जीवनले आफै बाँच्न सिकाउँदो रहेछ - College Times : Educational Magazine
Headlines News :
Home » » जीवनले आफै बाँच्न सिकाउँदो रहेछ

जीवनले आफै बाँच्न सिकाउँदो रहेछ

Written By Collegetimes on Sunday, May 26, 2013 | 1:14 AM



झापाको  दुवागडीमा  २०२४ सालमा कृष्णमणी र दीपा प्याकुरेलका माइला छोरामा रूपमा जन्मिएका  गणेश प्याकुरेल बिराट हेल्थ फुड प्रोड्क्स प्रा.लिको सञ्चालक र एशियन थाइ फुड्सको महाप्रबन्धक हुन । खाद्य विशेषज्ञता हासिल गरेका प्याकुरेलले यो हैसियत बनाउँन गरेको सङ्र्घष उनकै शब्दमा :

त्रिभुवन विश्वविद्यालयअन्तर्गत खाद्य तथा प्रविधि क्याम्पस हात्तिसारबाट २०४७ सालमा वी.टेक.पढिसक्दा नेपालमा खाद्य उद्योगहरू कम थिए । पढाइ सकेर पनि जागिर पाउन समस्या थियो । झण्डै एकवर्ष काठमाण्डौका गल्लिगल्लि घुमेपछि नेता चक्रप्रसाद बाँस्तोलासँग सम्पर्क भयो । उहाँकै सहयोगमा चौधरी ग्रुपका विनोद चौधरीसँग भेट भयो । नेपाल थाइ फुड्स प्रालिका तात्कालिन महाप्रबन्धक दीपक बाबु तिवारीलाई अन्तर्वार्ता दिएपछि मैले जागिर पाएँ । तर खाद्य प्रविधीमा नभएर प्रशासकीय अधिकृतको रूपमा । त्यसपछिका दिनहमा उत्पादन, गुण नियन्त्रणलगायत केन्द्रिय कार्यालयमा समेत बसेर कच्चा पदार्थ खरिद र एल.सी. सम्बन्धी कामहरू गरेँ । मैले नेपाल थाई फुड प्रा.लि.मा चार वर्ष जागिर खाँदा एउटा कारखाना प्रबन्धकले जान्नु पर्ने प्रायः सबै कुराहरू सिक्ने मौका पाए । त्यसले मेरो आत्मविश्वास दरिलो बनायो ।
जागिरकै दौरान मेरो जीवनमा एउटा रोचक मोड आयो । काठमाण्डौ ल क्याम्पसमा पढ्दै गरेकी पूर्णिमा उपाध्यायसँग सम्पर्र्क बढ्दै गएपछि २०५१ साल बैसाख १० गते लगन गाँठो कसियो । त्यसपछि आफैले पकाएर खानु पर्नेलगायत घरका धेरै कामबाट छुटकारा पाएपछि काममा बढी ध्यान दिन थालेँ ।  
मैरै परामर्शमा पोखराको गण्डकी नुड्ल्सले आहा नामको चाउचाउ बजारमा ल्यायो । बालाजु औद्योगिक क्षेत्रमा मल्टी फुड इन्डष्ट्री प्रा.लि.को मिनमिन ब्राण्डको चाउचाउ कारखाना सञ्चालनमा आएपछि २०५२ सालमा चौधरी ग्रुपको जागिर छोडेर गण्डकी नुडल्समा कारखाना प्रबन्धक भई दोस्रो जागिर सुरु गरेँ । 
त्यहाँ पाँच वर्ष काम गरेपछि बिराटनगरका उद्योगपतिहरू महेश जाजु, पवन शारडा र बिनोद राठीसँग भेट भयो । उहाँहरूकै अग्रसरतामा २०५७ साल फाल्गुन महिनादेखि एशियन थाइ फुड्स प्रा.लि. सञ्चालनमा आयो र मैले त्यसको महाप्रबन्धकका रूपमा जिम्मेवारी सम्हालेँ ।
एशियन थाइ फुड्सले रमपम नामक लोकप्रिय ब्राण्डको चाउचाउ उत्पादन गर्छ । अन्य चाउचाउले ओगटेको बजारमा रमपमलाई स्थापित गर्न निकै कसरत गर्नुप¥यो । समयमा सुरुमा दैनिक १५ मेट्रिक टन उत्पादन क्षमता भएको मेसिन राखियो । त्यसको एक वर्षपछि नै एकपछि अर्को गर्दै चारवटा मेसिन जडान गरियो । १५ मेट्रिकटन उत्पादनबाट सुरु भएको एशियन थाइ फुडस प्रा.लि. १३ वर्षपछि दैनिक ६० देखि ७० मेट्रिकटन उत्पादन गर्ने देशकै दोस्रो ठुलो कारखाना बन्न पुगेको छ र देश र विदेशमा समेत शाखा बिस्तार गर्ने योजनामा छ ।
प्रालिबाट मेरै सक्रियतामा चाउचाउ, चिजबल, कुर्कुरेलगायत ४० भन्दा बढी ब्राण्डका खाद्य पदार्थहरू उत्पादन गरी बिक्रि बितरण भइरहेको छ । जापानको ओसाका शहरमा गुण नियन्त्रणसम्बन्धी एक महिने तालिम लिने क्रममा जापानका टोयोटा, नेशनल पानासोनिक, डेन्सोलगायत विश्व प्रसिद्ध उद्योगहरूको अवलोकन भ्रमण गर्ने मौका मिल्यो । यसरी तालिम, मेसिन खरिद र विदेशमा भएका औद्योगिक प्रदर्शनीको अवलोकनले नयाँ ब्राण्ड र मेसिनसम्बन्धी अवलोकन, अध्ययनका साथसाथै र आइडिया लिने अवसर पाइयो ।
जागिरलाई निरन्तरता दिँदै अहिले केहि व्यवसायीहरूसँग मिलेर विराट हेल्थ फुड प्रोड्क्स प्रा.लि.समेत सञ्चालन गरिरहेको छु । यो उद्योगबाट सन्तुलित ब्राण्डको बच्चाको लिटो, चनाको सातु, फापरको पिठो, बेसन, मकैको ग्रिट, न्युटे«लालगायतका खाद्य पदार्थहरू उत्पादन हुन्छ । चाँडै बच्चा र बिरामीहरूले खान मिल्ने स्वास्थ्यबद्र्धक पौष्टिक चामल साथै पौष्टिक खाजा र विभिन्न किसिमका खाद्य पदार्थ उत्पादन गर्ने लक्ष्य लिएका छौं । पौष्टिक चामल सम्भवतः दक्षिण एसियाकै पहिलो उत्पादन हुनसक्छ ।
केहि पाउनका लागि केही गुमाउनु पर्दोरहेछ । सुरु सुरुमा जागिर खाँदाका दिनहरूमा राती राती काम गर्नुपर्ने कहिले घर पुग्दा रात तीन बजेको हुन्थ्यो । कहिले काहि स्कुटर बिग्रिँदा नख्खु पुलदेखी घिसारेर मैतिदेवी पु¥याइयो, बाटो नदेखेर कति पटक लडियो । जीवनले आँफै बाँच्न सिकाउँदो रहेछ । मैले पनि जीवनबाट पाठ सिकेको छु । जहाँ गएर जस्तो काम गरे पनि कामलाई समय बिताउने जागिर मात्र नसम्झेर जीवनकै महत्वपूर्ण सिकाइको अवसर मान्न सके पक्कै उन्नती हुन्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved