विद्यार्थीले गरे आविस्कार - College Times : Educational Magazine
Headlines News :
Home » » विद्यार्थीले गरे आविस्कार

विद्यार्थीले गरे आविस्कार

Written By Collegetimes on Sunday, June 1, 2014 | 12:49 AM


  • दुर्गा बस्नेत


महेन्द्रनगर–७ पुलाहा शान्तिचोकका १६ वर्षीय लालबहादुर भुजेल (सुरेन)ले विभिन्न वैज्ञानिक आविस्कार गरेर सबैलाई चकित बनाइरहेका छन् । उनले पछिल्लो पटक निर्माण सार्वजनिक गरेको आश्चर्यजनक वैज्ञानिक उपकरण हो, क्लाप अपरेटेड स्वीच । उनले बनाएको ‘क्लाप अपरेटेड स्वीच’ नामक बत्ती आवाजले चल्छ । थपडी मार्दा बल्ने र बन्द हुने यो बत्ती उनले कन्डिस्नरको बट्टा, माइक, चार्जरका पार्टस्हरू र विद्युतीय तारको प्रयोग गरेर कुनै तालिमबिना नै घरमै बनाएका हुन् । 

भुजेलले थपडी मार्दा बल्ने र निभ्ने क्लाप अपरेटेड बत्ती मात्र हैन, अटो कन्ट्रोल मोटर–पम्पसमेत बनाएका छन् । ट्याङ्कीमा पानी भरिँदा बन्द हुने र ट्याङ्की खाली हुँदा आफैं मोटर चल्ने विशेषता रहेको मोटर पम्पले गर्दा पानी पोखिने र ट्याङ्की खाली हुने डर नहुने भुजेलले बताए । 

उनले एक वर्षअगाडि घरेलु सामानको प्रयोग गरेर इन्भर्टर बनाएका थिए । रेडियो, टेलिभिजन, मोबाइल आदिका चार्जर र एम्लिफायरका टुक्राहरू जोडेर बनाइएको इन्भर्टर एक वर्षसम्म चलेको उनकी दिदी मीना श्रेष्ठले बताइन् । रत्नबहादुर र मिठुमाया भुजेलका कान्छा छोरा लालबहादुर यसै वर्ष भरौल–३ इक्राहीस्थित मर्निङ स्टार इङ्लिस स्कुलबाट एसएलसी दिएका छात्र हुन् । आर्थिक रूपले विपन्न परिवारका भुजेलले स्थानीय समाजसेवीको सहयोगमा सो स्कुलमा नर्सरीदेखि एसएलसीसम्म निःशुल्क अध्ययन गरेका हुन् । 

सानैदेखि नया“–नया“ आविस्कार गर्न खोज्ने भुजेलले यस्ता काम गर्ने प्रेरणा हिन्दी फिल्म ‘थ्री इडियटस्’बाट पाएको बताए । ‘अरूले सक्दैनस् भन्दा पनि आत्मविश्वासका साथ सक्छु भनेर नछाडेको कारण सफल भएको हु“,’ उनी भन्छन्, ‘मान्छेको जीवनमा फिल्मले पनि ठुलो प्रभाव पार्दोरहेछ !’ सानै उमेरदेखि चित्रकला र सङ्गीतमा रुचि राख्ने भुजेल वैज्ञानिक आविस्कारको कामलाई पढाइ स“ग–स“गै लैजाने बताउ“छन् । उनले आफ्नो घरको भित्तामा आफैंले कोरेको बुबा–आमा, साथीहरू, भगवान् बुद्ध, नेल्सन मण्डेला र कलाकार सलमान खानको चित्रसमेत टा“सेका छन् । उनी इन्जिनियरिङ पढ्ने आफ्नो इच्छा भए पनि एसएलसीपछि कसरी पढाइ अगाडि बढाउने भन्ने चिन्तामा छन् । उनी घरको आर्थिक अवस्था अति कमजोर रहेका कारण कलेज अध्ययनमा समेत कसैले सहयोग गरिदिए कडा मेहनतका साथ पढेर देशलाई नया“–नया“ आविस्कार दिन चाहन्छन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved