इटहरी / कस्तुरी कलेज इटहरीमा स्नातक अध्ययनरत ज्योति गौतमले मिस सुनसरी कलेज आइकनको उपाधि जितेकी छन् ।
कात्तिक पहिलो साता भएको अन्तिम प्रतिस्पर्धामा पन्ध्र प्रतिस्पर्धीलाई उछिन्दै ज्योतिले उपाधि हत्याएकी हुन् । उनले मिस क्याटवकको उपाधिसमेत हात पारिन् । फस्र्ट रनरअप स्वेक्षा कार्कीले सुन्दर मुस्कानको उपाधि पाइन् भने सेकेन्ड रनरअप समीक्षा पौडेलले सुन्दर हेराइको उपाधि आफ्नो पक्षमा पारेकी थिइन् ।
उपाधि विजेतालाई निर्माता, निर्देशक तथा वरिष्ठ कलाकार तुलसी घिमिरेले ताज पहिराउँदै पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा विभिन्न डान्स सेन्टरका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । त्यस क्रममा हरिशा बानियाँले नृत्य गरिरहँदा उल्लेख्य जमातले हुटिङ गरेको थियो ।
कार्यक्रम सञ्चालक जिपी तिम्सिना र पूर्व मिस नेपाल उषा खड्गीले पनि कार्यक्रमको रौनक बढाएका थिए । युथ अर्वानेस क्याम्पिङले आयोजना गरेको प्रतियोगितामा सुनसरीका तीन दर्जनभन्दा बढी कलेजका छात्राहरु सहभागी थिए । किशोरीहरुमा रहेको प्रतिभा बाहिर ल्याउन र विभिन्न कलेजका छात्राहरुबीच समन्वय बढाउन कार्यक्रम आयोजना गरिएको अर्वानेस क्याम्पिङका भुवन राउतले बताए ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !