अब बचाउन सकिँदैन ... - College Times : Educational Magazine
Headlines News :
Home » , » अब बचाउन सकिँदैन ...

अब बचाउन सकिँदैन ...

Written By Neplee on Tuesday, May 15, 2012 | 9:42 AM

‘सानी, यता आइज त, म तँलाई चकलेट दिन्छु ।’ काकाले यसरी माया गरेर बोलाउँदा सानी मख्ख पर्थी । भर्खर चार वर्षमा टेकेकी सानीको मुख चकलेटको गुलियो स्वादको कल्पनाले नै रसाउँथ्यो । यसरी बोलाइसकेपछि निमेषभरमै काकानेर पुग्थी र काखमा लुटपुटिन्थी ।
काकाले मायाले सुम्सुम्याउँथ्यो । सानीको ध्यान भने सुम्सुम्याइभन्दा पनि चकलेटतिरै हुन्थ्यो । काकाले कुनै बेला झट्ट चकलेट दिइहाल्दैनथ्यो । यस्तो अवस्थामा सानी काकाको गोजी छाम्थी । सर्टको गोजी अनि पेन्टको गोजीमा हात घुसार्थी । काका यही चाहन्थ्यो । नरम हातले सुम्सुम्याउँदा काकालाई काउकुती लाग्थ्यो । निकैबेरपछि मात्र हातमा मुठी पारेको चकलेट सानीलाई दिन्थ्यो । सानी चकलेट पाएपछि खुसी हुँदै उफ्रँदै साथीहरू भएतिर कुद्थी । ऊ यसरी हिँडिसकेपछि काका छट्पटिन्थ्यो ।
०००
सानीलाई काकाले जन्मेदेखि नै देखेको हो । घरसँगै जोडिएको साझा आँगनमा सानी उसकी छोरीहरूसँग खेल्थी । तर, काकाको हेराइ सानीप्रति अलि भिन्न थियो । सानी उसका लागि छोरीभन्दा पनि साथीजस्तै ठान्थ्यो । उसलाई किन यस्तो लाग्थ्यो, थाहा थिएन । कारण पत्ता लगाउने चेष्टा धेरै ग¥यो, तर सकेन । दिनमा एक पटक सानीलाई देख्न पाएन भने उसलाई छट्पटी हुन्थ्यो । खेतमा काम गर्दैगर्दा उसलाई सानीको याद आउँथ्यो । त्यसपछि हलो, कोदालो एकातिर फ्याँकेर कुद्थ्यो । कान्लामाथि उभिएर त्यही आँगन हेथ्र्यो, जहाँ सानी भाँडाकुटी खेलिरहेकी हुन्थी । एकछिन हेरेपछि फर्कन्थ्यो ।
०००
तोतेबोलीमा ‘आमा, आज नि मलाई काकाले दुई ओथा तक्लेत दिनुभयो ।’ भनेर आमालाई सुनाउँदै गर्दा सानीको हातमा चकलेटको खोल हुन्थ्यो । ‘मिठो थियो ?’ आमाको यो सोधाइमा ऊ बेस्सरी टाउको हल्लाउँदै भन्थी, ‘मिथो ।’ सानीको बालसुलभ बोलीमा निस्कपटता थियो । भर्खरै विद्यालय जान थालेकी उसले संसार चिनिसकेकी थिइन । उसलाई थाहा थियो त केवल क–ख पढ्ने स्कुल, माया गर्ने आमा, बस्ने घर, घाँस खाने बाख्रा, गुलियो चकलेट र चकलेट दिने काका । तर, चकलेट दिने काकाले भने सबै बुझिसकेको थियो ।
०००
एक दिन साँझको समयमा खेतमा काम गर्दागर्दैको काका हतारिँदै आँगनमा आयो । सबैजना मेलामा गएका थिए । उसले देख्यो, सानी आँगनमा खेल्दैथिई । उसले आज चकलेट ल्याएको थिएन । तर, उसैगरी सानीलाई बोलायो । सानी दौडदै उसैगरी काखमा लुट्पुटिई । काकालाई काउकुती लाग्यो । उसले सानीलाई बोकेर घरभित्र लग्यो ।
०००
सानी अर्धचेत अवस्थामा अस्पतालमा थिई । ‘नाइँ काका ... काका, नाइँ दुख्यो ... ’ ऊ यसैगरी बर्बराउँदै थिई । हिजोसम्म पुतलीझैँ आँगनमा उफ्रने सानी यतिबेला जीवनमरणको दोसाँधमा पिङ खेल्दै छे । सानीकी आमा पनि बेलाबेला मुर्छा पर्छे । सानीका बुबा आँसुको टाटा बसेको आफ्नो अनुहार लुकाउन खोज्दै सम्झाउँथ्यो, ‘नरो सानीकी आमा ।’ यसो भनिरहँदा उसको आँखाबाट मोती दाना झरिरहेका हुन्थे ।
उता सानीको काकालाई गाउँलेले मरणासन्न हुनेगरी कुटे, ‘यस्ता पिशाचलाई त मार्नुपर्छ...’ गाउँलेले भन्दै थिए । उनीहरूले सिस्नो लाए, लाठी, लात्ती बर्साए । नीलडाम र चोटले अनुहार नै चिनिन नसक्ने भएपछि प्रहरी आयो । अस्पताल लगियो । डाक्टरले घोषणा गरे, ‘अब बचाउन सकिँदैन ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved