ट्वीटरलाई फेसबुकसँग कसरी जोड्ने ? - College Times : Educational Magazine
Headlines News :
Home » » ट्वीटरलाई फेसबुकसँग कसरी जोड्ने ?

ट्वीटरलाई फेसबुकसँग कसरी जोड्ने ?

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:15 PM


फेसबुक र ट्विटर दुई मुख्य तथा लोकप्रिय सामाजिक सञ्जाल हुन् । ट्वीटर र फेसबुक दुबैमा तपाईको अकाउन्ट छ भने एकापसमा जोड्न सकिन्छ । यसो गरेमा ट्विटरमा ट्विट गरेका कुरा तपाईको फेसबुक प्रोफाइलमा पनि सेयर हुन्छन् । यसबाट एउटा पोस्ट ट्वीटर र फेसबुक दुवैमा एकै पटक काम लाग्छन् । यसका लागि निम्न प्रक्रिया अपनाउनुपर्छ :

  • आफ्नो ट्वीटर अकाउण्ट खोल्नुहोस् र प्रोफाइल सेटिङ पेजमा जानुहोस् ।
  • त्यहाँ पोस्ट अन फेसबुक नामक अप्सन छान्नुहोस् ।
  • फेसबुक अप्सनमा क्लिक गरेसँगै तपाईसामु फेसबुक लग इन अप्सन आउनेछ, जसमा तपाईले आफ्नो फेसबुक युजर आइडी तथा पासवर्ड हाल्नुहोस् ।
  • यदि तपाईले फेसबुक लगइन गरिसक्नुभएको छ भने कनेक्ट अप्सनमा क्लिक गर्दा हुन्छ ।
  • फेसबुकमा ट्विटरको अनुमतिलाई स्वीकृति दिनुहोस् । अर्थात् ब्िियध अप्सनमा क्लिक गर्नुहोस् ।
  • अब तपाइँले आफ्नो ट्वीटर अकाउन्टमा गरेको जुनसुकै ट्वीट तपाईको फेसबुक वालमा सेयर हुनेछ ।

ट्वीटरमा केही नयाँ सुविधाहरू
अहिलेको पुस्ता सोसल नेटवर्क बाहिर छैन । युवा पुस्ताको आर्कषणसँगै यसको लोकप्रियता प्रतिदिन बढ्दो छ । समय र आवश्यकताअनुसार सोसल नेटवर्कको प्रयोगमा पनि परिवर्तन हुँदैछ । सोसल नेटवर्क फेसबुक, ट्वीटरमा समय बिताउने र आफ्ना विचार ‘सेयर’ गर्नेमा मात्र सीमित रहेन । सोसल मिडियामा फेसबुकले भन्दा बढी ट्वीटरले आफूलाई स्थापित गर्दैछ ।
छोटो मीठो ब्लगका रुपमा लिइएको ट्वीटर पनि समयसँगै परिवर्तन हँुदैछ । हालै ट्वीटरमा केही सुविधा थपिएको छ । अब ट्वीटलाई इमेल गर्न सकिनेछ । यो नयाँ फिचर ट्वीट नगर्ने इन्टरनेट प्रयोगकर्ताप्रति लक्षित गरिएको छ भन्दा फरक नपर्ला । आजकल ‘बे्रकिङ न्युज’हरु न्युज पोर्टलमा भन्दा बढी सोसल नेटवर्कमा भेटिन्छन् ।
कतिपय न्युज मिडियाले कभर गर्न नसकेका र नगरेका विषय तथा स्कूप पनि सोसल नेटवर्कमा पाइन्छन् । धेरै संख्यामा ट्वीट मोबाइल डिभाइसबाट नै हुने गर्दछ र मोबाइल डिभाइसका लागि ट्वीट गर्ने प्रशस्तै एप्लिकेसन पनि पाइन्छन् । ट्वीट इमेल गर्ने फिचर ट्वीटरको आधिकारिक वेबसाइट मात्र नभएर यी एप्लिकेसनमा पनि उपलब्ध हुनेछ । 
ट्वीटलाई इमेल गर्न :
ट्वीटर पेजमा रहेको ‘फेभरेट’को छेउमा रहेको ‘मोर’ आइकन क्लिक गर्ने र आइकनले इमेल गर्ने नयाँ विन्डो खोलिदिनेछ । ट्वीट इमेल गर्न सकिने भयो । तर, इमेल कसको नामबाट जाने छ त ? इमेल जानेछ, ट्वीटरका लागि प्रयोग गर्दै आउनुभएको इमेलबाट । मोबाइल डिभाइसबाट ट्वीट इमेल गर्दा, इमेल पठाउनेको एड्रेस डिभाइसको डिफल्ट इमेल एड्रेस हुनेछ ।
पछिल्लो विवरणअनुसार ट्वीटर प्रयोगकर्ताको सङ्ख्या पचास करोड छ । फेसबुकको तुलनामा झन्डै आधा भए पनि ट्वीटरले सोसल मिडियामा लिएको स्थान प्रशंसायोग्य छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved