सामाजिक शिक्षा : पढेर होइन, गरेर सिक्ने विषय
Written By Neplee on Friday, February 17, 2012 | 6:15 PM
अर्जुन श्रेष्ठ
सामाजिक शिक्षा (अध्ययन) विषय पढेर होइन, गरेर सिक्ने विषय हो । पाठ्यपुस्तकको औचित्य विद्यार्थी÷शिक्षकलाई मार्गनिर्देशन एवम् प्रेरणा प्रदान गर्नु हो, दास बनाउनु होइन । यसले पाठ्यपुस्तकलाई हुबहु घोक्ने नबनाएर आफ्नो मार्ग आफैँ स्वयम् निर्धारण गर्न प्रेरित गर्दछ ।
सामाजिक शिक्षाले अनुसन्धानमूलक सीपयुक्त जनशक्तिको उत्पादनतर्फ अधिकतम् जोड दिएको हुन्छ । अतः यसलाई सामाजिक अध्ययन अर्थात् समाजको अनुसन्धान वा खोजिनीति गर्ने विषयको रूपमा लिइन्छ ।
सामाजिक शिक्षाले विद्यार्थीलाई आफ्ना घर परिवार, छिमेक, समुदाय, राष्ट्र तथा विश्वमा के कस्तो छ वा भइरहेको छ वा हुनसक्छ, त्यसको कारण परिणाम तथा समाधानका उपायहरूको अनुसन्धान, मूल्याङ्कन गर्न र यसबाट प्राप्त जानकारीलाई तालिका, चित्र, कथा, सम्वाद, कविता, गीत सङ्गीत प्रतिवेदन समाचार, चिठ्ठी आदिको माध्यमबाट प्रस्तुत गर्न प्रेरित गर्दछ ।
परीक्षाको समयमा सामाजिक विषयको तयारी कसरी गर्ने ?
१) पाठ्यपुस्तकमा मात्र भर नपरी शिक्षकहरूले उपलब्ध गराएको अध्ययन सामग्रीको अध्ययन र त्यसको आधारमा अभ्यास गर्ने ।
२) नक्शामा देखाइने र भर्ने सङ्केत, नक्शा बनाउने कार्य, त्ष्mभ ीष्लभ, द्यबच न्चबउज, एष्भ ऋजबचत ९समयरेखा स्तम्भचित्र, वृत्तचित्र) आदि बनाउन पेन्सिलको प्रयोग गर्ने ।
३) समयरेखा, स्तम्भचित्र, वृत्तचित्र गणितको प्रश्न भएकाले यसलाई ठीक तरिकाले समाधान गरेमा पूर्णाङ्क अनुसारको पूरा अङ्क प्राप्त गर्न सकिन्छ । त्यसैले यसलाई बारम्बार अभ्यास गर्ने ।
४) प्रतिवेदन, समाचार, कथा, कविता, सम्वाद, लेखनमा शीर्षक लेख्ने । शीर्षकलाई अलिक ठूलो आकारको अक्षरमा लेखी ग्लमभचष्लिभ गर्ने र उक्त प्रतिवेदन, समाचार, कथा कवितालाई द्ययह भित्र राख्ने ।
५) ग्ल्क्ष्त् छ अध्ययन गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस ग्ल्क्ष्त् विशेष संविधानसँग सम्बन्धित भएकाले र संविधान पटकपटक संशोधन भइसकेकाले विद्यार्थीसँग भएको पाठ्यपुस्तकको कथन कतिपय कुरासँग नमिल्न सक्छ । त्यसैले यस ग्ल्क्ष्त् को अध्ययनका लागि विषय शिक्षक वा तत्कालै प्रकाशित पाठ्यसामग्रीको सहयोग लिनुपर्ने हुन्छ ।
यस ग्ल्क्ष्त् अन्तर्गत वर्तमान सरकार (मन्त्रिपरिषद्)को गठन, संवैधानिक अङ्गका आयुक्त÷अध्यक्षको नियुक्ति प्रक्रिया आदि कुराहरू फेरबदल भइरहेकाले यसबारेमा विषय शिक्षकबाट जानकारी लिने ।
६) ग्ल्क्ष्त् ट अन्तर्गत सोधिने लामो उत्तर आउने प्रश्नमा नेपालको नक्सा बनाई दिइएको तथ्यहरू भर्ने वा दिइएको ऋयलतष्लभलतब िःबउ मा तथ्य भर्नेमध्ये कुनै एक प्रश्नको उत्तर अनिवार्य गर्नुपर्ने हुँदा नेपालको नक्सा बनाउने राम्रो जानकारी छैन वा भए तापनि भर्न दिइएका तथ्यहरू कहाँ पर्छ, जानकारी छैन भने ऋयलतष्लभलतब िःबउ गर्नु उपयुक्त हुन्छ । किनकि ऋयलतष्लभलतब िःबउ मा ल्यचतज ब्mभचष्अब, क्यगतज ब्mभचष्अब, बचष्अब बाट मात्र सोधिने हुन्छ ।
७) ग्ल्क्ष्त् ठ अन्तर्गत सोधिने लामो उत्तर आउने दुईवटा प्रश्नमध्ये एउटा प्रश्नको मात्र उत्तर दिनुपर्ने हुन्छ । यस प्रश्नमध्ये एक च्भकभबचअज ध्यचप ९च्भउयचत ध्चष्तष्लन० सँग सम्बन्धित हुन्छ । आफूले गरेको भ्रमणको आधारमा तयार पारिएको प्रतिवेदन वा शिक्षकले उपलब्ध गराएको प्रतिवेदनलाई अध्ययन गरी बारम्बार लेख्ने । किनकि यो प्रश्न एसएलसी परीक्षामा अनिवार्य सोधिने हुँदा यो इगत त्तगभकतष्यल हो ।
८) ग्ल्क्ष्त् ठ सँग सम्बन्धित प्रश्नहरूको उत्तर दिँदा तथ्यमा आधारित उत्तर दिने । उत्तर दिने क्रममा मिति (साल, महिना, गते) उल्लेख गर्दा ठीक हो भन्ने यकिन भएमा मात्र लेख्ने ।
९) कुनै पनि प्रश्नको उत्तर दिँदा वास्तविकताको आधारमा सिर्जनात्मक उत्तर दिने ।
१०) सकेसम्म मिल्ने साथीहरूको समूह बनाई छलफल गरेर अध्ययन गर्ने, यसो गर्दा कुनै पनि समस्याको समाधानको धेरै उपायहरू निस्कन्छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !