धरान/सामाजिक सद्भाव बलियो बनाउन र सबैको हक अधिकार स्थापित गर्न एकजुट भएर लड्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै ‘अबको बाटो’ नाटक देशका दुई सय ५० स्थानमा प्रदर्शन गरिँदै छ ।
सुवास थापाको निर्देशनमा रहेको सो नाटक अनामले विभिन्न जिल्लाका सडकहरुमा देखाइरहेको छ । ‘प्रतिकात्मक अर्थ लाग्ने र समावेशी खालको बनाएर नाटक मञ्चन
गरेका छौ,’ निर्देशक थापा भन्छन् ‘यसबाट दर्शकलाई नाटक बुझ्न र नाटकलाई महशुश गर्न थप मद्दत मिल्छ भन्ने विश्वास छ ।’
राजेन्द्र रिमालले परिकल्पना गरेको नाटकमा कलाकारहरु सुवास थापा, अल्पना कर्माचार्य, मदन गुप्ता, सुरज थापा, सरस्वती महन्त योगी, सिर्जना राई, चन्दा राई, टेकराज लिम्बू, अल्का न्यौपाने, लक्ष्मणप्रसाद खनाल रहेका छन् ।
‘२००७ सालदेखि २०६९ सालसम्म हामीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनआन्दोलन, जनयुद्ध आदि विभिन्न नाममा लड्यौं । तर, के हामीले खोजेको लोकतन्त्र हामीले खोजेको अधिकार र हामीले खोजेको समावेसीकरण यही हो ? हामी हिडिरहेको बाटो सही छ ? यसले लोकतन्त्रलाई दीगो बनाउँछ ? यसले देशलाई समृद्ध बनाउँछ ? अब हामीले हिड्नुपर्ने बाटो कुन हो ? आदि जिज्ञासा र समाधानको सरोफेरोमा नाटक तयार पारिएको परिकल्पनाकार राजेन्द्र रिमालले बताए । नाटक पूर्वका सुनसरी, झापा, मोरङ, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, सप्तरी, सिराहा, उदयपुर जिल्लाका दुई सय ४५ स्थानमा प्रदर्शन गरिएको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !