- कृष्णराज सर्वहारी
शङ्कर निम्नमाध्यामिक विद्यालय, पिपरी देउखुरीका शिक्षक सुवर्णमान चौधरी कक्षा ७ मा स्वास्थ्य तथा शारीरिक शिक्षा विषय पढाइरहेका थिए । पाठ्यविषय थियो पोषण शिक्षा । सेतोपाटीतर्फ पछिल्लो बेन्चका विद्यार्थीहरूको ध्यानाकर्षण गर्ने क्रममा उनी त्यहाँ पुग्दा विद्यार्थीहरू भने ‘किशारोवस्था, यौन तथा प्रजनन स्वास्थ्य’ शीर्षकको पाठ पल्टाउँदै हाँसिरहेका थिए । उनले सम्झाए, ‘यो पाठ केही दिनपछि पढौंला भाइ हो, अहिले पढिरहेको पाठमा ध्यान देओ ।’
शिक्षक चौधरीको विचारमा यौन शिक्षाको विषय कक्षा ६ देखि ८ मा अनिवार्य गरिएपछि विद्यार्थीहरू यौनका विषयमा खुला रूपमा जिज्ञासु भएका छन् । किशोरीभन्दा किशोरहरू धक नमानी प्रश्न सोध्छन् । त्यही जिज्ञासाकै समाधान गर्न अरू पाठभन्दा यौन तथा प्रजनन स्वास्थ्य बारेको पाठ्यसामग्री पढाउन बढी समय दिएको शिक्षक चौधरीले बताए । पाठ्यक्रम विकास केन्द्रले १८ जिल्लाका सय विद्यालयमा परीक्षण गरी २०७० वैशाखबाट कक्षा ६ मा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा यौनबारेको विशेष जानकारीलाई अनिवार्य गरेको छ । आगामी शैक्षिक सत्रदेखि कक्षा ७ मा तथा २०७२ वैशाखबाट कक्षा ८ मा यो विषय अनिवार्य गरिनेछ । अनुसन्धानका क्रममा पाकाहरूले पाठ्यक्रम बनाउने र पाकाहरूले नै पढाउने भएकाले किशोर–किशोरीहरूको यौन र शारीरिक परिवर्तनसम्बन्धी जिज्ञासाको सही समाधान हुन नपाएको विद्यार्थीहरूले गुनासो गरेका थिए । त्यसैले अत्यावश्यक यौन शिक्षाको विषयलाई अनिवार्य गरिएको पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक बालकृष्ण रञ्जित बताउँछन् ।
अघिल्लो संविधानसभामा यौन अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्दै सभासद रहेका नीलहीरा समाजका पूर्व अध्यक्ष सुनिलबाबु पन्तका अनुसार समलिङ्गी यौन पहिचानलगायत विषयबारे पाठ्यक्रममा थोरै भए पनि जानकारी राखिनु ‘ठूलो कुरा’ भएको बताउँछन् । शिक्षकहरूले यसबारे गलत अपव्याख्या नगरुन् भनेर उनीहरूलाई तालिम दिनु भने जरुरी रहेको पूर्वसभासद पन्तको सुझाव छ ।
परीक्षणको रूपमा लागु गरिँदा पनि शिक्षकहरूले तालिमकै बारेमा आवाज उठाएका थिए । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक रञ्जित केन्द्रको काम पाठ्यपुस्तक तयार गर्नु मात्र रहेकाले शैक्षिक जनशक्ति विकास केन्द्रलाई प्राप्त सुझावको आधारमा तालिमको लागि अनुरोध गर्ने जनाए ।
१८ जिल्लामा परीक्षणको रूपमा लागु गरिँदा बाँकेको मुस्लिम समुदायका विद्यार्थीलाई यौन तथा प्रजनन स्वास्थ्य बारेको विषय पढाउन शिक्षकलाई केही अप्ठेरो भएको प्रतिक्रिया प्राप्त भएको छ । ‘कोर्स फेरिएपछि सुरुमा जुन विषय पनि पढाउन गाह्रो अनुभव हुनु स्वाभाविक हो,’ उक्त पुस्तकका लेखकमध्ये एक देवराज महर्जन भन्छन्, ‘तर, हरेक १० वर्षमा पाठ्यक्रम फेरिनु स्वाभाविक प्रक्रिया भएकाले शिक्षकहरूलाई बिस्तारै यस विषयमा पनि बानी पर्ला ।’ यौनको विषयलाई शिक्षक स्वयम्ले लज्जाको विषय ठान्ने भएकाले पढाउन गाह्रो लागेको हुनसक्ने लेखक महर्जनको तर्क छ ।
यस तर्कलाई सोह्रै आना सत्य मान्ने मनोविद् गङ्गा पाठकको भनाइ छ, ‘नेपालको जुनसुकै कुना कन्दरामा मन्दिर स्थापना गरिएको छ, जहाँको टुँडालमा यौनजन्य क्रियाकलापको दृश्यलाई स्वाभाविक मानिन्छ । किशोर–किशोरीहरूले इन्टरनेटलगायत माध्यमबाट तथा अन्य गलत तरीकाले यौन शिक्षा पाउनुभन्दा विद्यालयको कोर्समा अनिवार्य राखिनु समसामयिक र उपयुक्त छ । उनीहरूले गुरुले पढाएको ध्यान दिएर सुन्ने, गुन्ने भएकाले यो माध्यम प्रभावकारी हुने देखिन्छ ।
विद्यालय तहमा होस् या उच्चशिक्षा, समयसापेक्ष कोर्स नराखिए विद्यार्थीलाई आकर्षित गर्दैन ।’
पुस्तकका लेखक देवराज महर्जनको विचारमा कक्षा ६ देखि ८ सम्म यौनको विषयमा पढाइनु समय सापेक्ष छ । विद्यार्थीहरू यही कक्षामा अध्यययन गर्दा वास्तविक किशोरावस्थामा प्रवेश गर्छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा भने स्वास्थ्य विषयमा यौन शिक्षाको कुरा ऐच्छिक रूपमा राखिँदै छ । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा बर्सेनि दुई लाख ५० हजार महिलाले गर्भपतन गराउँछन् । खासगरी प्लस टु पढ्ने छात्राहरूले सुरक्षित गर्भपतनलाई अस्थायी परिवार नियोजनको साधनको रूपमा लिएको देखिन्छ । सिटी सेन्टर हस्पिटल कलङ्की, काठमाडौंका सुनिल चौधरी भन्छन्, ‘यथासमयमै यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी पाउन सके किशोर–किशोरीहरू गलत बाटोमा लाग्न कम हुन्छ । त्यसैले ६ कक्षादेखि नै यसबारे कोर्स राखेको मलाई निकै सान्दर्भिक लागेको छ ।’
शङ्कर निमावि देउखुरीमा कक्षा ६ मा अध्ययनरत शिवशङ्कर चौधरीले अन्य अङ्गजस्तै यौन अङ्गको सरसफाइमा पनि ध्यान दिनुपर्ने कुरा स्वास्थ्य विषयको किताब पढेर जानेको बताउँदै भन्छन्, ‘बाआमासँग यस्ता कुरा सोध्न सकिन्न । शिक्षकले कक्षामै छलफल चलाउँदा हामी दङ्ग छौँ । सर्वोदय उच्चमावि सिसहनिया देउखुरीमा कक्षा सात पढ्दै गरेको छोराले एकदिन स्वप्नदोषबारे सोध्दा आफू चकितपरेको अभिभावक कुमार राउतले बताए । उसलाई स्वप्नदोष हुने गरेको रहेछ । सात कक्षाको स्वास्थ्य विषयको किताबमा यसबारे लेखिएको रहेछ । किशोरावस्थाको यो विशेष लक्षणबारे किताब पढेर थाहा पाएपछि ऊ निश्चिन्त भएको रहेछ । राउतले भने, ‘बाबु–छोरामा एउटै समस्या भएपछि साथी जस्तो होइँदो रहेछ । यस्तो कोर्स बनाएकोमा सरकारलाई धन्यवाद दिनैपर्छ ।’
एओएस हर्मन माइनर स्कुल इटहरीका स्वास्थ्य शिक्षक मनोज चौधरीका अनुसार यौनका विषयमा कुरा गर्न कतिपयले लाज माने पनि अधिकतर किशोर–किशोरीहरू खासगरी शिक्षक र साथीहरूले भनेको रुचिपूर्वक सुन्न चाहन्छन् । यो विकासात्मक यौन मनोविज्ञानमा आधारित कुरा हो । विद्यालयमा खासगरी कक्षामा यौनका विषयमा छलफल गर्नु अचेल पहिलेजस्तो ‘विशेष’ वा केही थाहा नभएको कुरा रहेन, प्रविधिको पहुँच वृद्धिले गर्दा ‘सामान्य’ भइसकेको छ ।
शिक्षक चौधरी यसपटक कक्षा छमा परिवर्तन गरिएको स्वास्थ्य विषयको कोर्समा थुप्रै नयाँ कुराहरू राखिनु सकारात्मक र आवश्यक भएको बताउँछन् । यसपटक थपिएका नयाँ कुराहरूमा महिनाबारी, स्वप्नदोष, स्तनको विकास, लिङ्ग, योनी र पाठेघरका बनावट आदिबारेका जानकारी छन्, जुन समसामयिक विषय हुन् । ‘यस्ता विषयको शिक्षण सिकाइ क्रियाकलाप गर्दा सुरु–सुरुमा शिक्षकलाई अलिकति धक लाग्नु, विद्यार्थीले पनि कानेखुसी गर्नु स्वाभाविक हो,’ चौधरी भन्छन्, ‘तर, मैले शिक्षण कला र अनुभवका आधारमा विद्यार्थीलाई विषयवस्तुप्रति गम्भीर बनाई यो विषयका बारेमा बताउने गरेको छु । विद्यार्थीले यौन शिक्षाबारे पढाउन–सिकाउन खासै समस्या छैन ।’
यौनाङ्ग अथवा प्रजनन अङ्गलाई ‘छ्या’ र महिनाबारी हुनुलाई ‘नछुने’ अर्थात् अछुत हुने भनी अभिभावकले सिकाउने गरेकाले यस्ता गलत सामाजिक धारणाहरूलाई हटाउन पनि यौन अङ्गको विकास र महिनाबारी प्रारम्भ हुनुअगावै त्यसबारेमा जानकारी दिन सके त्यो किशोर–किशोरीका लागि जीवनोपयोगी शिक्षा हुने चौधरी बताउँछन् । आफ्नो पालामा कक्षा नौमा पुगेपछि मात्र यौन स्वाथ्य र महिनाबारीका विषयमा पढ्न पाइएको उल्लेख गर्दै शिक्षक चौधरीले भने, ‘कक्षा छ पढ्दादेखि नै केटीहरूमा महिनाबारी र केटाहरूमा स्वप्नदोषको लक्षण सुरु हुन्छ । नौ कक्षामा त्यसबारेमा पढेर के काम ?’
शारीरिक शिक्षाअन्तर्गत योग, योगासन, ध्यानबारे पनि कोर्स राखिएको छ । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक बालकृष्ण रञ्जित आफ्नै जोड बलमा त्यो पाठ राखिएको बताउँदै भन्छन्, ‘किशोरावस्था सबैभन्दा चञ्चल अवस्था हो । यसलाई नियन्त्रण गर्न योग, ध्यानको अझ महत्व भएकाले पनि यो कोर्समा राखिएको हो ।’
हतारमा कोर्स डिजाइन गरिएकाले पर्याप्त चित्र राख्न नसकिएको जानकारी पुस्तक लेखक देवराज महर्जनले दिए । उनले भने, ‘बुझाइमा चित्रले सयौँ शब्द बराबरको काम गर्छ । आगामी संस्करणमा त्यसमा ध्यान दिनेछौँ ।’ उपनिर्देशक रञ्जित यौन तथा प्रजनन स्वास्थ्यको कुरा कोर्समा राखिएको केही अभिभावकले मन नपराएको बताउँछन् । अधिकतर अभिभावकहरू यौनको सार्वजनिक चर्चाको विषय होइन भन्ने ठान्छन् । त्यस्ता अभिभावकका विचारमा यौन अरूले भनेर सिकिने विषय होइन । त्यो त उमेर बढ्दै जाँदा आफैं जानिने प्राकृतिक विषय हो ।
अभिभावकले आलोचना गरे पनि किशोरावस्थामा यौन तथा शारीरिक परिवर्तनको विषय अपरिहार्य रहेको बताउँदै उपनिर्देशक रञ्जित भन्छन्, ‘घरमा ढोकाभित्र छिर्नुपर्छ । आफ्नै घरमा पनि झ्यालबाट छिरे चोर कहलाइन्छ । यौन प्रजननको विषय पनि त्यस्तै हो । हामीले विद्यालयकै कोर्समा राखेरसोझै ढोकामार्फत् यो विषयको जानकारी विद्यार्थीको दिमागमा छिराउन चाहन्छौं ।’
एसियामै उत्कृष्ट यौन पाठ्यक्रमशिक्षक चौधरीको विचारमा यौन शिक्षाको विषय कक्षा ६ देखि ८ मा अनिवार्य गरिएपछि विद्यार्थीहरू यौनका विषयमा खुला रूपमा जिज्ञासु भएका छन् । किशोरीभन्दा किशोरहरू धक नमानी प्रश्न सोध्छन् । त्यही जिज्ञासाकै समाधान गर्न अरू पाठभन्दा यौन तथा प्रजनन स्वास्थ्य बारेको पाठ्यसामग्री पढाउन बढी समय दिएको शिक्षक चौधरीले बताए । पाठ्यक्रम विकास केन्द्रले १८ जिल्लाका सय विद्यालयमा परीक्षण गरी २०७० वैशाखबाट कक्षा ६ मा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा यौनबारेको विशेष जानकारीलाई अनिवार्य गरेको छ । आगामी शैक्षिक सत्रदेखि कक्षा ७ मा तथा २०७२ वैशाखबाट कक्षा ८ मा यो विषय अनिवार्य गरिनेछ । अनुसन्धानका क्रममा पाकाहरूले पाठ्यक्रम बनाउने र पाकाहरूले नै पढाउने भएकाले किशोर–किशोरीहरूको यौन र शारीरिक परिवर्तनसम्बन्धी जिज्ञासाको सही समाधान हुन नपाएको विद्यार्थीहरूले गुनासो गरेका थिए । त्यसैले अत्यावश्यक यौन शिक्षाको विषयलाई अनिवार्य गरिएको पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक बालकृष्ण रञ्जित बताउँछन् ।
अघिल्लो संविधानसभामा यौन अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्दै सभासद रहेका नीलहीरा समाजका पूर्व अध्यक्ष सुनिलबाबु पन्तका अनुसार समलिङ्गी यौन पहिचानलगायत विषयबारे पाठ्यक्रममा थोरै भए पनि जानकारी राखिनु ‘ठूलो कुरा’ भएको बताउँछन् । शिक्षकहरूले यसबारे गलत अपव्याख्या नगरुन् भनेर उनीहरूलाई तालिम दिनु भने जरुरी रहेको पूर्वसभासद पन्तको सुझाव छ ।
परीक्षणको रूपमा लागु गरिँदा पनि शिक्षकहरूले तालिमकै बारेमा आवाज उठाएका थिए । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक रञ्जित केन्द्रको काम पाठ्यपुस्तक तयार गर्नु मात्र रहेकाले शैक्षिक जनशक्ति विकास केन्द्रलाई प्राप्त सुझावको आधारमा तालिमको लागि अनुरोध गर्ने जनाए ।
१८ जिल्लामा परीक्षणको रूपमा लागु गरिँदा बाँकेको मुस्लिम समुदायका विद्यार्थीलाई यौन तथा प्रजनन स्वास्थ्य बारेको विषय पढाउन शिक्षकलाई केही अप्ठेरो भएको प्रतिक्रिया प्राप्त भएको छ । ‘कोर्स फेरिएपछि सुरुमा जुन विषय पनि पढाउन गाह्रो अनुभव हुनु स्वाभाविक हो,’ उक्त पुस्तकका लेखकमध्ये एक देवराज महर्जन भन्छन्, ‘तर, हरेक १० वर्षमा पाठ्यक्रम फेरिनु स्वाभाविक प्रक्रिया भएकाले शिक्षकहरूलाई बिस्तारै यस विषयमा पनि बानी पर्ला ।’ यौनको विषयलाई शिक्षक स्वयम्ले लज्जाको विषय ठान्ने भएकाले पढाउन गाह्रो लागेको हुनसक्ने लेखक महर्जनको तर्क छ ।
यस तर्कलाई सोह्रै आना सत्य मान्ने मनोविद् गङ्गा पाठकको भनाइ छ, ‘नेपालको जुनसुकै कुना कन्दरामा मन्दिर स्थापना गरिएको छ, जहाँको टुँडालमा यौनजन्य क्रियाकलापको दृश्यलाई स्वाभाविक मानिन्छ । किशोर–किशोरीहरूले इन्टरनेटलगायत माध्यमबाट तथा अन्य गलत तरीकाले यौन शिक्षा पाउनुभन्दा विद्यालयको कोर्समा अनिवार्य राखिनु समसामयिक र उपयुक्त छ । उनीहरूले गुरुले पढाएको ध्यान दिएर सुन्ने, गुन्ने भएकाले यो माध्यम प्रभावकारी हुने देखिन्छ ।
विद्यालय तहमा होस् या उच्चशिक्षा, समयसापेक्ष कोर्स नराखिए विद्यार्थीलाई आकर्षित गर्दैन ।’
पुस्तकका लेखक देवराज महर्जनको विचारमा कक्षा ६ देखि ८ सम्म यौनको विषयमा पढाइनु समय सापेक्ष छ । विद्यार्थीहरू यही कक्षामा अध्यययन गर्दा वास्तविक किशोरावस्थामा प्रवेश गर्छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा भने स्वास्थ्य विषयमा यौन शिक्षाको कुरा ऐच्छिक रूपमा राखिँदै छ । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा बर्सेनि दुई लाख ५० हजार महिलाले गर्भपतन गराउँछन् । खासगरी प्लस टु पढ्ने छात्राहरूले सुरक्षित गर्भपतनलाई अस्थायी परिवार नियोजनको साधनको रूपमा लिएको देखिन्छ । सिटी सेन्टर हस्पिटल कलङ्की, काठमाडौंका सुनिल चौधरी भन्छन्, ‘यथासमयमै यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी पाउन सके किशोर–किशोरीहरू गलत बाटोमा लाग्न कम हुन्छ । त्यसैले ६ कक्षादेखि नै यसबारे कोर्स राखेको मलाई निकै सान्दर्भिक लागेको छ ।’
शङ्कर निमावि देउखुरीमा कक्षा ६ मा अध्ययनरत शिवशङ्कर चौधरीले अन्य अङ्गजस्तै यौन अङ्गको सरसफाइमा पनि ध्यान दिनुपर्ने कुरा स्वास्थ्य विषयको किताब पढेर जानेको बताउँदै भन्छन्, ‘बाआमासँग यस्ता कुरा सोध्न सकिन्न । शिक्षकले कक्षामै छलफल चलाउँदा हामी दङ्ग छौँ । सर्वोदय उच्चमावि सिसहनिया देउखुरीमा कक्षा सात पढ्दै गरेको छोराले एकदिन स्वप्नदोषबारे सोध्दा आफू चकितपरेको अभिभावक कुमार राउतले बताए । उसलाई स्वप्नदोष हुने गरेको रहेछ । सात कक्षाको स्वास्थ्य विषयको किताबमा यसबारे लेखिएको रहेछ । किशोरावस्थाको यो विशेष लक्षणबारे किताब पढेर थाहा पाएपछि ऊ निश्चिन्त भएको रहेछ । राउतले भने, ‘बाबु–छोरामा एउटै समस्या भएपछि साथी जस्तो होइँदो रहेछ । यस्तो कोर्स बनाएकोमा सरकारलाई धन्यवाद दिनैपर्छ ।’
एओएस हर्मन माइनर स्कुल इटहरीका स्वास्थ्य शिक्षक मनोज चौधरीका अनुसार यौनका विषयमा कुरा गर्न कतिपयले लाज माने पनि अधिकतर किशोर–किशोरीहरू खासगरी शिक्षक र साथीहरूले भनेको रुचिपूर्वक सुन्न चाहन्छन् । यो विकासात्मक यौन मनोविज्ञानमा आधारित कुरा हो । विद्यालयमा खासगरी कक्षामा यौनका विषयमा छलफल गर्नु अचेल पहिलेजस्तो ‘विशेष’ वा केही थाहा नभएको कुरा रहेन, प्रविधिको पहुँच वृद्धिले गर्दा ‘सामान्य’ भइसकेको छ ।
शिक्षक चौधरी यसपटक कक्षा छमा परिवर्तन गरिएको स्वास्थ्य विषयको कोर्समा थुप्रै नयाँ कुराहरू राखिनु सकारात्मक र आवश्यक भएको बताउँछन् । यसपटक थपिएका नयाँ कुराहरूमा महिनाबारी, स्वप्नदोष, स्तनको विकास, लिङ्ग, योनी र पाठेघरका बनावट आदिबारेका जानकारी छन्, जुन समसामयिक विषय हुन् । ‘यस्ता विषयको शिक्षण सिकाइ क्रियाकलाप गर्दा सुरु–सुरुमा शिक्षकलाई अलिकति धक लाग्नु, विद्यार्थीले पनि कानेखुसी गर्नु स्वाभाविक हो,’ चौधरी भन्छन्, ‘तर, मैले शिक्षण कला र अनुभवका आधारमा विद्यार्थीलाई विषयवस्तुप्रति गम्भीर बनाई यो विषयका बारेमा बताउने गरेको छु । विद्यार्थीले यौन शिक्षाबारे पढाउन–सिकाउन खासै समस्या छैन ।’
यौनाङ्ग अथवा प्रजनन अङ्गलाई ‘छ्या’ र महिनाबारी हुनुलाई ‘नछुने’ अर्थात् अछुत हुने भनी अभिभावकले सिकाउने गरेकाले यस्ता गलत सामाजिक धारणाहरूलाई हटाउन पनि यौन अङ्गको विकास र महिनाबारी प्रारम्भ हुनुअगावै त्यसबारेमा जानकारी दिन सके त्यो किशोर–किशोरीका लागि जीवनोपयोगी शिक्षा हुने चौधरी बताउँछन् । आफ्नो पालामा कक्षा नौमा पुगेपछि मात्र यौन स्वाथ्य र महिनाबारीका विषयमा पढ्न पाइएको उल्लेख गर्दै शिक्षक चौधरीले भने, ‘कक्षा छ पढ्दादेखि नै केटीहरूमा महिनाबारी र केटाहरूमा स्वप्नदोषको लक्षण सुरु हुन्छ । नौ कक्षामा त्यसबारेमा पढेर के काम ?’
शारीरिक शिक्षाअन्तर्गत योग, योगासन, ध्यानबारे पनि कोर्स राखिएको छ । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक बालकृष्ण रञ्जित आफ्नै जोड बलमा त्यो पाठ राखिएको बताउँदै भन्छन्, ‘किशोरावस्था सबैभन्दा चञ्चल अवस्था हो । यसलाई नियन्त्रण गर्न योग, ध्यानको अझ महत्व भएकाले पनि यो कोर्समा राखिएको हो ।’
हतारमा कोर्स डिजाइन गरिएकाले पर्याप्त चित्र राख्न नसकिएको जानकारी पुस्तक लेखक देवराज महर्जनले दिए । उनले भने, ‘बुझाइमा चित्रले सयौँ शब्द बराबरको काम गर्छ । आगामी संस्करणमा त्यसमा ध्यान दिनेछौँ ।’ उपनिर्देशक रञ्जित यौन तथा प्रजनन स्वास्थ्यको कुरा कोर्समा राखिएको केही अभिभावकले मन नपराएको बताउँछन् । अधिकतर अभिभावकहरू यौनको सार्वजनिक चर्चाको विषय होइन भन्ने ठान्छन् । त्यस्ता अभिभावकका विचारमा यौन अरूले भनेर सिकिने विषय होइन । त्यो त उमेर बढ्दै जाँदा आफैं जानिने प्राकृतिक विषय हो ।
अभिभावकले आलोचना गरे पनि किशोरावस्थामा यौन तथा शारीरिक परिवर्तनको विषय अपरिहार्य रहेको बताउँदै उपनिर्देशक रञ्जित भन्छन्, ‘घरमा ढोकाभित्र छिर्नुपर्छ । आफ्नै घरमा पनि झ्यालबाट छिरे चोर कहलाइन्छ । यौन प्रजननको विषय पनि त्यस्तै हो । हामीले विद्यालयकै कोर्समा राखेरसोझै ढोकामार्फत् यो विषयको जानकारी विद्यार्थीको दिमागमा छिराउन चाहन्छौं ।’
बालकृष्ण रञ्जित, उपनिर्देशक, पाठ्यक्रम विकास केन्द्र
आधुनिक खानपिनले आजका बालबालिकाको शारीरिक अङ्गको विकास निकै चाँडो हुने गरेको छ । हेर्दाहेर्दैै उनीहरू किशोर अवस्थाको दैलो टेकिसकेका हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि १० देखि १९ वर्ष उमेर समूहलाई किशोर अवस्था मानेको छ । १० देखि १४ वर्षका किशोर–किशोरीहरू प्रारम्भिक किशोरावस्था तथा १५ देखि १९ वर्षका समूहलाई उत्तर किशोरावस्था भनिन्छ । विगतमा पाठ्यक्रम विकास केन्द्रले उत्तर किशोरअवस्था समूहलाई मात्रै लक्षित गरी एकैपटक कक्षा ९ र १० मा मात्रै यौन तथा प्रजनन स्वास्थ्यबारे पाठ्यक्रम समावेश गरेको थियो । तर, पाठ्यक्रम निर्माणमा प्रारम्भिक किशोर–किशोरीलाईसमेत समावेश गरी प्रतिक्रिया लिँदा किशोरहरूले आफूमा स्वप्नदोषको समस्या, किशोरीहरूले मासिक धर्म (महिनाबारी)को सुरुवातबारे अवगत गराए । र, यसबारे जान्ने चाहना राखे । यसले हामीलाई ६ कक्षादेखि नै यौन तथा प्रजनन स्वास्थ्य विषयबारे पाठ्यक्रम बनाउन घच्घच्यायो । त्यसअनुसार १८ जिल्लाका सय विद्यालयमा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको परीक्षण गरी कक्षा छमा लागु भइसकेको छ । त्यस्तै, आगामी २०७१ वैशाखबाट कक्षा सात तथा २०७२ वैशाखबाट कक्षा आठमा पनि नेपालभरि नै स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा यौन शिक्षा अनिवार्य रूपमा पढाइने छ । जसमा यौन तथा प्रजनन स्वास्थ्यलाई पनि मुख्य विषयवस्तु बनाइएको छ ।
कक्षा नौ र १० मा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा रहेकोमा अब जनसङ्ख्या विषयलाई सामाजिक शिक्षा तथा वातावरणलाई विज्ञान विषयमा विलिन गराई सय पूर्णाङ्कको स्वास्थ्य तथा शारीरिक शिक्षा ऐच्छिक विषय बनाइएको छ । हामी नेपाली समाजमा प्रायः महिला र पुरुष दुई लिङ्गको बारेमा मात्रै कुरा गर्दै आएका छौँ । तर, तेस्रो लिङ्गीको कुरा पनि जोडतोडले उठिसक्यो । त्यसैले छ कक्षादेखि नै यौन अभिमुखीकरण शीर्षकअन्तर्गत तेस्रो लिङ्गी–समलिङ्गीबारे पनि कोर्समा राखेका छौं । ‘हिजडा वा छक्का’ भनेर होच्याउने चलन घटाई तेस्रो लिङ्गी–समलिङ्गीहरूलाई पनि सम्मानको दृष्टिले हेर्ने दृष्टिकोण किशोरावस्थादेखि नै बसोस् भन्ने यसको उद्देश्य हो । त्यस्तै, यौनका कारण विभिन्न रोग लाग्छन् । एचआइभी लागेकाहरूलाई समाजले हेय दृष्टिले हेर्छ, जबकि अङ्कमाल गर्दा, हात मिलाउँदा यो सर्दैन । यसबारे किशोरावास्थामा जानकारी पाए एचआइभी पोजेटिभहरूलाई हेला–होचो गर्न हुन्न भन्ने ज्ञान दिने उद्देश्यले कोर्समा राखिएको हो । आफ्नो यौनाङ्गको सरसफाइ शरीरको अन्य अङ्गभन्दा किन जरुरी छ ? सानैमा यौन–सम्बन्ध स्थापित गर्ने, आधुनिक गर्भ निरोधक साधनको प्रयोग जथाभावी गरे यसले कस्तो शारीरिक तथा मनोवैज्ञानिक हानी पु¥याउँछ ? यौनरोगबाट जोगिन कण्डमको प्रयोग गर्नुपर्ने आदि प्रसङ्ग पनि कोर्समा छन् । कक्षा ६ मा बृहत् यौनिक शिक्षाको छ क्षेत्रबारे व्याख्या छ । जसमा लिङ्ग, यौन प्रजनन स्वास्थ्य, आनन्द, यौनिक विविधता, सम्बन्धहरू, माया–प्रेम, डेटिङ, यौन–हिंसाबारे चर्चा गरिएको छ ।
नेपालमा कक्षा छदेखि आठसम्म लागु गरिएको स्वास्थ्य तथा शारीरिक शिक्षा विषयअन्तर्गत यौन तथा प्रजननबारे जानकारी दिने यस्तो कोर्स एसियामै उत्कृष्ट हो । छिमेकी भारत तथा चीनसमेत यस विषयमा सङ्कीर्ण छन् । यौन शिक्षाको मामिलामा यहाँ एबिसी कोर्स सुरु गरिएको छ । ‘ए’ को अर्थ ‘एब्स्टिनेन्स’ (संयम), ‘बि’ को अर्थ ‘बि फेथफुल’ (एक यौनसाथीमा विश्वस्त अर्थात् पति÷पत्नीबीच मात्र सम्बन्ध) ‘सि’ को अर्थ ‘कन्डम युज’ (कन्डमको प्रयोग) हो । जबकि अमेरिका तथा बेलायतले पनि यो पद्दतिलाई अपनाउन सकेका छैनन् । पाठ्यक्रम निर्माणको सिलसिलामा विभिन्न गोष्ठीमा जाँदा उनीहरूको भनाइ के थियो भने कामको सिलसिलामा श्रीमान्÷श्रीमती टाढा हुँदा न त संयमता अपनाउन सकिन्छ, न यी दुईबीच मात्र सम्बन्धको कुरा गर्न सकिन्छ । कसैलाई ‘तँ यौनको बारेमा संयम राख्,’ भन्नु मानवअधिकारको उल्लङ्घन हो । हो, हामी कण्डमको प्रयोगमा भने सचेत छौं ।
यसरी पश्चिमाहरूजस्तो यौनमा छाडा हुनु नेपाली संस्कार होइन । तर, विश्वव्यापीकरण, इमेल, इन्टरनेट, टेलिभिजनको जमानामा त्यसमार्फत् गलत शिक्षा लिनुभन्दा शिक्षकमार्फत् यौन अभिमुखीकरणबारे सानैदेखि जानकारी राखुन् भनेर कोर्समा राखिएको हो । (कुराकानीमा आधारित)
के सिकाउन खोजिएको छ कक्षा ६ मा ?
किशोरावस्था, यौन तथा प्रजनन स्वास्थ्य
(क) किशोरावस्था
किशोरावस्थामा आउने परिवर्तनहरू
१. शारीरिक परिवर्तन
२. मानसिक परिवर्तन
३. संवेगात्मक परिवर्तन
४. सामाजिक परिवर्तन
(ख) यौनिकता शिक्षा
(ग) यौन तथा प्रजनन स्वास्थ्यको अवधारणा र महत्व
१. महिला र पुरुषका बाहिरी प्रजनन अङ्गहरूको बनोट
(अ) महिलाका बाहिरी प्रजनन अङ्गहरू
(आ) पुरुषका बाहिरी प्रजनन अङ्गहरू
२. प्रजनन अङ्गहरूको सरसफाइ र यसको महत्व
– प्रजनन अङ्गहरू सरसफाइ गर्ने तरिका
.............
एचआइभी र एड्स
–लक्षण र अवस्थाहरू
(क) झ्याली अवस्था
(ख) एचआइभी अवस्था
(ग) एड्स अवस्था
एचआइभी र एड्स सर्ने तरिका
एचआइभी र एड्सबाट बच्ने उपायहरू
यौनिकता शिक्षा
लिङ्ग, लैङ्गिक पहिचान र भूमिका आकर्षण, यौनानन्द, प्रजननजस्ता विषयहरूको समष्टि नाम नै यौनिकता हो । यससम्बन्धी ज्ञान, अभिवृत्ति र व्यवहारमा परिवर्तन ल्याउने प्रक्रियालाई ‘यौनिकता शिक्षा’ भनिन्छ । समाजमा प्रचलित स्त्री र पुरुष दुई प्रकारका लिङ्ग छन् । लिङ्गअनुसार व्यक्तिले अरूप्रति व्यवहार गर्छन् ।
मानिसहरूले यौनिकतासम्बन्धी सकारात्मक ज्ञान पाए भने उनीहरू सही मूल्य–मान्यता, विश्वास र धारणा बनाउन सक्छन् । यौनाङ्गको विकास कसरी हुन्छ, किन हुन्छ र यौन चाहनाहरूको व्यवस्थापन कसरी गर्नुपर्छ आदि कुराहरूको सही निर्देशन पाउन सक्छन् । यौनिकता शिक्षाले व्यक्तिलाई अरूसँग कसरी सम्बन्ध राख्दा दुवै पक्षलाई राम्रो हुन्छ ?, आफ्नो यौनिकतालाई कसरी व्यक्त गर्ने ?, यौनिकताअनुसार कसरी जिम्मेवारीपूर्ण व्यवहार गर्ने ?, यौनिकता र स्वाथ्य कसरी राम्रो बनाउने ? भन्ने कुरामा मद्दत पु¥याउँछ ।
यौनिकता शिक्षाअनुसार पुरूष र स्त्री मात्र नभई तेस्रो लिङ्गी (थर्ड सेक्स ओर जेन्डर)ले पनि यौनिकता बुझ्नु जरुरी छ । जैविक र मानसिक कारणहरूले पुरुषहरू पनि स्त्रीजस्तै यौनिक व्यवहार देखाउँछन्, स्त्रीहरू पनि पुरुषको जस्तै यौनिक व्यवहारहरू देखाउँछन् । हामीले यस्ता तेस्रो लिङ्गीहरूको यौनिकतालाई पनि सम्मान गर्नुपर्छ ।
यौन शिक्षा मानिसको यौनप्रति सकारात्मक ज्ञान पाउने र सकारात्मक धारणा र व्यवहारप्रति उत्साहित गर्ने प्रक्रिया हो । ‘यौन’ शब्दले शारीरिक यौन सम्पर्क मात्र नभई व्यक्तिको ‘यौनिकता’लाई पनि बुझाउँछ । ठिक समयमा किशोर तथा किशोरीहरूले यौनिकताबारे थाहा पाउनुपर्छ । यसो भएमा स्वस्थ्य यौन आचरण अपनाएर आफू तथा अरूलाई पनि स्वस्थ भई जिउन मद्दत पुग्छ । (कक्षा छ को पाठ्यपुस्तकबाट)
किन चाहिन्छ विद्यालयमा यौनशिक्षा
शान्ता नेपाली
म कस्तो छु ? कस्तो देखिन्छु ? के म ठीक छु ? के म राम्रो छु ?’ किशोर अवस्थामा केटा–केटीलाई बारम्बार यस्ता प्रश्नले सताउने गर्छन् । यी यस्ता सवालहरू हुन्, जसको उत्तर किशोरी–किशोरीले बारम्बार खोजिरहेका हुन्छन् । मनमा एक प्रकारको डर र आशङ्का पनि हुने गर्छ । यस अवस्थामा उनीहरू आफ्नो शरीरको बनावट आफ्नो उमेरका साथीहरूसँग दाँज्ने गर्छन् । उनीहरूले आफ्नो शरीरको उचाइ, मोटाइ वा शरीरका अन्य अङ्गहरू आफ्ना उमेरका साथीहरूसँग दाज्दा फरक भएमा चिन्तित हुन्छन् ।
शरीरमा विभिन्न प्रकारका परिवर्तनहरू देखा पर्न थालेपछि यस्ता परिवर्तनबारे चासो हुनु पनि स्वाभाविक हो । शरीरमा हुने परिवर्तनबारे राम्रो ज्ञान नहँुदा नै धेरैजसो किशोरी–किशोरीहरू भ्रम र अलमलमा पर्छन् । साथै उनीहरू यस्ता परिवर्तनबाट गलत क्रियाकलापमा समेत संलग्न हुन पुग्छन् । नेपाल अधिकतर किशोरी–किशोरी र युवा–युवतीले २० वर्षको उमेर अगाडि नै यौन–सम्बन्ध स्थापित गरिसकेका हुन्छन् । तर, यिनीहरूमध्ये धेरै कमले मात्र सुरक्षित यौन सम्बन्ध राख्ने गर्छन् । साथै लागूऔषध र जाँड–रक्सी प्रयोग गर्ने पनि १६ देखि २० वर्षसम्मका युवाहरू नै धेरै छन् । फलस्वरूप उनीहरू जोखिमपूर्ण यौन व्यवहार गर्न पुग्छन् ।किशोरी–किशोरी तथा युवायुवतीमा यस्तो समस्या हुनुको मूल कारण भनेकै उनीहरूमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा र जानकारीको अपर्याप्तता नै हो । यस समस्यालाई समाधान गर्न विद्यालयस्तरमा नै यौन तथा प्रजनन स्वास्थ्यको विषयवस्तु समावेश गरिनु जरुरी देखिन्छ । किशोरी–किशोरी युवा वर्गका लागि यौन तथा प्रजनन श्वास्थ्य शिक्षा लिने सबैभन्दा उपयुक्त स्थान भनेको उनीहरूको आफ्नै घर हो तर आज पनि हाम्रो घरपरिवार तथा समाजमा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न सकिँदैन । घर परिवारमा यस विषयमा खुलेर कुरा गर्न नसकेका कारण नै विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी लिने–दिने वातावरण बनाउनु अपरिहार्य छ ।
अन्यथा, उनीहरू जानकारी प्राप्त गर्ने माध्यम खोज्दै इन्टरनेटका छाडा साइट तथा यौन विकृति बढाउने पुस्तकसम्म पुग्छन् र असुरक्षित यौन क्रियाकलापमा संलग्न हुन पुग्छन् । स्वरूप उनीहरू सानै उमेरमा गर्भधारण, असुरक्षित गर्भपतन, एचआइभी–एड्स, लागूपदार्थ सेवन, बलात्कार, यौन शोषण, आत्महत्या तथा यौन एवम् प्रजनन अङ्गमा सङ्क्रमणको जोखिममा पर्छन् । त्यसै कारण बलात्कार र यौन शोषण एवम् जोखिमबाट बच्न एवम् त्यसको प्रतिकार गर्न पनि युवापुस्तालाई यसबारे शिक्षाको आवश्यकता परेको हो । (युवामञ्चबाट)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !