इटहरीका आठ जना नटराजमा - College Times : Educational Magazine
Headlines News :
Home » » इटहरीका आठ जना नटराजमा

इटहरीका आठ जना नटराजमा

Written By Neplee on Friday, September 21, 2012 | 5:19 AM


इटहरी/विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कोसी अञ्चलव्यापी एकल नृत्य प्रतियोगिता ‘कोशी
नटराज–४’ को इटहरीमा हालै भएको पहिलो अडिसनबाट आठ जना छानिएका छन् ।
कक्षा ५ देखि १० सम्मका छात्र–छात्रा सहभागी हुने सो प्रतियोगितामा आँपगाछी, पकली, झुम्का, इनरुवालगायतका ३० जना बालबालिकाले अडिसनमा भाग लिएका थिए ।
अडिसनबाट अभिषेक पोख्रेल, मनिषा राई, भूमिका कार्की, आरजु कटवाल, सिर्जना कार्की, सञ्जु मगर, स्वस्तिका  भेटवाल र लक्ष्मी कार्की छानिएको आयोजक गरिमा डान्स सेन्टर धरानले जनाएको छ । प्रतियोगितामा विजयी प्रतियोगीले ‘कोसी नटराज–४’ २०६९ को उपाधि, नगद ५० हजार, नटराजको ट्रफी दुई थानसहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गर्ने गरिमाका प्रबन्ध निर्देशक एवम् नृृत्य निर्देशक मणिकुमार लिम्बूले बताए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved