केही वर्षअघिसम्म सुन्दरी प्रतियोगितामा कसैले भाग लिएमा ‘फ्लानी त बाइफाले भई’ भन्ने धेरैको मुखबाट टिप्पणी सुनिनेगथ्र्यो । तर, छोटो अवधिमै पुरानो मान्यता र टिप्पणी परिवर्तन भएको छ । आधुनिक समयले कोल्टे फरेकै कारण पुरानो मान्यतामा परिवर्तन आएको हो ।
सुन्दर रुपका धनी व्यक्तिप्रति सबै लोभिने भएकाले गर्दा पुरानो मान्यतामा परिवर्तन आएको हो । यसैक्रममा इटहरीमा पहिलोपटक भएको सुनसरी कलेज आइकनको उपाधि जितेकी इटहरीकी ज्योति गौतमले अब हुने मिस नेपालमा भाग लिएर नेपाल सुन्दरीको ताज पहिरिने सुनौलो सपना साँचेकी छन् ।
स्कुल पढ्दादेखि नै नाचगानमा विशेष दखल भएकी, हाल कस्तुरी कलेजमा बिबिए छैठौं सेमेस्टारमा अध्ययनरत गौतमले कलेजस्तरीय सो प्रतियोगितामा १५ जनालाई प्रस्पिर्धीलाई उछिनेकी थिइन् ।
गार्डेन एकेडेमी इटहरीकी शिक्षिकासमेत रहेकी गौतमले कलेज आइकन भएपछि जीवनमा पहिलो ठूलो सफलता हात लागेको र अब हुने प्रतिस्पर्धाका लागि आत्मविश्वास बढाएको प्रतिक्रिया दिइन् । ‘मेरो जीवनको यो पहिलो उपलब्धि हो । यसले मेरो लक्ष्यअनुरुप मिस नेपालमा प्रतिस्पर्धा गर्न सहयोग पुग्छ,’ उनले भनिन् ।
आफ्नो स्वतन्त्रतालाई मिसयुज नगरेमा अवश्य पनि चिताएको सफलता प्राप्त गर्न सकिने उनले बताइन् । गौतमले कलेज आइकन भएकोमा एकातिर गर्व लागेको र अर्कातर्फ नराम्रो लागेको मिश्रित विचार सुनाइन् । ‘प्रतियोगिता जितेर चिनिएकोमा गर्व लागे पनि एक्कासी सबैको आँखामा परिएकाले नरमाइलो पनि लागेको छ,’ उनले खुलेर भनिन् ।
मूलत नारीको व्यक्तित्व विकास र प्रतिभा सार्वजनिक गर्ने उद्देश्य लिएर आयोजना गरिने सुन्दरी प्रतियोगितालाई केहीले गलत रुपमा प्रयोग र केहीले गलत टिप्पणी गर्ने फेसन बनेकोप्रति उनको चित्त दुखाइ छ । ‘एक–दुई जनाले गर्दा सबैलाई नराम्रो भन्न हुँदैन,’ उनले भनिन्, ‘समाजको दृष्टिकोण र व्यवहारमा एकैचोटी परिवर्तन आउने होइन, बिस्तारै आउँछ ।’
कलेज आइकनको उपाधि हात पार्नुअघिसम्म उनी आफूलाई सामान्य मान्थिन् भने उपाधि हात पारेपछि समाजका सबैले पहिचान गर्ने भएकाले आफ्नो सोचाइ र व्यवहारमा परिवर्तन पनि आएको बताइन् ।
आगामी दिनमा आफ्नो पढाइ, शिक्षिकाको कामसँगसँगै अघि बढाएर मिस नेपालमा भाग लिएरै छोड्ने उनको योजना छ । घर–परिवार तथा समाजबाट सहयोग भएकाले आफ्नो योजना पूरा हुनेमा उनी विश्वस्त छिन् ।
उनको पढाइ एसएससी उत्तीर्ण गरेदेखि अहिलेसम्म लोभलाग्दै छ । ‘एसएलसीदेखि अहिलेसम्म फस्ट डिभिजनभन्दा तल आएको छैन,’ उनले भनिन्, ‘अब हुने नेपाल सुन्दरी प्रतियोगिताका लागि पनि कम्तीमा फस्ट डिभिजन हुनेगरी तयारी र मिहिनेत गर्छु ।’
.jpg)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !