उच्चमाध्यमिक शिक्षा परिषद्ले मङ्सिर अन्तिम साता सार्वजनिक गरेको कक्षा–११ को नतिजाअनुसार सुनसरी दुहवीका पारसकुमार विश्वास पूर्वाञ्चलकै सर्वोत्कृष्ट अङ्क ल्याउनेमा परेका छन् । ग्रिनल्यान्ड कलेज विराटनगरमा अध्ययनरत विश्वास पा“च सय पूर्णाङ्कमा चार सय २७ अर्थात ८५.५ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट भएका हुन् । कलेजमा पढने विराटनगरकी स्मृति रिजाल दोस्रो अर्थात् छात्रातर्फ पूर्वाञ्चलमा पहिलो भएकी छन् । उनले चार सय २६ अर्थात् ८५.२ प्रतिशत अंक ल्याइन् ।
परिवारका अरु सदस्य निरक्षर भए पनि पारस आफू पहिलो हुने सानैदेखिको धोको पूरा गर्दै यसपटकको परीक्षामा पूर्वमै उत्कृष्ट हुन सफल भए । नर्सरीदेखि नै पढाइमा ‘मस्ट ट्यालेन्ट’ विद्यार्थीमा पर्ने स्मृतिका बुबा शिक्षक भएकाले उनले सानैदेखि उपयुक्त वातावरण पाइन् । दुवै अहिलेको सफलताको श्रेय परिवार र कलेजलाई दिन्छन् । उनीहरु यो सफलताको राजबारे कलेज टाइम्ससँग भन्छन् ः
अठोटअनुसार काम गरेँ
म सानैदेखि राम्रै विद्यार्थीमा पर्थे । सुनसरी, दुहवीको महेन्द्र मेमोरियल उच्चमाविबाट ८४.३ प्रतिशत अङ्क ल्याएर उत्तीर्ण गरे पनि म प्रथम भने हुन सकेको थिइनँ । कक्षा–११ मा पूर्वाञ्चलबाटै सर्वोत्कृष्ट अङ्क ल्याउँदा मेरो जीवनकै पहिलो सबैभन्दा उच्च उपलब्धि हासिल गरेको महसुस भएको छ ।
मेरो सफलताको श्रेय म अध्ययनरत कलेज परिवारलाई दिन्छु । किनकि मेरो पढाइमा गुरुहरुले बारम्बार हौसला प्रदान गर्नुहुन्थ्यो, त्यही कारणले गर्दा मलाई यो सफलता प्राप्त भएको हो । सफलता प्राप्त गरेपछि मेरो आत्मबल बढेको छ । अब थप मिहिनेत गरेर पढ्नेछु । र, यो सफलताले मलाई माथिल्लो तहमा पुग्न र थप मेहनत गर्न हौसला थपेको छ ।
केटाकेटीको पढाइ राम्रो र नराम्रो हुने सवालमा घरपरिवारको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसबाहेक व्यक्तिको आफ्नै इच्छाशक्तिका पनि यो भरपर्छ । मेरै कुरा गर्दा, म १४ वर्षकै हुदाँ बाबु बित्नुभएकाले मैले परिवारलाई दैनिक काममा सघाउनुपर्ने बाध्यता थियो । तर पनि मेरो मस्तिष्कमा पढ्ने दृढ अठोट थियो । त्यही अठोट लिएर जुन ढङ्गले अघि बढे त्यसैको सफलता नै हो ।
हुन त परिवारमा म एउटा मात्र छोरा भएकाले गर्दा आमाले पनि पढन हौसला प्रदान गर्नुहुन्छ । यद्यपि, मेरो परिवारमा आमासँगै हजुरबुबा र हजुरआमा साक्षर हुनुहुन्न । परिवारमा साक्षर मान्छे नहुदाँ पढाइका लागि जति मात्रामा सहजता हुनुपर्ने हो, त्यसमा त केहीहदसम्म कमी आउँछ नै ।
एसएलसीसम्म विषयवस्तु एकपटक पढेपछि अरु बेला विरलै पढने गरिन्थ्यो । तर, जब कक्षा–११ मा भर्ना भएँ छदेखि आठ घन्टासम्म पढन थालेँ । कलेजमा पढाएको कुरा घरमा दोहो¥याएर पढने बानी बनाएँ । पढाइमा अल्छी गर्नु राम्रो होइन, पढ्न अल्छी गर्नु भनेको आफ्नै भविष्य बर्बाद पार्नु हो भन्ने लागेर सुनौलो भविष्यका लागि मेहनत गरिहेको छु ।
मेहनतको फल पाइन्छ नै भन्ने थियो
उत्कृष्ट हुने आशा थियो ?
परीक्षा राम्रो हुने आशा चाहिँ थियो तर पूर्वमा नै उत्कृष्ट हुँला भन्ने लागेको थिएन ।
भनेपछि नजिता अप्रत्यासित भएछ ?
उत्कृष्ट भएको चाँहि अप्रत्यासित नै भन्दा पनि हुन्छ तर पनि परीक्षा राम्रो भएकाले गर्दा राम्रो नम्बर ल्याएर पास गर्छु भन्ने त छँदैथियो । मेहनत गरेअनुसार फल पाइन्छ नै भन्ने थियो ।
पढने वातावरण चाहिँ कस्तो छ नि ?
घर र कलेज दुवै ठाउँमा पढने वातावरण एकदमै सहज छ । कलेजमा सरहरुले पढाइका कुरामा निकै हौसला प्रदान गर्नुहुन्छ । मेरो बाबु पनि शिक्षक नै भएकाले गर्दा घरमा पढ्ने–पढाउने वातावरण एकदमै सहज छ ।
कक्षा–११ को परीक्षा समयमा भने आमा बिरामीले हुनुभएकाले गर्दा मानसिक तनाव परेर केही समस्या भएको थियो । यदि परीक्षाको समयमा आमा बिरामी नहुनु भएको भए अझ राम्रो नम्बर ल्याउने रहेँछु ।
एसएलसीसम्मको र अहिलेको पढ्ने शैली कस्तो छ ?
एलएलसीसम्म पढ्दा सतही रुपमा पढ्ने गरिन्थ्यो । अहिले भने कुनै पनि विषयवस्तुलाई एकदमै गहिरो गरी अध्ययन गर्ने गरेकी छु । कक्षा–११ मा भर्ना भएको सुरुवातदेखि नै कलेजमा पढाएको विषयवस्तुलाई हरेक दिन बेलुका अबेरसम्म रिभिजन गरेर पढने गरेकी छु ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !