नेपालको शैक्षिक क्षेत्रमा थुप्रै समस्या देखिएका छन् । विद्यार्थी सङ्गठनहरूले पटक–पटक आन्दोलन गर्दै आए पनि समस्या समाधान हुन सकेका छैनन् ।
शैक्षिक आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गर्दै आएको विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) शैक्षिक समस्या उन्मूलनका लागि के गर्दैछ ? अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष लक्ष्मण लम्सालस“ग कलेज टाइम्सले गरेको कुराकानीको सम्पादित अंश ।
अहिले शैक्षिक आन्दोलन अहिले कता जा“दैछ ?
जनआन्दोलनभन्दा अगाडि हामी राजनीतिक परिवर्तनका लागि लाग्यौं । अब हामी शिक्षामा केन्द्रित भएका छौँ । गएको असारमा शैक्षिक सम्मेलन गरेर सङ्घीयतामा शिक्षा नीतिका रूपमा छवटा विषयलाई अगाडि बढाउने निस्कर्ष निकालेका छौं । निम्न प्राथमिक शिक्षा, विद्यालय शिक्षा, विश्वविद्यालय शिक्षा, प्राविधिक शिक्षालगायत छवटा विषय सङ्घीयतामा हुने शिक्षानीति भनेर अगाडि सारेका छौँ ।
सम्मेलनबाट आएका निष्कर्षको एउटा किताब प्रकाशन गर्ने तयारीमा छौँ । जसमा सरोकारवाला विद्यार्थीहरू, प्राध्यापकहरू, शिक्षाविद्हरू, विश्वविद्यालयका विज्ञहरू, निजी क्षेत्रका कुरा, सामुदायिक क्षेत्रका समस्या र चुनौतीहरूलाई समेटेर अबको १० वर्षमा निजी तथा सामुदायिक क्षेत्रमा कस्तो शिक्षानीति आवश्यक पर्छ र त्यो कसरी बनाउन सकिन्छ भन्ने समावेश गर्ने छौँ । विश्व बजारीकरण भैरहेका बेला नेपालको शिक्षालाई पनि विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने बनाउन लागिपर्ने बेला आएको छ ।
त्यसैले शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउन अनेरास्ववियुको आन्दोलन जारी छ । साथै हाम्रो समाजलाई चाहिने दक्ष जनशक्ति, जस्तै ः इन्जिनियर, डाक्टर, वकील, प्राध्यापक आदि उत्पादन गर्नसक्ने शिक्षाप्रणाली बनाउने एजेन्डा लिएर हामी अगाडि बढिरहेका छौँ ।
अहिले एकातर्फ गुणस्तरीयताको नाममा मह“गा विद्यालय छन् भने अर्कातर्फ सामुदायिक विद्यालयको सुधार छैन । यसलाई समान बनाउन अनेरास्ववियुको आन्दोलनले के गर्छ ?
अहिले पनि नेपालका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या ८० प्रतिशत छ र राज्यले कूल बजेटको १७ प्रतिशत लगानी गर्छ । अहिलेको अवस्थामा त्यो ठीक छ–छैन, बहसकै विषय हो । तर, त्यसको प्रतिफल भने राम्रो छैन । त्यसको मुख्य कारण हो, शैक्षिकनीति राम्रो नहुनु र भएको नीति पनि कार्यान्वयन नहुनु हो । कार्यान्वयन गर्ने पक्षका व्यक्तिहरू नै त्यो नीतिमा विश्वास गर्दैनन्, नीति निर्माताका सन्तान नै निजी विद्यालयमा पढिरहेका छन् । त्यसकारण अहिले शैक्षिक बेरोजगारहरू बढिरहेका छन् ।
इमान्दार अनुगमन, मूल्याङ्कन, दण्ड र सजायको व्यवस्था छैन । त्यसकारण राज्यले कूल बजेटको १७ प्रतिशत लगानी गर्दा पनि निजी र सरकारी विद्यालय तथा कलेजको शिक्षा समान हुन सकेको छैन । अनेरास्ववियुले अन्दोलनकै रूपमा नीति निर्माण परिवर्तनका लागि शैक्षिक सम्मेलन गरेको हो । सम्मेलनले अबको विश्वविद्यालय, विद्यालय र प्राविधिक शिक्षा कस्तो बनाउने बन्ने बहस चलाउने, देश सङ्घीय संरचनामा जाँदा शिक्षाप्रणाली कस्तो बनाउने, कर्णालीमा सुहाउँदो शिक्षा प्रणाली झापामा नसुहाउन सक्छ, कहाँ के–के सम्भावना छन् ? तिनलाई उकास्न शिक्षा प्रणालीलाई कसरी विभाजन गर्ने जसका कारण देशको विकासमा टेवा पु¥याउन सकियोस् आदि कुरालाई ध्यान दिई अगाडि बढ्ने सवाल उठाएको छ । यो पनि एउटा आन्दोलन हो । यसले देशको शिक्षाप्रणालीलाई सेवामुखीभन्दा उत्पादनमुखी बनाउनेमा जोड दिन्छ ।
शिक्षामा रहेको द्वैध प्रणालीका कारण मुलुकमा २० प्रतिशत निजी क्षेत्रले उत्पादन गरेको जनशक्तिले ८० प्रतिशत सामुदायिक क्षेत्रले उत्पादन गरेको जनशक्तिलाई होच्याउने काम गरिहेको छ । यसको अन्त्यका लागि चेतनाको स्तरमै काम गर्न हामी लागिरहेका छौँ । आन्दोलन भनेको बन्द गर्नु ढुङ्गामुडा गर्नु मात्र होइन, यसका लागि हामीले बहस, अन्तक्र्रिया, जनचेतनालगायतका कार्यक्रम गरिरहेका छौँ ।
शिक्षामा भएका समस्या हटाउन विभिन्न विद्यार्थी सङ्गठन सक्रिय छन् । सबैको एउटै उद्देश्य भएपछि सहकार्य हुनुपर्ने तर विद्यार्थी सङ्गठनहरू चाहि“ आपसमै मिल्न नसकेका नि ?
क्रियाशील विद्यार्थी सङ्गठन धेरै छन् । तर, ती एउटै समाज र परिवेशका भएकाले समस्या समाधानका लागि सबैका एजेण्डा एउटै हुन सक्छन् । तर, सङ्गठनले के भन्छन् भन्दा पनि के गर्छन् भन्ने कुराले महत्व राख्छ । विषय उठाएर त्यसलाई पूरा गर्न योजनाबद्ध तरिकाले लागेका छन् कि छैनन् त्यो कुरा महत्वपूर्ण हो । धेरै विद्यार्थी सङ्गठनहरू शैक्षिक आन्दोलनभन्दा पनि राजनीतितर्फ आकर्षित छन् । उनीहरू साङ्गठानिक फाइदाका पछाडि लाग्दा विश्वविद्यालयमा अनियमितता, भ्रष्टाचारजस्ता विकृति–विसंगतिले मौलाउने ठाउँ पाएका छन् । अब विद्यार्थी सङ्गठनले साङ्गठानिक फाइदाभन्दा पनि शैक्षिक सुधारमा बढी ध्यान केन्द्रित गरेर लाग्नुपर्ने बेला भएको छ ।
अहिलेसम्म कतिपय आन्दोलन र एजेण्डाहरूमा धेरै विद्यार्थी सङ्गठनहरू एकजुट भएर बहस, छलफल र आन्दोलन गर्दै आएका छौं । सबै विद्यार्थीहरू एकजुट भएर अभियान थाल्ने हो भने नहुने केही छैन । तर, अहिले हुनुपर्ने जति गतिविधि हुन सकेको छैन । एकजुट भएर एउटै एजेण्डामा लाग्नुपर्ने बेला भने आएको छ ।
विद्यार्थी सङ्गठनहरू शैक्षिक आन्दोलनमा केन्द्रित हुनुपर्नेमा सङ्गठन बिस्तार र सङ्गठनको विवाद मिलाउनमै व्यस्त छन्, यो अवस्थामा कसरी शैक्षिक आन्दोलनले गति लेला ?
तपाईले भनेको ठिकै हो । यही सामाजिक सम्बन्ध संरचना सबै यसकै उपज भएकाले यहाँ पनि मतभेद छन् । मुलुकको अस्थिर राजनीतिले समाजको सबैक्षेत्रलाई प्रभाव पारेको कुरा सत्य हो । विभिन्न विद्यार्थी सङ्गठनमा विवाद छन्, अनेरास्ववियुमा पनि मतभेद हुन सक्छन् । आन्तरिक जीवनका मदभेद सार्वजनिक हुन्छन् तर हामी के गर्दै आइरहेका छौँ, के गर्छौ, के गर्न चाहन्छौँ भन्ने कुरा सार्वजनिक हुँदैनन् । यसले गर्दा मूल मुद्दामा पूर्णरूपमा ध्यान केन्द्रित हुन नसकेको यथार्थ हो । अहिले हामीकहाँ यस्तो गलत प्रवृत्ति मौलाइरहेको छ । यो राम्रो कुरा हैन अबका दिनमा सबै सङ्गठन एकजुट भएर विकृति विसङ्गति हटाउँदै समस्या–समाधान गर्नेतर्फ लाग्नुको विकल्प छैन ।
अब सुधार हुन्छ भनेर ढुक्क कसरी हुन सकिन्छ त ?
यो निराशा र कुन्ठा पालेर बस्ने बेला होइन । अब अभियान सुरु गरौँ । सुरुमा उपलब्धि कम होला तर पछि आफैँ ठीक हुँदै जान्छ । गतिशील, क्रियाशील भएर सामुहिक पहलकदमी चल्नुपर्छ । समाजका सबै क्षेत्र सकारात्मक भएर लाग्ने हो भने हाम्रो यथास्थितिलाई परिवर्तन गर्न सम्भव हुन्छ । त्यसका लागि अनेरास्ववियुले अभियान थालिसकेको छ । यो अभियानमा साथ दिन म सबैसँग आग्रह गर्दछु ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !