मिस क्वीनको छनोट इटहरीबाट
Written By Neplee on Friday, September 21, 2012 | 5:19 AM
इटहरी/मिस ग्लोबल ब्युटी क्वीन २०१२ को इटहरीमा भएको पहिलो अडिसनबाट प्रतिसा पौडेल, मेरिना राई र स्मृति थापा छनोट भएका छन् ।
बिराटनगर, बिर्तामोड, इटहरी र धरानका १८ देखि २४ वर्षसम्मका ३० युवतीमध्येबाट उनीहरु छनोट भएका हुन् । उनीहरुले भदौ चितवन, पोखरा र काठमाडौंको अडिसनबाट छानिएका युवतीसँग अन्तिम प्रतिस्पर्धा गर्ने आयोजक इएस क्रिएसन नेपालले जनाएको छ ।
वातावरण प्रदूषणलाई कम गर्न सन्देश दिनको लागि आयोजित यस प्रतिस्पर्धाका दृश्यहरुलाई असोज अन्तिम सातादेखि टेलिभिजनबाट रियालिटी सोका रुपमा प्रसारण गर्ने क्रिएसनका अजय मल्ल ठकुरीले बताए । १३ भागमा प्रशारण गरिने यस्तो रियालिटी सो नेपालमा पहिलो भएको आयोजकको दावी छ ।
प्रतियोगिताका विजेताले पूर्ण छात्रवृत्ति, स्कुटी, वातावरण क्षेत्रमा काम गर्न इन्भारोमेन्ट एम्बेसेडर र नगदका साथै मिस ग्लोबल ब्युटी क्वीनको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पाउने आयोजकले जनाएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !