Home »
संघर्षको कथा
» बुढेसकाल पनि शिक्षणकै लागि
बुढेसकाल पनि शिक्षणकै लागि
Written By Neplee on Wednesday, April 24, 2013 | 10:52 PM
विराटनगरको शैक्षिक विकासमा योगदान पु¥याउने गुणराज ढुङ्गेलले शिक्षण गरेको ५० वर्ष नाघिसकेको छ । ६६ वर्षीय उनी अहिले पनि बिहान छ बजेदेखि साँझ छ बजेसम्म शिक्षण तथा व्यवस्थापनकै काममा व्यस्त हुन्छन् । उनले ३६ वर्षभन्दा बढी त महेन्द्र बहुमुखी कलेज विराटनगरमै शिक्षण गरेका थिए ।
‘मेरो सम्पत्ति भनेकै विद्यार्थी हुन्, बूढो भएर असक्त भएँ भने मेरा विद्यार्थीले हेरविचार गर्छ
न्जस्तो लाग्छ,’ ढुङ्ेगले भने, ‘गुडविल भएपछि त्यो नै मान्छेको सम्पति हो ।’
यो पाँच दशकको अवधिमा उनले पढाएका विद्यार्थी असङ्ख्य छन् । उनले पढाएका विद्यार्थीमध्ये ११ जना मन्त्री, दुई जना मुख्य सचिव, तीन जना सचिव, तीन जना प्रहरीमा एआइजी भएको उनलाई सम्झना छ । असङ्ख्य विद्यार्थी भएकाले अरू को–के गर्छन् भन्नेबारे पूर्ण जानकारी छैन ।
उनको यो उमेर भनेको बूढेसकाल लागिसकेकाले जो–कोहीले रिटायर्ड लाइफ बिताउनुपर्ने भनेर सोच्छन् । तर, उनी भने बिहानको खानासमेत मजाले खान भ्याउँदैनन् । ‘बिहानै छ बजे काममा आउने गर्छु, हतार–हतारमा बिहान खान जान्छु अनि औषधि खाएर फेरि काममै लाग्ने गर्छु,’ उनले भने, ‘जीवनको हरेक क्षण कर्तव्यले भरिएको हुँदा मान्छेले कहिल्यै खाली बस्नुहँुदैन ।’
उनले शिक्षाक्षेत्रमा योगदान गरिरहँदा पनि निरास भएपछि सात जनाको लगानीमा मेरिल्यान्ड कलेज सञ्चालन गरेको सुनाए । यो कलेजका उनी अध्यक्ष छन् । अहिले उनी आफ्नो सोही कलेजमा शिक्षण र व्यवस्थापन व्यस्त रहने गर्छन् ।
उनले विराटनगरमा शैक्षिक विकासका लागि निजी क्षेत्रमा २०३७ सालमा कन्या क्याम्पस, २०३८ सालमा आदर्श रात्रि कलेज र २०४० सालमा ल कलेज खोल्न भूमिका निर्वाह गरेका छन् । तीनवटै कलेज खोल्न अन्यसहित ढुङ्गेलको पनि संलग्नता रहेको थियो । यीमध्ये आदर्श रात्रि कलेज २०४६ सालपछि डुब्यो भने कन्या क्याम्पस र ल कलेज अहिले पूर्वाञ्चल विश्वविद्यालयले लिइसकेको छ ।
ल क्याम्पस र कन्या क्याम्पसको भवन बनाउँदा विराटनगर भन्सारमा एक सय रूपैयाँका ११ वटा आइटम सामानबाट १० पैसा लिएर बनाएको उनले सुनाए ।
आदर्श रात्रि कलेज सञ्चालनका लागि शिक्षक–शिक्षिकालाई तलब खुवाउन उनले मिनी मेला लगाएको, त्यो मेलामा आफैंले हाउजी बिङ्गो खेल खेलाएर तलबका लागि रकम जुटाएको सुनाए । उनका अनुसार व्यवस्थापन प्रभावकारी नभएकैले २०४६ सालमा आदर्श रात्रि कलेज बन्द भएको थियो ।
पूर्वाञ्चल विश्वविद्यालय सञ्चालनका लागि तीन पटकसम्म डेलिकेसन जाने टोलीमा उनी पनि सहभागी थिए । त्रिभुवन विश्वविद्यालयलाई बढी भार भएको तर्क गर्दै पूर्वाञ्चल विश्वविद्यालयका लागि उनीसहितको टोलीले तत्कालीन राजा वीरेन्द्र साहलाई दबाब दिएको उनले सुनाए ।
शैक्षिक क्षेत्रमा प्रवेश गर्नुअघि उनले स्नातकोत्तर अध्ययन गर्दागर्दै चिया व्यवसाय पनि सञ्चालन गरे । चिया व्यवसायबाट घाटा हुनेबित्तिकै उनले शिक्षण थालेका थिए । ‘सुरुमा असल व्यवसायी हुने सोचले चिया व्यवसाय गरेँ तर घाटा लाग्यो,’ उनले भने । उनले केही समय लकडी व्यवसायको अनुभव पनि गरेका थिए ।
कामकै सिलसिलामा उनले ठेकेदारी पनि गरे । ‘मैले ठेकेदारी गर्दा अरूले काम गरेको मापदण्ड मलाई देखाइदिन्थे,’ उनले भने । शिक्षण सहजीकरणका लागि मुख्य समय दिएका उनले गरेका सबै अतिरिक्त काम छोटो समयका, खासगरी अनुभव हासिल गर्ने तहका मात्र रहे ।
उनी शिक्षाक्षेत्रमा राजनीतिको दबाब हुन नहुने बताउँछन् । ‘राजनीतिक दबदबाले देशलाई नै पूरै बिगारेको छ, २०३० सालताका पनि नयाँ शिक्षा लागूभएपछि शिक्षकले आफूले पढाएको बिषयवस्तुमा आफैंले मूल्याङ्कन गर्ने जिम्मेवारी दिएको थियो,’ उनले भने, ‘तर, सरकारले शिक्षकलाई विश्वास गरेर दिएको जिम्मेवारी हामी शिक्षकले र्नै थेग्न सकेनौं ।’ ढुङ्गेलसँग पत्रकारिताको पनि अनुभव छ । उनी २०३१ सालदेखि तीन वर्ष विराटनगर प्रेस क्लबको अध्यक्षसमेत भएका थिए ।
Labels:
संघर्षको कथा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !