लक्ष्यमा विशिष्टता ! - College Times : Educational Magazine
Headlines News :
Home » » लक्ष्यमा विशिष्टता !

लक्ष्यमा विशिष्टता !

Written By Collegetimes on Friday, April 18, 2014 | 2:08 AM


सुशीला सङ्ग्रौला

देश अहिले एसएलसीमय बनेको छ । ‘आइरन–गेट’ अर्थात् फलामे ढोकाका रूपमा लिने गरिएको एसएलसीमा सबै सरोकारवालाहरू आ–आफ्नो गच्छेअनुसार ‘सफल’ हुन चाहन्छन् । त्यही मेसोमा झापाका विद्यालयहरू पनि लागिपरेका छन् ।

झापाबाट यस वर्ष सामुदायिक, संस्थागत, शरणार्थी शिविर र खुला विद्यालयका रेगुलर र एक्जाम्टेड गरी १६ हजार दुई सय ४१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी छन् ।

एसएलसी तयारीसँगैै अब्बल नतिजा निकाल्ने सोच सबै विद्यालय तथा सरोकारवालाहरूको छ । यही सिलसिलामा सबैभन्दा अग्रणी छ, झापा बिर्तामोडमा सञ्चालित लिटल फ्लावर्स इङ्लिस स्कुल । सो विद्यालयका असिम घिमिरे गत वर्षका ‘नेपाल टप’ विद्यार्थी हुन् । विद्यालयले यस वर्ष पनि त्यस्तै नतिजाको आस गरेको छ । 

गत वर्ष सो विद्यालयबाट एक सय १५ जनाले एसएलसी परीक्षा दिएका थिए, जसमध्ये एक नेपाल टपसहित २३ विशिष्ट, ८० प्रथम र ११ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए । यसपालि एक सय ३४ जना विद्यार्थी परीक्षा सहभागी छन् । भाइस प्रिन्सिपल देव दासका शब्दमा भन्दा, ‘यसपल्ट ५० विशिष्ट र बाँकी प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यालयको आशा छ ।’ दासका अनुसार अलि कमजोर विद्यार्थीलाई स्कुलले विशेष अतिरिक्त कक्षाको व्यवस्था गरेकाले त्यस्तो आत्मविश्वास पलाएको हो । 

झापा, बिर्तामोडकै वाल्मीकि एजुकेसन फाउन्डेसनबाट गत वर्ष ८४ जना विद्यार्थीले एसएलसी दिएका थिए, जसमध्ये २४ विशिष्ट र बाँकी सबै प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । यस वर्ष सो विद्यालयबाट ८२ जनाले परीक्षा दिइरहेका छन् ।

प्रिन्सिपल आनन्द बस्नेतका अनुसार परीक्षामा सहभागीमध्ये ३० विद्यार्थी विशिष्ट र अरू सबै प्रथम श्रेणीमा उत्तीर्ण गराउने विद्यालयको लक्ष्य छ । ‘हामीले एसएलसीका लागि तीन ग्रुप बनाएर अतिरिक्त कक्षा सञ्चालन ग¥यौं,’ सोचेको पुग्ने आधार प्रस्ट्याउँदै प्रिन्सिपल बस्नेतले भने, ‘कमजोर, मध्यम र अलि बढी जान्नेका लागि बेग्लाबेग्लै अतिरिक्त कक्षाको व्यवस्था गरेर विशिष्ट ढङ्गको परिश्रम गरिएको छ ।’

एसएलसी नतिजामा डिस्टिङ्सन दौडमा सहभागी झापाको अर्को तगडा प्रतिस्पर्धी हो, विर्तामोडस्थित न्युटन्स बोर्डिङ स्कुल । सो विद्यालयबाट गत वर्ष ८९ जनाले एसएलसी परीक्षा दिएकोमा ३२ विशिष्ट  र बाँकी प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । विद्यालयले यसपटक एक सय तीन जनालाई परीक्षामा सहभागी गराएको छ । विद्यालयले यसपटक पनि आफ्नो प्रतिष्ठा जोगाउने दाबी गर्दै प्रिन्सिपल हरिप्रसाद प्रसाईं भन्छन्, ‘सहभागीमध्ये ४०÷४५ जना विशिष्ट र अरू प्रथम श्रेणीमा उत्तीर्ण हुनेछन् भन्ने आशा लिएको छौं ।’ 
भद्रपुरस्थित विभूति विद्या मन्दिरले गत वर्ष एसएलसीमा उल्लेख्य परिणाम हात पा¥यो । गत वर्ष सो विद्यालयबाट एसएलसी परीक्षामा सहभागी ६४ मध्ये १९ विशिष्ट, ४३ प्रथम र छ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए । प्रिन्सिपल गोविन्द लम्साल यसपटक परीक्षामा ३० जना विशिष्ट र अरू सबै प्रथम श्रेणीमा उत्तीर्ण हुने लक्ष्य लिएको बताउँछन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved