महान विचारक अरस्तु - College Times : Educational Magazine
Headlines News :
Home » » महान विचारक अरस्तु

महान विचारक अरस्तु

Written By Neplee on Friday, September 21, 2012 | 5:39 AM


दार्शनिकहरूले प्राचीन–दर्शनको इतिहासलाई सुकरातपूर्व र सुकरात–उत्तर गरी दुई भागमा विभाजित गरेका छन् । उनीहरूले सुकरातपूर्वको युगलाई सोफिस्ट दर्शनको युग र उत्तरको युगलाई यथार्थवादी दर्शनको युग मानेका छन् । विशेषगरी यस युगमा सुकरातका शिष्य प्लेटो र उनका पनि शिष्य अरस्तु (एरिस्टोटल) जस्ता दार्शनिकहरू अगाडि आएका छन्, जसले सुकरातलाई चिनाउनेदेखि उनको दर्शनलाई विकासको शिखरमा पु¥याउने कामसमेत गरेका छन् । अरस्तुपछि झन्डै एक हजार आठ सय वर्षसम्म दार्शनिक जगतमा अन्धकार छाएको र त्यसपछि अर्कै सिराबट चिन्तनको सुरुआत भएकाले उनी  प्राचीन दर्शनको अन्तिम कडीको रूपमा समेत रहेका छन् ।
ईशापूर्व ३८४ मा युनान (ग्रीस)को स्टागिरामा जन्मेका अरस्तुले १८ वर्षको उमेरमा प्लेटो एकेडेमीमा भर्ना भई दर्शनको क्षेत्रमा गहन अध्ययन गरेका थिए, जुन एकेडेमी उनका गुरु प्लेटोले आफ्ना गुरु सुकरातको मृत्युको केही समयपछि उनको विचारलाई विश्वव्यापी बनाउन स्थापना गरेका हुन् । यसो त शिक्षित परिवारमा जन्मेकाले अरस्तुले घरमै पनि उचित शिक्षा–दीक्षाको राम्रो अवसर पाएका थिए ।
प्लेटो बहुमुखी प्रतिभाका धनी थिए । भनिन्छ, उनलाई नआउने भन्ने कुनै विषय नै थिएन । उनी आध्यात्मिक विज्ञान, भौतिक विज्ञान, ज्योतिर्विज्ञान, खगोलशास्त्र, भूगोलशास्त्र, प्राणीशास्त्र, साहित्य, सङ्गीत, कला, धर्मसंस्कृति, राजनीति आदि सबै विषयमा पोख्त थिए र विद्यार्थीहरूलाई यी सबै विषय पढाउँथे तर बोटबिरुवा र जनावरहरूलाई वैज्ञानिक ढङ्गले वर्गीकरण गरी समूह विभाजन गर्न सफलता पाएका यी बहुमुखी प्रतिभा गणितमा भने अपेक्षाकृत कमजोर थिए रे ! उनले आफंैले लेखेका प्यारा साइकीलगायत केही किताव मात्र प्रकाशित छन् । यसबाहेक उनका अन्य जति पनि प्रकाशित किताव छन् ती सबै उनले पढाएका र दिएका प्रवचनहरूमा आधारित छन्, जसलाई उनको शिष्यहरूले प्रकाशित गराएका हुन् ।
आफ्नै गुरुभाइ (प्लेटोको अर्का शिष्य) की छोरी पाइथियाजसित विवाह गर्न पुगेका अरस्तु यदाकदा अव्यावहारिक, मुडी र एकसुरेजस्ता पनि देखिएका छन् । उनले हनिमुनको समयसमेत नवदुलहीसित नभई समुद्री किनारमा जीवजन्तुको अध्ययन गरी बिताएका थिए । यही विषयलाई लिएर कतिले उनको पत्नीसित सुरुदेखि नै त्यति राम्रो सम्बन्ध थिएन भनेका पनि छन् । सायद यही लोकापवादसित बच्नलाई होला उनी विवाहपछि केही समय युनानकै लेसवसमा बस्न पुगेका थिए । एउटी छोरीको जन्मसँगै पत्नी पाइथियाजको मृत्य भएकाले उनी अर्को विवाह गर्न वाध्य भएका भए पनि उनको मन भने प्रथम पत्नी पाइथियाजसँगै थियो ।
अरस्तुका अनुसार सबैले नराम्रो काम हो भन्ने थाहा पाएपछि त्यो काम गर्न छोड्ने हो भने निःसन्देह संसारको स्वरूप अर्कै हुने थियो । न कानुन चाहिन्छ न प्रहरी प्रशासन र न्यायलयकै आवश्यकता पर्दछ । जति पनि संसारको स्वरूप बिग्रेको छ सबै विशेषगरी आफूलाई बढी ज्ञानी र जान्ने–सुन्ने हौं भन्नेहरूको गति छाडा प्रवृत्तिकै परिणाम हुन् । क्षणिक लाभ–हानीको चिन्ता र आलोचना तथा प्रशंसाको हिसावकिताव त सामान्य मानिसले मात्र राख्छन् । महापुरुषहरू हमेसा यसबाट टाढै हुन्छन् ।
वास्तवमा महापुरुष त्यही हुन्छ जो अरुलाई यसो गर्नुपर्छ र त्यसो गर्न हुन्न पनि भन्दैनन् र प्रशंसा तथा आलोचनाको पर्वाह पनि गर्दैनन् । उनीहरू लागेको र देखेको कुरो निर्धक्क भन्छन् र आफँै उदाहरण बनी गरेर देखाउँछन् । अरस्तुले त्यस्तै गरेका छन् । यस्ता यथार्थवादी दार्शनिकले ६२ वर्षको उमेरमा (ईपू. ३२२ मा) यस संसारबाट बिदा लिएका थिए तर उनको विचार भने अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । ०००
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved