नेपाली ग्ल्यामर गायिकाहरू - College Times : Educational Magazine
Headlines News :
Home » » नेपाली ग्ल्यामर गायिकाहरू

नेपाली ग्ल्यामर गायिकाहरू

Written By Collegetimes on Tuesday, December 4, 2012 | 5:40 AM


अन्जन श्रेष्ठ 
हलिउड र बलिउड मात्रै होइन, नेपाली साङ्गीतिक फाँटमा समेत ग्लामर गायिकाहरुको सङ्ख्या बढ्दो छ । पछिल्ला पुस्ताका गायिकाहरु त आफ्नो गीतको म्युजिक भिडियोमा आफैँ मोडलिङ गर्न थालेका छन् ।
 हलिउडका चर्चित गायिकाहरु रिहान्ना, एलिसिया किज, साकिरा, ब्रिट्नी स्पेयर्स, जेनिफर लोपेज, मेडोना मात्रै होइन बलिउडका चर्चित गायिकाहरु सुनिधी चौहान, ममता शर्मा, टाटा योङ (थाइल्याण्ड) पनि गायनसँगै ग्लामर क्षेत्रमा जमेका नामहरु हुन् ।
अन्जु पन्त
नेपाली साङ्गीतिक क्षेत्रको कुरा गर्ने हो भने इन्दिरा जोशी, अञ्जु पन्त, विष्णु चेम्जोङ, मौषमी गुरुङ, मल्लिका कार्की, मिलन अमात्य, अभया सुब्वा, निशा सुनार, निशा देशार, रेश्मा सुनुवार, प्रश्ना शाक्यको नाम लिँदा अतियुक्ति नहोला । किनभने आजभोलि उनीहरुले निकालेको गीतको म्युजिक भिडियोमा आफैँ मोडलिङ गर्ने गरेका छन् । केही वर्षअघिसम्म नेपालमा यस्तो चलन एकदमै कम थियो । अहिलेका गायिकाहरुले फोटो सुट नगरेको सायदै होला । उनीहरु तारादेवीका पालामा जस्तो गीत–सङ्गीतको रियाज मात्र गर्दैनन्, स्वर सँगसँगै शरीरसमेत राम्रो देखाउने उद्देश्यले मरिमेटेर आफूलाई फिट एन्ड फाइन बनाउन लागि पर्छन् ।
राम्रो प्रशंसा पाउने सोख सबैमा हुन्छ, त्यै भएर आजभोलिका नायिका, मोडलहरु मात्रै होइन, गायिकामा समेत त्यो सोख पलाएको पाइन्छ । गीत चर्चित भएसँगै आफ्नो गेट–अपमा पूरै परिवर्तन गर्नेहरुमा अन्जु पन्त र मल्लिका कार्कीको नाम अग्रपङ्क्तिमा आउँछ । गीत चर्चित नहँुदा र अहिलेको तस्बिर हेर्ने हो भने आकाश जमिनको फरक छ उनीहरुमा । मल्लिका भन्छिन्, ‘समयको माग हो, अलिअलि त परिवर्तन हुनैप¥यो नि, होइन र ?’ हाउभाउ, जीउडाल, पहिरन, फेसन, डाइटिङ, मेनटेन सामान्यतया सबैले गर्न खोज्छन् तर सबैले सक्दैनन्, मल्लिका भन्छिन् ।
इन्दिरा जाेशी
ग्लामर गायिकामध्ये इन्दिरा जोशी एकदमै हट छिन् । उनको स्टेज पर्फमेन्स हेर्ने हो भने हुटिङ नगर्नेहरु सायदै भेटिन्छन् । ज्यादा गीत नभए पनि पर्फमेन्सले नै इन्दिरा जोशीको नाम टिकाउनमा मद्दत गरेको देखिन्छ ।
गायिका विष्णु चेम्जोङ भन्छिन्, ‘आफ्नो गीतमा अरुलाई प्ले गराउनुभन्दा आफैँले मोडलिङ गर्नु बेस हुन्छ ।’ हुन त हेर्ने दृष्टिकोण सबैको एउटै हुँदैन, त्यसमा समयले ल्याएको परिवर्तन स्वीकार्नुपर्छ । उनी थप्छिन, ‘पूर्वीय संस्कृतिमा भर्खरै परिवर्तन आउँदैछ, पश्चिमा संस्कृतिमा त यस्तो चलन पहिलेदेखि नै थियो ।’ अहिलेको पुस्ता सचेत भएकाले गायिकाहरु समेत परिवर्तनको लहरबाट अछुतो रहन नसकेको विष्णुको तर्क छ ।
निशा सुनार
अर्की हट गायिका हुन् निशा सुनार । उनी पनि आफ्नो गीतको म्युजिक भिडियोमा आफैँ मोडलिङ गर्ने गरेको बताउँछिन् । उनले डेढ दर्जनभन्दा बढी गीतमा मोडलिङ गरिसकेकी छिन् । हिजोआज पनि उनैको बारेमा वर्णन गरेर गायक पशुपति शर्माले लेखेको गीतको म्युजिक भिडियो र नायिका रेखा थापा तथा निर्देशक शङ्कर बिसिले गाएको गीतमा समेत मोडलिङ गर्दैछिन् । ‘गायनभन्दा पनि स्वर ग्लामर भएको राम्रो हुन्छ,’ निशा भन्छिन्, ‘पैसा जोगाउनलाई पनि आफैँ मोडलिङ गरेकी हुँ ।’
मौषमी गुरुङको बुझाइमा छोरीमान्छे ग्लामर देखिनु नै पर्छ । अझ मिडिया फिल्डमा अति आवश्यक छ ग्लामर । भर्खरै महसुस नामक एल्बम निकालेकी मौषमी भन्छिन्, ‘हुन त अरुलाई पनि म्युजिक भिडियोमा राख्ने गरेकी छु, तर सामान्यतयाः आफैँ मोडलिङ गर्छु,,’ उनी भन्छिन्, ‘आफँै खेल्दा एक्सप्रेसन बढी दिन सकिन्छ जस्तो लाग्छ ।’
राम्रो देखिने रहर गायिकामा मात्रै होइन, सबैमा हुने उनको तर्क छ । ‘स्टेजमा समेत पर्फमेन्स दिनुपर्ने हुँदा मेनटेन त गर्नैपर्छ, तर डाइटिङ नै चाहिँ गर्दिनँ,’ उनी भन्छिन् । पानी बढी पिउनेगर्छु, यसले राम्रोसँगै स्वस्थ रहन सकिन्छ,’ उनले भनिन् ।

सबै तस्विर अनलाइनबाट साभार 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved