"त्रिभूजीय शिक्षा दर्शन होइन, विज्ञान हो"
Written By Neplee on Friday, September 21, 2012 | 5:42 AM
शिक्षाको विकास, राजनीति, योग, ध्यान तथा प्राकृतिक स्वास्थ्यसम्बन्धी लामो अनुभव स“गालेका डा. टीएन पथिक मातातीर्थ काठमाडांैमा पथिक फाउन्डेसनका स्थापना गरी शिक्षा, स्वास्थ्य र मानवीय चेतना जागरण विज्ञानका क्षेत्रमा कार्य गरिरहेका छन् । शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउनका लागि उनले त्रिभुजीय शिक्षाको अवधारणा अघि सारेका छन् । डा. पथिकस“ग सोही विषयमा गरिएको कुराकानीको सम्पादित अंश :
पथिक फाउन्डेसन कस्तो संस्था हो ?
पथिक फाउन्डेसन मूलतः प्राकृतिक स्वास्थ्य, मानवीय चेतना जागरण, त्रिभूजीय शिक्षा र सामूहिक जीवनशैलीका विषयमा केन्द्रित रहेर विगत १२ वर्षदेखि कार्यरत एक सामाजिक संस्था हो । संस्थाको मूल कार्यक्षेत्र योग, अध्यात्म, मानवीय स्वास्थ्य, चेतना जागरण र त्रिभुजीय शिक्षा हो ।
चेतना जागरणका विविध विषयमा मातातीर्थमा यसले एक केन्द्र स्थापना गरेको छ । सामूहिक जीवनशैलीको अभ्यास मातातीर्थस्थित केन्द्रमा सञ्चालित छ, जहाँ ३५ जना व्यक्तिहरु सामूहिक जीवनको अभ्यास गर्दछन् । हालै यस संस्थाले शिक्षासम्बन्धी विषयमा एक नयाँ अवधारणा अघि सारेको छ । जसलाई हामीले त्रिभूजीय शिक्षा भनेका छौँ ।
त्रिभुजीय शिक्षा के हो ?
मानिसका तीन मस्तिष्क छन् । यिनको ग्रहण शक्ति, संरचना र शिक्षा लिने तरिका पनि फरक–फरक छ । देब्रे मस्तिष्कले सूचना, संस्कार, रीतिरिवाजलाई ग्रहण गर्छ र त्यसैबाट प्रशिक्षत भएर काम गर्छ । यसै मस्तिष्कलाई प्रशिक्षित गर्ने अनेक किसिमका शिक्षाहरु, विषयहरु विकास गरिएका छन् । आजसम्मको शिक्षाको मुख्य काम नै यही मस्तिष्कको विकासका लागि भए ।
दाहिने मस्तिष्कले भाव, भावना, सिर्जना, अनुसन्धान, प्रतिभा उत्खनन तथा अनभिव्यक्तलाई अभिव्यक्त गर्छ । त्यसैले यस मस्तिष्कलाई अवचेतन मस्तिष्क भनियो । अवचेतन भएकाले कहिलेकाहीँ संवेदनशील, वैज्ञानिक, साहित्यकार तथा अनेक विषयका अनुसन्धानकर्ताहरुको गहन लगनशीलता र एकाग्रताका कारण अचानक खुल्ने र केही समयपछि तुरुन्तै बन्द हुने गरेको पाइन्छ । अचानक रुपमा यो मस्तिष्क खुलेको अवस्थामा नै विश्वविख्यात साहित्य सिर्जना, अनेकन नयाँ वैज्ञानिक आविस्कार, विश्वविख्यात कला तथा आश्चर्य लाग्ने कार्यहरु ती मानिसबाट हुने गरेको पाइन्छ । यसलाई उपयोग गर्ने विज्ञान नबुझ्नाले मानिसको यो मस्तिष्क अधिकांश समय सुत्ने गरेको छ । यस्तो प्रतिभा बोकेको मस्तिष्कको उपयोग गरी काममा लगाउन सकियो भने हरेक मानिसले यस्तै महान काम गर्न सक्दछ र त्यो सम्भव छ ।
मानिसको देब्रे मस्तिष्कको कूल क्षमताको बढीमा १३ प्रतिशतभन्दा बढी क्षमता हालसम्म उपयोग हुन सकेको छैन । यस मस्तिष्कले आफूले देखेका, भोगेका, सुनेका, पढेका आधारमा आफूलाई प्रबल बनाउने गर्छ । त्यसैले हालसम्मको हाम्रो शिक्षाले यही मस्तिष्कलाई मात्र प्रशिक्षित गर्ने काम गरिरहेको छ ।
दायाँ मस्तिष्कलाई प्रशिक्षित पार्ने शिक्षा अहिले छैन, लोप भएको छ । यसका लागि कुनै स्कूल, प्रयोगशाला स्थापना, अनुसन्धान, चिन्तन मनन भएको छैन । म्याडमक्युरी, आइन्स्टाइन, न्युटन, स्टेफेन हकिन्सजस्ता वैज्ञानिकहरुले जेजस्ता आविस्कारगरे ती अधिकतर उनीहरुको दायाँ मस्तिष्क खुलेको समयमा देखेका दृश्य तथा सपनाजस्ता लाग्ने अवचेतन घटनाका आधारमा भएको देखिन्छ । असाधारण भनिएका साहित्य लेख्ने साहित्यकार, असाधारण कलाका सर्जक, ठूला दार्शनिकहरुका साहित्य, कला, दर्शन यही मस्तिष्ककका सिर्जना हुन् ।
तेस्रो मस्तिष्कको नाम हो, मेडुला अब्लाङ्गाटा । यो मस्तिष्क अत्यन्त सूक्ष्म छ । कम्प्युटरमा राखिएको पासवर्डद्वारा सुरक्षित हार्ड डिस्क वा इन्टरनेटको लागि मोडेम वा राउटरजस्तै हो यो मस्तिष्क । यस मस्तिष्कलाई उजागर गर्न सकियो भने मनुस्य जीवन शृङ्खलाका जन्ममरण र कार्यविधिसँग सम्बद्ध अधिकांश कुराहरुको रेकर्ड खुल्दछ । यो खोल्नका लागि समर्थ व्यक्तिहरु हुन्, हामीले भन्ने गरेका बुद्धहरु । बुद्धत्व आर्जनको समय वा गहन समाधिको अवस्थामा मात्रै यो मस्तिष्क खुल्दछ ।
त्रिभुजीय शिक्षाले यी तिनै मस्तिष्कमध्ये पछिल्ला दुई मस्तिष्कलाई सामान्यीकरण गर्दछ । जसरी देब्रे मस्तिष्क काम गर्न सक्षम बनाइएको छ, त्यसैगरी अन्य दुई मस्तिष्कलाई पनि शिक्षित पारी देब्रेबाट जस्तै काम लिन सकिन्छ । त्यसैले तीन मस्तिष्कका लागि आवश्यक पर्ने तीन शिक्षालाई नै हामीले प्रतीकात्मक रुपमा त्रिभुजीय शिक्षा भनेका हौँ ।
त्रिभुजीय शिक्षा सिद्धान्त, दर्शन वा के हो ?
त्रिभुजीय शिक्षाका तीन पक्ष छन्, मानवीय शिक्षा, दक्षता शिक्षा र चेतना जागरणको शिक्षा । हाल भएको देब्रे मस्तिष्कको सूचना शिक्षालाई दायाँ मस्तिष्कसँग गाँसेर दक्षता शिक्षामा लैजान सकिएमा हालको बेरोजगारीको समूल अन्त्य गर्न सकिन्छ । चेतना जागरणको शिक्षाले मानिसको महत्ताबोध गराई उसका गैरवमय मूल्यवता उजागर गरी आजको भ्रष्टता, अनैतिकता, अपराध आदिको अन्त्य गर्न सकिन्छ ।
यसरी तीनवटै मस्तिष्कलाई शिक्षित गर्ने शिक्षा प्रणालीलाई हामीले त्रिभुजीय शिक्षा भनेका हौँ र हाम्रो अवधारणाको मूल पक्ष यही हो । त्रिभुजीय शिक्षा कुनै दर्शन होइन, विज्ञान हो ।
मानवीय शिक्षाको मर्म के हो ?
संसारका जीवजन्तुहरु मध्ये मानव सर्वश्रेष्ठ प्राणी भएको महत्ताबोध गराउने शिक्षा हो मानवीय शिक्षा । सर्वप्रथम मानिस विश्व मानव हो भन्ने जान्नुप¥यो, त्यसपछि आवश्यकता र बोधद्वारा उसले आफ्ना सामाजिक र राजनीतिक पहिचान आफैँ खोजोस् । हामीले उसलाई तँ त यो होस् वा यो बन् भनेर कुनै जाति, भाषा, धर्मको संज्ञाले थिचेर साँघुरो नपारौँ भन्ने यो शिक्षाको मर्म हो ।
यो अवधारणा वर्तमान शिक्षाको विकल्पमा ल्याइएको हो कि सुधारका लागि ? कसरी बुझ्ने ?
त्यस्तो होइन । यो विद्यमान शिक्षाको सुधारका लागि ल्याइएको अवधारणा हो । त्यसैले हाम्रो नारा छ, शिक्षा बिकारे सकलो बिकार, शिक्षा सुधारे सकलो सुधार । (शिक्षामा बिकार आयो भने सबैमा बिकार आउँछ । शिक्षामा सुधार आयो भने सबैमा सुधार आउँछ ।) तर, यो अवधारणा अलि कडा रुपको सुधारको पक्षमा रहेको चाहिँ अवश्य हो । एउटा मस्तिष्कलाई मात्र शिक्षित पार्ने शिक्षा लिएर हिँडिरहेको ठाउँमा तीनवटै मस्तिष्कलाई सक्रिय पार्ने शिक्षामा रुपान्तरण गर्दा अलि क्रान्तिकारी सुधार त हुनै प¥यो नि ।
वर्तमान शिक्षा नीति, नियम र कानुनका बीच यो अवधारणा कार्यान्वयन गर्न कतिको सम्भव छ ?
बिल्कुलै सम्भव छ, तर दरिलो इच्छाशक्ति भएको शैक्षिक नेतृत्व भने यसका लागि अपरिहार्य छ । नीतिगत रुपमा यसलाई लागू गर्न कुनै बाधा हामी देख्दैनौँ । तर, कार्य प्रणाली र पाठ्यक्रममा भने व्यापक सुधार र परिमार्जन आवश्यक छ । त्यसको लागि कक्षा नौदेखि आरम्भ गर्न सकिन्छ । विद्यमान पूर्वाधारलाई विस्तार गर्न र शिक्षकलाई यस अवधारणामा प्रशिक्षित गर्न आवश्यक छ ।
थप केही भन्न बाँकी छ कि ?
प्रचलित शिक्षाले चरित्रवान्, नैतिक, जिम्मेवार र मानवीय भावना भएका नागरिकहरु उत्पादन गर्न सकेन । आमूल परिवर्तन आजको आवश्यकता हो । यसका लागि सम्बद्ध सबैले चिन्तन–मनन गरौँ, हाम्रा सन्ततिहरुलाई सही बाटोमा हिँडाउने गोरेटो तयार गरौँ र कहालीलाग्दो बेरोजगारी अन्त्य गर्ने गरी हाम्रो शिक्षा–प्रणालीलाई दक्षतातर्फ केन्द्रित गर्न सकौँ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !