लभ्लीलाई फिल्ममै मजा - College Times : Educational Magazine
Headlines News :
Home » » लभ्लीलाई फिल्ममै मजा

लभ्लीलाई फिल्ममै मजा

Written By Neplee on Friday, September 21, 2012 | 5:21 AM


बाल्यकालदेखि कलाकारिता क्षेत्रमा रुचि राखेकी सङ्गम राई हास्य कलाको क्षेत्रमा ‘लभ्ली’ नामले चिनिन्छिन् । अभिनयका साथै नृत्यमा समेत राम्रो प्रस्तुति दिन सफल उनी भोजपुरी फिल्मकी नायिका पनि हुन् । हाँस्य कलाकार दमन रुपाखेतीलाई गडफादर मान्ने सङ्गमले ११ वटा टेलीसिरीयल, एक दर्जन बढी भोजपुरी, तीन वटा नेपाली फिल्म र एक दर्जनभन्दा बढी म्युजिक भिडीयोमा अभिनय गरिसकेकी छिन् । उर्नीसँग गरिएको कुराकानी :
तपाई हास्य कलाकार कि नायिका ?
दर्शकमा कमेडी कलाकार भन्ने छाप परेको छ । तर म दुवै विधाको हुँ । समग्रमा कलाकार हँु ।
केलाई निरन्तरता दिने ? हास्य कलाकार की नायिका ?
नायिकाको भूमिकामा फिल्म क्षेत्रमै सक्रिय हुन्छु । मेरी आमा पनि फिल्म क्षेत्रकै भएकोले पनि उहाँकै प्रोडक्सनमा पुनः फिल्ममा अभिनय गर्नेछु ।
कुनमा अभिनय गर्न सजिलो ? टेलीसिरियल वा फिल्म ?
टेलीसिरीयल नै सजिलो । फिल्ममा कुनै नयाँ पात्रको अभिनय गर्नुप¥यो भने पर्याप्त तयारी गर्नुपर्छ । फेरि फिल्मभन्दा टेलिफिल्म छिटो हुन्छ । तर, मजा चाहिँ फिल्म मै ।
अभिनयमा लागेर जीविकोपार्जन गर्न सकिन्छ ?
मेहनतका साथ काम गर्ने हो भने बाँच्न सकिन्छ । तर, घर, गाडी, तथा जग्गा किन्न र मस्ती गर्न चाहिँ पारिवारिक सहयोग चाहिन्छ ।
फरक अभिनय गर्न कतिको कठिनाइ हँुदो रहेछ ?
मैले कला क्षेत्रमा आउनुभन्दा पहिला नै अभिनय, नृत्यहरु सिकेको र एक्टर पनि गरेको हुनाले त्यस्तो कठिनाइ चाहिँ भएन ।
लभ परेको छ कि छैन ? विवाह कहिले गर्ने ?
विवाह र प्रेमका लागि मेरो दुवैतिर ध्यान छैन । म अहिले काममै व्यस्त छु । दुई तीन वर्षपछि सोचौंला ।
प्रस्तुति : अनिल श्रेष्ठ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved