‘शिक्षकको परीक्षा लोकसेवा आयोगजस्तै निष्पक्ष हुनेछ’ - College Times : Educational Magazine
Headlines News :
Home » » ‘शिक्षकको परीक्षा लोकसेवा आयोगजस्तै निष्पक्ष हुनेछ’

‘शिक्षकको परीक्षा लोकसेवा आयोगजस्तै निष्पक्ष हुनेछ’

Written By Neplee on Wednesday, February 13, 2013 | 6:05 PM


उदयराज सोती (अध्यक्ष), शिक्षा सेवा आयोग
२०३२ सालबाट सरकारी सेवा सुरू गरेका उदयराज सोतीले विभिन्न मन्त्रालय, महानगरपालिका हु“दै २०५९ सालमा स्थानीय विकास मन्त्रालयको सचिव भएपश्चात अवकाश पाएका थिए । २०५९ सालमै सरकारले गठन गरेको शिक्षक सेवा आयोगको अध्यक्षमा नियुक्त सोती सरकारी शिक्षालाई व्यावहारिक र गुणस्तरीय बनाउन महत्वपूर्ण काम गरेको बताउ“छन् । आयोग स्थापनास“गै अध्यक्ष भएका सोती अहिले तेस्रो कार्यकाल पूरा गर्दैछन् । आयोगले १७ वर्षछि खुलाएको १३ हजार शिक्षक पदको विज्ञापनको निष्पक्षता, शिक्षामा रहेका चुनौतीलगायतका विषयमा निरू अर्याल र वीरेन्द्र ओलीले गरेको कुराकानी ः
शिक्षकको परीक्षा निष्पक्ष हुने आधार के छ ?
शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा खाली भएका तृतीय श्रेणीका शिक्षकको १२ हजार आठ सय ९० पदमा विज्ञापन प्रकाशित गरेको छ । यसको परीक्षा सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा गराउँछौँ । परीक्षार्थीको सबै उत्तरपुस्तिका आयोगको केन्द्रमा आउँछ । अन्तर्वार्ता सम्बन्धित जिल्ला शिक्षा कार्यालयले नै गर्नेछ । लिखितको अङ्क र अन्तर्वार्ताको अङ्क जोडेर जुन उम्मेदवार मेरिटमा आउँछ त्यही योग्य ठहरिनेछ । जुन–जुन तहमा जति–जति जना शिक्षकको आवेदन गरिएको छ मेरिटका आधारमा योग्य भएको शिक्षकले सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट नियुक्ति पाउने व्यवस्था छ । विज्ञापन गरिएको शिक्षकको परीक्षामा निष्पक्षता हुन्छ कि हुँदैन भनेर शङ्का गर्नुपर्दैन, किनकि शिक्षक सेवा आयोग एउटा स्वतन्त्र निकाय हो ।
यो लोकसेवा आयोगजस्तो संवैधानिक निकाय होइन, तर पनि शिक्षा ऐनअनुसार गठन भएको स्वतन्त्र निकाय हो । यो कुनै मन्त्रालय, महाशाखा र विभाग मातहतमा छैन । आफ्नै कार्यविधि छ । सेवा आयोग नियमावलीअनुसार आफ्नै कार्यविधि बनाएर सञ्चालन गर्न सक्ने अधिकार नेपाल सरकारले दिएको छ । परीक्षा सञ्चालन, प्रश्नपत्रको गोप्यता, परीक्षार्थीको मूल्याङ्कन र अन्तर्वार्ताका कुरामा आफ्नै कार्यविधि छ । हामीले लोकसेवा आयोगको परीक्षा लिने पद्दति नै अनुसरण गरेका छौ । लोकसेवा आयोगको इतिहास ५०औं वर्षमा छ । यसले लिने परीक्षालाई सबैले विश्वास गरेका छन् ।
परीक्षणका लागि प्रयुक्त विधि कत्तिको विश्वसनीय छ ?
लोकसेवा आयोगले लिने परीक्षाभन्दा शिक्षक सेवा आयोगले लिने परीक्षालाई केही परिस्कृत गरेका छौँ । हामी उत्तरपुस्तिका परीक्षकलाई घरमा लैजान दिँदैनौँ । परीक्षकलाई बोलाएर आफ्नै हलमा कापी जाँच्न लगाइन्छ ।  परीक्षकले परीक्षार्थीले लेखेको उत्तरको आधारमा अङ्क दिन्छन् । तर, शिक्षा सेवा आयोगले कस्तो उत्तर लेखेमा कति अङ्क दिने भन्ने कुरा विज्ञको सहयोगमा पहिले नै ‘मार्किङ स्किल’ तयार गरेको छ । त्यसैगरी परीक्षार्थीको उत्तरपुस्तिका ‘डबल कोडिङ’मा जाँचिनेछ । उम्मेदवारले पहिले लेखेको कोड रोलनम्बर च्यातेर फालिन्छ । नयाँ कोड नम्बर दिने गरिन्छ जसले गर्दा पुरानो रोल नम्बर भएपछि पारदर्शी नहुन सक्छ भनी हामीले यस्तो गरेका छौँ । परीक्षार्थीले एउटा मात्र रोल नम्बर भएमा नाम र रोल नम्बर थाहा पाउन सक्छन् । त्यसैले, डबल कोडिङ भएपछि परिणाममा गोप्यता र शङ्का गर्न आधार हुँदैन । परिणाम निकाल्दा लिखित परीक्षाको रोल नम्बरबाट निकाल्दैनौँ, डबल कोड नम्बरबाट निकालिनेछ । डबल कोडबाट परिणाम निकाल्ने भएकाले कुन व्यक्ति पास भयो भन्ने कुरा थाहा हँुदैन । कुन व्यक्ति पास भयो भन्ने कुरा अन्तर्वार्ता लिने अवस्थामा मात्र थाहा पाउन सकिन्छ । अन्तर्वार्ता लिने बेलामा जिल्ला शिक्षा कार्यालयबाट लिइनेछ । अन्तर्वार्ता कसले लिने भन्ने कुरा अन्तर्वार्ता लिनुभन्दा १५ मिनेटअगाडि मात्र थाहा हुन्छ । जुन व्यक्तिले अन्तर्वार्ता लिन्छ त्यसलाई चिठ्ठा प्रक्रियाद्वारा छान्ने गरिन्छ । जसले गर्दा अन्तर्वार्ता लिने व्यक्तिलाई परीक्षार्थीले प्रलोभनमा पार्न पाउँदैन ।
२०६३ वैशाख ११ गतेभन्दा पछाडि अस्थायी दरबन्दीमा कार्यरत शिक्षकका सम्बन्धमा चाहि“ कस्तो निर्णय हुन्छ ?
आयोगले गरेको यो खुला विज्ञापन हो । यसमा न्यूनतम शैक्षिक योग्यता भएका जुनसुकै व्यक्तिले पनि आवेदन दिन सक्छ । उम्मेदवार बन्नका लागि तीनवटा मुख्य कुरा आवश्यक हुनुपर्छ । पहिलो न्यूनतम शैक्षिक योग्यता हुनुपर्ने, दोस्रो अध्यापन अनुमतिपत्र (लाइसेन्स) र तालिम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्ता योग्यता भएका उम्मेदवार छ लाख ५० हजार छन् । अहिले खुला गरिएको विज्ञापनमा अस्थायी भनेका १२ हजार ८ सय ९० जना छन् । त्योभन्दा पनि यहाँ त शैक्षिक योग्यता भएका छ लाख ५० हजार छन् । यहाँ १३ हजार जनशक्तिको कुरा गर्नु कि ६ लाख ५० हजार जनशक्तिको कुरा गर्नु ? यी सबै नेपाली नागरिक नै हुन् । सबैको समान अधिकार छ । त्यसैले, अस्थायी शिक्षक असफल भएमा आयोग कुनै जिम्मेवार छैन । तर, अस्थायीमा कार्यरत शिक्षकलाई पनि केही सहुलियत दिएका छौँ । काम गरेका आधारमा एक वर्षकाम गरे एक अङ्क दिने गरी १२ अङ्क दिने व्यवस्था गरेका छौ । त्यसैगरी, उमेर हदबन्दी पनि लगाएका छैनौं, त्यसैले आफ्नो क्षमता देखाएर योग्य ठहरिनुप¥यो ।
अस्थायी शिक्षकले पुनः काम गर्न पाऊ“ भनी आन्दोलन गरे भने ?
२०६३ वैशाख ११ गतेभन्दा पछाडि भने पछि काम गरेको जम्मा धेरै वर्ष भनेको पाँच वर्ष नै भएको छ । ती शिक्षकले धेरै वर्ष पनि काम गरेका छैनन् । अहिलेको परीक्षामा असफल भए पनि अर्को जागिरमा अटाउन सक्छन् । अहिले काम गरिरहेका शिक्षक भनेका नयाँ जनशक्ति हुन्, नयाँ जनशक्तिले नयाँसँग प्रतिस्पर्धा गर्नुप¥यो । अब त शिक्षकहरू आन्दोलन होइन, परीक्षाको तयारी गर्न पो लाग्नुप¥यो ।
२०५२ सालमा स्थायी हुन नसकेका शिक्षकले पुनःअस्थायीमा काम गर्न पाएका थिए । त्यसैगरी, २०६३ वैशाख ११ गते भन्दा पछाडि स्थायीमा खोलिएको खुला विज्ञापनमा अक्षम भएमा शिक्षकले पुन अस्थायीमा काम गर्न पाउ“दैनन् ?
अब त्यस्तो अवस्था आउँदैन । अब त योग्यता देखाएर जागिर खाने हो । त्यसैले उत्र्तीण नभएमा अब काम गर्न पाइँदैन । त्यतिबेलाको अवस्था र अहिलेको अवस्था फरक छ । २०५२ सालमा लिएको शिक्षकको परीक्षाको परिणाम ढिलो निकालेका कारण यसरी अस्थायी दरबन्दीमा काम गर्न पाएका हुन् ।
अब लामो समयसम्म अस्थायी दरबन्दीमा काम गरिरहेका १७ हजार शिक्षकको भविष्य के हुन्छ ?
सामुदायिक विद्यालयमा स्वीकृत दरबन्दीमध्ये अहिले ३० हजार दरबन्दी खाली छन् । २०६३ वैशाख ११ गतेभन्दा पछाडि १२ हजार आठ सय ९० शिक्षक रहेछन् । त्यसैलाई नै खुला विज्ञापन अहिले गरेका छौं । त्यो भन्दाअगाडि १३ हजार दरबन्दी रहेको तथ्याङ्क अहिले आयोगमा आइसकेको छ । ती दरबन्दीमा कोही न कोही व्यक्तिले त काम गरिरहेका छन् । अस्थायीमा निरन्तर काम गरे तापनि त्यस दरबन्दीलाई खाली दरबन्दी नै भन्छौं । ती शिक्षकले अस्थायी रूपमा काम गरिरहेका छन् । वैशाख ११ भन्दा अगाडि लामो समयसम्म अस्थायीमा काम गरिरहेका शिक्षकको दरबन्दीलाई यथावत् राखिएको छ । ती शिक्षकले पनि आवेदन दिन सक्छन् । उमेरको हदबन्दी पनि नलाग्ने र लिखितमा सहुलियत नभए पनि अन्तर्वार्तामा काम गरेको वर्ष हिसाब गरी प्रति एक वर्षमा एक अङ्क थप्ने व्यवस्था गरेका छौं । त्यसकारण, उनीहरूले उत्र्तीण भएमा जागिर खान्छन् र जहाँ अस्थायीमा काम गरिरहेका थिए त्यहीं नै स्थायीमा नियुक्त हुन्छन्, उत्तीर्ण नभए पनि २०६३ अघिका शिक्षकले अस्थायीमा निरन्तर काम गर्न पाउँछन् । अहिलेको शिक्षा ऐनले अस्थायीमा काम गरिरहेका शिक्षकले निरन्तर काम गर्न वा उपदान दिने भन्ने कुरा ऐनमा व्यवस्था छैन । किनभने अस्थायी शिक्षकका बारेमा विभिन्न चरणमा छलफल गरेर शिक्षा ऐनको अध्यादेश राष्ट्रपतिकहाँ पुगेको छ । राट्रपतिले अध्यादेश पारित गरेपछि मात्र यसको टुङ्गो लाग्छ ।
राहत अनुदान र पीसीएफ शिक्षकको टुङ्गो कहिले लाग्छ ?
सामुदायिक विद्यालयमा विविध प्रकारका शिक्षक हुनुहुँदैन । ती शिक्षकको स्तर पनि फरक–फरक छ । सेवा–सुविधा लगायतका व्यवहार पनि फरक छ । सामुदायिक विद्यालयको गुणस्तर ल्याउनका लागि सबै पक्षमा एकरूपता आवश्यक छ । नेपाल सरकार यस विषय गम्भीर भएर लागेको देखिन्छ । अहिले विविध समस्या भएकाले सरकारले पनि शिक्षकमा एकरूपता ल्याउन सकेको छैन । अब नयाँ शिक्षक नियुक्तिसँगै एकरूपता ल्याउने कामले गति लिनेछ ।
विज्ञापन गरिएको शिक्षकको परिणाम कहिलेसम्म आउला ?
आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा र परिणाम समयमा लिएको छ । शिक्षकको बढुवा पनि समयमा गरिरहेका छौँ । २०५२ सालमा शिक्षकको परीक्षाको नतिजा धेरै वर्षसम्म निस्कन सकेको थिएन, तर आयोग गठन भएपछि तुरून्त परीक्षाफल निकालेको थियो । अहिले सबै काम आयोगले समयमा गरिरहेकाले समयमा निकाल्छौँ भन्ने बलियो प्रमाण हो ।         (साभार ः कारोबार दैनिक)

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved