राम्रो नतिजाको आशा छैन - College Times : Educational Magazine
Headlines News :
Home » » राम्रो नतिजाको आशा छैन

राम्रो नतिजाको आशा छैन

Written By Collegetimes on Friday, April 18, 2014 | 2:15 AM


विष्णुबहादुर द्वारे,परीक्षा नियन्त्रक

२०७० सालको एसएलसी परीक्षा परीक्षामा पा“च लाख ६६ हजार विद्यार्थी सहभागी छन्, जुन गत वर्षभन्दा ६३ हजार बढी हो । एसएलसी परीक्षामा प्रत्येक वर्ष विद्यार्थी सङ्ख्या बढे पनि नतिजा चाहि“ खस्कँदो छ । अनपेक्षित यस्तो पृष्ठभूमिमा यस वर्ष राज्यले एसएलसी परीक्षास“ग जोडिएर कस्तो अपेक्षा गरेको छ ? नतिजाको अवस्था कस्तो रहला ? एसएलसी बोर्डका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेस“ग प्रस्तुत छ, कलेज टाइम्सका लागि कृष्णराज सर्वहारीले गरेको कुराकानी  :

विगतभन्दा २०७० को एसएलसी परीक्षामा के अन्तर छ ? 
हामीले ३५ बुँदे आचारसंहिता जारी गरेका छौँ । जसको मुख्य बुँदामा यस वर्ष होम सेन्टर पूरै हटाइएको छ । आफू पढिरहेको विद्यालयमा सेन्टर हुँदा सम्बन्धित शिक्षक खटिँदा परीक्षार्थीहरूलाई सहयोगको आशा हुनु स्वाभाविकै हो, यसले परनिर्भरता बढाउँछ । साथै, स्कुल पोशाक अनिवार्य गरिएको छ  । परीक्षा हलमा मोबाइल र साइन्टिफिक क्यालकुलेटर लान प्रतिबन्ध लगाइएको छ । प्रश्नपत्रको गोपनीयता भङ्ग गरिएको पाइए एक लाख रुपैयाँ जरिवाना, छ महिना कैद वा दुवै सजायको व्यवस्था गरिएको छ । परीक्षालाई मर्यादित बनाउन १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतमा सुरक्षाकर्मीले नै चिट पु¥याएको आरोप आउने गरेकोमा उनीहरूलाई विद्यालयबाहिरको मात्र सुरक्षाको जिम्मेवारी दिइएको छ  ।

प्रत्येक वर्ष बहुमत विद्यार्थीलाई ‘फेल’को लेबल लगाइन्छ । यो विडम्बनापूर्ण नियति कहिलेसम्म रहने हो ? 
विद्यार्थीको नतिजा कस्तो हुने भन्ने खास सरोकार परीक्षा नियन्त्रण कार्यालयलाई हुँदैन । परीक्षालाई कसरी मर्यादित बनाउने र समयमा कसरी नतिजा निकाल्ने भन्ने नै हाम्रो ध्येय हो । वास्तवमा विद्यार्थीको नतिजा कस्तो हुने विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षा विभागको विशेष चासोको विषय हो । परीक्षा नियन्त्रण कार्यालय त नतिजा निकाल्नमा व्यवस्थापनको भूमिका खेल्ने मध्यस्तकर्ता निकाय मात्रै हो । तथापि बहुमत विद्यार्थी किन अनुत्तीर्ण हुन्छन् भन्ने सवाल गम्भीर र सबैको चिन्ताको विषय हो । 

परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष कस्तो नतिजाको आशा गरेको छ ? 
हामीले यस वर्ष पनि एसएलसीमा राम्रो नतिजाको आस गरेको छैन । कारण अधिकतर विद्यार्थी चिट गरेर पास हुने मनस्थितिमा हुन्छन् । जो यस वर्ष चिट चोरेर पास हुने मनस्थिति बनाएका छन् । तर, उनीहरूको मनसुवा यो वर्ष हाम्रो सुरक्षा प्रणालीले पूरा हुने दिनेवाला छैन । चोर्न दिएर पास गराएर के काम ? चिट गरेर ७० प्रतिशत रिजल्ट निकाल्नुभन्दा मिहिनेत गरेर ४० प्रतिशत मात्र भए पनि पास गरेको ठीक छ । पहिले परीक्षा खुकुलो हुँदा दाइ–दिदीले त चोरेर पास गरे भने हामी भाइ–बहिनीले किन पढ्ने भन्ने भावनाको विकास अबको जाँचबाट नहोस् भन्ने हाम्रो चाहना हो । अभिभावकले पनि मेरो बच्चालाई चोराएर पास गराए अरू क्षेत्रमा पनि नक्कल गर्ने बानी बस्न सक्छ भन्ने हेक्का हुनुपर्छ । शिक्षकले पनि समयमा कोर्स पूरा गर्नुप¥यो । यसरी राम्रो नतिजा निकाल्न त आधारभूत तहको कक्षादेखि नै सबै पक्षबाट तयारी गरिनुपर्छ । एकैपल्ट एसएलसीमा मात्र राम्रो नतिजा खोजेर सम्भव छैन ।

अपवादबाहेक निजी विद्यालयले निकै राम्रो नतिजा ल्याउँछन् । सरकारी विद्यालयको नतिजा भने किन अनपेक्षित हुन्छ ?
यो अति राजनीतिक हस्तक्षेपको परिणाम हो । सरकारी शिक्षक जति बेला विद्यालय पुगे भैगो, जति दिन बिदा बस्न मन लागे प्रधानाध्यापकलाई खुसी पार्न सके छुट हुन्छ । आफू खुसी गर्ने शिक्षकलाई प्रधानाध्यापकले कारबाही गर्न थाले, नयाँ प्रधानाध्यापकको खोजी हुन थाल्छ । हद भए शिक्षकको सरुवा होला । तर, नानीदेखि लागेको बानी, अर्को विद्यालयमा पनि ऊ अल्छी नै हुन्छ । कक्षामा पस्दा उसको कुनै पाठ योजना हुँदैन । विद्यार्थीलाई नियमित होमवर्क दिएर जाँच्नु त कता हो कता, एसएलसीको आँगनमा आइसक्दा पनि कतिपय विद्यालयमा कोर्स पूरा भएको हुँदैन । उता, बोर्डिङ स्कुलमा शिक्षकहरूको मिहिनेत उल्लेख्य हुन्छ । काबुबाहिरको परिस्थितिबाहेक शिक्षक विद्यालयमा गयल हुँदैनन् । लापरबाही गरिए जागिर जाने डर हुन्छ । स्कुलसम्म लाइन लगाएर नानी पु¥याउँछन्, ल्याउँछन् । सबैको कपी चेक गर्न भ्याउँछन् । अल्छी गर्ने विद्यार्थीको अभिभावकलाई विद्यालयमै बोलाइन्छ ।  अभिभावकमा पनि चेतना आउनु जरुरी छ कि आफ्ना नानी पढ्ने स्कुलमा नियमित शिक्षक आउँछन् कि आउँदैनन् ? तिनले पढाएको बुझ्छन् कि बुझ्दैनन् ? प्रावि, निमावि शिक्षकले पनि पढाउने सबैजसो तालिम लिएपछि त्यसलाई व्यवहारमा उतार्दै नुनको सोझो मात्रै गरिदिए एसएलसीको नतिजाको स्तर स्वतः उक्लिनेछ, माविका शिक्षकलाई मात्रै दोष दिने ठाउँ रहन्न । अतिवादी राजनीतिको शिकार हुनुबाट विद्यालयलाई जोगाउनुपर्छ । यसमा सुधारको अवस्था नल्याएसम्म पनिकाले राम्रो नतिजा निकालेन भनी कराउनुको कुनै अर्थ रहन्न । 

राजनीतिको चक्रव्यूहबाट सरकारी विद्यालय बाहिरिन नसक्ने अनि हामीले बेरोजगारको डफ्फा मात्रै कहिलेसम्म उत्पादन गरिरहने ?
अचेल फेल हुनेको कुरा छाडौं, एसएलसी पास गर्ने मात्रै होइन, एमए पास गर्नेहरू पनि बेरोजगारको सर्टिफिकेट मात्रै लिएर घुमिरहेको विडम्बनापूर्ण अवस्था छ । शिक्षकमा हाम्रो होइन, राम्रो मान्छेको छनोट हुनु जरुरी छ । अर्को कुरा, हाम्रो पाठ्यक्रमको विषयवस्तुमा पनि समयसापेक्ष सुधार हुनु जरुरी छ । धेरै कोर्स सैद्धान्तिक छ, प्रयोगात्मक कोर्समा ध्यान दिइनुपर्छ । अहिले नौ कक्षाबाट कृषि, भेट्नरी, इन्जिनियरिङ जस्तो सीपमूलक कोर्स बनाएर सय विद्यालयमा परीक्षणका रूपमा लागु गरिएको छ  । फेल भए पनि आफूले पढेको शिक्षाले गरीखाने वातावरण नबनाएसम्म मुलुकमा बेरोजगारको डफ्फा मात्रै निस्किने छन् । त्यसैले युग सुहाउँदो सञ्चार, कम्प्युटरलगायत कोर्स आधारभूत तहबाटै लागु गरिनुपर्छ । अङ्ग्रेजी नजान्ने, कम्प्युटर चलाउन नजान्नेलाई त अब निरक्षरकै सूचीमा राख्नुपर्ने अवस्था आइसकेको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved