इटहरी/नयाँ वर्ष लागेसँगै पूर्वमा डान्स पार्टी र कन्सर्टहरु बाक्लै भए बैसाख महिनामा । बढेको गर्मी भुल्न पानीको फोहरामा नाचेर रमाइलो गरे कसैले भने कुनै ठाउँमा पसिना–पसिना भएर नयाँ वर्षको रमाइलो गरे युवाहरुले ।
गायक सविन राई र नेप्साइडस् ब्याण्डको प्रस्तुतिमा पसिना–पसिना हुनेगरी नाँचेर बेलबारीका युवाहरुले नयाँ वर्ष मनाए । स्थानीय नवयुग युवा क्लबले आयोजना गरेको म्युजिक कन्सर्टमा वाद्यवादन टोलीसहित आएका सविनले चपली हाइट, गुराँसको फेदमुनी पिपलुको छायाँ, माया जालैमालगायतका एक दर्जन गीत गाएर नचाए बेलबारी र आसपासबाट भेला भएका हजारौँ सङ्गीत पारखीलाई । सविनले गीत गाइरहँदा युवायुवतीहरु जोड–जोडले नाचिरहेका थिए गर्मीलाई भुलेर पानी पिउँदै नाच्नेहरु पनि थुप्रै थिए मञ्चअगाडि ।
यता, फरक शैली र गर्मी बिर्साउन सिमसिम पानीमा रुझ्दै नाचे इटहरीका युवाहरु । बिरलै हुने यस्ता डान्स पार्टीमा पानीको फोहरामा नाच्दै युवाहरुले नयाँ वर्ष मनाएका थिए ।
फ्ल्यस इन्टरटेनमेन्टले इटहरीको मनशान्त क्वीन प्यालेसमा पानीको फोहरामा नाँच्ने अवसर जुटाएको थियो । मोटरबाट पानीको फोहरा घुमाएर त्यसको मुनि निथ्रुक्क भिज्दै युवाहरुले डान्सको मज्जा मात्र लिएनन् गर्मीको मौसममा शितलता पनि पाए । विराटनगरका डिजे गिरिशले उनीहरुलाई नाच्न उकासेका थिए । यस्तै द स्याड्स ग्रुपको सहयोगमा स्थानीय क्षितिज बिष्ट, नवीन चापागाईं, राज राई र राजु लामाले संयोजन गरेको न्यू इयर इभ डान्स पार्टीमा इटहरीका तीन दर्जन बढी युवा–युवतीले मस्ती गरे । डान्स पार्टीमा आफैँमा रमाउदैँ नाँच्दै रमाइलो गरे ।
यस्तै, इटहरी जेसीजले आयोजना गरेको साङ्गीतिक साँझमा कोमल वली, मिङ्मा शेर्पाले गीतमा झुमाए । ‘इटहरीमा म आउँदाखेरि, उसले भन्यो हे नानी गाजले मरे म त लाजले...’ कोमल ओलीले तुलसीपुरको गीतलाई इटहरीमा मिलाएर गाउँदा ननाच्ने सायदै थिए ।
नायक अयुव केसी र प्रनिशा उदासले ‘उध्रेको चोली’ मा प्रस्तुत गरेको नृत्यमा दर्शकको मन बढी तानेको थियो । यादव देवकोटा ‘सरापे’ र युनिक डान्स सेन्टर इटहरीका प्रस्तुति पनि कम थिएनन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !