मर्यादित हुनेले पुरस्कार पाउँछन्
Written By Neplee on Friday, February 17, 2012 | 6:16 PM
चिट चोरेर पास हुने परीक्षाका रूपमा छवि बिगार्दै गएको एसएलसी परीक्षा विगतकोभन्दा मर्यादित हुने परीक्षा नियन्त्रण कार्यालयले दावी गरेको छ । शिक्षामन्त्रीसमेतले परीक्षालाई मर्यादित र कडा बनाउने घोषणा गरेको समयमा एसएलसीको तयारीका विषयमा परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक डिल्लीराम रिमालस“ग सुदीप कोइरालाले गरेको कुराकानी ः
ड्डयस वर्ष परीक्षा कसरी मर्यादित होला ?
कुनै–कुनै पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छौँ । शान्तिसुरक्षाका लागि यस वर्ष पनि गतवर्षझैँ सुरक्षाकर्मी परिचालन गरिने छ । परीक्षालाई अमर्यादित बनाउने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूलाई कारवाहीको भागिदार बनाउने व्यवस्था गरेका छौँ । सँगसँगै राम्रा काम गर्ने केन्द्र तथा केन्द्राध्यक्षलाई पुरस्कृतसमेत गर्नेसमेत व्यवस्था गरिएको छ ।
ड्डपरीक्षाकेन्द्र तय हु“दा वरिपरि पर्खाल र केन्द्र हाताभित्र फोटोकपी सञ्चालक छन्–छैनन्, कत्तिको ध्यान दिनुभयो ?
अवश्य पनि ध्यान पुगेको छ । केन्द्र निर्धारण गर्ने समयमा नै कस्ता केन्द्रहरू निर्धारण गर्ने कम्पाउण्ड भएका, भौतिक हिसाबले परीक्षा दिन सुविधायुक्त स्थान छनौट गर्न निर्देशन दिएअनुसार नै काम भएको छ भन्ने विश्वास लागेको छ । जहाँसम्म बाहिरको भीडको कुरा छ, त्यो भीड नियन्त्रणका लागि परीक्षा समन्वय समितिले कदम चालोस्, त्यो अधिकार समन्वय समितिलाई छ । कतिपय कुरा केन्द्रमा बैठक गरेर पुनः पठाउन सक्छौँ ।
ड्ड अमर्यादित परीक्षा गराउनेहरूलाई कारवाही होला भनेर कसरी विश्वास गर्ने ?
गत वर्ष कारवाही नभएका होइनन् । कतिपय कुरा बाहिर आएनन्, सार्वजनिक भएनन् । गत वर्ष गल्ती गरेका केन्द्रहरू यसवर्ष हटेका छन् । कतिपय ठाउँमा केन्द्र उही परे पनि व्यवस्थापन चाहिँ जिल्लाले परिवर्तन गरेको जानकारी प्राप्त भएको छ । यस वर्ष भने अभिलेख राखेर त्यस्ता केन्द्रहरूलाई सूचीकृत गर्ने र अर्को वर्ष समावेश नगर्ने किसिमले हामी अगाडि बढेका छौँ । त्यही निर्देशन जिल्लामा पठाएका छौँ ।
ड्डविगतजस्तै धमिराले खाएका उत्तरपुस्तिका परीक्षार्थीको हातमा पुग्दैन भन्ने पत्यारिलो आधार के होला ?
यस वर्ष त्यस्तो नहोला । यस वर्ष हामीले पुरानो भण्डारणबाट उत्तरपुस्तिका पठाएका छैनौँ । उत्तरपुस्तिका जस्ले छाप्ने अनुमति पायो, त्यसको प्रेसबाट सोझै जिल्ला पठाएका छौँ, र जिल्लाका साथीहरूलाई उत्तरपुस्तिका हेर्नुस् र खराब छ भने नबुझ्नुस् भनेका छौँ ।
ड्डअनगुमनकर्ता र अवलोकनकर्ताको मापदण्ड कस्तो छ ?
केन्द्रले अनुगमनको व्यवस्था गरेको हुन्छ । एउटा शिक्षा मन्त्रालयले १४ जना सहसचिवलाई टिम लिएर एक–एकवटा अञ्चल पठाएको हुन्छ । त्यो अनुगमन टोली अधिकार–सम्पन्न हुन्छ । यसले विद्यार्थी उठाउनेदेखि लिएर केन्द्र र केन्द्राध्यक्षसमेत खारेज गर्न सक्छ ।
त्योबाहेक क्षेत्रीय निर्देशकसहित सम्बन्धित क्षेत्रमा आफ्नो टोली लिएर अनुगमनमा निस्कन सक्छ । यो टोली पनि सहसचिवझैँ अधिकार–सम्पन्न हुन्छ । यसले पनि सबैलाई कारवाही गर्नसक्ने र जरुरी परेमा केन्द्र खारेजीको सिफारिससमेत गर्न सक्छ ।
यस्तै, तेस्रो अनुगमन समन्वय समितिले गर्छ । जुन प्रमुख जिल्ला अधिकारीको संयोजनमा हुन्छ । यसले पनि केन्द्र खारेजीको सिफारिससम्म गर्न सक्छ । योबाहेक जिल्लामा बनेको अर्को अवलोकन टोली हुन्छ, त्यसले दिनभरि भएका गल्ती सुधार गर्न निर्देशन दिन्छ ।
ड्डसुरक्षाको अवस्था कस्तो छ ?
प्रत्येक परीक्षाकेन्द्रमा १० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुन्छन् । कम्पाउण्डभन्दा बाहिर सुरक्षाकर्मीले सुरक्षा दिने र परीक्षा केन्द्रभित्र सम्बन्धित केन्द्राध्यक्षले नियन्त्रण गर्ने गरी समन्वय गरिएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !