उनी भन्छन्  ।
सिकेका कुरालाई जीवनमा लागू गर्न सकिने र देशमा मात्र नभएर विदेश पनि रोजगारीको राम्रो सम्भावना भएका कारण आफू पोषणविज्ञानमा आकषर््िात भएको बताउने सर्लाहीका आरेम कार्की बिएनडी दोस्रो वर्षका विद्यार्थी हुन् । नेपालजस्तो कृषिप्रधान देशमा खाद्य तथा पोषण प्रविधिको विकास र सक्षम जनशक्तिको उत्पादनले मात्र वास्तविक आर्थिक क्रान्ति हुने उनको बुझाइ छ । कार्की भन्छन्, ‘जीवनोपयोगी र रोजगारमूलक पोषणविज्ञानको पढाइले यो देशलाई आर्थिक र शैक्षिक रुपमा सबल बनाउनेछ ।’
पछिल्लो समयमा परिवर्तीत जीवनशैलीसगैँ नयाँनयाँ स्वास्थ्य समस्याहरु देखा परिरहेका छन् । जनमानसमा खाद्यान्न प्रयोगसम्बन्धी ज्ञानको अभाव र पोषणयोग्य र सन्तुलित भोजनको प्रयोग हुन नसक्दा देखापरेका समस्या समाधानका लागि पोषणविज्ञानले केही मात्रामा भए पनि टेवा पु¥याउने विज्ञहरु बताउँछन् । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन सङ्कायका सहायक डिन तथा केन्द्रीय प्रविधि क्याम्पसका प्रमुख पशुपति मिश्र रोजगारीको ठूलो सम्भावना र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर पोषणविज्ञानजस्तो नयाँ विषयको अध्यापन सुरु गरिएको बताउँछन् । उनका अनुसार पोषणविज्ञानको पढाइ सुरु गरेको तीन वर्षमै धेरै राम्रो प्रतिक्रिया आएको छ । विशेषगरी मेडिकलमा रुचि भएका विद्यार्थी पोषणविज्ञानको पढाइमा आकर्षित भएको बताउँदै मिश्रले भने, ‘दक्ष पोषणविज्ञको उत्पादनले देशको विकासमा मात्र हैन अनुसन्धानको माध्यमबाट विश्वस्तरमै मुलुकको शान उच्च बनाउन सकिन्छ ।’
सहायक क्याम्पस प्रमुख तथा पोषणविज्ञान अध्ययन विभाग प्रमुख श्याम मिश्र हात्तिसारबाट उत्पादन हुन लागेको पोषणविज्ञानको जनशक्तिले समुन्नत राष्ट्र निमार्णमा ठूलो टेवा पु¥याउनेमा विश्वस्त छन् । आगामी तीन–चार वर्षभित्रै पोषणविज्ञानमा स्नातकोत्तरको समेत पढाइ सञ्चालन गर्ने जानकारी दिँदै उनले भने ‘नयाँ र व्यावहारिक विषय भएकै कारण पनि यसको चासो र आकर्षण बढ्दो छ ।’ यति धेरै सम्भावना बोकेको पोषणविज्ञानको अध्ययन गर्न  ं विज्ञान सङ्कायबाट कम्तीमा ५० प्रतिशत अङ्क ल्याएर प्लसटु उत्तीर्ण हुनेहरुले प्रवेश परीक्षामा सामेल हुन पाउँछन् ।

कहा“ पढ्ने ? कति खर्च लाग्छ ? 
२०३४ सालदेखि खाद्य प्रविधि पढाइ हँुदै आएको केन्द्रीय प्रविधि क्याम्पस धरानमा नेपालमै पहिलो पटक तीन वर्षदेखि नयाँ विषयको रुपमा पोषणविज्ञानको पढाइ सुरु भएको हो । हात्तिसार क्याम्पसका नामले पनि चिनिने सो क्याम्पसमा  खाद्य प्रविधिमा स्नातकदेखि विद्यवारीधिसम्म र पोषणविज्ञानमा स्नातकस्तरको पढाइ हुन्छ । भौतिक विज्ञानमा स्नातक र सूक्ष्म जीवविज्ञानमा स्नातकस्तरको समेत पढाइ हुने यो क्याम्पस विशुद्ध विज्ञान तथा प्रविधि क्याम्पस हो ।
पोषणविज्ञानमा प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने २४ जनाले मात्र अध्ययन गर्न पाउने व्यवस्था छ । चारवटा समूहमा बाँडिएको २४ जनाको सिटमध्ये पहिलो हुने चारजनाले (एक जना स्टाप कोटासहित) त्रिविले तोकेको सामान्य शुल्कमा पढ्न पाउँछन् भने चारजनाले आंशिक डोनेसन एकलाख रुपैया र बाँकी १६ जनाले तीनलाख १६ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष भाद्र असोजतिर प्रवेश परीक्षा फारम खुल्ने पोषणविज्ञानको प्रवेश परीक्षा काठमाडौ र धरानमा कात्तिक–मङ्सिरमा हुने गर्छ ।

अवसरका क्षेत्र 
चार वर्षमा सकिने यो अनुसन्धानात्मक र व्यावहारिक शिक्षा हासिल गरिसकेपछि विभिन्न अस्पतालहरुमा डाइटिसियनको रुपमा काम गर्न सकिन्छ । विभिन्न गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने पोषणसँग सम्बन्धित क्षेत्र रोजगारीको अर्को आकर्षक गन्तव्य हो ।
यो विषय पढ्नेले आफैँ सचेतनामूलक गैरसरकारी संस्था खोलेर रोजगारी सिर्जना गर्न सक्छने । त्यसबाहेक पोषणविज्ञानका विद्यार्थीले सोही विषयको अनुसन्धानात्मक काम पनि पाउन सक्छन् । पछिल्लो समय विभिन्न विषयको अध्ययनका लागि विदेश जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ । पोषणविज्ञान पढेका विद्यार्थीलाई पनि यस ममालामा सजिलो छ । यो अध्ययन सकेकाहरुले विदेशमा राम्रो आम्दानी गर्दै थप शिक्षा हासिल गर्न सक्छन् ।

ए लेभलमा के छ

Written By Collegetimes on Monday, December 3, 2012 | 4:45 AM


नेपाली विद्यार्थीका लागि अहिले ए लेभल फेसनजस्तै भइसकेको छ । एसएलसी उत्तीर्ण भएलगत्तै टिनएजर्स विद्यार्थीको पहिलो चाहना ए लेभल नै हुन थालेको छ । उच्च शिक्षाका लागि विदेशी विश्वविद्ययालयमा सजिलै पढ्न अवसर मिल्ने आसमा पनि ए लेभल पढ्ने विद्यार्थीको घुइँचो बढ्दो छ ।
के हो ए लेभल ?  
बेलायतको विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ् एजुकेसन (जिसिई) कार्यक्रमअन्तर्गत् सञ्चालन हुने एक शैक्षिक कार्यक्रम  हो, ए लेभल । क्याब्रिज इन्टरनेसनल एक्जामिनेसन (सिआइई) बोर्डका थुप्रै अन्तर्राष्ट्रियस्तरका योग्यताहरुमध्ये ए लेभल गोल्ड स्ट्यान्डर्डको योग्यता  हो । जिसिईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने प्रतिष्ठा आर्जन गरेको छ । विश्वका प्रायःजसो ख्यातिप्राप्त विश्वविद्यालयमा प्रवेश पाउन ए लेभललाई गेटपासका रुपमा लिइन्छ ।
शैक्षिक अवधि र कार्यक्रम
दुई वर्षको निर्देशित अवधिमा पूरा गर्न सकिने यो कार्यक्रम करिब ७० वटा विषयमध्येबाट छनोट गरी पढाइन्छ । पाठ्यक्रम, शिक्षणप्रणाली, परीक्षाप्रणाली आदि सबै क्याम्ब्रिज विश्वविद्यालयले निर्धारण गरेअनुसार नै हुन्छ । कुनै चारवटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ए लेभल पूरा गरेको मानिन्छ, तर विद्यार्थीले चाहे थप विषयमा परीक्षा दिन सक्छन् । कक्षा क्रियाकलापहरु मूलतः सेमिनार, छलफल, प्रयोगशाला, समस्या–समाधान, समूह  क्रियाकलाप, प्रोजेक्ट कार्य, खोजविन, प्रस्तुतिकरण, समसामयिक अध्ययन आदिमा आधारित हुन्छ । सैद्धान्तिकभन्दा व्यावहारिक र समस्या–समाधान विधिमा केन्द्रित शिक्षा प्रक्रियामा विद्यार्थीहरुले इन्टरनेटमार्फत विश्वव्यापी सम्पर्क स्थापित गरी विषयगत अध्ययनको गहिराइमा पुग्नु आवश्यक हुन्छ । ए लेभलको पाठ्यक्रम प्रत्येक वर्र्ष अध्यावधिक गरिन्छ ।
खुला पाठ्यक्रम
नेपालका ए लेभल कलेजहरुमा जनरल पेपरअन्तर्गत इङ्लिस ल्याङवेज अनिवार्य विषयका रुपमा र अन्य तीन विषय कुनै समूहबाट लिने व्यवस्था छ, तर विषय छनोटमा एउटा समूहबाट नलिन पनि पाइन्छ । विद्यार्थीको रुचि र चाहनाअनुसार थप एक विषय लिन पाउने व्यवस्था पनि छ । साइन्स समूहमा फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथम्याटिक्सजस्ता विषय पर्छन् भने म्यानेजमेन्ट समूहमा एकाउन्टेन्सी, बिजनेस स्टडिज, इकोनोमिक्स, म्याथम्याटिक्स, कम्प्युटरजस्ता विषय समावेश छन् ।
त्यसैगरी, मानविकी समूहमा सोसियोलोजी, साइकोलोजी, इकोनमिक्स, म्याथम्याटिक्स, इन्भारोमेन्ट  स्टडिज, जर्नालिज्म, आर्ट एन्ड डिजाइनिङ, कम्प्युटर आदिमध्येबाट छनोट गर्न सकिन्छ । तर, विषय छनोटमा विद्यार्थीले कुनै एक समूहमा सीमित हुनुपर्ने बाध्यता छैन । पहिलो वर्ष एड्भान्स सब्सिडियरी (एएस) मा आधा कोर्स र दोस्रो वर्ष एड्भान्स लेभल (ए लेभल) मा बाँँकी आधा कोर्सको अध्ययन पूरा गरिन्छ ।
परीक्षा एवम् मूल्याङकन विधि
ए लेभल परीक्षापद्धति लचिलो, व्यावहारिक एवम् विश्वसनीय छ । विद्यार्थीले तयारी गर्न सकेको खण्डमा छ महिनापछि सबै  विषयको परीक्षा दिन सक्छन् । वर्षमा दुईपटक (जून र नोभेम्बरमा) विश्वभर एकसाथ सञ्चालन हुने परीक्षामा विद्यार्थीले आफ्नो तयारीअनुसारका विषयको परीक्षा दिन सक्छन् । विषयगत ग्रेडिङका आधारमा ए, बि, सि, डि, ई र यू ग्रेडमा नतिजा प्रकाशन हुन्छ । लिखितका अतिरिक्त मौखिक, प्रयोगात्मक,  प्रोजेक्ट वर्कजस्ता मूल्याङ्कन विधिहरु प्रयोग गरिन्छ ।
कुनै खास विषयमा राम्रो गर्ने विद्यार्थी नेपाल टप वा वल्र्ड टपसमेत बन्न सक्छन् । प्रत्येक विषयमा प्रत्येक सेसनमा नेपाल टप र वल्र्ड टप गर्ने विद्यार्थीलाई क्याम्ब्रिजले विशेष समारोह गरी सम्मान एवम् प्रमाणपत्र प्रदान गर्छ भने राम्रो ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीले विश्वका राम्रा विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसरसमेत पाउँछन् ।
विदेशका प्रायः विश्वविद्यालयले जनरल पेपर (अङ्ग्रेजी)मा  आएको राम्रो नतिजालाई टोफल, आईईएलटीएससरह मान्यता दिएको पाइन्छ । क्याम्ब्रिज मूल्याङ्कनपद्धति विश्वकै उत्कृष्ट, विश्वसनीय र वैध पद्धति मानिन्छ । नेपालमा यसको परीक्षा ब्रिटिस काउन्सिलले सञ्चालन गर्छ ।
प्राध्यापकहरुले कसरी तयारी गर्छन् ? 
ए लेभल पाठ्यक्रम आवश्यकताअनुसार हरेक वर्ष अप टु डेट भैरहन्छ । त्यसैले प्राध्यापकहरुले सधैं अध्ययनशिल भइरहनु आवश्यक छ । यसका लागि  क्याम्ब्रिज युनिभसिर्टीले ‘टिचर सपोर्ट साइट’ को व्यवस्था गरेको छ । प्रत्येक कलेजले सो वेबसाइटको शुल्क तिरेर कलेजमा उपलब्ध गराएका हुन्छन् ।  यसको अध्ययनबाट प्राध्यापकहरुले विषयवस्तुको तयारी, शिक्षणपद्धति र परीक्षा प्रणाली आदिका बारेमा जानकारी प्राप्त गर्छन् । प्राध्यापकहरुले  इन्टरनेटको सहयोगले विश्वभरका ए लेभलका प्राध्यापकहरुसँग सम्पर्क र अन्तक्र्रिया गरी आफ्नो तयारी गर्छन् ।
पढ्न कहाँ जाने ? 
जिसिईले विगत ५० वर्षदेखि विश्वका करिब एक सय ७० देशहरुमा ए लेभल कक्षा सञ्चालन गर्दै आएको छ । नेपालमा करिब डेढ दशकदेखि ए लेभलको पढाइ सञ्चालनमा छ । विगतमा ओ लेभलसमेत सञ्चालन हुने गरेको जिसिईमा अहिले ए लेभल मात्र पठनपाठन हुने गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयले अहिले लगभग ७० विषयमा एडभान्स लेभल क्वालिफिकेसन (जसलाई ए लेभल क्वालिफिकेसन पनि भनिन्छ) प्रदान गर्दै आएको छ । नेपालमा भने १५ वटा विषयमा मात्र परीक्षा हुने गरेको छ । देशभर ए लेभलका ३४ वटा शिक्षण संस्था छन् । तीमध्ये उपत्यकामा ३०, पोखरामा तीन र विराटनगरमा एक वटा सञ्चालित छन् । ए लेभलमा बर्सेनि एक हजार पाँच सयदेखि दुई हजार नेपाली विद्यार्थीले सहभागिता जनाउने गरेका छन् ।

होटल म्यानेजमेन्ट

Written By Neplee on Friday, September 21, 2012 | 5:33 AM


अध्ययनपछि सोझै रोजगार पाइने प्रयोगात्मक विषय हो होटल म्यानेजमेन्ट । यसबाट प्रमाणपत्र मात्र होइन, सीप पनि आर्जन हुन्छ । नेपालजस्तो पर्यटकीय सम्भावना बोकेको मुलुकका लागि उपयुक्त विषय पनि हो यो । यसमा पाककलादेखि अतिथि सत्कारसम्मको ज्ञान दिइन्छ ।
व्यवस्थापन सङ्कायबाट प्लस टु, स्नातक एवम् स्नातकोत्तर तहसम्म होटल म्यानेजमेन्टको अध्ययन गर्न पाइन्छ । भोकेसनल ट्रेनिङका रुपमा समेत यो विषयको ज्ञान आर्जन गर्न सकिन्छ । सिटिइभिटीको सम्बन्धनमा देशभरका थुप्रै इन्स्टिच्युटले होटल म्यानेजमेन्टको रोजगारमुखी तालिम दिँदै आएका छन् ।
होटल म्यानेजमेन्टले नेपालमा मात्र नभएर विश्व बजारका लागि जनशक्ति उत्पादन गर्ने बताउँदै साउथ एसिएन स्कुल अफ होटल म्यानेजमेन्ट विराटनगरका पुष्पराज पढालले पर्यटन व्यवसायसँग सम्बन्धित दक्ष जनशक्तिलाई सधैं रोजगारीको ढोका खुला रहने बताए ।
होटललगायतका सेवा व्यवस्थापनका लागि आवश्यक जनशक्ति उत्पादन गर्न होटल म्यानेजमेन्ट अध्ययन गर्नु अनिवार्य मानिन्छ । यसअन्तर्गत फुड प्रोडक्सन, हाउस किपिङ, हस्पिटालिटी म्यानेजमेन्ट, मार्केटिङ, फ्रन्ट अफिस, सभिर्सजस्ता विषय पढ्नुपर्छ । यो विषय पढ्नेहरुले होटल, ट्राभल एजेन्सीजस्ता सेवाका कुनै पनि क्षेत्रमा काम गर्न सक्ने पढालको भनाइ छ ।
त्यसो त नेपालमा मात्र होइन, विश्व रोजगार बजारमै यस्तो जनशक्ति खपत हुने गरेको छ  । अब्रोड स्टडीको तयारी गरिरहेका नेपाली विद्यार्थीहरुले विदेशमा काम गर्दै पढ्ने मानसिकता बनाउने गरेका छन् । यस्ता विद्यार्थीले पनि नेपालमै होटल म्यानेजमेन्ट अध्ययन गरेर जाँदा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ ।
उच्चमाध्यमिक शिक्षा परिषद्को सम्बन्धनमा थुप्रै प्लस टुले होटल म्यानेजमेन्ट विषयमा पठन–पाठन गराउँदै आएका छन् । प्लस टुमा यो विषयको आधारभूत ज्ञान मात्र दिइन्छ । फ्रन्ट अफिस, हाउस किपिङ, फुड एन्ड वेभरेज सर्भिस र फुड प्रोडक्सन यही तहमा पढाइ हुन्छ । सय पूर्णाङ्कको विषयमा ७५ प्रतिशत सैद्धान्तिक तथा २५ प्रतिशत प्रयोगात्मक हुन्छ ।
बिएचएम अध्ययनका लागि नेपालमा धेरै कलेज छन् । पूर्वमा भने साउथ एसियन कलेज अफ् टुरिज्म म्यानेजमेन्ट विराटनगरले बिएचएम र धनकुटाको राजारानीमा रहेको पुण्य उच्चमाविले होटल म्यानेजमेन्टको शिक्षा दिँदै आएका छन् ।  काठमाडौंमा भने व्यवस्थापन सङ्काय सञ्चालन गर्ने प्रायःजसो कलेजले यो विषय पनि पढाउने गरेका छन् ।
गेट कलेज, इन्टरनेसल स्कुल अफ होटल म्यानेजमेन्ट, मिड भ्याली कलेज अफ होटल म्यानेजमेन्ट, सिल्भर माउन्टेन, कान्तिपुर होटल म्यानेजमेन्ट कलेज, गेटवे कलेज आदि देशभरका ३० भन्दा बढी कलेजमा बिएचएम पढाइ हुन्छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाँच, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत चार, काठमाडौं विश्वविद्यालयअन्तर्गत दुई तथा पोखरा विश्वविद्यालयअन्तर्गत तीन वटा कलेजमा बिएचएमको पढाइ हुने गरेको छ ।  बाँकी कलेजले अन्तर्राष्ट्रिय विश्वविद्यालयको सम्बन्धनमा यो विषयको पठन–पाठन गराउँदै आएको पाइन्छ । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कान्तिपुर होटल म्यानेजमेन्ट कलेज तथा त्रिभुवन विश्वविद्यालयको नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले स्नातकोत्तरको कक्षा पनि सञ्चालन गरेका छन् ।
नेपालमा बिएचएमको तीन तथा चारवर्षे कोर्समा आठ सेमेस्टर पढाइ हुने गरेको छ । अधिकतर कलेजमा बिएचएम गर्न तीनदेखि चार लाख रुपैयाँसम्म खर्च हुन्छ । विराटनगरको साउथ एसिएन कलेजले भने विएचएम कोर्स पूरा गरेको तीन लाख ६३ हजार लिदै आएको छ । दस जोड दुई वा प्रमाणपत्र तहको पढाइ पूरा गरेकाले बिएचएममा भर्ना पाउँछन् ।

शिक्षामा देशकै प्रतिनिधि पूर्वाञ्चल

Written By Neplee on Tuesday, May 15, 2012 | 5:36 PM

राजधानीलाई सबै सुविधाको लागि अग्रणी मानिन्छ । भनिन्छ हरेक क्षेत्रमा राजधानीले मात्र सहज पहुँच प्राप्त गरेको छ । तर, शिक्षाक्षेत्रमा भने पूर्वाञ्चलले देशकै नेतृत्व गरेको छ भन्दा अत्युक्ति नहोला । प्राविधिक शिक्षामा पूर्वाञ्चलको भूमिकाका कारण पूर्वाञ्चल शिक्षाको राजधानीको रूपमा विकास हुँदै गएको छ ।
देशकै प्रतिनिधित्व गर्ने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, मेची क्याम्पसलगायतले शिक्षासम्बन्धी विभिन्न कोर्स सञ्चालन गरिरहेको छ । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन र कृषि इन्जिनियरिङले देशकै प्रतिनिधित्व गरेको छ । त्यस्तै, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा न्युट्रिसन एण्ट डाइटिसीयन र अर्को मेची क्याम्पस भद्रपुरमा टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट पनि देशभरमै अध्यापन हुने एकमात्र क्याम्पस हुन् ।
टी टेक्नोलोजी एण्ड मेनेजमेण्ट
झापा तथा इलाममा रहेका साना–ठूला गरी एक सय ४१ भन्दा बढी चिया कारखानाहरूले दक्ष जनशक्तिको अभावमा गुणस्तरीय चिया उत्पादन गर्न सकिरहेका छैनन् । विशेषगरी चिया विशेषज्ञहरू भारतबाट निर्यात गर्नुपर्ने समस्यासँगै बढी आर्थिक भार खेप्नु परिरहेको छ । विशेषज्ञता हासिल गर्न नेपालमा यस विषयको शिक्षा अपरिहार्य भए पनि पूरा हुन सकिरहेको थिएन । तर, शैक्षिक सत्र २०६८÷०६९ बाट मेची क्याम्पस भद्रपुरले टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट शिक्षाको अध्ययन–अध्यापन सुरु गरेको छ ।
यो शिक्षामा विशेषज्ञताका लागि विज्ञान विषयमा आइएससी वा प्लसटु गरेपछि चारबर्से कोर्स अध्ययन गर्न पाउँछन् । त्रिविअन्तर्गत नै रहने गरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमार्फत् यो शिक्षा लागू गरिएको हो । यस शिक्षाका लागि २४ कोटा छन्, जसमा यस वर्ष ३५ जनाले प्रवेशिकास्तर परीक्षा दिएका थिए । यो शिक्षाका लागि एक विद्यार्थीले करिब तीन लाख ३८ हजार खर्च गर्नुपर्ने क्याम्पस प्रशासनले जनाएको छ ।
नेपालमा राष्ट्रिय चिया तथा कफी नीति बनाए पनि कार्यान्वयनका पक्षमा भने सरकार आफैँ मौन रहेको टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट विषयमा स्थायी समिति सदस्य श्यामकुमार मिश्र बताउँछन् । उनका अनुसार चिया तथा कफी विकास बोर्ड छ तर, किसानहरूलाई फाइदा पुग्नेखालका अध्ययन–अनुसन्धान भने भएको छैन । देशकै प्रतिनिधित्व गर्ने यो शिक्षा मेची क्याम्पसमा लागू भएपछि भने मुलुकमै दक्ष जनशक्ति केही वर्षमा उत्पादन हुनेमा विज्ञहरू विश्वस्त छन् ।
विज्ञहरूले चियाको लागि माटो परीक्षण गर्ने, नर्सरी लगाउने, चियाको बुटा रोप्ने, स्याहार गर्नेदेखि चिया टिप्ने र प्रशोधन गर्ने प्रविधिको बारेमा जानकारी राख्नेछन् भने उत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनका लागि पनि व्यवस्थापन प्रविधिको समेत सिकाइ हुन्छ । वि.सं. १९२० देखि नेपालमा चिया खेती सुरु गरे पनि विस्तार र गुणात्मक विकास गर्न, गोड्न, प्राविधिक जनशक्ति उत्पादन गर्न ध्यान दिइएको थिएन । सो कमीलाई पूरा गर्ने प्राविधिक उत्पादनका लागि गर्ने उद्देश्यले यो विषयमा अध्यापन थालिएको उनले बताए ।
टेक्नोलोजीका लागि २०६८ मै भारत आसामको जोराहाट विश्वविद्यालयमा गएर अध्ययन–अनुसन्धान गरी कोर्स डिजाइन गरिएको मिश्रको भनाइ छ । चिया नेपालबाट बढी निर्यात हुने एउटा महत्वपूर्ण कृषि उपज हो । दक्ष जनशक्ति उत्पादन भएमा चियाको विस्तार एवं विकासका लागि सहयोग पुग्ने र गुणस्तरीय चियाको उत्पादन नेपालमै हुनसक्ने उनको धारणा छ । ‘नेपालमा विस्तार भइरहेका हरेक चिया कारखानामा विशेषज्ञको आवश्यकता पर्छ त्यसलाई परिपूर्ति गर्नका लागि पनि सहज हुनेछ ।’
चियाक्षेत्रमा अवसरसँगै चुनौती पनि रहेको देख्छन् पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालका अनुसार आवश्यक पूर्वाधार, शिक्षक, उपकरण, मेसिन, ल्याबलगायतमा करोडौंको लगानी हुने गरेको छ । मेची क्याम्पससँग हाल भएको सय बिगाहा जग्गालाई टी प्लान्टेसन गर्ने योजनामा रहेको दाहाल बताउँछन् । त्यसबाट सीटीसी, अर्थोडक्स, र ग्रिन टीहरू उत्पादन गर्ने योजना छ । फार्मिङदेखि फ्याक्ट्रीको प्रोसेसिङ, मार्केटिङसम्मको शिक्षा यसभित्र पर्ने क्याम्पस प्रशासनले जनाएको छ ।

रेफ एन्ड एसी
रेफ्रिजेरेसन एन्ड एयर कन्डिसन इन्जिनियरिङ शैक्षिक सत्र २०५३ सालदेखि सञ्चालित हुँदै आएको छ । एसएलसीपछि अध्ययन गर्न पाइने यो शिक्षाका लागि देशकै प्रतिनिधित्व गर्ने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान मात्रै हो । यसमा दुई महिलासहित २४ कोटा रहेको छ । सरकारी कोटामा तीन बर्से कोर्सको अध्ययन पूरा गर्न १५ हजार लाग्छ भने पेइङतर्फ ७० हजार खर्च हुन्छ ।
नेपालमा यसको महत्व बढ्दै गए पनि उच्चशिक्षाका लागि भने बीई नभएका कारण विद्यार्थीको सङ्ख्या कम हुने गरेको शिक्षक विश्वप्रशन्न अमात्यले बताए । नेपालमा टेली कम्युनिकेसन, होटल, हस्पिटल, अर्थोराइज डिलरहरूमा यसको काम हुने गरेको उनी बताउँछन् । आफैँले वर्कसप खोली आत्मनिर्भर बन्दै अन्यलाई पनि रोजगारको वातावरण सिर्जना गर्न सक्छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसका प्रशस्त अवसरहरू रहेको शिक्षक अमात्यको दावी छ ।
एसी तथा रेफ्रिजेरेसनको क्षेत्रमा प्रगति हुन नसक्दा दक्ष जनशक्तिका लागि विदेशको मुख ताक्नुपरेको छ । रेफ एन्ड एसीमै स्नातक तह नभएका कारण विद्यार्थीहरू मेकानिकल गरी स्नातकोत्तर गर्नका लागि विदेशमै गई अध्ययन गर्नुपर्ने अवस्था छ ।
बढ्दो जलवायु परिवर्तनले पारेको प्रत्यक्ष असरले हरेक सामग्रीहरू स्टोरेज गर्नुपर्ने बाध्यता बन्दै गएको परिस्थितिमा उद्योग, हस्पिटल, कृषिमा, वातावरण कन्ट्रोल गर्नका लागि कोल्ड स्टोरेजको आवश्यकतामा यो विषय लिएका विद्यार्थीहरूले अवसर पाउन सक्छन् ।
यसका चुनौतीहरू पनि त्यतिकै रहेको शिक्षक अमात्यको दावी छ । रेफ एन्ड एसीको बारेमा जानकारी कम हुनु र सिभिल साथै मेकानिकललाई मात्रै इन्जिनियरिङ सोचिएका कारण यो क्षेत्रमा प्रवेश गर्नेको सङ्ख्या कम छ । स्वेच्छाले पढ्ने विद्यार्थीको सङ्ख्या कम र पूर्वाधारलाई बढोत्तरी गर्न नसक्दा समस्या भइरहेको छ । ‘नयाँ–नयाँ प्रविधिहरू आएका छन्, त्यसलाई अपग्रेड गर्न सकिएको छैन’ उनी भन्छन्, ‘पाँच वर्षमा प्रविधिमा धेरै नै परिवर्तन भइसकेको हुन्छ ।’

कृषि इन्जिनियरिङ
शैक्षिक सत्र २०५७÷५८ देखि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा सुरु भएको देशकै एकमात्र शिक्षा हो, कृषि इन्जिनियरिङ । यस शिक्षाका लागि ४८ कोटा रहेको छ । कृषिमा यान्त्रिकीकरण गरी कृषिलाई बढी उत्पादन गर्ने यसको प्रमुख ध्येय हो । आधुनिकीकरणको अभावमा कृषकहरूको आर्थिक उन्नतिलाई टेवा दिन नसकिरहेको बेलामा यस शिक्षाले कृषिलाई पूर्ण सहयोग गर्ने क्याम्पसका शिक्षण विभाग प्रमुख उद्धव श्रेष्ठ बताउँछन् । ‘कृषकहरूलाई बढीभन्दा बढी उत्पादन गर्ने बनाउने विधिको सिकाइ हुन्छ’ उनी भन्छन् ।
कृषिलाई उद्योगतर्फ डो¥याउनका लागि पनि यस शिक्षाको महत्वपूर्ण देन रहन्छ । तर, हाम्रोजस्तो देशमा कृषिलाई यान्त्रिकीकरण गर्न नसक्दा समस्या रहेको विद्यार्थी सुरज काफ्लेको बुझाइ छ । कृषि इन्जिनियरिङका लागि सिभिल इन्जिनियरिङको ३० प्रतिशत, मेकानिकल इन्जिनियरिङको ३० प्रतिशत र कृषिको ४० प्रतिशत अध्ययनको सम्मिश्रण हुने गरेको उनको भनाइ छ । ‘तर, कत्तिको बुझाइ कृषिमात्रै होला भन्ने छ,’ उनी भन्छन्, ‘तर, कृषिलाई आधुनिकीकरण गर्न सहयोग गर्ने सबै विषयहरू यसमा पर्छन् ।’ कृषिलाई विकास गरेर देशलाई आर्थिकरूपमा सम्पन्न बनाउनका लागि यो शिक्षातर्फ आफू आकर्षित भएको उनी बताउँछन् ।
कृषि इन्जिनियरिङमा अध्ययन गर्नेहरू माटो, सिचाइँ, विकीरणीय उर्जासँग सम्बन्धित रहेर काम गर्न सक्छन् । कृषिका लागि चाहिने औजार तथा सामग्रीहरू पनि उत्पादन गर्नमा सहयोग पु¥याउँछ यो शिक्षाले’ कृषि विभाग उपप्रमुख यामकुमार राई भन्छन्, ‘भूमिलाई भौतिक, रासायनिक क्षयीकरणबाट बचाउन सहयोग गर्नु पनि यो शिक्षाको अर्को महत्वपूर्ण पाटो हो ।’ कृषि इन्जिनियरिङ सकेका जनशक्तिहरू विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूसँग सहकार्य गरेर वा आफैँ पनि रोजगारी सिर्जना गर्न सक्ने खुबी राख्छन् । सिचाइँ विभाग, कृषि विभाग, भूसंरक्षण तथा वन मन्त्रालयलगायतका सरकारी निकायले रोजगार दिन सक्छन् । यद्यपि अन्य विषयझैँ यसलाई चिनाउन सयम लाग्ने र प्रविधि तथा ल्याबहरूमा ठूलो धनराशि खर्च हुने गरेका कारण यो विषयको अध्यापन, अनुसन्धान, विकास र सञ्चालनमा चुनौती विद्यमान छ ।

पोषण तथा आहार विज्ञान
२०६२ सालदेखि राष्ट्रिय योजना आयोगले ध्यान दिन थालेको यो शिक्षा २०६७ सालदेखि मात्रै त्रिभुवन विश्वविद्यालयको आङ्गिक केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानले अध्यापनको स्वीकृति पायो ।
स्वीकृत पाएलगत्तै पहिलो वर्ष ९७ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भए । २४ जनाको कोटा रहेको यो विषय आईएस्सी वा विज्ञानमा प्लस टु गरेका विद्यार्थीले मात्रै अध्ययन गर्न पाउँछन् । प्रवेश परीक्षाबाट शीर्ष आठसम्म आउने विद्यार्थीले त्रिविको नोमिनलअन्तर्गत एक लाख तिरी अध्ययन गर्न पाउने सहायक क्याम्पस प्रमुख एवम् पोषण विभागका प्रमुख श्यामकुमार मिश्र बताउँछन् । ‘अन्य १६ जनाले भने तीन लाख १५ हजार खर्च गरी अध्ययन गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘सन्तुलित आहार, खानेकुराको कमी हुने वा कुपोषणको प्रभावलाई हटाउने यसको मुख्य विषय हो ।’
नेपालको लागि यो विषय नौलो मानिन्छ । कुपोषणको सिकारले मानिसहरू मरेको खबरहरू सञ्चारमाध्ययममा आइरहँदा यस्तो रोगबाट मानिसहरूलाई बचाउनुपर्छ भन्ने लागेर यो विषय अध्ययन गरेको दोस्रो वर्षका विद्यार्थी अर्पण ढकाल बताउँछन् । खानपिन, अव्यवहार, अस्वस्थताका कारण कुपोषणको सिकार हुने समस्या बढ्दै गएकाले पनि त्यसतर्फ ध्यान दिँदै राष्ट्रिय योजना आयोगले यो शिक्षा लागू गरेको उनले बताए ।
पोषणविज्ञ भइसकेका जनशक्तिहरूले विशेषतः हस्पिटल, नेपाल सरकार तथा गैरसरकारी संस्थाले चलाएको परियोजना र जनस्वास्थ्य कार्यक्रमहरूमा रोजगार पाउँछन् । हाल देशमा जनशक्ति उत्पादन नहुँदा अहिले विदेशी अथवा विदेशबाट पढेर आएकाबाट काम चलाउनुपर्ने बाध्यता छ । स्टार होटल, खाद्य उद्योग, खेलकुद क्लब, जीमखाना, आर्मी तथा विद्यालयको होस्टललगायतक्षेत्रमा पोषणविज्ञको हाल ठूलो माग छ । तर, जनशक्ति कम भएका कारण त्यो पूरा हुन सकेको छैन । त्यस्तै निकट भविष्यमै नेपाल सरकारले प्रत्येक गाविस अथवा नगरपालिका पोषणविज्ञ राख्ने तयारी गरेकाले पनि यस विषय अध्ययन गरेका जनशक्तिले सहजरूपमा रोजगार पाउने छन् ।
भोजराज श्रेष्ठ

कुहिने प्लाष्टिकको खोज

Written By Neplee on Friday, February 17, 2012 | 6:10 PM


नेपालको एकमात्र सरकारी खाद्य प्रविधि क्याम्पस धरानस्थित हात्तिसारबाट खाद्य प्रविधि (विटेक) चार वर्ष पूरा गरेका विजन श्रेष्ठले बायोडिग्रेडेबल (कुहिन सक्ने) प्लास्टिक तयार गरेका छन् । उनी थेसिसअन्तर्गत् सो परीक्षण गरेर नमुना बायोप्लाष्टिक बनाउन सफल बनेका हुन् ।
उनले जुनेलोको मकैबाट स्टार्च निकाली कुहिन सक्ने (बायो डिग्रेडेवल) प्लास्टिक तयार पारेका हुन् । ‘थेसिस गर्ने क्रममा गरियो, हुँदो रै’छ भन्ने लाग्यो,’ उनले भने, ‘पहिले त अन्योलकै स्थितिमा सुरु गरिएको थियो ।’ निश्चित अवधिसम्ममा सूक्ष्मजीवहरूले यस्ताखालका प्लास्टिकहरू कुहाउने उनी बताउँछन् । खान पनि सकिने ती प्लास्टिकहरू नेपालमा हाल कमै प्रयोग भएको पाइन्छ । तर, विदेशतिर भने त्यसको सतप्रतिशत प्रयोग हुन थालिसकेको उनको भनाइ छ । स्टार्चलाई ल्याबमा खानयोग्य केमिकल (ग्लिसिरोल्ड) प्रयोग गरी नरम र लचकदार बनाउन र सजिलैसँग लान–ल्याउन सकिने उनले बताए ।
आलु, चामल, गहुुँ, तरुल, पिँडालुलगायतबाट जिवित स्टार्च (ग्लुकोजको पोलिमा) बनाउन सकिने श्रेष्ठ बताउँछन् । साउनको दोस्रोसातादेखि सुरु गरेका उनले असोजको पहिलो हप्तामा बायोडिग्रेडेबल तयार पारेका थिए । सामान्य तापक्रममा राख्न सकिने त्यस्ता बायोडिग्रेडेबल सामग्रीहरू भने चिसो तापक्रममा राख्न नमिल्ने उनी बताउँछन् । नेपालमै पहिलो पटक त्यस्तो सामग्री तयार पारेका उनले भने, ‘यो नेपालमा कमै प्रयोगमा आउँछ, किनभने यो अन्य प्लास्टिकको तुलनामा २ देखि १० गुणा महँगो पर्न जान्छ ।’
स्रोतको कारणले पनि केही महँगो हुने त्यस्ता प्लास्टिकहरू केही वर्षसम्म टिकाउ रहन्छन् । तर, सामान्य प्लास्टिकझैँ नहुने भएकाले त्यसलाई हरेक क्षेत्रमा प्रयोग गर्न सकिने शिक्षक प्रमेशकुमार ढुङ्गानाको भनाइ छ । ढुङ्गानाका अनुसार विदेशमा यसको प्रयोग चकलेटको माथिल्लो भाग, टफी, मिठाइको बाहिरी आवरणका रूपमा प्रयोग हुने गरेको छ । ‘नेपालीले यसको महत्व अझै बुझिसकेका छैनन्’ उनी भन्छन्, ‘त्यसकारण पनि यसको बजार बिस्तार हुन सकेको छैन ।’ यस क्षेत्रमा दक्ष जनशक्तिहरू नै कम उत्पादन हुने र भएका जनशक्ति पनि विदेश पलायन हुने भएकाले यस्ता प्रयोग कम हुने गरेको छ ।
हालै चौथो वर्ष पूरा गरेका विद्यार्थीमा उनीमात्रै एक प्रतिनिधि पात्र हुन्, जसले नेपालमै बसेर आफ्ना सीप देखाएका छन् । अध्यापन पूरा गरेका विद्यार्थीका लागि नेपालमा थप प्रयोगात्मक शिक्षा दिने इन्स्टिच्युट नभएका कारण पनि दक्ष जनशक्तिहरू विदेश पलायन हुने गरेको उनको बुझाइ छ । विश्व बजारलाई हेर्ने हो भने यो प्रविधि भित्र्याउने पहिलो देश अष्ट्रेलिया पर्न आउँछ । औद्योगीकीकरण गरेर खाद्यपदार्थमा प्रयोग गरिएको पनि त्यही नै पहिलो मानिन्छ । नेपालमा पनि दक्ष जनशक्तिलाई प्रयोगमा ल्याई बायोडिग्रेडेबल प्लास्टिकको उत्पादन गर्न सके रोजगारसँगै प्लाष्टिक मुक्त शहरको परिकल्पना गर्न सकिने विज्ञहरूको भनाइ छ ।
भोजराज श्रेष्ठ

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved