आरती पूर्वाञ्चल सुपर मोडल
Written By Neplee on Friday, February 17, 2012 | 6:18 PM
विराटनगर÷होटल परिसरमा साँझ ढल्दै जाँदा युवा युवतीको भीड बढ्दै थियो । भीडसँगै कौतुहलतासमेत बढ्दो थियो । हजारौं उपस्थित भीडको अगाडि जब एक दर्जन सुन्दरीहरू ¥याम्पमा देखिए, भीडबाट ताली र हुटिङ एकसाथ सुरु भयो ।
पूर्वाञ्चल सुपर मोडल २०१२ को ताजका लागि साँझ ५ बजेदेखि आयोजकले सुरु हुने भनेको प्रतियोगिता झन्डै दुई घण्टा ढिलो सुरु भए पनि दर्शकहरू उत्साहित देखिन्थे । कार्यक्रम प्रस्तोता आयुस बरुवालले कार्यक्रम सुरु भएको जानकारी दिए । सबैको ध्यान स्टेजतिर तानियो ।
आयुष भन्दै थिए, प्रतियोगी नम्बर एक, पुनम बुढाथोकी, विराटनगर, दुई, अन्जु राई, उदयपुर गाईघाट, तीन, आयुषा कटुवाल, विराटनगर, चार, मन्जिला मगर, इटहरी, पाँच, निलम प्रधान, विराटनगर, छ, सुषमा प्रधान, विराटनगर, सात, रोनिका पेडिवाल, विराटनगर, आठ, गरिमा श्रेष्ठ, विराटनगर, नौ, आरती दाहाल, धरान र दश, दीपिका श्रेष्ठ, विराटनगर ।
यसरी स्टेजमा क्रमशः प्रवेश गरेका सुन्दरीहरूले आफ्नो परिचय दिँदै रुचिका बारेमा बताए । गीत–सङ्गीतको वर्षा गराउन गायक साजन राई स्टेजमा उत्रिए र साँझलाई तताउने प्रयास गरे केबी थुलुङको शब्द र सङ्गीतलाई आफ्नो स्वरमा । ‘तिमी गयौ र यो दिल खाली भो ...’ गीत दुई अन्तरा गाउन नपाउँदै विद्युत् अवरोधका कारण प्रस्तुति रोकियो । पछि साजनले गाए, ‘सागरभन्दा गहिरो भयो हाम्रो माया ... ।’ साजनपछि विराटनगरकै अर्का गायक तथा कलाकार पारस थापाले हास्यब्यङ्ग्यका पोका खोले । दर्शक दीर्घा हाँसोमय भयो । हाँस्दाहाँस्दै आँसु झरे ।
प्रतियोगिताको उत्कृष्ट पाँचमा आयुषा कटुवाल र मन्जिला मगरलाई टाइमा पारियो र निर्णायक मण्डलीका नायक अयुव केसीले आयुषा कट्वाललाई छाने । प्रतियोगी नम्बर १, ३, ६, ७ र ९ नम्बरका प्रतियोगी परे टप फाइभमा ।
प्रश्नोत्तर राउण्डमा प्रतियोगीले जवाफ तीन मिनेटमा लेखेर सुनाए । प्रश्नोत्तरकै आधारमा छानियो पूर्वाञ्चल सुपर मोडल २०१२ । दर्शकले समेत रुचाएकी धरानकी आरती दाहालले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिइन् । उनलाई प्रमुख अतिथि अविनास बोहोराले ताज पहि¥याए । यस्तै प्रतियोगीतामा फष्ट रनरअपको उपाधि विराटनगरकी सुषमा प्रधानले र सेकेण्ड रनरअपको उपाधि विराटनगरकै पुनम बुढाथोकीले पाइन् ।
यसैगरी, प्रतियोगितामा मिस ट्यालेन्टको उपाधि मञ्जिला गुरुङले, मिस फोटोजेनिक आरती दाहालले पाए भने बेस्ट ड्रेसको उपाधि निलम प्रधानले पाइन् । सुषमा प्रधान मिस क्याटवाक, पुनम बुढाथोकी मिस फ्रेण्डसिप, गरिमा श्रेष्ठ मिस बेष्ट हेयर र आयुसा कटुवाल मिस बेस्ट स्माइल भए ।
यस्तै रोनिका पेडिवाल बेस्ट फिजिक्सको उपाधि पाउन सफल भइन् । प्रतियोगितामा सुपर मोडल बन्ने आरती दाहालले वैशाखमा हुने मिस नेपालमा प्रतिष्पर्धा गर्न सिधै प्रवेश पाउने कोरियोग्राफर जतिन ताम्राकारले बताए ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !