सफल दृष्टिविहीन निर्मला - College Times : Educational Magazine
Headlines News :
Home » » सफल दृष्टिविहीन निर्मला

सफल दृष्टिविहीन निर्मला

Written By Neplee on Friday, August 17, 2012 | 6:58 PM


 इच्छाशक्ति बलियो भयो भने शारीरिक अवस्थाले मानिसको प्रगति यात्रामा असर पार्दैन । शिक्षाक्षेत्रमा पनि यस्ता थुप्रै मानिस भेट्न सकिन्छ जो शारीरिकरूपमा अशक्त भएर पनि समाजका लागि योगदान दिइरहेका छन् । यसैको एउटा उदाहरण र्हुन् इलाम लक्ष्मीपुरकी निर्मला तामाङ ।
जन्मिएको दुई वर्षमै दुवै आखाँको ज्योति गुमाएकी तामाङ अहिले दृष्टिविहीनकी मात्र हैन अरू साधारण विद्यार्थी समेतकी कुशल गुरुआमा बनेकी छन् । २८ वर्षीया निर्मलाले आफ्ना आँखाको ज्योति गुमाएको २६ वर्ष बितिसकेको छ । तर, त्यसले उनलाई कुुनै फरक पारेको छैन । त्यसप्रति न कुनै गुनासोे नै छ उनीसँग ।
बिहान र बेलुका ११ जना दृष्टिविहीन र दिउँसो आँखा देख्ने विद्यार्थीहरूलाई अरू शिक्षकहरूसँगै पढाउनु उनको दिनचर्या बनेको अहिले । २०६४ सालमा निजी स्रोतबाट शिक्षण पेसा सुरु गरेकी उनले २०६५ मङ्सिरदेखि इलाम सदरमुकामको बालमन्दिर प्राथमिक विद्यालयमा दृष्टिविहीनसँगै साङ्ग विद्यार्थीलाई पढाउँदै आएकी छन् ।
उनले ब्रेल लिपी प्रयोग गर्ने भए पनि पाठ्यक्रम एउटै भएकाले पढाएको विषय विद्यार्थीहरूले सुनेरै बुझ्ने गरेको उनको अनुभव छ । सुरूमा चार हजार रूपैयाँ पारिश्रमिक पाएकी उनी शिक्षण पेसाबाट अचेल मासिक १३ हजार छ सय ५० रूपैयाँ कमाउँछिन् । सफल शिक्षकको रूपमा स्थापित हुँदै गरेकी निर्मला भर्खरै तीन महिनासम्म मुम्बईको भ्रमण सकेर फर्किएकी छन् ।
निर्मलाले यो सबै अवसर रातारात पाएकी भने हैनन् । यसमा उनको सङ्र्घषको लामो कथा छ । जन्मेको अढाई वर्षसम्म उनका दुवै आँखा सक्रिय थिए । त्यतिबेला आएको ज्वरोको बिरामले उनका दुवै आँखाले दृष्टि गुमाए । उपचारका लागि बुबा ख्यामले निर्मलालाई अनेक आँखा अस्पतालहरू घुमाए । तर, कुनै चिकित्सकले उनको आँखाका ज्योति फर्काउन सकेनन् ।
आँखाको ज्योति फर्कने आस मरेपछि अन्ततः ख्यामले निर्मलालाई धरानको ज्ञानचक्षु विद्यालयमा भर्ना गराए । त्यहाँबाट सुरु भयो निर्मलाको सङ्घर्ष । लगनशील निर्मलाले एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरिन् । क्रमशः काठमाडौंको पद्मकन्या क्याम्पसमा मानविकीमा स्नातक उत्तीर्ण गरेकी निर्मलाको अध्ययनको तिर्खा अझै जस्ताको त्यस्तै छ । अहिले पनि उनी स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् ।
उनीले साधारण किताब पढ्नसक्ने कुरै भएन । त्यसैले बुबा र साथीहरूले पढिदिएको सुनेरै परीक्षामा लेख्छिन् ।  माथिल्लो तहका पुस्तक ब्रेललिपीमा नपाइने हुँदा पढाइका लागि उनले थुप्रै सङ्घर्ष गर्नुप¥यो । हिँडडुलदेखि नयाँ परिवेश र नयाँ ठाउँमा पढ्न जाँदा थुपै्र हैरानी झेल्नुपरेको उनी अहिले सम्झन पनि चाहन्नन् । पहिले–पहिले हेला गर्ने, हिँड्दा हाँस्ने साथीभाइहरू आफ्नो सफलतासँगै नजिकिन थालेकाले आपूmमा अझ उत्साह बढेको उनले सुनाइन् ।
एकपल्ट सुनेका सबै कुरा नभुल्ने निर्मलाको विशेषता आँखा देख्ने र दृष्टिविहीन दुवैखाले बालबालिकाहरूलाई सजिलै पढाउन सक्नु पनि हो । शिक्षिका निर्मलाको विशेषता र सफलताले अरू विद्यार्थी पनि उत्साहित भएको जिल्ला शिक्षा कार्यालयका उपसचिव गेहेन्द्र दहालले बताए ।

कमला थापा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved