आँटी महिलाको दमदार थिएटर - College Times : Educational Magazine
Headlines News :
Home » » आँटी महिलाको दमदार थिएटर

आँटी महिलाको दमदार थिएटर

Written By Neplee on Friday, September 21, 2012 | 5:32 AM


भाइरलको प्रकोप अनि घरको कामका बीच कलालय इटहरीमा नाटक सिकिरहेका महिलाहरुलाई होम थिएटरको पहिलो संस्करण गर्न सकिन्छ जस्तो लागेकै थिएन । स्वयम् आयोजकका मनमा पनि के होला–कसो होला भन्ने थियो ।
‘घरधन्दाका कारण बाहिर निस्कन नै गाह्रो हुने महिलाहरुसँग काम गर्दा केही समस्या त भयो,’ कलालयका अध्यक्ष सोनु जयन्तीले भने, ‘त्यसमाथि भाइरल ज्वरोका कारण कलाकारहरुले अभिनय गर्नेमा समेत शङ्का थियो ।’
होम थिएटरमा देखाइएका छ वटा नाटकमध्ये मुख्य नाटककी केन्द्र पात्र सर्मिला चौधरी नै अघिल्लो दिन अस्पतालको बेडमा भर्ना भएकी थिइन् । आफ्नो वास्तविक जीवनीमा आधारित नाटक गर्नका लागि बिरामी चौधरीले नाटक सुरु हुनुभन्दा केही समय अघि मात्र रिहर्सल गरेकी थिइन् । ‘महिलाहरुको आँट र हिम्मतका कारण नाटक सफल भयो,’ जयन्तीले भने ।
चौधरीको वास्तविक जीवनमा आधारित नाटकले धेरैको मन जित्यो । महिलाहरुको नाटकलाई स्कुल थिएटरका बालबालिकाले साथ दिएका थिए । महिला र बालबालिका गरेर चालीस जनाको समूहले गरेको गीति नाटक र नाटकको माध्यमबाट सडक बालबालिका, ग्रामीण महिलाको वास्तविकता झल्काइएको थियो । यस्तै गाउँ समाजमा मेलमिलापको सन्देश दिँदै राम्रो कामका लागि आँट र हिम्मत आवश्यक हुने सन्देश समेत दिइएको थियो ।
एक महिना लामो अभ्यासबाट नाटक गर्न सक्षम बनेका महिला सीप विकास केन्द्र र जागरण महिला समुहका २० देखि ६० वर्षसम्मका महिलाहरुको पहिलो प्रस्तुति देखेर वरिष्ठ साहित्यकार डा. अभि सुवेदी खुसीले गद्गद् भए । अन्य महिलाले नाचगान गरेर र दर खाएर तीज मनाएको समयमा इटहरीका केही जागरुक महिलाले अभिनयमार्फत् सामाजिक चेतना छरेको भन्दै उनले महिलाहरुको कामको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै कवि तथा साहित्यकार मनु मन्जिलले महिलाहरुमार्फत् घरलाई थिएटरमा ल्याउन कलालय सफल भएको बताए । उनले महिलाहरुले चाहेमा समाज परिवर्तन हुने भन्दै हौसला दिनुपर्नेमा जोड दिए । अभ्यासदेखि प्रदर्शनको चरणसम्म पुग्दा नाट्यकर्मलाई निरन्तरता दिन अधिकतर गृहिणी कलाकारलाई हम्मे–हम्मे परेको थियो । पछि भने परिवारले समेत सहयोग गर्न थालेको उनीहरु बताउँछन् । स्कुल थिएटरको दुई संस्करण सकेको कलालयले यस पटकदेखि होम थिएटर सुरु गरेको हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved