छोटो समयमै आर्थिक उन्नति गरेर आफ्नो परिचय बदल्न सफल व्यवसायीमा पर्छन्, भीम पौडेल । इटहरीलाई कर्मक्षेत्र बनाएका पौडेलको सफलता पछाडिको रहस्य भने मर्मस्पर्शी छ । १५ वर्षको उमेरमा २०४६ सालमा एसएलसी परीक्षा दिएर भारतको आसाम छिरेका पौडेल बडाबाको घरमा शरण लिन पुगे र एक वर्षसम्म खेतीपातीमा बिताए । खेतीमा उनको इच्छाले जरा गाड्न सकेन र फर्किए पुख्र्यौली घर तेह्रथुम । फुर्सदिला बस्न नसक्ने उनलाई के गरौं–कसो गरौं भयो ।
त्यतिबेला एसएलसी पास गरेका युवाले सहजै जागिर पाउने र खाने लहर चलेको थियो । उनले पनि ताप्लेजुङमा मुखियाको जिम्मेवारी पाए । तर, जागिरले उनको इच्छामा इँटा थप्ने काम गरेन । छोटो समयै जागिर छाडेर, सत्यनारायण प्रसाईसँग मिलेर तेह्रथुममा २०४७ देखि २०५२ सालसम्म साल्ट टे«डिङको डिलर सञ्चालन गरे ।
काम गर्न कहिल्यै अल्छी नमान्ने पौडेलले हरेक अवसरलाई सदुपयोग गर्दै गए । अवसरको खोजीमा लागेका उनले २०४७ सालमा भैंसी पाल्न भनेर नेपाल बैंकबाट ऋण लिए तर भैसी पालेनन् । त्यो पैसाले तेह्रथुमको बसन्तपुरमा किराना पसल खोले । त्यही पसलले उनलाई निजी व्यापारबाट हुने आर्थिक लाभको रहस्य पत्ता लगाउन सघायो । आठ हजारमा सुरु गरेको पसलबाट पाँच वर्षमा चार लाख ५० हजार रूपैयाँ हात प¥यो । व्यापारको यही सफलताबाट हौसिएर ठूलो व्यवसाय गर्न विराटनगर झरेका उनले जीवनमा पछाडि फर्कनुपरेको छैन ।
नयाँ व्यवसायको उत्साह बोकेर विराटनगर झरेका पौडेलले सङ्गत भेटे विनोद रिजाल र देवराम प्रसाई । रिजाल र प्रसाईको सङ्गतमा खाद्य संस्थानको ढुवानी जिम्मा लिँदै काठमाडौं हानिए । काठमाडौंमा एक वर्षसम्म
काम गरे ।
त्यसपछि कृष्ण प्रसाईसँग दुई वटा ट्रक पाँच लाख ५० हजार रूपैयमा किने । गाडी खरिद गरेपछि दुई वर्ष उनको कार्यक्षेत्र विराटनगर बन्यो । त्यही क्रममा साल्ट ट्रेडिङको ढुवानी र डिलर लिए । र, २०५५ सालदेखि इटहरीलाई कार्यक्षेत्र बनाए । इटहरी सरेपछिका दिनमा उनले झन ठूलो सङ्घर्ष र मेहनत गर्नुप¥यो सफलताका लागि । सुरुवातमा इटहरीकै रमेश पौडेलसँग पार्टनरमा काम गरे । रमेशसँग काम गर्दा उनीसँग नौ लाख पँुजी थियो । रमेशसँग १८ महिना काम गर्दा त्यो घटेर दुई लाख ५० हजारमा झ¥यो । त्यसपछि रमेशसँग अलग्गिए । त्यो बेला उनीसँग धन–सम्पतिका नाममा दुई लाख ५० हजारबाहेक केही थिएन । तिनै दिनमा उनले नुन बेचे । साल्ट ट्रेडिङको ढुवानी र अन्य एजेन्सीको काम पनि सम्हाले । चिनी, नुन, घिउ, ढुङ्गागिट्टीको काम मुख्य थियो । काम गर्दा लोड–अनलोड गर्ने क्रममा आफैं खट्थे ।
यो बेलामा १८ घन्टासम्म काम गरेको सुनाउँदै उनले भने, ‘बिहान तीन बजेको मिठो निद्रा र सुनौलो सपना त्यागेर काममा खटें । अहिले पनि कामलाई त्यसरी नै निरन्तरता दिँदैछु ।’
अचेल १८ घन्टासम्मै व्यस्त भए पनि उनको काम गर्ने शैली परिवर्तन भएको छ । निरन्तरको कामले पौडेलको आर्थिक अवस्था उक्सिदै गयो । २०६१ सालमा इटहरी–४ मा आठ लाख ४० हजारमा घडेरी र २०६२ सालमा घर जोडे । उनले २०५७ सालमा दुई वटा गाडी किनेका थिए । २०५८ सालमा बैंकको ऋण लिएर अरू ट्रक–टिपर थपे । अहिले उनका तीसभन्दा बढी ट्रक–टिपर छन् ।
२०६२ सालमा उनले कुमारी बैङ्कबाट एक करोड एक लाख रूपैयाँ ऋण लिएर इटहरीमा राधाकृष्ण पेट्रोल पम्प खरिद गरे । २०६२–६३ मा मोरङ जिल्ला विकास समितिको ठेक्कापट्टा सेयरमा लिए । २०६५ मा ओमश्री क्रसर उद्योग खोले । त्यही वर्ष पिपुल्स नर्सिङ कलेज इटहरीको लगानी ‘पार्टनर’ भए । मितेरी बैंकको १३ प्रतिशत शेयर खरिद गरे । २०६६ मा मोरङ जिल्ला ढुङ्गागिट्टीको कर सङ्कलनको ठेक्का लिए । त्यो चार वर्षसम्म चल्यो । २०६७ सालमा इटहरी हलगडामा बैंकको ऋण सहयोगमा अठ्ठाइस कठ्ठा जग्गा खरिद गरे । यसरी, पहिले स्वरोजगारका लागि निकै घाम–पानी खेपेका उनले अहिले सात सयभन्दा बढीलाई रोजगारी दिएका छन् । ‘बुद्धि लगाएर सही काम गर्दा अवश्य सफल भइँदोरहेछ,’ उनका शब्दमा भन्दा, ‘व्यापार–व्यवसाय गर्दा सहनशील, इमानदार र खट्न सक्ने हुनुपर्छ ।’ प्रस्तुति : अम्बर

0 comments:
Speak up your mind
Tell us what you're thinking... !