कम्प्यूटरलाई सर्वगुण सम्पन्न उपकरण भन्न सकिन्छ किनकि यसको माध्यमबाट हरेक काम गर्न सम्भव भइरहेको छ । कम्प्यूटरको जन्मआधार मानिने टाइपराइटर आजभोलि अतीत भएको छ । स्पीकर जोडेर सीडी लगाइयो भने कम्प्यूटर म्यूजिक सिस्टम भिडियो बन्छ, माइक्रोफोन लगाइयो भने फोन हुन्छ । अब अधिकांश मेशिनहरू कम्प्यूटरद्वारा नै सञ्चालित एवम् नियन्त्रित हुने दिन आएका छन् ।
इन्टरनेटको माध्यमबाट विश्वको ज्ञान आज हरेक व्यक्तिलाई उपलब्ध छ । यसद्वारा विश्वका कुनै कुनाबाट सम्पर्क गर्न सकिन्छ । कम्प्यूटरको उपयोगिता हरेक क्षेत्रमा छ ।
कम्प्यूटरले जीवनलाई सरल एवम् सुखद बनाएको छ । कम्प्यूटरले जीवनशैली, कार्यशैलीमा आश्चर्यजनकरूपले परिवर्तन ल्याएको छ । तर, अति उपयोगले क्षति गर्न सक्छ । यसबाट समस्याहरू उत्पन्न हुन्छन् ।
कम्प्यूटरलाई जरुरतभन्दा ज्यादा उपयोग गर्नाले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र पारिवारिक दुष्प्रभाव देखा पर्दछ । कम्प्यूटरको बढ्दो उपयोगका कारण कैयौं नयाँ रोगको उदय भै रोगीहरूको सङ्ख्या बढ्दै छ । कम्प्यूटरसम्बन्धी विभिन्न समस्याबाट युवावर्ग विशेषरूपले प्रभावित भैरहेछन् ।
कार्पल टनल सिन्ड्रोम
कम्प्यूटरको बोर्ड, माउसलाई गलत ढङ्गले प्रयोग गर्नाले हातको नाडीमा रहेको कार्पल टनलमा सुनिन सक्छ, जसको फलस्वरूप यसको भित्रबाट गुज्रिने मिडिसन स्नायुमा दबाब पर्दछ । फलस्वरूप नाडी, औंलामा दुखाइ तथा सुनिने समस्या उत्पन्न हुन्छ । पछि यी अङ्गहरूमा कमजोरी आउन सक्छ । यसबाट बचाउका लागि ध्चष्कत नगबचम लगाएर काम गर्नु राम्रो हुन्छ ।
रोगको सुरुवातमा तातोले सेक्नाले, नाडीमा क्रेक ब्याण्डेज बाँध्ने, दुखाइ र सुजन निवारक औषधीहरूको सेवन गर्नाले र नाडीमा कोर्टीसोनको इञ्जेक्सन लगाउनाले राहत मिल्छ । तर, कष्ट ज्यादा हुने हुनाले शल्यचिकित्साबाट कार्पल टनलमा दबाब कम गर्न जरुरी हुन्छ ।
रिपिटेटिव स्ट्रेन इन्जुरी
कम्प्यूटरमा कार्य गर्ने समय शरीरका विभिन्न अङ्गहरू तन्तु, जोर्नी र मांसपेशी इत्यादिमा झट्का लाग्दछ । गलत मुद्रामा कम्प्यूटरमा काम गर्ने, टाइपिङ गर्ने, कामको मध्य समय आराम नगर्नाले की–बोर्ड, माउसलाई ज्यादा कसेर, झड्कारेर प्रयोग गर्नाले यो समस्या बढ्ने सम्भावना रहन्छ । परिणामस्वरूप टाउको हलुका भारी अनुभव हुने, शरीरमा थकान, हातमा जलन, औँलामा दुखाइ, झनझनाहट, शून्यता, ठन्डा हुने, शक्तिमा कमी, सन्तुलनमा गडबडी हुने समस्याहरू आउनन सक्छ । पीठ, कम्मर, घाँटी र ढाडमा दुखाइ हुन्छ ।
यदि कम्प्यूटरको सही मुद्रा र ढङ्गले प्रयोग गर्ने हो भने कामको बीच समयमा केही आराम गर्नुपर्दछ । नियमितरूपमा व्यायाम गरियो भने समस्याबाट बचाव सम्भव छ ।
कम्प्यूटर भिजन सिन्ड्रोम
कम्प्यूटरमा लगातार काम गर्नाले आँखाको विभिन्न समस्या हुन सक्छ जसलाई कम्प्यूटर भिजन सिन्ड्रोम भनिन्छ । कम्प्युटरमा काम गर्ने समय मोनिटरमा एक टक हेर्नाले आँखाका मांसपेशीहरू संकुचित रहनुपर्ने हुन्छ जसबाट आँखामा थकाइ उत्पन्न हुन्छ । मोनिटरमा लगातार हेर्नाले ज्यादातर व्यक्ति परेला झिम्काउँदैनन् जसबाट आँखालाई ओसिलो बनाइराख्ने आँसुको सतह बन्दैन, आँखा सुखा हुन्छ जसबाट आँखा पोल्ने समस्या हुन्छ । यसका साथै आँखा रातो हुने टाउको दुख्ने, घाँटी दुख्ने, कम्मर दुख्ने, रङ पहिचान गर्ने क्षमतामा ह्रास हुन्छ ।
यदि कुनै व्यक्ति प्रतिदिन तीन घन्टाभन्दा ज्यादा कम्प्युटरमा काम गर्छ भने त्यस्ता व्यक्तिमा कम्प्यूटरभिजन सिन्ड्रोम हुने खतरा रहन्छ ।
डिप्रेशन
कम्प्यूटरमा काम गर्ने समयको सीधा सम्बन्ध डिप्रेशनसँग रहने विशेषज्ञहरूले गरेको अध्ययनबाट पत्ता लागेको छ । कम्प्यूटरमा काम गर्ने व्यक्तिलाई मनोरञ्जनका लागि समय मिल्दैन । ऊ सामाजिक, पारिवारिक जीवनसँग असन्तुष्ट रहन्छ जसको कारण डिप्रेशनमा जाने खतरा रहन्छ ।
आईटी क्षेत्रमा कार्यरत व्यक्तिलाई पनि मनोरञ्जन, परिवार तथा साथीभाइहरूसँग घुलमिल हुने वातावरणमा हुनु आवश्यक छ ।
कम्प्यूटर एडिक्शन डिसअर्डर
कम्प्यूटर इन्टरनेट, कम्प्यूटर गेमको लतको समस्या विशेषरूपले किसोर–किसोरी तथा युवायुवतीमा देखापरेको छ । यो लत रक्सी, चुरोट, गुटका, ड्रगको लतझैं खतरनाक हुन्छ । लत लागेको व्यक्ति कम्प्यूटर प्रयोग गर्ने समयमा खुसी रहन्छ । उसमा कम्प्यूटरमा ज्यादाभन्दा ज्यादा समय बिताउने इच्छा हुन्छ । लतको कारण परिवार, साथीभाइ, पढाइमा ध्यान दिइँदैन ।
इलेक्ट्रोम्याग्नेटिक रेडिएशन
मोनिटर सीपीयू, कीबोर्ड, माउस, प्रिन्टर, स्क्यानर आदिबाट विद्युत चुम्बकीय तरङ्गहरू उत्पन्न हुन्छन् । जसबाट स्वास्थ्यमा असर देखा पर्दछ ।
अन्य सम्भावित दुष्प्रभाव
लामो समयसम्म कम्प्यूटरमा काम गर्ने मानिसमा स्पोन्डिलाइटिस, कम्मर, पीठ, घाँटी दुखाइ, मानसिक व्यावहारिक समस्याहरूको सम्भावना पनि बढ्न जान्छ । यसका साथै प्रजनन क्षमतामा ह्रास हुन सक्दछ ।
विजय अधिकारी
Home »
सुचना प्रविधि
» कम्प्युटरबाट स्वास्थ्य समस्या
कम्प्युटरबाट स्वास्थ्य समस्या
Written By Neplee on Tuesday, May 15, 2012 | 9:39 AM
Labels:
सुचना प्रविधि
0 comments:
Speak up your mind
Tell us what you're thinking... !