College Times : Educational Magazine: व्यक्तित्व
Headlines News :
आवरण >>>>

Latest Post

Showing posts with label व्यक्तित्व. Show all posts
Showing posts with label व्यक्तित्व. Show all posts

दूरदर्शी, प्रेरक हर्क गुरुङ

Written By Neplee on Saturday, March 16, 2013 | 6:14 PM


हर्क गुरुङ अन्तर्राष्ट्रिय रूपमा प्रसिद्धि आर्जन गर्न सफल भूगोलविद्, योजनाविद्, सामाजिक विश्लेषक एवम् अन्वेषणकर्ता र चिन्तनशील विद्वान हुन् । उनको जन्म विक्रम संवत् १९९६ मा लमजुङको तराँचे गाउँमा लाहुरे परिवारमा भएको थियो । उनका बुबा भारतीय फौजमा सुवेदार थिए । नौ वर्षको उमेरसम्म उनले गाउँका दौंतरीहरूसँग लेक, बेंसी, भेडीगोठ, खेत र खोला घुम्दै समय बिताएका थिए ।
बालक छँदा उनको मनमा पढ्ने र ज्ञान हासिल गर्ने लालसाले सधैँ सताइरहन्थ्यो । अध्ययन गर्ने इच्छालाई मूर्त रूप दिन बुबाका साथ लागेर काठमाडांैको दरबार हाइस्कुलमा भर्ना भए । त्यसपछि उनलाई बुबाले भारतको देहरादुनस्थित त्यहाँको गोर्खाली पल्टनको चिल्डे«न्स स्कुलमा भर्ना गरिदिए । त्यहीँ उनले प्राथमिक तहको अध्ययन गरे भने जालन्धर, पञ्जाबको किङ जर्ज मिलिटरी स्कुलबाट माध्यमिक तहको पढाइ पूरा गरे । त्यसपछि उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट भूगोल विषय लिएर आइए उत्तीर्ण गरे । उनले भूगोल विषयमै २०१६ सालमा भारतको पटना कलेजबाट प्रथम श्रेणीमा बिए अनर्स उत्तीर्ण गरे ।
लाहुरे परिवारमा जन्मिए तापनि मोजमस्ती, ऐसआराम भन्दा पनि पढाइ र अनुसन्धानमा तल्लिन रहन्थे । २०१८ सालमा स्कटल्यान्डको एडेनबरा विश्वविद्यालयबाट स्नातकोत्तर तह (एमए) उतीर्ण गरेका उनले २०२२ सालमा सोही विश्वविद्यालयबाट पोखरा उपत्यकाको भूगोल विषयमा विद्यावारिधि (पिएचडी) गरेका थिए । भूगोल विषयमा उच्चशिक्षा अध्ययन गरेर उनले भूगोलविद्का रूपमा विशिष्ट छाप छोड्न सफल भएका थिए ।
गुरुङले नेपालजस्तो विकासोन्मुख मुलुकलाई भौतिक पूर्वाधार र सुविधाको पूर्ण उपयोग गरी वातावरणको विकास र प्रचारप्रसारको माध्यमबाट पर्यटन क्षेत्रलाई टेवा दिई विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भन्ने कुरामा जोड दिएका थिए ।
डाक्टर गुरुङ बहुमुखी प्रतिभाका धनी थिए । उनले भूगोल, जनसङ्ख्या, जनजाति, पर्यटन, अर्थशास्त्र, पर्वतारोहण, पर्यावरण र विकाससम्बन्धी विभिन्न पुस्तक, प्रतिवेदन र आलेखहरू प्रकाशित गरेका थिए । प्रसिद्ध अमेरिकी पत्रिका नेशनल जियोग्राफ्रीमा समेत उनका प्रशस्त लेख र अन्तर्वार्ताहरू प्रकाशित भएका थिए । नयाँ विषयमा खोज र विविध सूचना सङ्कलन गर्न रुचाउने गुरुङले केही समय राष्ट्रिय समाचार समितिमा समाचार अनुवादकका रूपमा समेत काम गरेका थिए । ‘द कमनर’ नामक अङ्ग्रेजी पत्रिकाको खेल पत्रकारका रूपमा समेत उनले केही समय काम गरेका थिए । हिमाली क्षेत्रका मनोरम दृश्य र परिवेशलाई तस्बिरमा कैद गरेर उनले राम्रो फोटोग्राफरका रूपमा समेत पहिचान बनाएका थिए । उनले खिचेका तस्बिरहरू विभिन्न पत्रपत्रिका, पुस्तकहरू र त्यसबेलाका सरकारी भित्तेपात्रोहरूमा प्रकाशित छन् ।
डाक्टर गुरुङ चित्रकलामा समेत पोख्त थिए । २०१३ सालमा भएको राष्ट्रव्यापी चित्रकला प्रतियोगितामा उनी प्रथम भएका थिए । त्यसबेला उनले कोरेको डाँफे र मुनालको चित्र पछि गएर हुलाक टिकटका रूपमा समेत प्रकाशित भएको थियो । नेपालको सम्पूर्ण भूभागको अध्ययन, अनुसन्धान र अवलोकन गरेका कारण उनलाई ‘नेपाली टोनी हेगन’को उपनामबाट समेत विभूषित गरिएको छ ।
सरकारी सेवामा पनि उनले काम गरे । राष्ट्रिय योजना आयोगको सदस्य र पछि उपाध्यक्षका रूपमा २०२५ देखि २०३२ सालसम्म योजनाकार बने । विकेन्द्रीकरणको अवधारणा सफल बनाउनका निम्ति नेपाललाई २५ वटा जिल्लामा पुनर्वर्गीकरण गर्ने प्रस्ताव ल्याएर उनले आफूभित्र रहेको कुशल प्रशासकीय क्षमतालाई समेत उजागर गरेका थिए ।
उनले त्रिभुवन विश्वविद्यालय, एडेनबरा विश्वविद्यालय, स्कटल्यान्ड र स्कुल अफ् ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज, लन्डनमा प्राध्यापक एवम् शोधनिर्देशकका रूपमा समेत काम गरेका थिए । उनले पञ्चायतकालीन राज्यमन्त्रीका रूपमा शिक्षा, पर्यटन, उद्योग–वाणिज्य, यातायात मन्त्रालयको कार्यभारसमेत सम्हालेका थिए । विकास अध्ययन र नक्साङ्कनमा विशेष रुचि भएका डाक्टर गुरुङका १५ वटा पुस्तक, सात वटा यात्रा वृत्तान्त र छ सय ७५भन्दा बढी लेख तथा प्रतिवेदनहरू प्रकाशित छन् । उनका प्रसिद्ध कृतिहरूमा मैले देखेको नेपाल, अन्नपूर्णदेखि धवलागिरीसम्म, फेसेज अफ् नेपाल, नेपालका नक्साहरू आदि हुन् । मैले देखेको नेपाल पुस्तकमार्फत उनले नेपालका हरेक भूभाग र त्यहाँको वस्तुस्थितिका बारेमा प्रभावपूर्ण रूपमा आफ्नो धारणा अभिव्यक्त गरेका छन् । यस पुस्तककमा समेटिएका आलेख सामान्य यात्रावृत्तान्त मात्र नभई नेपालको भौतिक भूगोल र सामाजिक, सांस्कृतिक परिवेशबारे विलक्षण विद्वान एवम् अनुसन्धाताका गहन टिप्पणीहरू हुन् ।
उनलाई बाघ विशेषज्ञका रूपमा समेत चिन्ने गरिन्छ । २०६३ साल असोज ७ का दिन कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना व्यवस्थापन स्थानीय तहमा हस्तान्तरण गरी ताप्लेजुङ सदरमुकाम फर्कने क्रममा घुन्सानजिकै विमान दुर्घटनामा परी ६७ वर्षको उमेरमा गुरुङको दुखद् अवसान भयो ।
आज डाक्टर गुरुङ हाम्रासामु नभए पनि उनले संरक्षणका क्षेत्रमा गरेका योगदानका कारण विश्वले गौरव एवम् श्रद्धाका साथ स्मरण गरिरहेछ । उनको जीवनगाथा साँच्चै नै अनुकरणीय छ, जसले नेपाली युवालाई राष्ट्र विकासमा योगदान गर्न र प्रगतिपथमा लम्किन प्रेरणा दिइरहेको छ । डाक्टर गुरुङजस्ता विशेषज्ञ संरक्षणविद् एवम् विकास योजनाकारको अभाव नेपाललाई सधैँ खट्किरहनेछ ।
अनिल पोख्रेल

सुन्दरी जासुसको दर्दनाक अवसान

Written By Neplee on Wednesday, February 13, 2013 | 11:24 PM


समूह वा सङ्गठनमा काम गर्दा निकै सावधानी र होसियारी अपनाउनुपर्छ । एक जनाको सानो गल्तीले समूहका सबै जनाले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । त्यसमा पनि अझ सुरक्षा तथा राजनीतिक सङ्गठनका सदस्यहरूले त अझ बढी ध्यान दिनुपर्छ । जासुस संस्थामा काम गर्ने विश्वकै प्रख्यात एक महिला जासुसले यस्तै नियति भोगिन् । उनको सानो गल्तीले उनी कार्यरत क्रान्तिकारी सङ्गठनमा निकै ठूलो क्षति पु¥यायो र गल्तीकै कारण उनी आफैँ पनि संसारबाट बिदा भइन् ।
महिलाहरूमध्ये पहिलो जासुस भनेर चिनिएकी माताहरी, सिन्थियाजस्तै अलियास तेनिया पनि सुन्दरी जासुुस थिइन् । धेरै बुद्धिमान र सफल जासुसको रूपमा इतिहासमा उनको नाम लिने गरिन्छ । उनी एकै समयमा तीन वटा देशका लागि जासुसी गर्थिन् । उनले तत्कालीन क्रान्तिकारी चे ग्वेभाराको विश्वासपात्रका रूपमा पनि काम गरेकी थिइन् । साम्राज्यवादी मुलुकहरू तेनियालाई चेको मृत्युको कारक मान्छन् तर कम्युनिस्ट देशहरू भने उनलाई राष्ट्रभक्त र गुरिल्ला लडाकुको रूपमा आदर गर्छन् । केही कम्युनिस्टहरूको भनाइ छ, तेनियाले चेसँगै गुरिल्ला राज्यक्रान्तिको लागि आफूलाई आत्मदाह गरिन् । वास्तवमा आजसम्म पनि तेनियाको चरित्र र उनको संलग्नताको बारेमा स्पष्ट हुन सकेको छैन ।
क्युवामा गरिएको क्रान्ति सफल भएपछि चे ग्वेभाराले आफ्नो सम्पूर्ण ध्यान अन्य ल्याटिन अमेरिका र विशेषगरी बोलिभिया र अर्जेन्टिनातर्फ केन्द्रित गरे । त्यहाँका शोषित समुदायलाई उठाएर सशस्त्र क्रान्तिमार्फत् परिवर्तन ल्याउने उनको उपाय थियो । त्यसक्रममा तेनियाले चेलाई ठूलो मद्दत गरिन् । तर, तेनियाको सानो गल्तीले गर्दा योजना विफल भयो ।
अर्जेन्टिनामा सन् १९३७ मा जन्मेकी तेनिया बाल्यावस्थादेखि नै कम्युनिस्ट बनिसकेकी थिइन् । उनका पिता पूर्वी वर्लिनका प्राध्यापक थिए भने आमा प्रहरीमा थिइन् । १९५२ मा उनीहरू पूर्वी जर्मनी फर्के । १५ वर्षीया तेनियाले कम्युनिस्टसम्बन्धी तालिम र ज्ञान लिइसकेकी थिइन् । विश्वविद्यालयमा अध्ययनका क्रममा उनले माक्र्स दर्शनको पनि अध्ययन गरिन् । उक्त समयमा उनी स्वतन्त्र जर्मन युवा समूहमासमेत आबद्ध भएर सक्रियतापूर्वक काम गर्न थालेकी थिइन् । पछि उनी ल्याटिन अमेरिकन युवा ब्युरोको कर्मचारीमा समेत नियुक्त भइन् । त्यसै समयमा उनले ल्याटिन अमेरिका जाने राजनीतिक नेताहरूको पथप्रदर्शकको काम पनि गर्थिन् ।
२१ वर्षको उमेरमा उनी जासुसी संस्था एमएफएसको एजेन्टको रूपमा सक्रिय हुन थालिन् । लगत्तै उनले आफ्नो नाम तेनियाबाट तामेरामा परिवर्तन गरिन् । उनले थुप्रैपटक मस्को, पाराग्वे र भियनाको भ्रमण गरिन् । त्यसै समयमा उनलाई केजिबीले आफ्नो लागि पनि काम गरिदिन अनुरोध ग¥यो । तेनियाले त्यो आग्रहलाई स्वीकार गरिन् । वास्तवमा एमएफएसले नै तेनियालाई केजिबीसँग आबद्ध हुन स्वीकृति दिएको थियो । जासुसी रणनीति थियो यो एमएफएसको ।
सन् १९५९ मा तेनियाको भेट तत्कालीन सरकारी राष्ट्रबैंकका प्रमुख चेसँग भयो । एमएफएसले तेनियालाई चेको सहयोगीको रूपमा पठायो । उनीहरू एकअर्काप्रति आकर्षित भए । कडा तालिम लिइसकेपछि तेनियालाई क्युवियन युद्ध नर्तकहरूसँग मस्कोको क्युवान राज्यको हवाना पठाइयो । ती नर्तकहरू पूर्वी जर्मनीमा नृत्य प्रस्तुत गर्न आएका थिए । चेकै प्रयासमा उनले शिक्षा मन्त्रालयमा काम गर्न थालिन् । चेले उनलाई क्युवाको महिला पारा मिलिट्रीमासमेत आबद्ध गराए ।
चेले जब बोलिभियामा गुरिल्ला क्रान्तिको योजना बनाए, तब उनले तेनियालाई जासुसीको लागि सङ्गठन तयार गर्न लगाए । तेनिया चेको जासुस कर्मचारी बनेर बोलिभियाको राजधानी लापाज पुगिन् । त्यहाँ उनले अमेरिकन–इन्डियन लोक सङ्गीतको अधिकारी र सेरामिक कलाकारको रूपमा आफ्नो कला देखाइन् । त्यहाँ उनी शिक्षक तथा विद्यार्थी दुवै भेषमा देखिइन् र सबैको मन जितिन् ।
सांस्कृतिक कलाकारको रूपमा उनले चेको लागि आवश्यक सम्पूर्ण कामहरू गरिन् । उनले स्थानीय कम्युनिस्ट पार्टीहरूसँग पनि सम्पर्क स्थापित गरिन् । उनले आफूलाई जङ्गलमा लुकेर बसेका गुरिल्लाहरू र बाहिरी विश्वसँग सम्पर्क स्थापित गराउने महत्वपूर्ण पुलका रूपमा स्थापित गराइन् । वास्तवमा चेको गुरिल्ला क्रान्तिको सबै मुख्य र आधारभूत अभिभारा तेनियाले आफ्नो काँधमा बोकेकी थिइन् ।
त्यहाँ काम गर्दा उनलाई पासपोर्ट र त्यहाँको नागरिकताको आवश्यकता पथ्र्यो । त्यसको उनले सन् १९६६ मा स्थानीय एक युवकसँग विवाहको नाटक गरेर भए पनि पासपोर्ट र नागरिकता प्राप्त गरिन् । त्यसलगत्तै उनले उसलाई छोडपत्र दिइन् । ती सबै काम गरिरहँदा उनले एउटा सानो भुल गरिन् । जसको परिणाम निकै खतरनाक सावित भयो ।
केही मानिसले उनीमाथि शङ्का गरे । तेनियाकै कारण आर्मीले चेको बारेमा सूचना पाउँथे । २३ मार्चको दिन चेले क्रान्तिको दिनको रूपमा सबै तयारी मिलाए । तर, त्यसको ठीक १० दिनअघि बोलिभियन सेनाले उनीहरूमाथि आक्रमण गरे । पहिलो आक्रमणमा सात जना बोलिभियन सेना मारिए भने गुरिल्लाहरू समातिए । उनीहरू जङ्गलमै भागे । जहाँ उनीहरू चार महिनासम्म भड्किए र कति मरे ।
तेनियाका अन्तिम दिनहरू निकै दर्दनाक र दुखद् रह्यो । चेले तेनियालाई योजनाको असफलताको कारकका रूपमा ठह¥याए । पछि जब उनीहरूको भेट भयो, तब चेले उनलाई निकै गाली गरे । सबै गुरिल्लाहरूले उनलाई दोहोरो जासुसका रूपमा ठह¥याए । उनलाई जङ्गलतर्फ खेदियो । उनले १०२ डिग्रीको तापक्रममा पनि हिँड्नुप¥यो । आधा खाना र आधा लुगामा उनी महिनाभर जङ्गलमा भौँतारिइन् । परिणामस्वरूप उनी मानसिक र शारीरिक रूपमा विक्षिप्त भइन् ।
१९६७ को अगस्ट ३१ मा उनी बोलिभियन आर्मीबाट मारिइन् । त्यतिखेर उनी गोरिल्लाको अन्तिम टुकडीसँग लागेर मुसीकोरिइ नदी तरिरहेकी थिइन् । आठ दिनपछि मात्र उनको मृत शरीर पानीमा तैरिरहेको अवस्थामा मिल्यो । उनको साथमा रहेको नागरिकता तथा परिचयपत्रको आधारमा मात्र उनलाई चिन्न सकियो ।

दुःखले नदुखाएका महाकवि

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:18 PM


चकित छु जो ती सहिद भएका छन्
धर्मका खातिर–
तिनका आँट देखेर म काँपेको छु,
अब किञ्चित् काँप्दिन ।
म पनि धर्मका खातिर सहिद हुन सक्नेछु ।
प्रेम मेरो धर्म हो, 
र म त्यसका निम्ति मर्न तयार छु,
तिम्रा निम्ति ।

अङ्ग्रेजी साहित्य भण्डारलाई समृद्ध र सबल बनाउने दुर्लभ कविहरुमध्ये जोन किट्सको नाम अग्रपङ्क्तिमा आउँछ । पाश्चात्य साहित्यको प्रसङ्ग उठाउँदा यिनलाई छुटाउनु भनेको अज्ञानता नै हुन्छ । किनकि उनको परिचर्चाविना त्यस्तो प्रसङ्ग अधुरो रहिरहन्छ । प्रकृतिवादी विश्वविख्यात यी कविलाई ‘धरतीका कवि’ उपनामले पनि चिन्ने गरिन्छ । कल्पनाशक्तिको उडान र प्रखर लेखनशैलीको संयोजनले यिनलाई कलिलो उमेर मै विख्यात कविको लहरमा उभ्यायो । यिनी २६ वर्षको कलिलो उमेरमा अङ्ग्रेजी साहित्यको महाकविको उपाधि धारण गर्न सफल भए ।
किट्सको जन्म सन् १७९५ मा बेलायतका एक साधारण सइस (घोडाको हेरचाह गर्ने) परिवारका छोराको रुपमा भएको थियो । कविता लेख्दाको आनन्द लिनुबाहेक यिनको जीवनले कहिल्यै सुखको अनुभूति गर्न पाएन । यिनी आठ वर्षको हुँदा घोडाबाट लडेर बाबुको र १५ वर्ष हुँदा क्षयरोगबाट आमाको मृत्यु हुनुले उनको जिन्दगी नै दुःखको पर्याय थियो भन्न सकिन्छ ।
किट्सका दुई भाइ र एक वहिनी थिए । आमा–बाबु मरेपछि उनको टुहुरो परिवारलाई हजुरआमाले सम्हालेकी थिइन् । दुःखद् जीवन व्यतित गरेका किट्स सदैव कल्पनामा मात्र डुबिरहन्थे । त्यसैले उनले साहित्य सिर्जनातिर कलम चलाउन थाले । तथापि, उनको परिवार र छिमेकमा त्यस्तो बौद्धिक वातावरण थिएन, न त प्रेरणा दिने कुनै व्यक्ति नै थिए ।
उनले १४ वर्षको उमेरदेखि नै आफ्नो लेखन शिल्पलाई प्रखर बनाउँदै लगे । कल्पनाशीलता एवम् प्रकृतिसँगको सानिध्यताकै कारणले उनले २१ वर्षको उमेरमा अर्थात् सन् १८१६ मा ‘इन्डिमियोन’ नामक चार हजारभन्दा बढी हरफ भएको कविता प्रकाशन गरेर आफ्नो खुबी प्रदर्शन गरे । यो कवितामा एउटी आदर्श जीवनसङ्गिनीको खोजीको ययार्थ तस्बिर पाउन सकिन्छ ।
दुःख एवम् अन्तर्मनको पीडा भोग्दै बाँचेका किट्सलाई २३ वर्षको उमेरमा झन् थप निराशाहरुले घेर्न थाले । छोटा कदका फुर्तिला किट्स बाहिरमा देख्नमा हट्टाकट्टा भए पनि मानसिक तनावका कारण भित्रभित्रै गल्दै गए । यसपछि उनको जीवनप्रतिको दृष्टिकोण पूर्णरुपमा निराशावादतिर धकेलियो । उनका अधिकतर रचनामा सांसारिक रमझम क्षणिक हो भन्ने किसिमका भावहरु पाइन्थ्यो । उनको प्रसिद्ध कृति ‘ओड टु नाइटिङ्गेल’ यसको ज्वलन्त उदाहरण हो ।
कान्छा भाइ टमको निधनपछि उनी आयरल्यान्ड र स्कटल्यान्डको प्राकृतिक यात्रामा निस्किए । उनलाई त्यस भेगको चिसो हावाले असर गर्न थाल्यो र घाँटीमा क्यान्सर पनि भयो । उनलाई क्षयरोगले समेत ग्रसित पार्न थाल्यो ।
 बेलायतको कडा जाडोबाट बच्न किट्स युरोपको न्यानो मुलुक इटालीतिर गए । त्यहाँको हावापानीले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आउन थाल्यो । सत्य नै सुन्दर हो र सुन्दर नै सत्य हो भन्ने दृढ विचारका धनी किट्स अंग्रेजी साहित्यका सदावहार कवि हुन् । उनले जीवनमा दुःख, पीडा र निराशा मात्र भोग्नुप¥यो । उनको साहित्यिक यात्रा फस्टाउनमा यस्ता निराशाले मलजलको काम ग¥यो । दुःखैदुःखको संसारमा हुर्केका किट्सको २६ वर्षको अल्पायुमा अर्थात् सन् १८२१ मा क्षयरोगकै कारण दुःखद् अवसान भयो ।
यसरी एउटा अंग्रेजी साहित्यका अत्यन्त प्रखर र धुरन्धर तथा होनहार प्रकृतिवादी एवम् रोमान्टिक कविको दुःखद् अन्त्य भयो । यिनका समकालीन कविहरुमा लर्ड बाइरन, विलियम वर्डस्वर्थ, स्यामुएल टेलर कोलेरीज, पीब. शेली थिए । यिनका प्रसिद्ध कृतिहरुमा इन्डिमियोन, हाइपेरियोन, लामिया, द इभ अफ सेन्ट एग्नेस, इसाबेला, ओड टु ग्रेसियन अन, ओड टु नाइटिङ्गेल, ओड टु मेलानकोली  पर्दछन् ।
किट्सको भौतिक देह हाम्रा सामु नभएपनि उनी विश्वसाहित्यमा अत्यन्त श्रद्धेय र अमर छन् । किट्सका महानतम् साहित्यिक कृतिहरु सदैव साहित्याकाशमा उडान भरिरहने छन् । उनीसँग पाठकहरु पनि उनका कवितात्मक रसमाधुर्यमा भिज्दै कल्पनाशीलताको उडान भरिरहेका हुन्छन् ।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रत्यक्षरुपमा जोन किट्सबाट प्रभावित थिए भनिन्छ किनकि  देवकोटाका कविताहरुमा पाइने प्रकृतिवादी चिन्तनमा स्पष्ट रुपले किट्सको छाप पाउन सकिन्छ ।
अनिल पोख्रेल

फेसनमै सिमित

Written By Collegetimes on Saturday, October 20, 2012 | 8:04 PM

 ‘मुन्नाभाइ एमबिबिएस’ नामक हिन्दी हास्यप्रधान फिल्ममा नायक सञ्जय दत्तको एउटा संवाद छ, ‘जुन गान्धीले सत्य र अहिंसाको पाठ सिकाए, भारतले अहिले तिनै गान्धीको फोटो त्यो नोटमा टाँसेको छ, जसले मानिस–मानिसमा वैरभाव र स्वार्थ बढाउँछ किनकि मानिस झुटो बोल्छ त केवल पैसाका लागि, मान्छे मार्छ, त्यो पनि पैसाकै लागि !’वास्तवमै गान्धी जस्तो अहिंसा, त्याग र शान्तिका प्रतिमूर्तिलाई सबैको स्वार्थ अडिएको वस्तुमा राख्नु वैचारिक दृष्टिले पक्कै पनि चित्त बुझ्दो छैन । यसले उनले जुन उद्देश्यका लागि जीवनभर सङ्घर्ष गरे, त्यो ओझेलमा पारेको छ । तर, उनलाई भने सेलिब्रेटी बनाएको छ ।
बजारमा केही व्यक्तिको फोटो भएका पोशाकहरुको माग एकताका ह्वात्तै बढ्यो । बिक्रेतालाई पु¥याउन हम्मे–हम्मे नै प¥यो । युरोप र अमेरिकी देशको त कुरै छोडौं नेपालमै पनि ती व्यक्तिहरुको फोटो राखेर बनेका टोपीदेखि स्टिकर र रुमालसम्म पनि ग्राहकहरुले खोजी–खोजी किन्न थाले । विशेषगरी युवाहरुमाझ उनीहरुको लोकप्रियता बढ्दो छ । तर, उनीहरु कुनै सेलिब्रेटी वा मोडेल होइनन्, न त कुनै खेलाडी हुन् । उनीहरु लोकप्रिय छन् तर उनीहरुले गरेको कामले भने होइन । बरु आकर्षक र अलग तस्बिरका कारण । उनीहरु हुन्, ‘चे ग्वेभारा’ र ‘बब मार्ले’ ।
चे विश्वका महान क्रान्तिकारी व्यक्तित्व हुन् । अर्जेन्टिनामा सन् १९२८ मा जन्मेका चेको पूरा नाम अर्नेष्टो चे ग्वेभारा हो । उनलाई माक्र्सवादी आन्दोलनका अग्रणी, गुरिल्ला युद्धका लिडर, आर्मी तथा राजनीतिज्ञ भनेर चिनिन्छ ।
मध्यमवर्गीय परिवारमा जन्मिएका चेको चिकित्सक बन्ने धोको थियो र बने पनि । तर, असङ्ख्य गरिब, शोषित जनताको पक्षमा उभिएर उनले क्रान्तिको बाटो रोजे । स्टेथेस्कोप फ्यालेर बन्दुक समाते । चेकै नेतृत्वमा क्युवामा अमेरिकी शोषणविरुद्धको क्रान्ति सफल भएको थियो । क्रान्तिकै क्रममा बोलिभियाको जङ्गलमा अमेरिकी सीआइएका एजेन्टहरुले उनलाई समाते । बाँधेर भोकै तिर्खै राखे । गोली ठोक्ने बेलामा उनलाई सोधे, ‘तिम्रो बाँच्ने इच्छा छ कि ?’ तर चेले दृढतापूर्वक जवाफ दिए, ‘छैन, तर परिवर्तन बचाउने इच्छा छ ।’ चेलाई तत्काल दसौं गोली ठोकेर मारियो ।
क्रान्तिकारी चेको विशेषगरी एउटा मात्र तस्बिरले ख्याति पाएको छ, जुन तस्बिरमा उनी अनन्त आकासको कुनै कुना नियालिरहेझै देखिन्छन् । उनको यही तस्बिर अङ्कित पोशाकले हालका दिनसम्म राम्रो बजार पाएको छ । एउटै तस्बिरले
मरणोपरान्त यतिका समयसम्म बजार ओगट्नु अचम्मको कुरा हो ।
यता, बब मार्लेका विभिन्न तस्बिररहरु बजारमा चलेका छन् । कहीँ उनी ब्यान्डसँग देखिन्छन् त कहीँ–कहीँ एक्लै ।  मार्लेलाई विशेषतः राम्रो गीतकार, सङ्गीतकार तथा गायकको रुपमा चिनिन्छ । मार्लेले विभिन्न प्रकारका गीत गाए । उनले गाएका प्रायः गीतमा शान्ति मेलमिलाप र सहयोगको सन्देश दिइएको हुन्थ्यो । उनका स्वतन्त्रतासम्बन्धी गीतहरुले विशेष ख्याति आर्जन गरेका छन् ।  
अफ्रिकी महादेशको जमैका भन्ने ठाउँमा सन् १९४५ मा जन्मेका मार्लेको वास्तविक नाम रोबर्ट नेष्टा मार्ले हो । उनको कामप्रतिको लगाव र मानव समुदायप्रतिको उनको समर्पणले गर्दा उनी लोकप्रिय बने । उनी आफ्नो कामप्रति यतिसम्म बफादार र मेहेनती थिए कि जमैकामा एकपटक हुन लागेको कन्सर्टमा उनको ब्याण्डलाई अज्ञात बन्दुकधारी समूहले आक्रमण गरी घाइते बनाउँदा पनि उनले निर्धारित कार्यक्रमअनुसार नै कन्सर्ट गरेका थिए ।
उनको गीत तथा सङ्गीतमा जादुमयी क्षमता थियो । भनिन्छ, एकपटक मार्लेले राजनीतिक साङ्गीतिक कार्यक्रममा पार्टीगत द्वन्दको बारेमा रचिएको गीत गाइसकेपछि पानी बाराबारको स्थितिमा रहेका प्रतिस्पर्धी पार्टीका नेताहरुले मञ्चमै उभिएर हात मिलाएका थिए रे ! उनको योगदानको सम्मान गर्दै जिम्बाबेले उनलाई जिम्बाबेको स्वतन्त्रता दिवसको दिन आयोजित विशेष कार्यक्रममा निम्ता दिएर सम्मानसमेत गरेको थियो ।
बबमा सन् १९७७ मा क्यान्सर भेटियो तर पनि उनी सक्रिय रहे । पछि सन् १९८१ मा क्यान्सर फैलिँदै गएर फ्लोरिडाको मियामी भन्ने ठाउँमा उनको मृत्यु भयो । मर्ने बेलामा उनले आफ्ना छोरा जिग्गीलाई अन्तिम पटक भनेको शब्द थियो, ‘पैसाले जीवन किन्न सक्दैन ।‘ यतिका ख्यातिका बीचमा उनीहरुको वास्तविक योगदानको भने कुनै मूल्याङ्न छैन । उनीहरुको तस्बिर छापिएका लुगाहरु किनेर लगाइन्छन् । तर, धेरैले न मार्लेको योगदान जानेको छ, न बुझेको छ चेको व्यक्तित्व । जुन व्यक्तित्वहरुले मानिसलाई सादा जीवन, उच्च विचारको लागि प्रेरणा दिने प्रयास गरे, तिनै व्यक्तित्वलाई फेसनमा सीमित गरिनुले त्यस्ता विचारहरुको धज्जी उडाएको भनाइ कतिपयको छ । कतिपय भने फरक र आकर्षक भएका कारण उनीहरुको तस्वीरप्रति युवापुस्ता लोभिएकोलाई अस्वाभाविक मान्दैनन् ।
प्रस्तुती ः हिमाल 

महान विचारक अरस्तु

Written By Neplee on Friday, September 21, 2012 | 5:39 AM


दार्शनिकहरूले प्राचीन–दर्शनको इतिहासलाई सुकरातपूर्व र सुकरात–उत्तर गरी दुई भागमा विभाजित गरेका छन् । उनीहरूले सुकरातपूर्वको युगलाई सोफिस्ट दर्शनको युग र उत्तरको युगलाई यथार्थवादी दर्शनको युग मानेका छन् । विशेषगरी यस युगमा सुकरातका शिष्य प्लेटो र उनका पनि शिष्य अरस्तु (एरिस्टोटल) जस्ता दार्शनिकहरू अगाडि आएका छन्, जसले सुकरातलाई चिनाउनेदेखि उनको दर्शनलाई विकासको शिखरमा पु¥याउने कामसमेत गरेका छन् । अरस्तुपछि झन्डै एक हजार आठ सय वर्षसम्म दार्शनिक जगतमा अन्धकार छाएको र त्यसपछि अर्कै सिराबट चिन्तनको सुरुआत भएकाले उनी  प्राचीन दर्शनको अन्तिम कडीको रूपमा समेत रहेका छन् ।
ईशापूर्व ३८४ मा युनान (ग्रीस)को स्टागिरामा जन्मेका अरस्तुले १८ वर्षको उमेरमा प्लेटो एकेडेमीमा भर्ना भई दर्शनको क्षेत्रमा गहन अध्ययन गरेका थिए, जुन एकेडेमी उनका गुरु प्लेटोले आफ्ना गुरु सुकरातको मृत्युको केही समयपछि उनको विचारलाई विश्वव्यापी बनाउन स्थापना गरेका हुन् । यसो त शिक्षित परिवारमा जन्मेकाले अरस्तुले घरमै पनि उचित शिक्षा–दीक्षाको राम्रो अवसर पाएका थिए ।
प्लेटो बहुमुखी प्रतिभाका धनी थिए । भनिन्छ, उनलाई नआउने भन्ने कुनै विषय नै थिएन । उनी आध्यात्मिक विज्ञान, भौतिक विज्ञान, ज्योतिर्विज्ञान, खगोलशास्त्र, भूगोलशास्त्र, प्राणीशास्त्र, साहित्य, सङ्गीत, कला, धर्मसंस्कृति, राजनीति आदि सबै विषयमा पोख्त थिए र विद्यार्थीहरूलाई यी सबै विषय पढाउँथे तर बोटबिरुवा र जनावरहरूलाई वैज्ञानिक ढङ्गले वर्गीकरण गरी समूह विभाजन गर्न सफलता पाएका यी बहुमुखी प्रतिभा गणितमा भने अपेक्षाकृत कमजोर थिए रे ! उनले आफंैले लेखेका प्यारा साइकीलगायत केही किताव मात्र प्रकाशित छन् । यसबाहेक उनका अन्य जति पनि प्रकाशित किताव छन् ती सबै उनले पढाएका र दिएका प्रवचनहरूमा आधारित छन्, जसलाई उनको शिष्यहरूले प्रकाशित गराएका हुन् ।
आफ्नै गुरुभाइ (प्लेटोको अर्का शिष्य) की छोरी पाइथियाजसित विवाह गर्न पुगेका अरस्तु यदाकदा अव्यावहारिक, मुडी र एकसुरेजस्ता पनि देखिएका छन् । उनले हनिमुनको समयसमेत नवदुलहीसित नभई समुद्री किनारमा जीवजन्तुको अध्ययन गरी बिताएका थिए । यही विषयलाई लिएर कतिले उनको पत्नीसित सुरुदेखि नै त्यति राम्रो सम्बन्ध थिएन भनेका पनि छन् । सायद यही लोकापवादसित बच्नलाई होला उनी विवाहपछि केही समय युनानकै लेसवसमा बस्न पुगेका थिए । एउटी छोरीको जन्मसँगै पत्नी पाइथियाजको मृत्य भएकाले उनी अर्को विवाह गर्न वाध्य भएका भए पनि उनको मन भने प्रथम पत्नी पाइथियाजसँगै थियो ।
अरस्तुका अनुसार सबैले नराम्रो काम हो भन्ने थाहा पाएपछि त्यो काम गर्न छोड्ने हो भने निःसन्देह संसारको स्वरूप अर्कै हुने थियो । न कानुन चाहिन्छ न प्रहरी प्रशासन र न्यायलयकै आवश्यकता पर्दछ । जति पनि संसारको स्वरूप बिग्रेको छ सबै विशेषगरी आफूलाई बढी ज्ञानी र जान्ने–सुन्ने हौं भन्नेहरूको गति छाडा प्रवृत्तिकै परिणाम हुन् । क्षणिक लाभ–हानीको चिन्ता र आलोचना तथा प्रशंसाको हिसावकिताव त सामान्य मानिसले मात्र राख्छन् । महापुरुषहरू हमेसा यसबाट टाढै हुन्छन् ।
वास्तवमा महापुरुष त्यही हुन्छ जो अरुलाई यसो गर्नुपर्छ र त्यसो गर्न हुन्न पनि भन्दैनन् र प्रशंसा तथा आलोचनाको पर्वाह पनि गर्दैनन् । उनीहरू लागेको र देखेको कुरो निर्धक्क भन्छन् र आफँै उदाहरण बनी गरेर देखाउँछन् । अरस्तुले त्यस्तै गरेका छन् । यस्ता यथार्थवादी दार्शनिकले ६२ वर्षको उमेरमा (ईपू. ३२२ मा) यस संसारबाट बिदा लिएका थिए तर उनको विचार भने अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । ०००

कलेज बङ्क गर्थे फेसबुक पिता

Written By Neplee on Friday, February 17, 2012 | 6:22 PM


हामी कति जना मानिसहरूका बारेमा जानकारी राख्न सक्छौँ ? आफ्नै मिल्ने साथी सङ्गिनीहरूको जन्मदिन पनि कतिलाई याद नहुन सक्छ । यहाँ यस्ता मानिसको चर्चा गर्न थालिएको छ, जसले २०११ डिसेम्बरसम्ममा विश्वभरका ८४ करोड ५० लाख व्यक्तिको जानकारी राखेका छन् । ती अरू कोही नभएर सामाजिक सञ्जालमा आधिपत्य नै जमाएको फेसबुकका संस्थापक मार्क जुकरवर्ग नै हुन् ।
मार्क जुकरवर्ग १४ मे १९८४ मा न्यूयोर्कको ह्वाइट पेन्समा माता करेन र पिता ईडवार्ड ९भ्मधबचम० को कोखबाट जन्मेका हुन् । ६ वर्षको कलिलो उमेरमा नै उनलाई उनका बाबुले ब्तबचष् द्यबकष्अ एचयनचबmmष्लन (अटारी बेसिक प्रोगामिङ) सिकाउन थालेका थिए । सानैदेखि कम्प्युटर प्रोग्रामिङ र कम्प्युटर गेम बनाउने रुचि भएका कारणले  विद्यालय अध्ययन गर्ने उमेरमा नै उनले जुकनेट नाम गरेको एउटा सफ्टवेयर प्रोग्राम बनाएका थिए । यो सफ्टवेयरले इडवार्डको दन्त क्लिनिक र घरमा रहेको कम्प्युटरबीच सम्पर्क हुन सक्थ्यो । त्यही अवधारणमा अर्को वर्ष एओएल ९ब्इी० म्यासेन्जर निस्केको हो । उनीभित्र रहेको दक्षता देखेर माइक्रोसफ्ट र एओएलले जुकरवर्गलाई आफ्नो कम्पनीमा आबद्ध गराउन खोजेका थिए । तर, उनी त्यतातिर ध्यान नदिएर हावर्ड विश्वविद्यालयमा उच्चशिक्षा प्राप्त गर्न लागे ।
सो विश्वविद्यालयमा अध्ययन गरिरहेका उनले आफ्नो विश्वविद्यालयको सबै विद्यार्थीको फोटो र परिचयसहितको किताव नभएको भन्दै कलेज प्रशासनलाई देखाउनका लागि सन् २००४ मा केही  साथीहरूको सहयोगले विद्यार्थीको फोटो र उनीहरूको बारेमा जानकारी फेसम्याच भन्ने साइटमा राखे । त्यो साइट हार्वड विश्वविद्यालयको कम्प्युटर नेटवर्कभित्र नै पथ्र्यो । उनले ती फोटो र जानकारी पनि त्यही विश्वविद्यालयको नेटवर्कबाट ह्याक गरेर लिएका थिए । दुई घण्टाभित्रमा ती तस्बिरहरू चार सय ५८ जनाले अवलोकन गरे । त्यसबाट जुकरवर्ग निकै उत्साहित भए । दुई हप्ताभित्रमा त्यस विश्वविद्यालयको दुई तिहाई विद्यार्थीले आफ्नो फोटो र परिचय त्यस साइट राखे । त्यसपछि त के चाहियो, मार्क जुकरवर्ग पढाइ–लेखाइ गोली मारी  फेसम्याचलाई व्यावसायिक बनाउन लागि परे ।
नेपाली समाजले पढाइलाई बीचैमा छाड्नेहरूलाई राम्रो नजरले हेर्दैन । तर, विश्वमा यस्ता धेरै व्यक्तिहरू छन् जसले विश्वविद्यालयको पढाइलाई बीचैमा छाडेर सफलता हात पारेका छन् । विश्वका धनी व्यक्तिहरूको मात्र सूची प्रकाशित गर्ने ‘फोब्र्स’ पत्रिकाका अनुसार, विश्वका अर्बपतिहरूमध्ये ३५ जना अर्बपति कलेज ड्रपआउट सूचीमा छन् । फोब्र्सकाअनुसार कलेज छाड्ने अर्बपतिहरूको सम्पत्ति औसतमा नौ दशमलव चार अर्ब अमेरिकी डलर रहेको छ, जबकि पीएचडी गरेका अर्बपतिहरूको औसत सम्पत्ति मात्र तीन  दशमलव दुई अर्ब डलर छ । यस्तो सफलता हात पार्नेहरूमा मार्क जुकरवर्ग सँगसँगै बिल गेट्स, स्टीभ जब्स, जुलियन असान्ज, लेडी गागालगायत पर्छन् ।
कलेज प्रशासनलाई चेतावनी दिनका लागि भनेर बनाइएको साइट फेसम्याच नै पछि फेसबुकमा रूपान्तरित भएको हो । त्यही फेसबुकले आठ वर्षको अवधिमा विश्वलाई हल्लाउन सक्ने क्षमता राख्ला भनेर उनले समेत सोचेका थिएनन् । अहिलेसम्म विश्वभरका ८४ करोड ५० लाख मानिसहरू यसका सदस्य बनिसकेका छन् भने देवनागरी लिपिलगायत ७० भन्दा बढी लिपि र भाषामा यो साइट सञ्चालनमा आएको छ । फेसबुकले राखेको तथ्याङ्कअनुसार गत डिसेम्बरको अन्त्यसम्ममा औसत दैनिक रूपमा ४८ करोड ३० लाख सदस्यहरूले फेसबुक चलाए भने मोबाईलबाट मासिकरूपमा औसत ४२ करोड ५० लाख सदस्यहरूले फेसबुक प्रयोग गर्दछन् ।
विश्वको जनसङ्ख्यामा प्रत्येक १३ मा एक जना फेसबुकको सदस्य छन् । जसमध्ये १८ देखि ३४ वर्ष उमेर समूहका सदस्यहरू ४८ प्रतिशत रहेको छ ।  नयाँ वर्ष सन् २०१२ को अवसरमा मात्रै फेसबुकमा ७५ करोड फोटोहरू अपलोड गरिएका थिए ।
अनलाइन स्कुल डट ओआरजीले गरेको सर्वेक्षण अनुसार हरेक २० मिनेटमा फेसबुकमा निम्न घटनाहरू हुन्छन् ।
(विस्तृतिका लागि तालिका हेर्नुहोस् । )

Comment                 10208000
Message Sent            2716000
Photo Upload            2716000
Friends Request Accepted  1972000
Status Update           1851000
Wall Post                  1587000
Event Invites             1484000
Tag Photos               1323000
Link Shared              1000000


जुकरवर्गलाई धनी बनाउने नेपाली कति छन् त ?
नेपालको कुरा गर्ने हो भने इन्टरनेट प्रयोगकर्तामध्ये फेसबुकका लगभग १४ लाख सदस्य छन् । जसमध्ये ६९ प्रतिशत पुरुष र ३१ प्रतिशत महिला छन् । उमेरको हिसाबमा हेर्ने हो भने १८ देखि २४ वर्षसम्मका ४८ प्रतिशत, २५ देखि ३४ वर्षसम्मका २७ प्रतिशत, १६ देखि १७ वर्षसम्मका १० प्रतिशत, ३५ देखि ४४ वर्षसम्मका सात प्रतिशत छन् ।
जुकरवर्ग एक मध्यम वर्गीय परिवारमा जन्मेका व्यक्ति हुन् । तर सन् २००८ देखि उनी विश्वका कान्छा अर्बपति बन्न पुगेका छन् । उनले फेसबुकबाट मासिक पाँच लाख अमेरिकी डलर तलब पाउँछन् भने उनको अहिलेसम्मको सम्पत्ति १७ दशमलव पाँच अर्ब अमेरिकी डलर भएको छ । २८ वसन्त पार गरिसकेका जुकरबर्ग अविवाहित हुन् । सामाजिक सञ्जालको बारेमा बनेको फिल्म ‘द सोसियल नेट’ मा मार्क जुकरवर्गको गर्लफ्रेन्ड भ्चष्अब ब्दिचष्नजत (एरिक अल्ब्राईट) भनेर देखाइएको छ तर वास्तवमा उनको गर्लफ्रेण्ड एरिका नभएर एचष्कअष्ििब अजबल (प्रिससिला चान) हुन् ।
जुकरवर्ग यसरी विश्वमा चर्चित हुनुमा उनको उच्च आत्मविश्वास र कामप्रतिको लगाव नै हो । फेसबुक मात्र चिनेका मानिसले जुकरवर्ग अझै नजिकबाट चिन्ने मौका पाए । जब अमेरिकाको टाइम म्यागजिनले विश्वमा महाभुकम्प नै ल्याइदिने विकिलिक्सका संस्थापक अष्ट्रेलियन नागरिक जुलियन असाञ्जलाई छाडेर मार्क जुकरवर्गलाई सन् २०१० को वर्ष व्यक्ति घोषणा ग¥यो । त्यस्तै सोनी पिक्चर एशोसियनले मार्क जुकरवर्गको जीवनीलाई लिएर ‘द सोसल नेट’ भन्ने फिल्म नै बनायो ।
पवन पौडेल

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved