बालबालिकाको प्रथम पाठशाला घर हो र प्रथम शिक्षक आमा हुन् । त्यसपछि
बुबा अनि मात्र शिक्षक (गुरु) । यो सर्वव्यापी मान्यता हो । बालबालिकाको
अन्तरब्रह्मले प्राथमिक तहदेखि नै आपूmलाई राम्ररी सिकाउने, माया
गर्ने तथा चरित्र निर्माण गराउने व्यक्तिलाई गुरु मान्छ । यहाँनेर कक्षामा पढ
मात्र भन्ने,
समय बिताउने, छडी वा शब्दले तर्साउने शिक्षकलाई
उनीहरू गुरु मान्दैनन् । नियमित आकस्मिकताको त्यही सिलसिलामा मेरो बालापनको
स्मृतिसँग जोडिन आइपुगेका केही गुरुहरू सम्झन्छु । प्राथमिक तहमा जनार्दन कायस्थ, गुरूप्रसाद सर र कृष्णचन्द्र पोखरेल अनि
मावि (६–१०)तर्पm नीरप्रसाद सर,
मोजविल सर, बनर्जी सर, खालिक सर, गुणेश्वर सर,
पोद्दार सर, रवीन्द्र सरको नाम मेरो सम्झनामा छ ।
मेरा आदरणीय गुरुहरूमध्ये नीरप्रसाद कोइराला (इनरुवा–६)का बारेमा म यहाँ सम्झनाका केही
शब्दहरू उल्लेख गर्न चाहन्छु ।
नीरप्रसाद सर असल शिक्षकका रूपमा मात्र नभएर नेपाली साहित्यिक क्षेत्रमा
समेत परिचित नाम हो । शिक्षाको विकास नभएको बेला नेपाली भाषा साहित्य शिक्षण गर्न
सक्षम सुनसरीका औंलामा गनिने शिक्षकमा नीरप्रसाद सरको नाम आउँथ्यो । कक्षा ६ देखि
१० कक्षासम्म भगवती माविमा छँदा मैले चार–पाँच वर्ष नीरप्रसाद सरसँग नेपाली भाषा साहित्य अध्ययन गर्ने मौका पाएँ
। नजिकको शिक्षकका रूपमा सङ्गत गर्ने मौका पाएँ । हाल पनि आफूले मनले खाएका शिक्षक
नीरप्रसाद सरसँग निकटता रहिरहेको कुरा मेरा लागि महत्वपूर्ण छ । दक्ष, आत्मविश्वासी तथा निर्भिक नीरप्रसाद
सरलाई म रोलमोडल शिक्षक मान्छु । सरकारी शिक्षण सेवाबाट अवकाशप्राप्त नीरप्रसाद सर
आज पनि जाँगरपूर्वक इनरुवा इङ्लिस बोर्डिङ स्कुलमा नेपाली भाषा–साहित्य अध्यापनमा सक्रिय हुनु यो
क्षेत्रकै लागि उदाहरणीय प्रसङ्ग हो । त्यो विद्यालय तथा त्यहाँ अध्ययनरत
छात्रछात्रा यस मानेमा भाग्यशाली छन् । भाषाशास्त्री महानन्द सापकोटाको
सानिध्यप्राप्त गर्ने थोरै व्यक्तिमा पर्ने नीरप्रसाद सरको नयाँपुस्तामा ज्ञान
हस्तान्तरण गर्ने शैलीबाट म प्रेरित रहँदै आएको छु ।
प्रत्येक छात्र–छात्राले शिक्षकको मूल्याङ्कन गरिरहेका
हुन्छन्, जसरी शिक्षकहरू छात्र–छात्राको मूल्याङ्कन गर्छन् । छात्र–छात्राले आफ्नो ब्रह्मले प्रतिभा पहिचान
गर्ने, माया गर्ने तथा प्रेरणा दिने शिक्षकलाई
चिनिहाल्छन्,
कदर गर्न थाल्छन्
अनि गुरु मान्छन् । त्यसो त शिक्षक धेरै
हुन्छन्, तर असल शिक्षक वा गुरु बन्नु कठिन कार्य
हो । गुरु (गु+रु) शब्दको अर्थ अन्धकार
हटाउनु हुन्छ । अर्थात् गुरुले अज्ञानता हटाई सुज्ञान भरिदिएर शिष्यको चरित्र
निर्माण गर्नुपर्ने सनातनी मान्यता हो । तर, आज हामी शिक्षकले अज्ञानता हटाएर सभ्य नागरिक निर्माण गर्ने कार्यमा कति
टेवा दिनसकेका छौं ?
आत्ममूल्याङ्कन
गर्नुपर्छ ।
ममा रहेको अज्ञानता हटाई चरित्र निर्माणमा सहयोग पु¥याउने नीरप्रसाद सरको उत्प्रेरणा मेरा
लागि सदा स्मरणीय छ । हुन त, सिक्ने
सिकाउने कुरामा शिक्षक सहयोगी वा पथप्रदर्शक मात्र बन्न सक्छ । ग्यालिलियो लेख्छन्, ‘कसैले कसैलाई
पढाउन (सिकाउन) सक्दैन,
मात्र सिक्ने
बाटो देखाउन सक्छ ।’ विद्यालय
सिकाइको प्रमुख थलो हो । अब्राहम लिङ्कन आफ्नो छोरालाई पहिलोपल्ट विद्यालय पठाउँदा
लेख्छन्, ‘सज्जनहरू, मेरो छोरो आजदेखि स्कुल जाँदैछ, उसको सानो हात थामेर उसले जान्नु र
गर्नुपर्ने व्यवहार सिकाइदिनुहोस् । उसमा विवेकको आत्मशक्ति जगाइदिनुहोस् ।’
नीरप्रसाद सरले मलाई यसैगरी मेरो हात समाउँदै डोहो¥याएकाले नै म आज आफूले आर्जित गरेको
ज्ञान नयाँपुस्तामा हस्तान्तरण गर्ने सुमार्गमा हिँड्न सकिरहेको छु । गुरुले मलाई
ज्ञानमार्गमा डोहो¥याएको यो ऋण सायद म आजीवन तिर्न सक्तिनँ
। किनकि पितृऋण,
देवऋण तथा गुरुऋण
तिरेर तिरी नसकिने ऋणहरू हुन् ।
शैक्षिक क्षेत्रबाहेक सामाजिक क्षेत्रमा पनि अग्रणी नीरप्रसाद सरको
योगदान सुनसरी साहित्य प्रतिष्ठान र जनतत्पर पुस्तकालय स्थापनासँग जोडिएको छ
। विभिन्न साहित्यिक पत्रपत्रिकामा
प्रकासित सरका कविता,
समीक्षा, नियात्रा, निबन्ध,
विचार आदिले यो
क्षेत्रमा साहित्यिक जागरण ल्याउन योगदान गरेका छन् । मेरा लागि सदा पे्ररणादायी
व्यक्तित्व नीरप्रसाद सरबाट प्राप्त ज्ञानको ज्ञान आज म छात्र–छात्राहरूमा इमान्दारीपूर्वक प्रसार
गरिरहेको छु,
तर त्यतिले
नपुग्ला । तस्मै श्री गुरवे नमः !
पुरुषोत्तम
घिमिरे प्रधानाध्यापक, भगवती
मावि
0 comments:
Speak up your mind
Tell us what you're thinking... !