निःशुल्क नमुना - College Times : Educational Magazine
Headlines News :
Home » » निःशुल्क नमुना

निःशुल्क नमुना

Written By Neplee on Friday, August 17, 2012 | 6:52 PM


सुनसरीको पकली माविले २०६८ मा प्लस टू सञ्चालनका लागि सम्बन्धन लियो । गरिब तथा पिछडिएका समुदायको बाहुल्यता रहेकाले विद्यार्थी नहुने हुन कि भन्ने चिन्ता सञ्चालक समितिलाई थियो । शुल्क निर्धारण गर्नेबारे सञ्चालक समितिको बैठकमा पटक–पटक छलफल भयो । अन्त्यमा समितिले निःशुल्क पढाउने निर्णय ग¥यो ।
सञ्चालक समितिले शुल्क नलिने निर्णयले पकली मात्र होइन, आसपासका विद्यार्थीको बाक्लो जमघट प्रवेश परीक्षाका बेला भएको थियो । चार सय विद्यार्थीले प्रवेश परीक्षा दिएकामध्ये एक सय ४० जनालाई मात्र स्कुलले भर्ना लियो ।
 शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायमा पठनपाठन हुने पकली उच्चमाविबाट ११ कक्षाको वार्षिक परीक्षामा ७५ जना सामेल भए । यो उच्चमावि पकली, खनार, एकम्बा, इटहरी, बक्लौरी र भादगाउँ सिनुवारीका विद्यार्थीको रोजाइ बनेको छ ।
सञ्चालक समितिले यस वर्ष पनि कक्षा ११ र १२ दुवैमा निशुल्क पठनपाठन गराउने निर्णय गरी भर्ना लिन थालेको छ ।
‘पहिला प्लस टू पकलीमा नहुँदा उच्चशिक्षाका लागि अन्यत्र धाउनुपथ्र्यो, अहिले हाम्रै गाउँमा अरू ठाउँका विद्यार्थी आउने गरेकाले पनि पढ्ने हौसला थपिएको छ,’ शिक्षाशास्त्र सङ्कायमा अध्ययनरत शर्मिला चौधरीेले भनिन्, ‘निःशुल्क शिक्षाले गर्दा सबैजना आकर्षित भएका हुन् ।’
पकलीमा उच्चमाविमा हुने निःशुल्क पठनपाठनले पढाइ छाडेर बसेका थारु र दलित समुदायका बुहारीलाईसमेत पढाइतर्फ आकर्षित गरेको छ । अहिले चारजना बुहारीहरुले समेत प्लस टूको पढाइलाई निरन्तरता दिन थालेका छन् ।
‘विद्यार्थीलाई शिक्षामा आकर्षित गर्नका लागि निशुल्क पठनपाठनको व्यवस्था गरेर पढ्ने संस्कारको सुरुवात ग¥यौं,’ स्कुलका प्राचार्य हरिकान्त साहले भने, ‘पहिला एसएलसी पास गर्नेबित्तिकै कमाइ गर्न हिँड्ने चलन थियो ।’
यो विद्यालयको सेवाक्षेत्रमा बढी मात्रामा थारु, दलित, जनजाति, मुस्लिमलगायत समुदायको बसोबास छ । गरिब तथा पिछडिएका समुदायको बसोबास भएकैले विगतका वर्षमा एसएलसी पास गर्नेबित्तिकै कमाइ गर्नका लागि अन्यत्र हिँडने चलन थियो । निःशुल्क पठनपाठनले त्यो चलन तोडिएको सञ्चालक समिति सदस्य विनोद साह बताउँछन् ।
विशेषगरी, गरिबीको दलदलमा फसेका अभिभावकमा विगतका वर्षमा छोराछोरी पढाउने चेतनास्तर न्यून थियो । समुदायको समस्या बुझ्न स्कुल व्यवस्थापन समितिले विद्यार्थीको भर्ना लिनुअघि घरदैलो कार्यक्रम र अभिभावकसँग अन्तक्र्रिया गरेको थियो । समितिले विद्यार्थीलाई निशुल्क पठनपाठन गराउनका लागि आर्थिक हैसियत राम्रो भएकासँग भने सहयोग माग पनि गरेको थियो ।
कतिपय प्लस टूले अहिले पनि भौतिक पूर्वाधार, भर्ना, सहयोग, परीक्षा, सरस्वती पूजा, अतिरिक्त क्रियाकलापलगयातका नाममा शुल्क लिने गरेका छन् । यस्तो शुल्कले गरिब तथा पिछडिएको समुदायका विद्यार्थीलाई स्कुलसम्म आउन अवरोध खडा गरेकाले नयाँ सिस्टम बसाल्न खोजिएको प्राचार्य साहले बताए । उनले प्लस टू निशुल्क गरेर सरकारी लक्ष्यलाई पूरा गर्न सहयोग गरेको प्राचार्य साहको भनाइ छ ।
निशुल्क शिक्षाका नाममा विद्यालयमा विद्यार्थीको भिड मात्र जममा नगराउने, स्तरीय पठनपाठनकोका लागि धान्न सक्ने गरी मात्रै विद्यार्थीको भर्ना लिने सञ्चालक समिति अध्यक्ष दीपनारायण चौधरीले बताउँछन् ।
शिक्षक रामबहादुर राई पकली उच्चमाविमा हुने निःशुल्क पठनपाठन यो क्षेत्रको मात्र नभएर मुलुककै लागि एउटा उदाहरणीय काम भएको बताउँछन् । उनका अनुसार विद्यार्थीबाट परिपत्र बनाउँदा र परीक्षा फाराम भर्ने क्रममा रजिष्ट्रेशन शुल्कबाहेक अन्य कुनै शुल्क लिने गरिएको छैन ।
पाँच वर्षअघि भारतीय दुतावासको एक करोड १५ लाखको सहयोगमा निर्माण भएको दुई तले १४ कोठे भवनमा सञ्चालित सो विद्यालयमा दक्ष शिक्षक÷शिक्षिका, व्यवस्थित पुस्तकालय र ‘रेफरेन्स’ पुस्तकहरू पर्याप्त रहेको बताइन्छ । सुनसरीमा शुल्क नलिई पठनपाठन गर्ने पकली उच्चमावि पहिलो सामुदायिक उच्चमावि हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved