'गायक नभएको भए पत्रकार बन्थें' - College Times : Educational Magazine
Headlines News :
Home » » 'गायक नभएको भए पत्रकार बन्थें'

'गायक नभएको भए पत्रकार बन्थें'

Written By Neplee on Friday, August 17, 2012 | 6:52 PM

 स्कुल लेभलदेखि नै स्टेज कार्यक्रमा गीत गाउन सोखिन सुगम पोखरेल आफूमा गायकमा हुनुपर्ने गुण बाल्यकालदेखि नै भएको बताउ“छन् । १६ वर्षदेखि साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहेका पोखरेल अहिले सबैका प्रिय बन्न सफल गायक हुन् । लोकप्रियतास“गै पोखरेलले पा“चवटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्वदेश र विदेशमा आयोजित स्टेज कार्यक्रममा प्रस्तुति दिएका उनलाई अफ्रिका महादेशमा गएर साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने रहर छ । पोखरेलस“ग अनिल श्रेष्ठले गरेको कुराकानीको सार ः
केमा व्यस्त हुनुहुन्छ ?
हालै मात्र मेरो पूर्वेली लोकभाकामा आधारित शिलान्यास एल्बमका लागि लागिपरेको छु । प्रमोसनका साथै छैठौं गीतको म्युजिक भिडयो प्रसारणको तयारीमा पनि लागिरहेको छु ।
शिलान्यासमा कस्ता गीत छन् ?
पूर्वका लोकभाकामा आधारित आठ वटा गीत समेटेको छु । मैले पहिलोपटक लोक भाकामा गाएको हुँदा स्रोताहरुले छुट्टै स्वाद पाउने छन् ।
आफ्नो लोकप्रियताको कारण के होजस्तो लाग्छ ?
पहिलो कुरा त मैले गाएको गीतहरु भित्रै आत्मादेखि  मेहनतका साथ गाएकाले पनि श्रोताहरुले मन पराउनुभएको होला । फेरि शब्द सङ्गीतसँगै स्वर राम्रो भयो भने गीत पनि राम्रो बन्छ । मेरो गीतमा तीनवटै पक्षमा ध्यान दिइएको हुन्छ ।
नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित भएर पनि पछिल्लो समयमा केही निस्क्रिय देखिनुहुन्छ नि ?
त्यस्तो निस्क्रिय चाहिँ भनिहाल्न मिल्दैन । म सक्रिय नै छु । मैले अहिले साढे तीन वर्षपछि नयाँ एल्बम बजारमा ल्याउँदै छु । तर, प्राविधिकरुपले राम्रो गीति एल्बम तयार पार्ने क्रममा केही ढिलो भएको र मिडिया क्षेत्रमा म आउन नभ्याएको हुनाले श्रोताको नजरमा निस्क्रिय देखिएको हुन सक्छ ।
सफल गायक बन्न के गर्नुपर्छ ?
पहिलो कुरा कामप्रति इमान्दार हुनुप¥यो, नयाँ गीत सङ्गीत दर्शक–श्रोतामाझ ल्याउनुप¥यो । कामप्रति लगनशील भइयो भने र सर्जकहरुले तयार पारेका गीतलाई लयबद्ध गाउन सक्यो भने निश्चय नै गायनमा सफल बन्न सकिन्छ ।
गायक नभएको भए के बन्नुहुन्थ्यो ?
गीत त स्कुलदेखि नै गाउँथे, र एकदिन म सबैको लोकप्रिय गायक बन्छु भन्ने लागिसकेको थियो । सायद गायक नबनेको भए म टेलिभिजन पत्रकार बन्थेँ । किनभने मैले १२ वर्ष रेडियोमा काम पनि गरिसकेको थिए र मलाई सगरमाथा टेलिभिजनमा काम गर्ने अवसरसमेत आएको हुनाले पनि गायकको विकल्पमा पत्रकार बन्थेँ होला ।
साङ्गीतिक क्षेत्रमा लागेपछि के पाउनु, के गुमाउनुभयो ?
पाउनु त मैले धेरै पाएको छु । १० वर्षदेखि यसै पेसाबाट मैले परिवार धानिराखेको छु । अनि सबैभन्दा ठूलो कुरा त दर्शक–श्रोताहरुको अपार माया र साथ पाएको छु । गुमाउन चाहिँ खासै केही गुमाएजस्तो लाग्दैन ।
यो क्षेत्रमा लागेर बा“च्न सकिन्छ ?
बाँच्नको लागि त जुनसुकै क्षेत्रमा पनि सङ्घर्ष गर्नुपर्छ । फेरि यो क्षेत्रमा बढी मेहनत ग¥यो भने बाँच्न चाहिँ सकिन्छ । मलगायत अन्य कलाकारहरु पनि सङ्गीत क्षेत्रबाट नै बाँचिरहका छन् । तर, सङ्गीत क्षेत्रमा गरी खान मेहनत, व्यावसायिक सोच र निरन्तरता चाहिँ हुनैपर्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved