Home »
व्यक्तित्व
» सुन्दरी जासुसको दर्दनाक अवसान
सुन्दरी जासुसको दर्दनाक अवसान
Written By Neplee on Wednesday, February 13, 2013 | 11:24 PM
समूह वा सङ्गठनमा काम गर्दा निकै सावधानी र होसियारी अपनाउनुपर्छ । एक जनाको सानो गल्तीले समूहका सबै जनाले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । त्यसमा पनि अझ सुरक्षा तथा राजनीतिक सङ्गठनका सदस्यहरूले त अझ बढी ध्यान दिनुपर्छ । जासुस संस्थामा काम गर्ने विश्वकै प्रख्यात एक महिला जासुसले यस्तै नियति भोगिन् । उनको सानो गल्तीले उनी कार्यरत क्रान्तिकारी सङ्गठनमा निकै ठूलो क्षति पु¥यायो र गल्तीकै कारण उनी आफैँ पनि संसारबाट बिदा भइन् ।
महिलाहरूमध्ये पहिलो जासुस भनेर चिनिएकी माताहरी, सिन्थियाजस्तै अलियास तेनिया पनि सुन्दरी जासुुस थिइन् । धेरै बुद्धिमान र सफल जासुसको रूपमा इतिहासमा उनको नाम लिने गरिन्छ । उनी एकै समयमा तीन वटा देशका लागि जासुसी गर्थिन् । उनले तत्कालीन क्रान्तिकारी चे ग्वेभाराको विश्वासपात्रका रूपमा पनि काम गरेकी थिइन् । साम्राज्यवादी मुलुकहरू तेनियालाई चेको मृत्युको कारक मान्छन् तर कम्युनिस्ट देशहरू भने उनलाई राष्ट्रभक्त र गुरिल्ला लडाकुको रूपमा आदर गर्छन् । केही कम्युनिस्टहरूको भनाइ छ, तेनियाले चेसँगै गुरिल्ला राज्यक्रान्तिको लागि आफूलाई आत्मदाह गरिन् । वास्तवमा आजसम्म पनि तेनियाको चरित्र र उनको संलग्नताको बारेमा स्पष्ट हुन सकेको छैन ।
क्युवामा गरिएको क्रान्ति सफल भएपछि चे ग्वेभाराले आफ्नो सम्पूर्ण ध्यान अन्य ल्याटिन अमेरिका र विशेषगरी बोलिभिया र अर्जेन्टिनातर्फ केन्द्रित गरे । त्यहाँका शोषित समुदायलाई उठाएर सशस्त्र क्रान्तिमार्फत् परिवर्तन ल्याउने उनको उपाय थियो । त्यसक्रममा तेनियाले चेलाई ठूलो मद्दत गरिन् । तर, तेनियाको सानो गल्तीले गर्दा योजना विफल भयो ।
अर्जेन्टिनामा सन् १९३७ मा जन्मेकी तेनिया बाल्यावस्थादेखि नै कम्युनिस्ट बनिसकेकी थिइन् । उनका पिता पूर्वी वर्लिनका प्राध्यापक थिए भने आमा प्रहरीमा थिइन् । १९५२ मा उनीहरू पूर्वी जर्मनी फर्के । १५ वर्षीया तेनियाले कम्युनिस्टसम्बन्धी तालिम र ज्ञान लिइसकेकी थिइन् । विश्वविद्यालयमा अध्ययनका क्रममा उनले माक्र्स दर्शनको पनि अध्ययन गरिन् । उक्त समयमा उनी स्वतन्त्र जर्मन युवा समूहमासमेत आबद्ध भएर सक्रियतापूर्वक काम गर्न थालेकी थिइन् । पछि उनी ल्याटिन अमेरिकन युवा ब्युरोको कर्मचारीमा समेत नियुक्त भइन् । त्यसै समयमा उनले ल्याटिन अमेरिका जाने राजनीतिक नेताहरूको पथप्रदर्शकको काम पनि गर्थिन् ।
२१ वर्षको उमेरमा उनी जासुसी संस्था एमएफएसको एजेन्टको रूपमा सक्रिय हुन थालिन् । लगत्तै उनले आफ्नो नाम तेनियाबाट तामेरामा परिवर्तन गरिन् । उनले थुप्रैपटक मस्को, पाराग्वे र भियनाको भ्रमण गरिन् । त्यसै समयमा उनलाई केजिबीले आफ्नो लागि पनि काम गरिदिन अनुरोध ग¥यो । तेनियाले त्यो आग्रहलाई स्वीकार गरिन् । वास्तवमा एमएफएसले नै तेनियालाई केजिबीसँग आबद्ध हुन स्वीकृति दिएको थियो । जासुसी रणनीति थियो यो एमएफएसको ।
सन् १९५९ मा तेनियाको भेट तत्कालीन सरकारी राष्ट्रबैंकका प्रमुख चेसँग भयो । एमएफएसले तेनियालाई चेको सहयोगीको रूपमा पठायो । उनीहरू एकअर्काप्रति आकर्षित भए । कडा तालिम लिइसकेपछि तेनियालाई क्युवियन युद्ध नर्तकहरूसँग मस्कोको क्युवान राज्यको हवाना पठाइयो । ती नर्तकहरू पूर्वी जर्मनीमा नृत्य प्रस्तुत गर्न आएका थिए । चेकै प्रयासमा उनले शिक्षा मन्त्रालयमा काम गर्न थालिन् । चेले उनलाई क्युवाको महिला पारा मिलिट्रीमासमेत आबद्ध गराए ।
चेले जब बोलिभियामा गुरिल्ला क्रान्तिको योजना बनाए, तब उनले तेनियालाई जासुसीको लागि सङ्गठन तयार गर्न लगाए । तेनिया चेको जासुस कर्मचारी बनेर बोलिभियाको राजधानी लापाज पुगिन् । त्यहाँ उनले अमेरिकन–इन्डियन लोक सङ्गीतको अधिकारी र सेरामिक कलाकारको रूपमा आफ्नो कला देखाइन् । त्यहाँ उनी शिक्षक तथा विद्यार्थी दुवै भेषमा देखिइन् र सबैको मन जितिन् ।
सांस्कृतिक कलाकारको रूपमा उनले चेको लागि आवश्यक सम्पूर्ण कामहरू गरिन् । उनले स्थानीय कम्युनिस्ट पार्टीहरूसँग पनि सम्पर्क स्थापित गरिन् । उनले आफूलाई जङ्गलमा लुकेर बसेका गुरिल्लाहरू र बाहिरी विश्वसँग सम्पर्क स्थापित गराउने महत्वपूर्ण पुलका रूपमा स्थापित गराइन् । वास्तवमा चेको गुरिल्ला क्रान्तिको सबै मुख्य र आधारभूत अभिभारा तेनियाले आफ्नो काँधमा बोकेकी थिइन् ।
त्यहाँ काम गर्दा उनलाई पासपोर्ट र त्यहाँको नागरिकताको आवश्यकता पथ्र्यो । त्यसको उनले सन् १९६६ मा स्थानीय एक युवकसँग विवाहको नाटक गरेर भए पनि पासपोर्ट र नागरिकता प्राप्त गरिन् । त्यसलगत्तै उनले उसलाई छोडपत्र दिइन् । ती सबै काम गरिरहँदा उनले एउटा सानो भुल गरिन् । जसको परिणाम निकै खतरनाक सावित भयो ।
केही मानिसले उनीमाथि शङ्का गरे । तेनियाकै कारण आर्मीले चेको बारेमा सूचना पाउँथे । २३ मार्चको दिन चेले क्रान्तिको दिनको रूपमा सबै तयारी मिलाए । तर, त्यसको ठीक १० दिनअघि बोलिभियन सेनाले उनीहरूमाथि आक्रमण गरे । पहिलो आक्रमणमा सात जना बोलिभियन सेना मारिए भने गुरिल्लाहरू समातिए । उनीहरू जङ्गलमै भागे । जहाँ उनीहरू चार महिनासम्म भड्किए र कति मरे ।
तेनियाका अन्तिम दिनहरू निकै दर्दनाक र दुखद् रह्यो । चेले तेनियालाई योजनाको असफलताको कारकका रूपमा ठह¥याए । पछि जब उनीहरूको भेट भयो, तब चेले उनलाई निकै गाली गरे । सबै गुरिल्लाहरूले उनलाई दोहोरो जासुसका रूपमा ठह¥याए । उनलाई जङ्गलतर्फ खेदियो । उनले १०२ डिग्रीको तापक्रममा पनि हिँड्नुप¥यो । आधा खाना र आधा लुगामा उनी महिनाभर जङ्गलमा भौँतारिइन् । परिणामस्वरूप उनी मानसिक र शारीरिक रूपमा विक्षिप्त भइन् ।
१९६७ को अगस्ट ३१ मा उनी बोलिभियन आर्मीबाट मारिइन् । त्यतिखेर उनी गोरिल्लाको अन्तिम टुकडीसँग लागेर मुसीकोरिइ नदी तरिरहेकी थिइन् । आठ दिनपछि मात्र उनको मृत शरीर पानीमा तैरिरहेको अवस्थामा मिल्यो । उनको साथमा रहेको नागरिकता तथा परिचयपत्रको आधारमा मात्र उनलाई चिन्न सकियो ।
Labels:
व्यक्तित्व
0 comments:
Speak up your mind
Tell us what you're thinking... !