College Times : Educational Magazine: वार्तालाप
Headlines News :
आवरण >>>>

Latest Post

Showing posts with label वार्तालाप. Show all posts
Showing posts with label वार्तालाप. Show all posts

अङ्ग्रेजी जान्न डिलिजेन्ट हुनुपर्छ

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:57 AM

अङ्ग्रेजी भाषा पठनपाठन र प्रयोगका क्रममा देखिएका समस्यालाई समाधान गर्न छलफल चलाउनका लागि इटहरीमा एउटा सर्कल बनेको छ, सर्कल अफ् इङ्गलिस टिचर इटहरी । स्थापना भएको चार वर्षमै एक सय २० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएको यस सर्कलमा कलेजमा अङ्ग्रेजी विषय पढाउने ४० जना शिक्षक सदस्य छन् र सर्कलको नेतृत्व गर्छन्, त्रिभुवन विश्वविद्यालयको प्रोफेसरमा भर्खरै नियुक्त भएका प्राध्यापक डाक्टर केदार पौडेल । नेपालमा अङ्ग्रेजी विषयमा औंलामा गन्न सकिने प्रोफेसरमध्ये उनी पनि एक हुन् । उनीसहित काठमाडौंबाहिर जम्मा तीन जना अङ्ग्रेजी विषयका प्रोफेसर छन् भने उपत्यकासहित नेपालमा २० जना मात्र छन् ।  १३ वर्षमा एसएलसी दिएका पौडेलले १४ वर्षको कलिलो उमेरमै धनकुटाको एउटा प्राथमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा जिम्मेवारी सम्हालेका थिए । विद्यालय, क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयमा शिक्षण थालेका उनी अहिले महेन्द्र बहुमुखी क्याम्पस धरान र कस्तुरी कलेज इटहरीमा पढाउँछन् । उनीसँग अङ्ग्रेजी भाषाको विषयमा हिमाल दहालले गरेको कुराकानीको सार :

सर्कल अफ् इङ्लिस टिचर के हो ?
अङ्ग्रेजी भाषामा शिक्षकको गुणस्तर उकास्न तथा प्राध्यापकको क्षमता विकासमा मद्धत गर्दै विद्यार्थीलाई स्तरीय शिक्षा दिन सहयोग गर्ने सर्कल नै सर्कल अफ् इङ्गलिस टिचर हो । यसले अङ्ग्रेजी पठनपाठन र कोर्समा देखिएका समस्याहरू समाधान गर्न बेलाबेलामा छलफल चलाउने काम गर्छ । त्यसका साथै अङ्ग्रेजी भाषाको कुनै पनि विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि टिप्पणी गर्ने काम हुन्छ । यस्ता कार्यपत्र र अङ्ग्रेजीसँग सम्बन्धित सामग्री समेटेर ‘सिइटी’ नामक पत्रिकासमेत प्रकाशन गर्छौं, जसको छैठौं संस्करण प्रकाशनको तयारीमा छ ।

इटहरी रिसर्च सेन्टरको पनि अध्यक्ष हुनुहुन्छ, के गर्छ यो संस्थाले ?
यसले विभिन्न विषयमा अध्ययन(अनुसन्धान गर्ने, कार्यपत्र पेश गर्ने काम गर्छ । त्यसका साथै लघु अनुसन्धानलाई प्रोत्साहित गर्छ । कुन विषयमा अनुसन्धान गर्ने हो, त्यसको प्रस्ताव पेश गरेपछि जाँच्ने र अनुसन्धान सकिएपछि निरीक्षण गरी प्रमाणपत्र दिइन्छ । यो संस्थाले ‘आइटिरेक नेपाल’ नामक द्वैभाषिक जर्नलसमेत निकाल्छ, जसको सम्पूर्ण लगानी म आफैंले गर्दै आएको छु । यो संस्थाले राम्जी तिमल्सिनाले प्रस्तुत गर्नुभएको इटहरीको साहित्यसम्बन्धी लघु(अनुसन्धानलाई प्रमाणपत्र दिएको छ । अन्य केही अनुसन्धानहरू भइरहेका छन् ।

अङ्ग्रेजी कस्तो भाषा हो ? विद्यार्थी त यसलाई हाउगुजी मान्छन् नि ।
दक्षिण–पूर्वी एसियामा अन्तर्राष्ट्रिय भाषा सिक्दा अङ्ग्रेजी भाषाको विकल्प नै छैन । अङ्ग्रेजी भाषा नजानेको मानिस जुनसुकै पेसा र काममा पनि पछि पर्छ । नेपाली भाषामा दक्षता पाउन खोज्नेले पनि अनिवार्य अङ्ग्रेजी जान्नै पर्छ । किनकि साहित्य र भाषाका सिद्धान्तहरू अङ्ग्रेजीमा छन् । तर, अङ्ग्रेजीलाई परीक्षा केन्द्रित गरिएकाले यो विद्यार्थीका लागि हाउगुजी बनेको हो । सिक्नैपर्छ भनेर सोच्ने हो र प्रयोग गरेर सिक्ने हो भने गाह्रो छैन ।

उसोभए अङ्ग्रेजीमा कसरी जान्ने बन्ने त ?
त्यसका लागि अङ्ग्रेजी वातावरण चाहिन्छ । म शेर्पा गाउँमा हुर्किएँ । त्यहाँ बस्दा शेर्पा भाषा सिक्न कर लाग्यो । त्यहाँ प्राइमरी शिक्षकले अङ्ग्रेजी भाषा नेपालीमा पढाए भने अभिभावक र विद्यार्थीले बहिष्कार गरिदिन्थे । किनकि उनीहरूलाई पर्यटक घुमाउनका लागि अङ्ग्रेजी भाषा अनिवार्य सिक्नैपर्ने बाध्यता थियो । त्यसैले अङ्ग्रेजी भाषा बोल्ने र सुन्ने वातावरण पायो भने विद्यार्थीले राम्रोसँग अङ्ग्रेजी सिक्छ । त्यसका लागि प्रतियोगिता गराउने र शिक्षकले विद्यार्थीसँग अङ्ग्रेजीमा वार्ता गर्ने हो भने अझ प्रभावकारी हुन्छ ।

धेरै विषय हु“दाहु“दै किन अङ्ग्रेजी रोज्ने ?
अङ्ग्रेजी विषय जानेको शिक्षकलाई विद्यालय तथा क्याम्पसमा राम्रो तलब मिल्छ । मैले त्यही कारणले पनि सुरुवातमा अङ्ग्रेजी विषय छानेँ । मैले माध्यमिक तहमा पढाउँदा अरू शिक्षकले भन्दा तीन गुणा बढी तलब पाउँथेँ । अङ्ग्रेजी भाषा जानेको मानिसले अन्य विषयमा पनि राम्रो अध्ययन गर्न सक्छ ।

अङ्ग्रेजीमा जान्ने बन्नका लागि त ट्यालेन्ट हुनुपर्छ होला ?
अङ्ग्रेजीमा जान्ने बन्नका लागि इन्टेलिजेन्ट वा ट्यालेन्ट हुनुपर्छ भन्ने छैन । तर, डिलिजेन्ट चाहिँ हुनुपर्छ । इन्टेलिजेन्ट भनेको मानिसको जन्मसिद्ध गुण हो, जसमा धेरै मेहेनत गरेर पनि प्रगति गर्न सकिन्न । तर, डिलिजेन्ट अर्थात् मेहेनती भयो भने कुनै पनि विषयमा राम्रो प्रगति गर्न सक्छ ।

अङ्ग्रेजी भाषामा विकृति पनि त होला ?
अङ्ग्रेजी भाषाको सबैभन्दा ठूलो समस्या भनेको शिक्षण विधि हो । अङ्ग्रेजी भाषालाई अङ्ग्रेजीमै पढाउनुपर्छ भनेर शिक्षा नियमावलीमा समेत उल्लेख छ । तर, अङ्ग्रेजी माध्यमबाट पढाउने भनिएका कतिपय शिक्षण संस्थाहरूले पनि अङ्ग्रेजी भाषालाई नेपालीबाट पढाइरहेका छन् । अङ्ग्रेजीलाई नेपालीमा पढाउने परिपाटीका कारण विद्यार्थीले अङ्ग्रेजी राम्रो सिक्न सकेका छैनन् । कम्तीमा अङ्ग्रेजीको पिरियड अङ्ग्रेजीमै पढाउने हो भने विद्यार्थीले अङ्ग्रेजीमा राम्रो प्रगति गर्न सक्छ । फेरि शिक्षकले पनि नजानेर पढाउँदा समस्या उत्पन्न हुने गर्छ । यस्तै, किताब तथा डिक्सनरीमा फरक–फरक अर्थ र शब्द प्रयोग गरिएका हुन्छन् । भाषा एउटै हो, तर ठाउँ र समुदायअनुसार बोल्ने भाषिका फरक हुन्छ । यसर्थ भाषिकामा स्पष्ट भएर किताब तयार पार्दा समस्या हुँदैन ।

अङ्ग्रेजी भाषाको क्षेत्रमा आगामी योजना के छ ?
युवाहरूलाई अध्ययन र अनुसन्धानमा सक्रिय बनाउने योजना छ । धरानको महेन्द्र क्याम्पसमा युवा जमातलाई पनि लघु–अनुसन्धानमा प्रेरित गरिरहेको छु । बेला–बेलामा सेमिनारमार्फत् आफूले जानेका कुरा बाँड्छु । इटहरीमा एउटा स्तरीय पुस्तकालय बनाउने योजना छ ।

अङ्ग्रेजी भाषामा रुचि राख्नेहरूलाई केही सुझाव छ कि ?
शिक्षक र विद्यार्थीहरूले दुवैले अध्ययन संस्कृतिको विकास गर्नुपर्छ । नेपालमा अध्ययन संस्कृति बढ्दैछ, जुन खुसीको कुरा हो । अर्को कुरा इन्टरनेटमा सबैले पहुँच राख्नुपर्छ । धरानको महेन्द्र क्याम्पसमा मास्टर्स गर्ने विद्यार्थीहरूको होमवर्क इमेलबाट प्राप्त गर्ने र हेरेर फेरि इमेलबाटै पठाइदिने मात्र होइन आफूसँग भएका नोटहरू पनि इमेलबाटै दिने गरेको छु । त्यसैले इन्टरनेटमा पहुँच राखेमा अङ्ग्रेजीमा पनि राम्रो गर्न सकिन्छ ।

‘शिक्षालाई कमाउ धन्दा बनाइयो’

Written By Collegetimes on Sunday, May 26, 2013 | 1:17 AM



इक्यानका केन्द्रीय उपाध्यक्ष तथा अल्फाबिटा इन्स्टिच्युटका प्रबन्ध–निर्देशक विराज शर्मा जुझारु शैक्षिक व्यवसायी हुन् । शैक्षिक इन्स्टिच्युटहरूलाई एउटै छातामुनि गोलबद्ध गर्दै समग्र शिक्षाक्षेत्र र विद्यार्थीको शैक्षिक विकासमा जुटेका शर्मा पूर्वाञ्चलको विराटनगर र बिर्तामोडमा अल्फाबिटाको शाखा स्थापना गर्ने सिलसिलामा इटहरी आइपुगेका बेला कलेज टाइम्सका लागि गरिएको कुराकानी :

इक्यानको उद्देश्य के हो ?
इक्यान विदेश जाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिने संस्थाहरू सदस्य रहेको छाता सङ्गठन हो । यसले ती सबै संस्थाहरूको अनुगमन र नियमनका लागि सहजीकरण गर्छ । सरकारी नीति–नियम पालना गरी शैक्षिक परामर्श दिने शैक्षिक संस्थाहरू नै इक्यानको सदस्य बन्न सक्छन् । यसर्थ शिक्षामा देखिएका विकृतिलाई समाधान गर्दै विद्यार्थीलाई सुरक्षित भविष्य हस्तान्तरण गर्नु नै इक्यानको उद्देश्य हो । विद्यार्थी, अभिभावकहरूले दुःख नपाउन् भन्नका लागि वैदेसिक शिक्षालाई सुरक्षित बनाउनु पनि इक्यानको उद्देश्यअन्तर्गत पर्छ ।

इक्यानले के गरिरहेको छ ?
भर्खरै हामीले इक्यान र नेका नामक दुई सङ्गठनलाई मर्ज गरेर एउटै सङ्गठन बनाएका छौं । केन्द्रीय कार्यालय काठमाडौं रहेको इक्यानको शाखा कास्की र चितवनमा समेत छ । बर्सेनि शैक्षिक मेलासमेत आयोजना गर्दै आएका छौं । शिक्षाको नाममा ठगी हुन नदिन शिक्षा मन्त्रालयलाई निर्देशिका कार्यान्वयन गर्न दबाब दिइरहेका छौं ।

शैक्षिक परामर्श दिनेहरू नै ठगीमा संलग्न भएको पाइन्छ, यस्तो किन भएको होला ?
केही व्यक्तिले छोटो समयका लागि कमाउ धन्दा बनाएकाले गर्दा इन्स्टिच्युटहरू बद्नाम भएका हुन् । दक्ष कामदार नियुक्त गर्न नसक्नु, नियमन गर्ने प्रभावकारी संयन्त्रको विकास नहुनुले समेत समस्या देखिएको हो ।

शैक्षक ठगी रोक्नु इक्यानको दायित्वमा पर्दैन र ?
इक्यानमा आबद्ध भएभन्दा बाहेकका संस्था वा सङ्गठनहरू धेरै छन्, जसबाट धेरै समस्या आइरहेको छ । इटहरीमा इक्यानको मेम्बर भएको संस्था अल्फाबिटा मात्र हो भने विराटनगरमा दुई–तीन वटा मात्र छन् । हाम्रो छाताभित्र नआएका संस्थाहरूलाई हामीले अनुगमन गर्न सक्दैनौं ।

उनीहरू किन इक्यानको दायरामा नआएका त ?
इक्यानले जो पायो त्यही सङ्गठनलाई सदस्यता दिँदैन । इक्यानको सदस्यता लिनका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्छ । यसरी मापदण्ड पूरा गर्ने संस्थाहरू कम नै छन् । फेरि मनपरी गर्न पाइएकाले पनि इक्यानको सदस्यता लिन उनीहरू त्यति उत्साहित नभएका हुन् ।

त्यस्ता संस्थालाई कसरी अनुशासनको घेरामा ल्याउने त ?
त्यसका लागि सरकारी संयन्त्र कडा बन्नुप¥यो । अनुशासन समिति बनाएर तुरुन्तै एक्सनमा जाने हो भने धेरै समस्या समाधान हुन्छन् । इन्स्टिच्युट खोल्दा धरौटी राख्ने, ‘ब्याकग्राउन्ड’ चेक गरेर मात्र दर्ता गर्ने हो भने समस्या धेरै हदसम्म समाधान हुन्थ्यो । गल्ती गर्ने र नियमविपरीत काम गर्नेलाई कारवाहीको व्यवस्था गर्नुप¥यो ।

शैक्षिक परामर्श दिन भन्दै खुलेका नेपालका एजुकेसन कन्सल्टेन्सीहरू मेनपावर कम्पनीजस्तो काम गर्छन् भनिन्छ नि
समस्या छ । तर, इक्यानमा आबद्ध संस्थाहरूले त्यस्तो काम गर्दैनन् । शैक्षिक परामर्श वास्तवमै गाह्रो कुरा हो । पहिले त स्कुलमै समस्या छ । १० वर्षसम्म आफूले पढाएका विद्यार्थीलाई गाइड गर्न स्कुलले मात्र सक्छ । तर, स्कुलमा त्यो गरिँदैन । हामीले पनि एकछिन कुरा गरेको भरमा यो विषय पढ भनेर भन्न गाह्रो छ । विद्यार्थीको क्षमता, रुचिका बारेमा हामीलाईभन्दा बढी विद्यालयलाई थाहा हुन्छ । त्यसैले परामर्शको आधार विद्यालयले नै तयार गर्नुपर्छ ।

इक्यानलाई अझ सशक्त बनाउन कस्ता योजना छन्
इक्यानमा शैक्षिक संस्थाहरूको सङ्ख्या वृद्धि गर्दै शिक्षाको नाममा हुने ठगीलाई नियन्त्रण गर्न सरकारलाई दबाबमूलक रूपमा घच्घच्याउने योजना छ । साथै, अभिभावक र विद्यार्थीमा पनि चेतनामूलक कार्यक्रम लाने योजनामा छौं ।

‘शिक्षकको परीक्षा लोकसेवा आयोगजस्तै निष्पक्ष हुनेछ’

Written By Neplee on Wednesday, February 13, 2013 | 6:05 PM


उदयराज सोती (अध्यक्ष), शिक्षा सेवा आयोग
२०३२ सालबाट सरकारी सेवा सुरू गरेका उदयराज सोतीले विभिन्न मन्त्रालय, महानगरपालिका हु“दै २०५९ सालमा स्थानीय विकास मन्त्रालयको सचिव भएपश्चात अवकाश पाएका थिए । २०५९ सालमै सरकारले गठन गरेको शिक्षक सेवा आयोगको अध्यक्षमा नियुक्त सोती सरकारी शिक्षालाई व्यावहारिक र गुणस्तरीय बनाउन महत्वपूर्ण काम गरेको बताउ“छन् । आयोग स्थापनास“गै अध्यक्ष भएका सोती अहिले तेस्रो कार्यकाल पूरा गर्दैछन् । आयोगले १७ वर्षछि खुलाएको १३ हजार शिक्षक पदको विज्ञापनको निष्पक्षता, शिक्षामा रहेका चुनौतीलगायतका विषयमा निरू अर्याल र वीरेन्द्र ओलीले गरेको कुराकानी ः
शिक्षकको परीक्षा निष्पक्ष हुने आधार के छ ?
शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा खाली भएका तृतीय श्रेणीका शिक्षकको १२ हजार आठ सय ९० पदमा विज्ञापन प्रकाशित गरेको छ । यसको परीक्षा सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा गराउँछौँ । परीक्षार्थीको सबै उत्तरपुस्तिका आयोगको केन्द्रमा आउँछ । अन्तर्वार्ता सम्बन्धित जिल्ला शिक्षा कार्यालयले नै गर्नेछ । लिखितको अङ्क र अन्तर्वार्ताको अङ्क जोडेर जुन उम्मेदवार मेरिटमा आउँछ त्यही योग्य ठहरिनेछ । जुन–जुन तहमा जति–जति जना शिक्षकको आवेदन गरिएको छ मेरिटका आधारमा योग्य भएको शिक्षकले सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट नियुक्ति पाउने व्यवस्था छ । विज्ञापन गरिएको शिक्षकको परीक्षामा निष्पक्षता हुन्छ कि हुँदैन भनेर शङ्का गर्नुपर्दैन, किनकि शिक्षक सेवा आयोग एउटा स्वतन्त्र निकाय हो ।
यो लोकसेवा आयोगजस्तो संवैधानिक निकाय होइन, तर पनि शिक्षा ऐनअनुसार गठन भएको स्वतन्त्र निकाय हो । यो कुनै मन्त्रालय, महाशाखा र विभाग मातहतमा छैन । आफ्नै कार्यविधि छ । सेवा आयोग नियमावलीअनुसार आफ्नै कार्यविधि बनाएर सञ्चालन गर्न सक्ने अधिकार नेपाल सरकारले दिएको छ । परीक्षा सञ्चालन, प्रश्नपत्रको गोप्यता, परीक्षार्थीको मूल्याङ्कन र अन्तर्वार्ताका कुरामा आफ्नै कार्यविधि छ । हामीले लोकसेवा आयोगको परीक्षा लिने पद्दति नै अनुसरण गरेका छौ । लोकसेवा आयोगको इतिहास ५०औं वर्षमा छ । यसले लिने परीक्षालाई सबैले विश्वास गरेका छन् ।
परीक्षणका लागि प्रयुक्त विधि कत्तिको विश्वसनीय छ ?
लोकसेवा आयोगले लिने परीक्षाभन्दा शिक्षक सेवा आयोगले लिने परीक्षालाई केही परिस्कृत गरेका छौँ । हामी उत्तरपुस्तिका परीक्षकलाई घरमा लैजान दिँदैनौँ । परीक्षकलाई बोलाएर आफ्नै हलमा कापी जाँच्न लगाइन्छ ।  परीक्षकले परीक्षार्थीले लेखेको उत्तरको आधारमा अङ्क दिन्छन् । तर, शिक्षा सेवा आयोगले कस्तो उत्तर लेखेमा कति अङ्क दिने भन्ने कुरा विज्ञको सहयोगमा पहिले नै ‘मार्किङ स्किल’ तयार गरेको छ । त्यसैगरी परीक्षार्थीको उत्तरपुस्तिका ‘डबल कोडिङ’मा जाँचिनेछ । उम्मेदवारले पहिले लेखेको कोड रोलनम्बर च्यातेर फालिन्छ । नयाँ कोड नम्बर दिने गरिन्छ जसले गर्दा पुरानो रोल नम्बर भएपछि पारदर्शी नहुन सक्छ भनी हामीले यस्तो गरेका छौँ । परीक्षार्थीले एउटा मात्र रोल नम्बर भएमा नाम र रोल नम्बर थाहा पाउन सक्छन् । त्यसैले, डबल कोडिङ भएपछि परिणाममा गोप्यता र शङ्का गर्न आधार हुँदैन । परिणाम निकाल्दा लिखित परीक्षाको रोल नम्बरबाट निकाल्दैनौँ, डबल कोड नम्बरबाट निकालिनेछ । डबल कोडबाट परिणाम निकाल्ने भएकाले कुन व्यक्ति पास भयो भन्ने कुरा थाहा हँुदैन । कुन व्यक्ति पास भयो भन्ने कुरा अन्तर्वार्ता लिने अवस्थामा मात्र थाहा पाउन सकिन्छ । अन्तर्वार्ता लिने बेलामा जिल्ला शिक्षा कार्यालयबाट लिइनेछ । अन्तर्वार्ता कसले लिने भन्ने कुरा अन्तर्वार्ता लिनुभन्दा १५ मिनेटअगाडि मात्र थाहा हुन्छ । जुन व्यक्तिले अन्तर्वार्ता लिन्छ त्यसलाई चिठ्ठा प्रक्रियाद्वारा छान्ने गरिन्छ । जसले गर्दा अन्तर्वार्ता लिने व्यक्तिलाई परीक्षार्थीले प्रलोभनमा पार्न पाउँदैन ।
२०६३ वैशाख ११ गतेभन्दा पछाडि अस्थायी दरबन्दीमा कार्यरत शिक्षकका सम्बन्धमा चाहि“ कस्तो निर्णय हुन्छ ?
आयोगले गरेको यो खुला विज्ञापन हो । यसमा न्यूनतम शैक्षिक योग्यता भएका जुनसुकै व्यक्तिले पनि आवेदन दिन सक्छ । उम्मेदवार बन्नका लागि तीनवटा मुख्य कुरा आवश्यक हुनुपर्छ । पहिलो न्यूनतम शैक्षिक योग्यता हुनुपर्ने, दोस्रो अध्यापन अनुमतिपत्र (लाइसेन्स) र तालिम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्ता योग्यता भएका उम्मेदवार छ लाख ५० हजार छन् । अहिले खुला गरिएको विज्ञापनमा अस्थायी भनेका १२ हजार ८ सय ९० जना छन् । त्योभन्दा पनि यहाँ त शैक्षिक योग्यता भएका छ लाख ५० हजार छन् । यहाँ १३ हजार जनशक्तिको कुरा गर्नु कि ६ लाख ५० हजार जनशक्तिको कुरा गर्नु ? यी सबै नेपाली नागरिक नै हुन् । सबैको समान अधिकार छ । त्यसैले, अस्थायी शिक्षक असफल भएमा आयोग कुनै जिम्मेवार छैन । तर, अस्थायीमा कार्यरत शिक्षकलाई पनि केही सहुलियत दिएका छौँ । काम गरेका आधारमा एक वर्षकाम गरे एक अङ्क दिने गरी १२ अङ्क दिने व्यवस्था गरेका छौ । त्यसैगरी, उमेर हदबन्दी पनि लगाएका छैनौं, त्यसैले आफ्नो क्षमता देखाएर योग्य ठहरिनुप¥यो ।
अस्थायी शिक्षकले पुनः काम गर्न पाऊ“ भनी आन्दोलन गरे भने ?
२०६३ वैशाख ११ गतेभन्दा पछाडि भने पछि काम गरेको जम्मा धेरै वर्ष भनेको पाँच वर्ष नै भएको छ । ती शिक्षकले धेरै वर्ष पनि काम गरेका छैनन् । अहिलेको परीक्षामा असफल भए पनि अर्को जागिरमा अटाउन सक्छन् । अहिले काम गरिरहेका शिक्षक भनेका नयाँ जनशक्ति हुन्, नयाँ जनशक्तिले नयाँसँग प्रतिस्पर्धा गर्नुप¥यो । अब त शिक्षकहरू आन्दोलन होइन, परीक्षाको तयारी गर्न पो लाग्नुप¥यो ।
२०५२ सालमा स्थायी हुन नसकेका शिक्षकले पुनःअस्थायीमा काम गर्न पाएका थिए । त्यसैगरी, २०६३ वैशाख ११ गते भन्दा पछाडि स्थायीमा खोलिएको खुला विज्ञापनमा अक्षम भएमा शिक्षकले पुन अस्थायीमा काम गर्न पाउ“दैनन् ?
अब त्यस्तो अवस्था आउँदैन । अब त योग्यता देखाएर जागिर खाने हो । त्यसैले उत्र्तीण नभएमा अब काम गर्न पाइँदैन । त्यतिबेलाको अवस्था र अहिलेको अवस्था फरक छ । २०५२ सालमा लिएको शिक्षकको परीक्षाको परिणाम ढिलो निकालेका कारण यसरी अस्थायी दरबन्दीमा काम गर्न पाएका हुन् ।
अब लामो समयसम्म अस्थायी दरबन्दीमा काम गरिरहेका १७ हजार शिक्षकको भविष्य के हुन्छ ?
सामुदायिक विद्यालयमा स्वीकृत दरबन्दीमध्ये अहिले ३० हजार दरबन्दी खाली छन् । २०६३ वैशाख ११ गतेभन्दा पछाडि १२ हजार आठ सय ९० शिक्षक रहेछन् । त्यसैलाई नै खुला विज्ञापन अहिले गरेका छौं । त्यो भन्दाअगाडि १३ हजार दरबन्दी रहेको तथ्याङ्क अहिले आयोगमा आइसकेको छ । ती दरबन्दीमा कोही न कोही व्यक्तिले त काम गरिरहेका छन् । अस्थायीमा निरन्तर काम गरे तापनि त्यस दरबन्दीलाई खाली दरबन्दी नै भन्छौं । ती शिक्षकले अस्थायी रूपमा काम गरिरहेका छन् । वैशाख ११ भन्दा अगाडि लामो समयसम्म अस्थायीमा काम गरिरहेका शिक्षकको दरबन्दीलाई यथावत् राखिएको छ । ती शिक्षकले पनि आवेदन दिन सक्छन् । उमेरको हदबन्दी पनि नलाग्ने र लिखितमा सहुलियत नभए पनि अन्तर्वार्तामा काम गरेको वर्ष हिसाब गरी प्रति एक वर्षमा एक अङ्क थप्ने व्यवस्था गरेका छौं । त्यसकारण, उनीहरूले उत्र्तीण भएमा जागिर खान्छन् र जहाँ अस्थायीमा काम गरिरहेका थिए त्यहीं नै स्थायीमा नियुक्त हुन्छन्, उत्तीर्ण नभए पनि २०६३ अघिका शिक्षकले अस्थायीमा निरन्तर काम गर्न पाउँछन् । अहिलेको शिक्षा ऐनले अस्थायीमा काम गरिरहेका शिक्षकले निरन्तर काम गर्न वा उपदान दिने भन्ने कुरा ऐनमा व्यवस्था छैन । किनभने अस्थायी शिक्षकका बारेमा विभिन्न चरणमा छलफल गरेर शिक्षा ऐनको अध्यादेश राष्ट्रपतिकहाँ पुगेको छ । राट्रपतिले अध्यादेश पारित गरेपछि मात्र यसको टुङ्गो लाग्छ ।
राहत अनुदान र पीसीएफ शिक्षकको टुङ्गो कहिले लाग्छ ?
सामुदायिक विद्यालयमा विविध प्रकारका शिक्षक हुनुहुँदैन । ती शिक्षकको स्तर पनि फरक–फरक छ । सेवा–सुविधा लगायतका व्यवहार पनि फरक छ । सामुदायिक विद्यालयको गुणस्तर ल्याउनका लागि सबै पक्षमा एकरूपता आवश्यक छ । नेपाल सरकार यस विषय गम्भीर भएर लागेको देखिन्छ । अहिले विविध समस्या भएकाले सरकारले पनि शिक्षकमा एकरूपता ल्याउन सकेको छैन । अब नयाँ शिक्षक नियुक्तिसँगै एकरूपता ल्याउने कामले गति लिनेछ ।
विज्ञापन गरिएको शिक्षकको परिणाम कहिलेसम्म आउला ?
आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा र परिणाम समयमा लिएको छ । शिक्षकको बढुवा पनि समयमा गरिरहेका छौँ । २०५२ सालमा शिक्षकको परीक्षाको नतिजा धेरै वर्षसम्म निस्कन सकेको थिएन, तर आयोग गठन भएपछि तुरून्त परीक्षाफल निकालेको थियो । अहिले सबै काम आयोगले समयमा गरिरहेकाले समयमा निकाल्छौँ भन्ने बलियो प्रमाण हो ।         (साभार ः कारोबार दैनिक)

पढ्ने उमेरमा ढुङ्गा बोक्छन्

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:30 PM


शिक्षाक्षेत्रमा लामो समयदेखि सक्रिय इटहरीका व्यवसायी कमल तिम्सिना शिक्षित बेरोजगार बढ्दै गएकोप्रति चिन्तित छन् । अव्यावहारिक शिक्षा, सरकारी नीति अभाव तथा युवाहरुलाई उपयुक्त मार्गदर्शन र सहयोगको अभावमा विदेसिनेको सङ्ख्या बढ्दै जाँदा केही समयका लागि परिवारको आर्थिक अवस्थामा सुधार आए पनि नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा ठूलो सङ्कट आउने देखिएको बताउँछन् । उनी समस्या देखेर चिन्तित मात्र छैनन्, त्यसको समाधानको उपायबारे चिन्तन पनि गरिरहेका छन् । यसै सेरोफेरोमा तिम्सिनासँग कलेज टाइम्सका लागि गरिएको कुराकानी :
शैक्षिक बेरोजगार थपिँदैछन् । बेरोजगार युवाहरु विदेश पलायनसमेत भइरहेका छन् । किन होला ?
सबैभन्दा ठूलो कारक त भ्रष्टाचार, राजनीतिक अस्थिरता बढ्नु र राजनीतिक दलले युवालाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नै हो । युवाहरु पढ्ने उमेरमा ढुङ्गा बोकेर हिँड्छन् । केही गर्ने र बन्ने समयमा आफूसँग शिक्षा, दक्षता नहुँदा विदेसिन बाध्य छन् । विद्यार्थी स्वयम्ले सही विषय नरोज्नु, पढाइको योजना नबनाउनु, विद्यार्थीको क्षमता र रुचिअनुसारका विषय लिन प्रोत्साहित नगरी क्याम्पसले पैसा असुल्नका लागि कामै नलाग्ने विषयहरु पढाउनुले पनि समस्या उत्पन्न भएको हो । त्यसका लागि अहिलेको अव्यावहारिक शिक्षा प्रणाली मुख्य दोषी हो । यस्तै लोडसेडिङ बढ्नु र उद्योग, व्यवसाय धराशायी हुनुले समेत युवाहरुलाई बेरोजगार बनाएको छ ।
युवा बेरोजगार बन्दा कस्तो अवस्था सिर्जना भएको छ ?
समाज भयावह दुर्घटनामा पर्ने अवस्था उत्पन्न भएको छ । १५ देखि ४० वर्षका युवामा नैराश्यता छ । दुव्र्यसनी बनेका छन् । पैसा भए पनि लगानी गर्ने बाटो देखेका छैनन् । उनीहरुले पढेको शिक्षा यति अव्यावहारिक छ कि उनीहरु आफैँ केही काम सुरु गर्न सक्षम छैनन् । धेरै–थोरै युवाले मात्र आफ्नो पारिवारिक पृष्ठभूमिको आधारमा केही काम गर्ने आँट गरेका छन् । धनीहरु धनी र गरिबहरु झन्झन् गरिब बनिरहेका छन् । सम्बन्धविच्छेदका घटना बढ्नुमा पनि आर्थिक असन्तुष्टि नै प्रमुख कारण हो ।
समस्यालाई समाधान गर्न के गर्नुपर्ला ?
सबैभन्दा पहिले त क्याम्पसहरुले विद्यार्थीलाई पढ्ने विषयको बारेमा सही परामर्श दिनुपर्छ । त्यस्तै विद्यार्थीलाई रोजगारीका अवसर खोज्न क्याम्पसले सहयोग गर्नुप¥यो । क्याम्पसले पनि व्यावहारिक शिक्षा दिनुप¥यो । किताबी कुरालाई पनि व्यवहारोपयोगी तरिकाले सिकाउनुप¥यो । उत्पादनमूलक कार्यमा लगानी गर्न प्रोत्साहित गर्नुप¥यो । मुख्य कुरो सरकारले सही शिक्षा नीति बनाउनुप¥यो । नीति सही भयो भने सबै कुरा ठिक हुन्छ ।
शिक्षा नीति परिवर्तन गर्न त समय लाग्ला । आजको भोलि नै राहतस्वरुप केही काम गर्न सकिन्छ कि ?
सकिन्छ । क्याम्पसहरुले विद्यार्थीको लागि काउन्सिलिङ डेक्स राखेर उनीहरुको इच्छा र क्षमताअनुसारको विषय रोज्न प्रोत्साहित गर्नुपर्छ । विद्यालयमै पनि विद्यार्थीका लागि जीवनउपयोगी र आफ्नो क्यारियर निर्धारण गर्ने गरी तालिम दिनुपर्छ । एसएलसी पास गर्ने सबैलाई अनिवार्य रुपमा शैक्षिक परामर्श दिने व्यवस्था गर्नुपर्छ । यो कामको सुरुवात हरेक विद्यालय, क्याम्पसले आजको भोलिबाटै सुरु गर्न सक्छन् ।
सम्भावना कस्तो देख्नुहुन्छ ?
जल, जङ्गल र जमिनलाई प्रविधिको सहयोगमा उपयोग गरी कृषिका क्षेत्रमा धेरैलाई रोजगारी दिन सकिन्छ । निजी क्षेत्रका लागि उद्योगमैत्री व्यवस्था ल्याएर प्रोत्साहन गर्न सकेमा त्यसले धेरै परिवर्तन ल्याउन सक्छ । युवाहरुको लागि ऋणको व्यवस्था गर्न सकेमा दुई–चार पैसा कमाउन पनि विदेसिने क्रम रोकिन्थ्यो र स्वदेशमै उद्योग धन्दाको लागि प्रोत्साहन मिल्थ्यो । बेरोजगार युवाहरु आफैँले पनि सामूहिक रुपमा व्यवसाय गर्न सक्छन् ।
सानो–सानो पुँजीलाई एकत्रित गरी ठूलो काम आँट्न सक्छन् । सामूहिक कृषि फर्म बनाउन सकिन्छ । सामूहिक सहकारीको अवधारणा समेत उपयोगी हुनसक्छ । सीप तथा क्षमता विकास गर्ने खालका कार्यक्रम समेत आयोजना गरी युवाहरुको समग्र विकासमा योगदान दिन सकिन्छ । एक घर एक उद्योगको अवधारणालाई अघि बढाउन सकिन्छ ।

डाक्टर पलायन हुनेक्रम रोक्नुर्पछ

Written By Collegetimes on Tuesday, December 4, 2012 | 6:17 AM


वीपी दास (उपकुलपति )
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
नेपालमा शिक्षा क्षेत्र अहिले उद्योगको रुपमा विकास भइरहेको छ । निजी स्कुल, कलेज, इन्स्टिच्युट हँुदै पछिल्लो समय मेडिकल कलेजसम्म खुल्नेक्रम तीव्र छ । अरु शैक्षिकसंस्थाजस्तै स्वास्थ्य शैक्षिकसंस्थाले पनि व्यवसायका नाममा अस्वस्थ्य प्रतिस्पर्धा गर्दा निम्तिने खतरा, शैक्षिक क्षेत्रलाई पार्ने असर, र नेपालमा चिकित्सा शैक्षिकसंस्थाको भविष्य र सम्भावनाका विषयमा देशकै चर्चित चिकित्सा अध्ययन केन्द्र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति बिपी दाससँग कलेजटाइम्सका लागि शेखर ढकालले गरेको कुराकानीको सम्पादित अंश ः
पछिल्लो समय मेडिकल कलेजहरु तीव्ररुपमा थपिने क्रमलाई कसरी हेर्नुभएको छ ?
अहिलेको हिसाबले हेर्ने हो यो धेरै खुल्यो भन्ने कुरामा म सहमत छैन । किनभने नेपालमा जनसङ्ख्या र बिरामीको सङ्ख्या दिनानुदिन बढ्दो छ । बिरामीको चापअनुसार मेडिकल कलेजहरु खुल्नुपर्छ । साथै अहिले पनि नेपाली विद्यार्थीहरु सिकित्सा पढ्न चीन, रुस, बङ्गलादेश, भारतलगायतका मुलुक जानेक्रम जारी छ । उनीहरुलाई नेपालमै स्तरीय शिक्षा दिनसके विदेश जाने पैसा यहीँ रहने थियो ।
स्वास्थ्य शिक्षण संस्था पनि अरु व्यावसायिक शैक्षिक संस्था जस्तै धेरै खुल्नु राम्रो हुन्छ र ?
स्वास्थ्य शिक्षणसंस्था खुल्नु राम्रो हो । अरु उद्योगको अवस्था राम्रो नरहेको अवस्थामा शैक्षिक र स्वास्थ्यसंस्थालाई नै उद्योगको रुपमा विकास गर्न सकिन्छ । तर, स्तर र विश्वसनीयता कायम गर्न सक्नुपर्छ । मेडिकल कलेजको लागि आवश्यक जनशक्ति छ कि छैन हेर्नुपर्छ । अहिले शिक्षक अपुग छ । मेडिकल कलेज खोलेर बस्ने अनि काउन्सिल आएका बेला बाहिरबाट मान्छे ल्याएर देखाउने प्रवृत्ति छ । यसले गर्दा भोलि गएर देशकै बद्नाम हुन जान्छ । त्यसैले जनताको आवश्यकतानुसार ठाउँ छानेर कलेजहरु खोल्ने अनुमति दिइनुपर्छ ।
स्तर कायम राख्न मेडिकल कलेजले के कुरामा ध्यान दिनुपर्छ?
गुणस्तर कायम गर्न मेडिकल कलेजमा चाहिने पूर्वाधार, ल्याब, बिरामी, हस्पिटालिटी हुनुप¥यो । भावि डाक्टरले प्रशिक्षण लिने हो । त्यसका लागि बिरामी आउने वातावरण बनाउनुप¥यो । उपकरणहरु हुनुप¥यो । यसकारण गुणस्तरका लागि उपकरण, बिरामी पर्याप्त र वातावरण उपयुक्त हुनैपर्छ ।
हाम्रो देशमा चिकित्सा अध्ययन गराउने शिक्षकको अभाव पूर्ति गर्न विदेशी शिक्षक मगाउनुपर्ने अवस्था छ कि छैन ?
अभाव त छ तर पहिलेको तुलनामा अहिले धेरै शिक्षक उत्पादन भएका छन् । बिपी प्रतिष्ठानमै १० जना पनि नेपाली शिक्षक थिएनन्, अहिले एक सय ७० जना डाक्टर–शिक्षक छन् । बिस्तारै विदेशी शिक्षकमा निर्भर हुने दिन हराउँदै छ । अर्को कुरा विदेशी शिक्षक आउँदा पनि कस्ता आउँछन् भन्ने हो । भारतमा डाक्टरको सेवा सुविधा हाम्रोमा भन्दा दोब्बर छ । यहाँ आउने भनेका प्रायः त्यहाँ गर्न नसकेका गुणस्तर नभएका शिक्षक डाक्टरहरु हुन् । त्यसैले विदेशी डाक्टरभन्दा स्वदेशमा उत्पादन भएकै जनशक्तिलाई उपयोग गर्नु राम्रो हुन्छ ।
डाक्टरहरुको उत्पादन बढ्दो भए पनि ग्रामीण क्षेत्रका सर्वसाधारण अझै पनि चिकित्सकको पहु“चबाट वञ्चित छन् । सबै क्षेत्रका सर्वसाधारणले एमबिबिएस डाक्टरको सेवा पाउने कहिले ?
यदि उत्पादन भएका डाक्टरलाई यही राख्न सकियो भने १०÷१५ वर्षमा सर्वसाधारणले सेवा पाउँछन् । सरकारले नीति बनाएर यहाँ उत्पादन भएका डाक्टरलाई यहीँ काम गर्ने वातावरण मिलाउनुपर्छ । २४÷२५ वटा मेडिकल कलेजबाट डाक्टर उत्पादन भैरहेका छन् । तर प्रायः विदेश पलायन हुने क्रम छ । त्यसलाई रोक्न सरकारले बेलैमा सोच्नुपर्छ ।
अन्त्यमा, चिकित्सा क्षेत्रमा नभइ नहुने कुरा ?
हामीले दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि हाम्रा स्रोत–साधन केन्द्रित गर्नुपर्छ । साथै कुन संस्थालाई कहाँ राख्दा के गर्दा देशलाई फाइदा पुग्छ, त्यसका लागि सरकार चनाखो हुनुपर्छ ।

"त्रिभूजीय शिक्षा दर्शन होइन, विज्ञान हो"

Written By Neplee on Friday, September 21, 2012 | 5:42 AM


शिक्षाको विकास, राजनीति, योग, ध्यान तथा प्राकृतिक स्वास्थ्यसम्बन्धी लामो अनुभव स“गालेका डा. टीएन पथिक मातातीर्थ काठमाडांैमा पथिक फाउन्डेसनका स्थापना गरी शिक्षा, स्वास्थ्य र मानवीय चेतना जागरण विज्ञानका क्षेत्रमा कार्य गरिरहेका छन् । शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउनका लागि उनले त्रिभुजीय शिक्षाको अवधारणा अघि सारेका छन् । डा. पथिकस“ग सोही विषयमा गरिएको कुराकानीको सम्पादित अंश :
पथिक फाउन्डेसन कस्तो संस्था हो ?
पथिक फाउन्डेसन मूलतः प्राकृतिक स्वास्थ्य, मानवीय चेतना जागरण, त्रिभूजीय शिक्षा र सामूहिक जीवनशैलीका विषयमा केन्द्रित रहेर विगत १२ वर्षदेखि कार्यरत एक सामाजिक संस्था हो । संस्थाको मूल कार्यक्षेत्र योग, अध्यात्म, मानवीय स्वास्थ्य, चेतना जागरण र त्रिभुजीय शिक्षा हो ।
चेतना जागरणका विविध विषयमा मातातीर्थमा यसले एक केन्द्र स्थापना गरेको छ । सामूहिक जीवनशैलीको अभ्यास मातातीर्थस्थित केन्द्रमा सञ्चालित छ, जहाँ ३५ जना व्यक्तिहरु सामूहिक जीवनको अभ्यास गर्दछन् । हालै यस संस्थाले शिक्षासम्बन्धी विषयमा एक नयाँ अवधारणा अघि सारेको छ । जसलाई हामीले त्रिभूजीय शिक्षा भनेका छौँ ।

त्रिभुजीय शिक्षा के हो ?
मानिसका तीन मस्तिष्क छन् । यिनको ग्रहण शक्ति, संरचना र शिक्षा लिने तरिका पनि फरक–फरक छ । देब्रे मस्तिष्कले सूचना, संस्कार, रीतिरिवाजलाई ग्रहण गर्छ र त्यसैबाट प्रशिक्षत भएर काम गर्छ । यसै मस्तिष्कलाई प्रशिक्षित गर्ने अनेक किसिमका शिक्षाहरु, विषयहरु विकास गरिएका छन् । आजसम्मको शिक्षाको मुख्य काम नै यही मस्तिष्कको विकासका लागि भए ।
दाहिने मस्तिष्कले भाव, भावना, सिर्जना, अनुसन्धान, प्रतिभा उत्खनन तथा अनभिव्यक्तलाई अभिव्यक्त गर्छ । त्यसैले यस मस्तिष्कलाई अवचेतन मस्तिष्क भनियो । अवचेतन भएकाले कहिलेकाहीँ संवेदनशील, वैज्ञानिक, साहित्यकार तथा अनेक विषयका अनुसन्धानकर्ताहरुको गहन लगनशीलता र एकाग्रताका कारण अचानक खुल्ने र केही समयपछि तुरुन्तै बन्द हुने गरेको पाइन्छ । अचानक रुपमा यो मस्तिष्क खुलेको अवस्थामा नै विश्वविख्यात साहित्य सिर्जना, अनेकन नयाँ वैज्ञानिक आविस्कार, विश्वविख्यात कला तथा आश्चर्य लाग्ने कार्यहरु ती मानिसबाट हुने गरेको पाइन्छ । यसलाई उपयोग गर्ने विज्ञान नबुझ्नाले मानिसको यो मस्तिष्क अधिकांश समय सुत्ने गरेको छ । यस्तो प्रतिभा बोकेको मस्तिष्कको उपयोग गरी काममा लगाउन सकियो भने हरेक मानिसले यस्तै महान काम गर्न सक्दछ र त्यो सम्भव छ ।
मानिसको देब्रे मस्तिष्कको कूल क्षमताको बढीमा १३ प्रतिशतभन्दा बढी क्षमता हालसम्म उपयोग हुन सकेको छैन । यस मस्तिष्कले आफूले देखेका, भोगेका, सुनेका, पढेका आधारमा आफूलाई प्रबल बनाउने गर्छ । त्यसैले हालसम्मको हाम्रो शिक्षाले यही मस्तिष्कलाई मात्र प्रशिक्षित गर्ने काम गरिरहेको छ ।
दायाँ मस्तिष्कलाई प्रशिक्षित पार्ने शिक्षा अहिले छैन, लोप भएको छ । यसका लागि कुनै स्कूल, प्रयोगशाला स्थापना, अनुसन्धान, चिन्तन मनन भएको छैन । म्याडमक्युरी, आइन्स्टाइन, न्युटन, स्टेफेन हकिन्सजस्ता वैज्ञानिकहरुले जेजस्ता आविस्कारगरे ती अधिकतर उनीहरुको दायाँ मस्तिष्क खुलेको समयमा देखेका दृश्य तथा सपनाजस्ता लाग्ने अवचेतन घटनाका आधारमा भएको देखिन्छ । असाधारण भनिएका साहित्य लेख्ने साहित्यकार, असाधारण कलाका सर्जक, ठूला दार्शनिकहरुका साहित्य, कला, दर्शन यही मस्तिष्ककका सिर्जना हुन् ।
तेस्रो मस्तिष्कको नाम हो, मेडुला अब्लाङ्गाटा । यो मस्तिष्क अत्यन्त सूक्ष्म छ । कम्प्युटरमा राखिएको पासवर्डद्वारा सुरक्षित हार्ड डिस्क वा इन्टरनेटको लागि मोडेम वा राउटरजस्तै हो यो मस्तिष्क । यस मस्तिष्कलाई उजागर गर्न सकियो भने मनुस्य जीवन शृङ्खलाका जन्ममरण र कार्यविधिसँग सम्बद्ध अधिकांश कुराहरुको रेकर्ड खुल्दछ । यो खोल्नका लागि समर्थ व्यक्तिहरु हुन्, हामीले भन्ने गरेका बुद्धहरु । बुद्धत्व आर्जनको समय वा गहन समाधिको अवस्थामा मात्रै यो मस्तिष्क खुल्दछ ।
त्रिभुजीय शिक्षाले यी तिनै मस्तिष्कमध्ये पछिल्ला दुई मस्तिष्कलाई सामान्यीकरण गर्दछ । जसरी देब्रे मस्तिष्क काम गर्न सक्षम बनाइएको छ, त्यसैगरी अन्य दुई मस्तिष्कलाई पनि शिक्षित पारी देब्रेबाट जस्तै काम लिन सकिन्छ । त्यसैले तीन मस्तिष्कका लागि आवश्यक पर्ने तीन शिक्षालाई नै हामीले प्रतीकात्मक रुपमा त्रिभुजीय शिक्षा भनेका हौँ ।

त्रिभुजीय शिक्षा सिद्धान्त, दर्शन वा के हो ?
त्रिभुजीय शिक्षाका तीन पक्ष छन्, मानवीय शिक्षा, दक्षता शिक्षा र चेतना जागरणको शिक्षा । हाल भएको देब्रे मस्तिष्कको सूचना शिक्षालाई दायाँ मस्तिष्कसँग गाँसेर दक्षता शिक्षामा लैजान सकिएमा हालको बेरोजगारीको समूल अन्त्य गर्न सकिन्छ । चेतना जागरणको शिक्षाले मानिसको महत्ताबोध गराई उसका गैरवमय मूल्यवता उजागर गरी आजको भ्रष्टता, अनैतिकता, अपराध आदिको अन्त्य गर्न सकिन्छ ।
यसरी तीनवटै मस्तिष्कलाई शिक्षित गर्ने शिक्षा प्रणालीलाई हामीले त्रिभुजीय शिक्षा भनेका हौँ र हाम्रो अवधारणाको मूल पक्ष यही हो । त्रिभुजीय शिक्षा कुनै दर्शन होइन, विज्ञान हो ।

मानवीय शिक्षाको मर्म के हो ?
संसारका जीवजन्तुहरु मध्ये मानव सर्वश्रेष्ठ प्राणी भएको महत्ताबोध गराउने शिक्षा हो मानवीय शिक्षा । सर्वप्रथम मानिस विश्व मानव हो भन्ने जान्नुप¥यो, त्यसपछि आवश्यकता र बोधद्वारा उसले आफ्ना सामाजिक र राजनीतिक पहिचान आफैँ खोजोस् । हामीले उसलाई तँ त यो होस् वा यो बन् भनेर कुनै जाति, भाषा, धर्मको संज्ञाले थिचेर साँघुरो नपारौँ भन्ने यो शिक्षाको मर्म हो ।

यो अवधारणा वर्तमान शिक्षाको विकल्पमा ल्याइएको हो कि सुधारका लागि ? कसरी बुझ्ने ?
त्यस्तो होइन । यो विद्यमान शिक्षाको सुधारका लागि ल्याइएको अवधारणा हो । त्यसैले हाम्रो नारा छ, शिक्षा बिकारे सकलो बिकार, शिक्षा सुधारे सकलो सुधार । (शिक्षामा बिकार आयो भने सबैमा बिकार आउँछ । शिक्षामा सुधार आयो भने सबैमा सुधार आउँछ ।) तर, यो अवधारणा अलि कडा रुपको सुधारको पक्षमा रहेको चाहिँ अवश्य हो । एउटा मस्तिष्कलाई मात्र शिक्षित पार्ने शिक्षा लिएर हिँडिरहेको ठाउँमा तीनवटै मस्तिष्कलाई सक्रिय पार्ने शिक्षामा रुपान्तरण गर्दा अलि क्रान्तिकारी सुधार त हुनै प¥यो नि ।

वर्तमान शिक्षा नीति, नियम र कानुनका बीच यो अवधारणा कार्यान्वयन गर्न कतिको सम्भव छ ?
बिल्कुलै सम्भव छ, तर दरिलो इच्छाशक्ति भएको शैक्षिक नेतृत्व भने यसका लागि अपरिहार्य छ । नीतिगत रुपमा यसलाई लागू गर्न कुनै बाधा हामी देख्दैनौँ । तर, कार्य प्रणाली र पाठ्यक्रममा भने व्यापक सुधार र परिमार्जन आवश्यक छ । त्यसको लागि कक्षा नौदेखि आरम्भ गर्न सकिन्छ । विद्यमान पूर्वाधारलाई विस्तार गर्न र शिक्षकलाई यस अवधारणामा प्रशिक्षित गर्न आवश्यक छ ।

थप केही भन्न बाँकी छ कि ?
प्रचलित शिक्षाले चरित्रवान्, नैतिक, जिम्मेवार र मानवीय भावना भएका नागरिकहरु उत्पादन गर्न सकेन । आमूल परिवर्तन आजको आवश्यकता हो । यसका लागि सम्बद्ध सबैले चिन्तन–मनन गरौँ, हाम्रा सन्ततिहरुलाई सही बाटोमा हिँडाउने गोरेटो तयार गरौँ र कहालीलाग्दो बेरोजगारी अन्त्य गर्ने गरी हाम्रो शिक्षा–प्रणालीलाई दक्षतातर्फ केन्द्रित गर्न सकौँ ।

'गायक नभएको भए पत्रकार बन्थें'

Written By Neplee on Friday, August 17, 2012 | 6:52 PM

 स्कुल लेभलदेखि नै स्टेज कार्यक्रमा गीत गाउन सोखिन सुगम पोखरेल आफूमा गायकमा हुनुपर्ने गुण बाल्यकालदेखि नै भएको बताउ“छन् । १६ वर्षदेखि साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहेका पोखरेल अहिले सबैका प्रिय बन्न सफल गायक हुन् । लोकप्रियतास“गै पोखरेलले पा“चवटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्वदेश र विदेशमा आयोजित स्टेज कार्यक्रममा प्रस्तुति दिएका उनलाई अफ्रिका महादेशमा गएर साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने रहर छ । पोखरेलस“ग अनिल श्रेष्ठले गरेको कुराकानीको सार ः
केमा व्यस्त हुनुहुन्छ ?
हालै मात्र मेरो पूर्वेली लोकभाकामा आधारित शिलान्यास एल्बमका लागि लागिपरेको छु । प्रमोसनका साथै छैठौं गीतको म्युजिक भिडयो प्रसारणको तयारीमा पनि लागिरहेको छु ।
शिलान्यासमा कस्ता गीत छन् ?
पूर्वका लोकभाकामा आधारित आठ वटा गीत समेटेको छु । मैले पहिलोपटक लोक भाकामा गाएको हुँदा स्रोताहरुले छुट्टै स्वाद पाउने छन् ।
आफ्नो लोकप्रियताको कारण के होजस्तो लाग्छ ?
पहिलो कुरा त मैले गाएको गीतहरु भित्रै आत्मादेखि  मेहनतका साथ गाएकाले पनि श्रोताहरुले मन पराउनुभएको होला । फेरि शब्द सङ्गीतसँगै स्वर राम्रो भयो भने गीत पनि राम्रो बन्छ । मेरो गीतमा तीनवटै पक्षमा ध्यान दिइएको हुन्छ ।
नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित भएर पनि पछिल्लो समयमा केही निस्क्रिय देखिनुहुन्छ नि ?
त्यस्तो निस्क्रिय चाहिँ भनिहाल्न मिल्दैन । म सक्रिय नै छु । मैले अहिले साढे तीन वर्षपछि नयाँ एल्बम बजारमा ल्याउँदै छु । तर, प्राविधिकरुपले राम्रो गीति एल्बम तयार पार्ने क्रममा केही ढिलो भएको र मिडिया क्षेत्रमा म आउन नभ्याएको हुनाले श्रोताको नजरमा निस्क्रिय देखिएको हुन सक्छ ।
सफल गायक बन्न के गर्नुपर्छ ?
पहिलो कुरा कामप्रति इमान्दार हुनुप¥यो, नयाँ गीत सङ्गीत दर्शक–श्रोतामाझ ल्याउनुप¥यो । कामप्रति लगनशील भइयो भने र सर्जकहरुले तयार पारेका गीतलाई लयबद्ध गाउन सक्यो भने निश्चय नै गायनमा सफल बन्न सकिन्छ ।
गायक नभएको भए के बन्नुहुन्थ्यो ?
गीत त स्कुलदेखि नै गाउँथे, र एकदिन म सबैको लोकप्रिय गायक बन्छु भन्ने लागिसकेको थियो । सायद गायक नबनेको भए म टेलिभिजन पत्रकार बन्थेँ । किनभने मैले १२ वर्ष रेडियोमा काम पनि गरिसकेको थिए र मलाई सगरमाथा टेलिभिजनमा काम गर्ने अवसरसमेत आएको हुनाले पनि गायकको विकल्पमा पत्रकार बन्थेँ होला ।
साङ्गीतिक क्षेत्रमा लागेपछि के पाउनु, के गुमाउनुभयो ?
पाउनु त मैले धेरै पाएको छु । १० वर्षदेखि यसै पेसाबाट मैले परिवार धानिराखेको छु । अनि सबैभन्दा ठूलो कुरा त दर्शक–श्रोताहरुको अपार माया र साथ पाएको छु । गुमाउन चाहिँ खासै केही गुमाएजस्तो लाग्दैन ।
यो क्षेत्रमा लागेर बा“च्न सकिन्छ ?
बाँच्नको लागि त जुनसुकै क्षेत्रमा पनि सङ्घर्ष गर्नुपर्छ । फेरि यो क्षेत्रमा बढी मेहनत ग¥यो भने बाँच्न चाहिँ सकिन्छ । मलगायत अन्य कलाकारहरु पनि सङ्गीत क्षेत्रबाट नै बाँचिरहका छन् । तर, सङ्गीत क्षेत्रमा गरी खान मेहनत, व्यावसायिक सोच र निरन्तरता चाहिँ हुनैपर्छ ।

‘शिक्षालाई विश्वबजारमा प्रतिस्पर्धी बनाउनुपर्छ’

Written By Neplee on Friday, June 15, 2012 | 9:53 AM

नेपालको शैक्षिक क्षेत्रमा थुप्रै समस्या देखिएका छन् । विद्यार्थी सङ्गठनहरूले पटक–पटक आन्दोलन गर्दै आए पनि समस्या समाधान हुन सकेका छैनन् ।
शैक्षिक आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गर्दै आएको विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) शैक्षिक समस्या उन्मूलनका लागि के गर्दैछ ? अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष लक्ष्मण लम्सालस“ग कलेज टाइम्सले गरेको कुराकानीको सम्पादित अंश ।
अहिले शैक्षिक आन्दोलन अहिले कता जा“दैछ ?
जनआन्दोलनभन्दा अगाडि हामी राजनीतिक परिवर्तनका लागि लाग्यौं । अब हामी शिक्षामा केन्द्रित भएका छौँ । गएको असारमा शैक्षिक सम्मेलन गरेर सङ्घीयतामा शिक्षा नीतिका रूपमा छवटा विषयलाई अगाडि बढाउने निस्कर्ष निकालेका छौं । निम्न प्राथमिक शिक्षा, विद्यालय शिक्षा, विश्वविद्यालय शिक्षा, प्राविधिक शिक्षालगायत छवटा विषय सङ्घीयतामा हुने शिक्षानीति भनेर अगाडि सारेका छौँ ।
सम्मेलनबाट आएका निष्कर्षको एउटा किताब प्रकाशन गर्ने तयारीमा छौँ । जसमा सरोकारवाला विद्यार्थीहरू, प्राध्यापकहरू, शिक्षाविद्हरू, विश्वविद्यालयका विज्ञहरू, निजी क्षेत्रका कुरा, सामुदायिक  क्षेत्रका समस्या र चुनौतीहरूलाई समेटेर अबको १० वर्षमा निजी तथा सामुदायिक क्षेत्रमा कस्तो शिक्षानीति आवश्यक पर्छ र त्यो कसरी बनाउन सकिन्छ भन्ने समावेश गर्ने छौँ । विश्व बजारीकरण भैरहेका बेला नेपालको शिक्षालाई पनि विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने बनाउन लागिपर्ने बेला आएको छ ।
त्यसैले शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र  प्रतिस्पर्धात्मक बनाउन अनेरास्ववियुको आन्दोलन जारी छ । साथै हाम्रो समाजलाई चाहिने दक्ष जनशक्ति, जस्तै ः इन्जिनियर, डाक्टर, वकील, प्राध्यापक आदि उत्पादन गर्नसक्ने शिक्षाप्रणाली बनाउने एजेन्डा लिएर हामी अगाडि बढिरहेका छौँ ।
अहिले एकातर्फ गुणस्तरीयताको नाममा मह“गा विद्यालय छन् भने अर्कातर्फ सामुदायिक विद्यालयको सुधार छैन । यसलाई समान बनाउन अनेरास्ववियुको आन्दोलनले के गर्छ ?
अहिले पनि नेपालका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या ८० प्रतिशत छ र राज्यले कूल बजेटको १७ प्रतिशत लगानी गर्छ । अहिलेको अवस्थामा त्यो ठीक छ–छैन, बहसकै विषय हो । तर, त्यसको प्रतिफल भने राम्रो छैन । त्यसको मुख्य कारण हो, शैक्षिकनीति राम्रो नहुनु र भएको नीति पनि कार्यान्वयन नहुनु हो । कार्यान्वयन गर्ने पक्षका व्यक्तिहरू नै त्यो नीतिमा विश्वास गर्दैनन्, नीति निर्माताका सन्तान नै निजी विद्यालयमा पढिरहेका छन् । त्यसकारण अहिले शैक्षिक बेरोजगारहरू बढिरहेका छन् ।
इमान्दार अनुगमन, मूल्याङ्कन, दण्ड र सजायको व्यवस्था छैन । त्यसकारण राज्यले कूल बजेटको १७ प्रतिशत लगानी गर्दा पनि निजी र सरकारी विद्यालय तथा कलेजको शिक्षा समान हुन सकेको छैन । अनेरास्ववियुले अन्दोलनकै रूपमा नीति निर्माण परिवर्तनका लागि शैक्षिक सम्मेलन गरेको हो । सम्मेलनले अबको विश्वविद्यालय, विद्यालय र प्राविधिक शिक्षा कस्तो बनाउने बन्ने बहस चलाउने, देश सङ्घीय संरचनामा जाँदा शिक्षाप्रणाली कस्तो बनाउने, कर्णालीमा सुहाउँदो शिक्षा प्रणाली झापामा नसुहाउन सक्छ, कहाँ के–के सम्भावना छन् ? तिनलाई उकास्न शिक्षा प्रणालीलाई कसरी विभाजन गर्ने जसका कारण देशको विकासमा टेवा पु¥याउन सकियोस् आदि कुरालाई ध्यान दिई अगाडि बढ्ने सवाल उठाएको छ । यो पनि एउटा आन्दोलन हो । यसले देशको शिक्षाप्रणालीलाई सेवामुखीभन्दा उत्पादनमुखी बनाउनेमा जोड दिन्छ ।
शिक्षामा रहेको द्वैध प्रणालीका कारण मुलुकमा २० प्रतिशत निजी क्षेत्रले उत्पादन गरेको जनशक्तिले ८० प्रतिशत सामुदायिक क्षेत्रले उत्पादन गरेको जनशक्तिलाई होच्याउने काम गरिहेको छ । यसको अन्त्यका लागि चेतनाको स्तरमै काम गर्न हामी लागिरहेका छौँ । आन्दोलन भनेको बन्द गर्नु ढुङ्गामुडा गर्नु मात्र होइन, यसका लागि हामीले बहस, अन्तक्र्रिया, जनचेतनालगायतका कार्यक्रम गरिरहेका छौँ ।
शिक्षामा भएका समस्या हटाउन विभिन्न विद्यार्थी सङ्गठन सक्रिय छन् । सबैको एउटै उद्देश्य भएपछि सहकार्य हुनुपर्ने तर विद्यार्थी सङ्गठनहरू चाहि“ आपसमै मिल्न नसकेका नि ?
क्रियाशील विद्यार्थी सङ्गठन धेरै छन् । तर, ती एउटै समाज र परिवेशका भएकाले समस्या समाधानका लागि सबैका एजेण्डा एउटै हुन सक्छन् । तर, सङ्गठनले के भन्छन् भन्दा पनि के गर्छन् भन्ने कुराले महत्व राख्छ । विषय उठाएर त्यसलाई पूरा गर्न योजनाबद्ध तरिकाले लागेका छन् कि छैनन् त्यो कुरा महत्वपूर्ण हो । धेरै विद्यार्थी सङ्गठनहरू शैक्षिक आन्दोलनभन्दा पनि राजनीतितर्फ आकर्षित छन् । उनीहरू साङ्गठानिक फाइदाका पछाडि लाग्दा विश्वविद्यालयमा अनियमितता, भ्रष्टाचारजस्ता विकृति–विसंगतिले मौलाउने ठाउँ पाएका छन् । अब विद्यार्थी सङ्गठनले साङ्गठानिक फाइदाभन्दा पनि शैक्षिक सुधारमा बढी ध्यान केन्द्रित गरेर लाग्नुपर्ने बेला भएको छ ।
अहिलेसम्म कतिपय आन्दोलन र एजेण्डाहरूमा धेरै विद्यार्थी सङ्गठनहरू एकजुट भएर बहस, छलफल र आन्दोलन गर्दै आएका छौं । सबै विद्यार्थीहरू एकजुट भएर अभियान थाल्ने हो भने नहुने केही छैन । तर, अहिले हुनुपर्ने जति गतिविधि हुन सकेको छैन । एकजुट भएर एउटै एजेण्डामा लाग्नुपर्ने बेला भने आएको छ ।
विद्यार्थी सङ्गठनहरू शैक्षिक आन्दोलनमा केन्द्रित हुनुपर्नेमा सङ्गठन बिस्तार र सङ्गठनको विवाद मिलाउनमै व्यस्त छन्, यो अवस्थामा कसरी शैक्षिक आन्दोलनले गति लेला ?
तपाईले भनेको ठिकै हो । यही सामाजिक सम्बन्ध संरचना सबै यसकै उपज भएकाले यहाँ पनि मतभेद छन् । मुलुकको अस्थिर राजनीतिले समाजको सबैक्षेत्रलाई प्रभाव पारेको कुरा सत्य हो । विभिन्न विद्यार्थी सङ्गठनमा विवाद छन्, अनेरास्ववियुमा पनि मतभेद हुन सक्छन् । आन्तरिक जीवनका मदभेद सार्वजनिक हुन्छन् तर हामी के गर्दै आइरहेका छौँ, के गर्छौ, के गर्न चाहन्छौँ भन्ने कुरा सार्वजनिक हुँदैनन् । यसले गर्दा मूल मुद्दामा पूर्णरूपमा ध्यान केन्द्रित हुन नसकेको यथार्थ हो । अहिले हामीकहाँ यस्तो गलत प्रवृत्ति मौलाइरहेको छ । यो राम्रो कुरा हैन अबका दिनमा सबै सङ्गठन एकजुट भएर विकृति विसङ्गति हटाउँदै समस्या–समाधान गर्नेतर्फ लाग्नुको विकल्प छैन ।
अब सुधार हुन्छ भनेर ढुक्क कसरी हुन सकिन्छ त ?
यो निराशा र कुन्ठा पालेर बस्ने बेला होइन । अब अभियान सुरु गरौँ । सुरुमा उपलब्धि कम होला तर पछि आफैँ  ठीक हुँदै जान्छ । गतिशील, क्रियाशील भएर सामुहिक पहलकदमी चल्नुपर्छ । समाजका सबै क्षेत्र सकारात्मक भएर लाग्ने हो भने हाम्रो यथास्थितिलाई परिवर्तन गर्न सम्भव हुन्छ । त्यसका लागि अनेरास्ववियुले अभियान थालिसकेको छ । यो अभियानमा साथ दिन म सबैसँग आग्रह गर्दछु ।

मर्यादित हुनेले पुरस्कार पाउँछन्

Written By Neplee on Friday, February 17, 2012 | 6:16 PM


चिट चोरेर पास हुने परीक्षाका रूपमा छवि बिगार्दै गएको एसएलसी परीक्षा विगतकोभन्दा मर्यादित हुने परीक्षा नियन्त्रण कार्यालयले दावी गरेको छ । शिक्षामन्त्रीसमेतले परीक्षालाई मर्यादित र कडा बनाउने घोषणा गरेको समयमा एसएलसीको तयारीका विषयमा परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक डिल्लीराम रिमालस“ग सुदीप कोइरालाले गरेको कुराकानी ः

ड्डयस वर्ष परीक्षा कसरी मर्यादित होला ?
कुनै–कुनै पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छौँ । शान्तिसुरक्षाका लागि यस वर्ष पनि गतवर्षझैँ सुरक्षाकर्मी परिचालन गरिने छ । परीक्षालाई अमर्यादित बनाउने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूलाई कारवाहीको भागिदार बनाउने व्यवस्था गरेका छौँ । सँगसँगै राम्रा काम गर्ने केन्द्र तथा केन्द्राध्यक्षलाई पुरस्कृतसमेत गर्नेसमेत व्यवस्था गरिएको छ ।
ड्डपरीक्षाकेन्द्र तय हु“दा वरिपरि पर्खाल र केन्द्र हाताभित्र फोटोकपी सञ्चालक छन्–छैनन्, कत्तिको ध्यान दिनुभयो ?
अवश्य पनि ध्यान पुगेको छ । केन्द्र निर्धारण गर्ने समयमा नै कस्ता केन्द्रहरू निर्धारण गर्ने कम्पाउण्ड भएका, भौतिक हिसाबले परीक्षा दिन सुविधायुक्त स्थान छनौट गर्न निर्देशन दिएअनुसार नै काम भएको छ भन्ने विश्वास लागेको छ । जहाँसम्म बाहिरको भीडको कुरा छ, त्यो भीड नियन्त्रणका लागि परीक्षा समन्वय समितिले कदम चालोस्, त्यो अधिकार समन्वय समितिलाई छ । कतिपय कुरा केन्द्रमा बैठक गरेर पुनः पठाउन सक्छौँ ।
ड्ड अमर्यादित परीक्षा गराउनेहरूलाई कारवाही होला भनेर कसरी विश्वास गर्ने ?
गत वर्ष कारवाही नभएका होइनन् । कतिपय कुरा बाहिर आएनन्, सार्वजनिक भएनन् । गत वर्ष गल्ती गरेका केन्द्रहरू यसवर्ष हटेका छन् । कतिपय ठाउँमा केन्द्र उही परे पनि व्यवस्थापन चाहिँ जिल्लाले परिवर्तन गरेको जानकारी प्राप्त भएको छ । यस वर्ष भने अभिलेख राखेर त्यस्ता केन्द्रहरूलाई सूचीकृत गर्ने र अर्को वर्ष समावेश नगर्ने किसिमले हामी अगाडि बढेका छौँ । त्यही निर्देशन जिल्लामा पठाएका छौँ ।
ड्डविगतजस्तै धमिराले खाएका उत्तरपुस्तिका परीक्षार्थीको हातमा पुग्दैन भन्ने पत्यारिलो आधार के होला ?
यस वर्ष त्यस्तो नहोला । यस वर्ष हामीले पुरानो भण्डारणबाट उत्तरपुस्तिका पठाएका छैनौँ । उत्तरपुस्तिका जस्ले छाप्ने अनुमति पायो, त्यसको प्रेसबाट सोझै जिल्ला पठाएका छौँ, र जिल्लाका साथीहरूलाई उत्तरपुस्तिका हेर्नुस् र खराब छ भने नबुझ्नुस् भनेका छौँ ।
ड्डअनगुमनकर्ता र अवलोकनकर्ताको मापदण्ड कस्तो छ ?
केन्द्रले अनुगमनको व्यवस्था गरेको हुन्छ । एउटा शिक्षा मन्त्रालयले १४ जना सहसचिवलाई टिम लिएर एक–एकवटा अञ्चल पठाएको हुन्छ । त्यो अनुगमन टोली अधिकार–सम्पन्न हुन्छ । यसले विद्यार्थी उठाउनेदेखि लिएर केन्द्र र केन्द्राध्यक्षसमेत खारेज गर्न सक्छ ।
त्योबाहेक क्षेत्रीय निर्देशकसहित सम्बन्धित क्षेत्रमा आफ्नो टोली लिएर अनुगमनमा निस्कन सक्छ । यो टोली पनि सहसचिवझैँ अधिकार–सम्पन्न हुन्छ । यसले पनि सबैलाई कारवाही गर्नसक्ने र जरुरी परेमा केन्द्र खारेजीको सिफारिससमेत गर्न सक्छ ।
यस्तै, तेस्रो अनुगमन समन्वय समितिले गर्छ । जुन प्रमुख जिल्ला अधिकारीको संयोजनमा हुन्छ । यसले पनि केन्द्र खारेजीको सिफारिससम्म गर्न सक्छ । योबाहेक जिल्लामा बनेको अर्को अवलोकन टोली हुन्छ, त्यसले दिनभरि भएका गल्ती सुधार गर्न निर्देशन दिन्छ ।
ड्डसुरक्षाको अवस्था कस्तो छ ?
प्रत्येक परीक्षाकेन्द्रमा १० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुन्छन् । कम्पाउण्डभन्दा बाहिर सुरक्षाकर्मीले सुरक्षा दिने र परीक्षा केन्द्रभित्र सम्बन्धित केन्द्राध्यक्षले नियन्त्रण गर्ने गरी समन्वय गरिएको छ ।

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved