कलेज बङ्क गर्थे फेसबुक पिता - College Times : Educational Magazine
Headlines News :
Home » » कलेज बङ्क गर्थे फेसबुक पिता

कलेज बङ्क गर्थे फेसबुक पिता

Written By Neplee on Friday, February 17, 2012 | 6:22 PM


हामी कति जना मानिसहरूका बारेमा जानकारी राख्न सक्छौँ ? आफ्नै मिल्ने साथी सङ्गिनीहरूको जन्मदिन पनि कतिलाई याद नहुन सक्छ । यहाँ यस्ता मानिसको चर्चा गर्न थालिएको छ, जसले २०११ डिसेम्बरसम्ममा विश्वभरका ८४ करोड ५० लाख व्यक्तिको जानकारी राखेका छन् । ती अरू कोही नभएर सामाजिक सञ्जालमा आधिपत्य नै जमाएको फेसबुकका संस्थापक मार्क जुकरवर्ग नै हुन् ।
मार्क जुकरवर्ग १४ मे १९८४ मा न्यूयोर्कको ह्वाइट पेन्समा माता करेन र पिता ईडवार्ड ९भ्मधबचम० को कोखबाट जन्मेका हुन् । ६ वर्षको कलिलो उमेरमा नै उनलाई उनका बाबुले ब्तबचष् द्यबकष्अ एचयनचबmmष्लन (अटारी बेसिक प्रोगामिङ) सिकाउन थालेका थिए । सानैदेखि कम्प्युटर प्रोग्रामिङ र कम्प्युटर गेम बनाउने रुचि भएका कारणले  विद्यालय अध्ययन गर्ने उमेरमा नै उनले जुकनेट नाम गरेको एउटा सफ्टवेयर प्रोग्राम बनाएका थिए । यो सफ्टवेयरले इडवार्डको दन्त क्लिनिक र घरमा रहेको कम्प्युटरबीच सम्पर्क हुन सक्थ्यो । त्यही अवधारणमा अर्को वर्ष एओएल ९ब्इी० म्यासेन्जर निस्केको हो । उनीभित्र रहेको दक्षता देखेर माइक्रोसफ्ट र एओएलले जुकरवर्गलाई आफ्नो कम्पनीमा आबद्ध गराउन खोजेका थिए । तर, उनी त्यतातिर ध्यान नदिएर हावर्ड विश्वविद्यालयमा उच्चशिक्षा प्राप्त गर्न लागे ।
सो विश्वविद्यालयमा अध्ययन गरिरहेका उनले आफ्नो विश्वविद्यालयको सबै विद्यार्थीको फोटो र परिचयसहितको किताव नभएको भन्दै कलेज प्रशासनलाई देखाउनका लागि सन् २००४ मा केही  साथीहरूको सहयोगले विद्यार्थीको फोटो र उनीहरूको बारेमा जानकारी फेसम्याच भन्ने साइटमा राखे । त्यो साइट हार्वड विश्वविद्यालयको कम्प्युटर नेटवर्कभित्र नै पथ्र्यो । उनले ती फोटो र जानकारी पनि त्यही विश्वविद्यालयको नेटवर्कबाट ह्याक गरेर लिएका थिए । दुई घण्टाभित्रमा ती तस्बिरहरू चार सय ५८ जनाले अवलोकन गरे । त्यसबाट जुकरवर्ग निकै उत्साहित भए । दुई हप्ताभित्रमा त्यस विश्वविद्यालयको दुई तिहाई विद्यार्थीले आफ्नो फोटो र परिचय त्यस साइट राखे । त्यसपछि त के चाहियो, मार्क जुकरवर्ग पढाइ–लेखाइ गोली मारी  फेसम्याचलाई व्यावसायिक बनाउन लागि परे ।
नेपाली समाजले पढाइलाई बीचैमा छाड्नेहरूलाई राम्रो नजरले हेर्दैन । तर, विश्वमा यस्ता धेरै व्यक्तिहरू छन् जसले विश्वविद्यालयको पढाइलाई बीचैमा छाडेर सफलता हात पारेका छन् । विश्वका धनी व्यक्तिहरूको मात्र सूची प्रकाशित गर्ने ‘फोब्र्स’ पत्रिकाका अनुसार, विश्वका अर्बपतिहरूमध्ये ३५ जना अर्बपति कलेज ड्रपआउट सूचीमा छन् । फोब्र्सकाअनुसार कलेज छाड्ने अर्बपतिहरूको सम्पत्ति औसतमा नौ दशमलव चार अर्ब अमेरिकी डलर रहेको छ, जबकि पीएचडी गरेका अर्बपतिहरूको औसत सम्पत्ति मात्र तीन  दशमलव दुई अर्ब डलर छ । यस्तो सफलता हात पार्नेहरूमा मार्क जुकरवर्ग सँगसँगै बिल गेट्स, स्टीभ जब्स, जुलियन असान्ज, लेडी गागालगायत पर्छन् ।
कलेज प्रशासनलाई चेतावनी दिनका लागि भनेर बनाइएको साइट फेसम्याच नै पछि फेसबुकमा रूपान्तरित भएको हो । त्यही फेसबुकले आठ वर्षको अवधिमा विश्वलाई हल्लाउन सक्ने क्षमता राख्ला भनेर उनले समेत सोचेका थिएनन् । अहिलेसम्म विश्वभरका ८४ करोड ५० लाख मानिसहरू यसका सदस्य बनिसकेका छन् भने देवनागरी लिपिलगायत ७० भन्दा बढी लिपि र भाषामा यो साइट सञ्चालनमा आएको छ । फेसबुकले राखेको तथ्याङ्कअनुसार गत डिसेम्बरको अन्त्यसम्ममा औसत दैनिक रूपमा ४८ करोड ३० लाख सदस्यहरूले फेसबुक चलाए भने मोबाईलबाट मासिकरूपमा औसत ४२ करोड ५० लाख सदस्यहरूले फेसबुक प्रयोग गर्दछन् ।
विश्वको जनसङ्ख्यामा प्रत्येक १३ मा एक जना फेसबुकको सदस्य छन् । जसमध्ये १८ देखि ३४ वर्ष उमेर समूहका सदस्यहरू ४८ प्रतिशत रहेको छ ।  नयाँ वर्ष सन् २०१२ को अवसरमा मात्रै फेसबुकमा ७५ करोड फोटोहरू अपलोड गरिएका थिए ।
अनलाइन स्कुल डट ओआरजीले गरेको सर्वेक्षण अनुसार हरेक २० मिनेटमा फेसबुकमा निम्न घटनाहरू हुन्छन् ।
(विस्तृतिका लागि तालिका हेर्नुहोस् । )

Comment                 10208000
Message Sent            2716000
Photo Upload            2716000
Friends Request Accepted  1972000
Status Update           1851000
Wall Post                  1587000
Event Invites             1484000
Tag Photos               1323000
Link Shared              1000000


जुकरवर्गलाई धनी बनाउने नेपाली कति छन् त ?
नेपालको कुरा गर्ने हो भने इन्टरनेट प्रयोगकर्तामध्ये फेसबुकका लगभग १४ लाख सदस्य छन् । जसमध्ये ६९ प्रतिशत पुरुष र ३१ प्रतिशत महिला छन् । उमेरको हिसाबमा हेर्ने हो भने १८ देखि २४ वर्षसम्मका ४८ प्रतिशत, २५ देखि ३४ वर्षसम्मका २७ प्रतिशत, १६ देखि १७ वर्षसम्मका १० प्रतिशत, ३५ देखि ४४ वर्षसम्मका सात प्रतिशत छन् ।
जुकरवर्ग एक मध्यम वर्गीय परिवारमा जन्मेका व्यक्ति हुन् । तर सन् २००८ देखि उनी विश्वका कान्छा अर्बपति बन्न पुगेका छन् । उनले फेसबुकबाट मासिक पाँच लाख अमेरिकी डलर तलब पाउँछन् भने उनको अहिलेसम्मको सम्पत्ति १७ दशमलव पाँच अर्ब अमेरिकी डलर भएको छ । २८ वसन्त पार गरिसकेका जुकरबर्ग अविवाहित हुन् । सामाजिक सञ्जालको बारेमा बनेको फिल्म ‘द सोसियल नेट’ मा मार्क जुकरवर्गको गर्लफ्रेन्ड भ्चष्अब ब्दिचष्नजत (एरिक अल्ब्राईट) भनेर देखाइएको छ तर वास्तवमा उनको गर्लफ्रेण्ड एरिका नभएर एचष्कअष्ििब अजबल (प्रिससिला चान) हुन् ।
जुकरवर्ग यसरी विश्वमा चर्चित हुनुमा उनको उच्च आत्मविश्वास र कामप्रतिको लगाव नै हो । फेसबुक मात्र चिनेका मानिसले जुकरवर्ग अझै नजिकबाट चिन्ने मौका पाए । जब अमेरिकाको टाइम म्यागजिनले विश्वमा महाभुकम्प नै ल्याइदिने विकिलिक्सका संस्थापक अष्ट्रेलियन नागरिक जुलियन असाञ्जलाई छाडेर मार्क जुकरवर्गलाई सन् २०१० को वर्ष व्यक्ति घोषणा ग¥यो । त्यस्तै सोनी पिक्चर एशोसियनले मार्क जुकरवर्गको जीवनीलाई लिएर ‘द सोसल नेट’ भन्ने फिल्म नै बनायो ।
पवन पौडेल
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved