युवा व्यवस्थापनको आवश्यकता - College Times : Educational Magazine
Headlines News :
Home » » युवा व्यवस्थापनको आवश्यकता

युवा व्यवस्थापनको आवश्यकता

Written By Neplee on Friday, September 21, 2012 | 5:39 AM


मानव विकासको महत्वपूर्ण एवम् ऊर्जाशील उमेरको रुपमा युवा अवस्था रहेको हुन्छ । युवा  जनसङ्ख्याको मात्रा, यिनको गुण एवम् क्षमताले मुलुकको विकासको गति प्रभावित बन्दछ । मुलुकको जनसङ्ख्यिक स्वरुपको निर्धारणमा युवा जनसङ्ख्याको ठूलो हात रहने गर्छ । यसकारण जनसङ्ख्या व्यवस्थापनमा युवा व्यवस्थापन अनिवार्य शर्त हो ।
सामान्यतयाः १० देखि २४ वर्षसम्मको उमेरको हदलाई युवा जनसङ्ख्या भन्न सकिए तापनि युवा अवस्थाभित्र कसलाई समेट्ने भन्ने अन्योल कायम छ । किनकि कतिपय राजनीतिक तथा सामाजिक सङ्गठनको १६ वा १८ वर्षदेखि ४० वर्षसम्मको अवस्थालाई युवावस्थामा लिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षसम्मको उमेरलाई किशोरकिशोरीको रुपमा परिभाषित गरेको छ । जनसङ्ख्यिक विश्लेषणमा प्रायः १५ देखि २४ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवा–युवती भनिएको पाइन्छ । यसैगरी,
राजनैतिक दलका ४०÷५० वर्ष उमेर नाधेका नेताहरुसमेत आफूहरु युवा नेता भएको बताउँछन् । बाल्यावस्थादेखि वयस्क अवस्थातर्फको उमेरको यस अवस्थाका मानिसमा तीव्र रुपमा शारीरिक,  मनौवैज्ञानिक एवम् व्यवहारगत परिवर्तनहरु भए तापनि यसले सामाजिक सङ्कट र समस्याहरु सिर्जना गर्छ, पाको र काँचो ठान्ने मनोविज्ञानका बीचमा ठूलो अन्तर उत्पन्न गरिदिन्छ ।
एकातिर उनीहरु अभिभावकीय संरक्षकत्वबाट स्वतन्त्रताको खोजीमा रहेका हुन्छन् भने अर्कोतिर अनुशासनको दायराभित्र राख्नुपर्ने कुरामा जोड दिइरहेका हुन्छन् । जसका कारण पुस्तागत अन्तरद्वन्द्वसमेत विकसित हुन पुग्छ । हुन पनि सीप, दक्षता र दृढताले भरिपूर्ण भई उत्पादनशील हुन सक्ने युवाशक्तिको व्यक्तित्व विकासमा तिनको सङ्गत, अनुभव, शिक्षा र स्वास्थ्यको अवस्थाले दूरगामी प्रभाव छोड्न पुग्छन् । युवा भन्नेबित्तिकै जीवनकै ऊर्जाशील, गतिशील एवम् महत्वपूर्ण समयावधि भएकाले अवस्थामा भोगेका, प्राप्त गरेका र सिकेका कुराहरुको प्रभावले युवाहरुको मात्र नभई मुलुककै भविष्य निर्धारण हुने गर्छ ।
वर्तमान समयमा अपनाएको जीवनशैलीले दीर्घकालीन प्रभाव पार्छ् । यसबेला खासगरी किशोर–किशोरी तथा युवाहरु आधुनिकताको नाममा बेलगाम घोडाजस्तै दौडिन पाउने वातावरण बनेमा त्यो परिवार, समाज र राष्ट्रकै लागि अहितकार हुन्छ । पछिल्लो समयमा कक्षा बङ्क गर्ने, असुरक्षित र अप्राकृतिक यौन कार्यमा संलग्न हुने, मोबाइल फोनको दुरुपयोग गरी अवाञ्छित कार्य गर्ने, आदर–सत्कारलाई तिलाञ्जलि दिई अग्रजको सल्लाह र मार्गदर्शनलाई बेवास्ता गर्ने, अन्धाधुन्धरुपमा पश्चिमा संस्कृतिलाई अवलम्बन गरी अर्धनग्न फेसनहरुको प्रयोग गर्नाले आउँदो पुस्ता कुन दिशातिर जाँदैछ ? सहजै अनुमान लगाउन सकिन्छ ।
यसको अर्थ सबै युवाहरु त्यो दिशातिर जाँदैछन् भन्ने  होइन । खासगरी हाम्रो सामाजिक परिप्रेक्ष्यमा किशोर–किशोरी तथा युवा–युवतीले अभिभावकसमक्ष आफ्ना समस्या राख्न सक्ने अवस्था विकसित भएको छैन भने अर्कोतिर चेतनाको कमीका कारण अभिभावक पनि आफ्ना सन्ततिलाई लैङ्गिक चेतना दिन सक्ने अवस्थामा छैनन् ।
उत्पादनशील र उर्जाशील  युवाको समुचित परिचालनका लागि शिक्षक, अभिभावक तथा अग्रजले सही मार्गदर्शन दिनु जरुरी छ तर यसका लागि युवामंैत्री सरसल्लाहको वातावरणन बन्नु आवश्यक छ । यसैगरी परिवार नियोजन तथा किशोर–किशोरी प्रजनन स्वास्थ्य सेवाको बिस्तारमा जोड दिई युवामैत्री कार्यक्रमको सुरुवात् गर्ने प्रयासको थालनी भएमा युवावस्थामा देखिने जोखिम तथा सङ्क्रमणलाई कम गर्न सकिन्छ ।
नेपालको जनसङ्ख्यामा करिब ३० प्रतिशत युवाहरु छन् (तालिका) ।  युवा जनसख्याको यो अनुपात विगतका वर्षहरुदेखि आगामी केही दशकसम्म पनि उस्तै रहने अनुमान केन्दीय तथ्याङ्क विभागको छ । युवा जनसङ्ख्या वर्तमान समयमा नेपालका लागी चुनौती र सम्भावना दुवै हुन् । नेपालको अहिलेको जनसङ्ख्याको बनोट र संरचना विश्लेषण गर्ने हो भने युवा जनसङ्ख्याको बाहुल्य रहेको देखिन्छ । यो अवस्था देश विकासका लागि अवसर र महत्वपूर्ण स्रोत पनि बन्छ ।
यद्यपि, युवा जनसङ्ख्याको महत्व सङ्ख्यात्मक रुपमा मात्र सीमित नभई तिनको गुण एवम् दक्षतामा समेत देखिनुपर्छ । युवावस्थामा व्यक्तिले आफ््नो व्यक्तित्व विकास गरी आफू, आफ््नो परिवार, समुदाय र राष्ट्रको रुपान्तरणमा सक्रिय अभियन्ता बनी भूमिका निर्वार्ह गर्नु अहिलेको महत्वपूर्ण आवश्वयकता रहेको देखिन्छ । यसका लागि युवा लक्षित शैक्षित अवसर, समुचित  स्वास्थ्य  सेवाको पहुँच, पारिवारिक र सामुदायिक सहभागिता, सामाजिक, आर्थिक सूचना एवम् परामर्श तथा सुरक्षात्मक कानुनी व्यवस्था अवलम्वन गरिनु जरुरी छ ।
युवाहरुको व्यक्तित्व विकास गर्दै उनीहरुलाई सक्रिय अभियन्ता बनाउनका लागि शैक्षिक अवसरको भूमिका महत्वपूर्ण रहन्छ  । शिक्षा नै व्यतिmत्व विकासको आधारस्तम्भ भएकाले युवा तथा किशोर–किशोरीहरुलाई शैक्षिक अवसरबाट वञ्चित गराउनुहुँदैन । विविध कारणले विद्यालय–विश्वविद्यालय छोड्ने दरलाई हटाउन सबै क्षेत्रबाट प्रयास गर्नुपर्दछ । युवावस्थामा आवश्यक स्वास्थ्य सेवा तथा परामर्श प्रदान गर्न युवामैत्री स्वास्थ्य सेवाको विकासमा ध्यान दिनुपर्छ ।
पारिवारिक एवम् सामुदायिक निर्णय प्रक्रियामा युवापुस्ताको सहभागिता प्रवद्र्घन गर्ने, उनीहरुको सार्थक पहिचान स्थापित गर्ने, उनीहरुको अभिकर्ता भूमिकालाई प्रोत्साहित गर्ने, पुस्तौनी दूरी घटाउने, स्थानीयस्तरमा सञ्चालन हुने विकास कार्यालय÷आयोजनामा युवा जनसङ्ख्याको सहभागिता जुटाउने प्रयास गर्नुपर्छ । उनीहरुलाई अध्ययन, सीप विकास, रोजगारी तथा स्वरोजगारीका अवसर उपलब्ध गराएर युवामैत्री नभएका विद्यमान कानुनी व्यवस्थामा पुनरावलोकन गरी युवा व्यवस्थापन गर्न सकिने कुरामा कसैको दुईमत नहोला ।


विमल नेपाल


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved