Home »
सुचना प्रविधि
» ट्यावलोइडमा केन्द्रित इन्फोटेक
ट्यावलोइडमा केन्द्रित इन्फोटेक
Written By Neplee on Friday, February 17, 2012 | 6:09 PM
सूचनाको तीव्र विकासले नेपाल पनि अछुतो रहन सकेन । सूचनाको विकाससँगै यसका प्रयोगकर्ताहरू ह्वात्तै बढेका छन् । अन्य विकासलाई पछि पार्दै सूचना र प्रविधिको विकासमा नेपाल एक सय १० प्रतिशतले फड्को मा¥यो । २०६० ताकादेखि सुरु भएको सूचना र प्रविधिको तीव्रताले काठमाडौँले १८ औँ सूचनाप्रविधिको संस्करण ग¥यो । तर, पूर्वाञ्चलमा त्यसको विकास भएपनि संस्करणमा भने प्रभाव परेको छ । पहिलो इन्फोटेक सकिएको एक वर्ष नबित्दै सुनसरीले पनि दोस्रो क्यान इन्फोटेक आयोजना गरेको छ ।
तयारीको तीव्रतासँगै विश्व बजारमा निस्किएको प्रविधिले पनि यस इन्फोटेकलाई प्रत्यक्ष प्रभाव पार्ने इन्फोटेक सुनसरीका अध्यक्ष देव सुब्बा बताउँछन्् । उनका अनुसार दोस्रो इन्फोटेकको पहिलो आकर्षणमा ट्यावलोइड पिसी रहेको छ । जसको बजार मूल्य मात्रै छ हजार हो । ‘यो इन्फोटेकको आकर्षण ट्यावलोइड पिसी हो’ उनले भने– ‘यसको बजार मूल्य पनि कम छ र सजिलो प्रविधि पनि हो ।’ ट्यावलोइड पिसीसँगै अर्को आकर्षणमा किवोर्ड पिसी, मोनिटर पिसी, विभिन्न ब्राण्डका ल्यापटप, एन्टिभाइरस, पेन ड्राइभसँगै सोलारका ब्राण्ड र इलेक्ट्रोनिक्सका ब्राण्ड पनि इन्फोटेकमा रहनेछन् । दुईसय रुपैयाँदेखि माथिका प्रविधिका सामग्रीले यस इन्फोटेकलाई सजाउने लक्ष्य लिएको छ–आयोजक क्यान इन्फोटेक सुनसरीले । इन्फोटेकमा डेल, एचपी, एसरलगायत ब्राण्डका ल्यापटप पहिलो आकर्षणमा रहने बताइएको छ ।
५२ स्टलहरुमा विभिन्न ५० वटा कम्पनीले आफ्ना प्रविधिहरु प्रदर्शन गरेको स्टल व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले बताए । ‘अहिले काठमाडौं, विराटनगर, इटहरी र धरानका स्टलहरु छन् । त्यसमा पनि काठमाडौँका नौ, विराटनर नौ, इटहरी पाँच र अन्य धरानका छन्,’ उनले भने ।
कम्प्युटर मेलामात्रै नभई यस इन्फोटेमा पुराना भर्सनका कम्प्युटरहरूलाई स्टलको रूपमा राखिएको र सङ्घ संस्थाको पहलमा त्यसलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने लक्ष्य लिएको अध्यक्ष देव सुब्बाको भनाइ छ । पुराना भर्सनका २० देखि बढी कम्प्युटरलाई प्रदर्शनीमा राखिएका छन् । यस इन्फोटेकले नयाँ ग्याजेटहरूलाई लोकप्रिय बनाउने आयोजक संस्थाको दावी छ ।
इन्फोटेकलाई चुस्त बनाउन आयोजकले छवटा उपसमितिहरू गठन गरेको छ । प्रचारप्रसार, स्टल व्यवस्थापन, सुरक्षा व्यवस्थापन, उद्घाटन तथा समापन, आइसीटी कन्फ्रेन्स, अतिथि सत्कार समितिहरूले इन्फोटेकलाई चुस्त बनाएका छन् । चैत ३ देखि सुरु भएकोे मेलामा आईटी कन्फ्रेन्समा विद्युतीय कारोबार ऐनको बारेमा बहस चलेको थियो । कन्फ्रेन्सले विद्युतीय सुशासन गुरु योजना र त्यसका भौतिक संरचनाको बारेमा जानकारी दिएको छ । मेलामा लक्ष्यअनुरूप करिब दुई करोडको काराबार भएको आयोजकले जनाएको छ । गत वर्ष भएको मेलामा करिब डेढ करोडको कारोबार भएको थियो ।
Labels:
सुचना प्रविधि
0 comments:
Speak up your mind
Tell us what you're thinking... !