यसपटक हुन्छ सोचेजस्तो ! - College Times : Educational Magazine
Headlines News :
Home » » यसपटक हुन्छ सोचेजस्तो !

यसपटक हुन्छ सोचेजस्तो !

Written By Collegetimes on Friday, April 18, 2014 | 2:07 AM


रेणु बजगाई

गत वर्ष हाम्रो विद्यालयबाट एसएलसीमा ३९ विद्यार्थी सहभागी थिए, जसमध्ये १५–१६ जना डिस्टिङ्सन र अरू फस्ट डिभिजनमा पास हुने अपेक्षा गरेका थियौं तर सोचेको हुबहु भएन । तथापि राम्रै रिजल्ट भयो । सात डिस्टिङ्सनसहित ३७ विद्यार्थी सफल भए । यस वर्ष पनि ३९ विद्यार्थी सहभागी छन्, जसमा हामीले सतप्रतिशत उत्तीर्ण हुने लक्ष्य राखेका छौं । त्यहीअनुसार तयारीका क्रममा मेहनत पनि गरेका छौं । हाम्रो र विद्यार्थीको मेहनतअनुसार यस वर्ष १२–१३ जना डिस्टिङ्सन र अरू सबै फस्ट डिभिजन हुनेछन् भन्ने अपेक्षा छ । 
कुमोद अधिकारी (प्रिन्सिपल)
हर्मन माइनर स्कुल बालग्राम

गत वर्ष हाम्रो विद्यालयबाट एसएलसी परीक्षा दिने ३४ विद्यार्थी थिए । त्यसमध्ये सात जना डिस्टिङ्सन र अरू सबै फस्ट डिभिजन हुन्छन् भन्ने अपेक्षा थियौं । तर, दुई डिस्टिङ्सन, २० फस्ट डिभिजन र अरू सेकेन्ड डिभिजनमा उत्तीर्ण भए । यस वर्ष हाम्रो स्कुलबाट एसएलसी दिने परीक्षार्थी ३७ जना छन् । यिनीहरूमध्ये सात जना डिस्टिङ्सन र बाँकी सबै विद्यार्थीले फस्ट डिभिजन ल्याएर पास हुने अपेक्षा गरेका छौं । 
जगत गजमेर (प्रिन्सिपल) 
ब्लुमिङ लोटस इङ्लिस स्कुल

गत एसएलसीमा हाम्रा एक सय नौ विद्यार्थी सहभागी भएका थिए । सबै विद्यार्थीको नतिजा राम्रो आउला भन्ने सोचेका थियौं तर दुई जना असफल भए । उत्तीर्ण एक सय सात विद्यार्थीमध्ये आठ डिस्टिङ्सन र ७७ फस्ट डिभिजन भए । यस वर्ष भने यसै भन्न सकिन्न, सहभागी एक सय १७ मध्ये केही असफल पनि हुन सक्छन् । २०–२५ जनाको डिस्टिङ्सन अपेक्षा गरेका छौं भने बाँकीको पनि राम्रै स्थानको अपेक्षा गरेका छौं । 
जगदीश ओली (प्रिन्सिपल) 
पिसजोन आवासीय मावि

धरानको दीपेन्द्र पब्लिक माविको व्यवस्थापन अनुभवसहित इटहरी हलगडामा सञ्चालित हाम्रो विद्यालयले एसएलसीमा अपेक्षाकृत राम्रो गर्दै आएको छ । गत वर्ष एसएलसीमा हाम्रा १५ जना विद्यार्थी सहभागी थिए, जसमा दुई विशिष्ट र सबै प्रथम श्रेणीमा उत्तीर्ण भए । यस वर्ष हाम्रा १३ जना विद्यार्थी सहभागी छन् । सबैले राम्रो गर्लान् भन्ने विद्यालयको अपेक्षा छ । कम्तीमा तीन जना डिस्टिङ्सनसहित सबै विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुनेछन् ।
गणेश भण्डारी (प्रिन्सिपल)
युनिभर्सल इङ्लिस सेकेन्डरी स्कुल
गत वर्ष एसएलसीमा हाम्रो विद्यालयबाट ४८ जना विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीको मेहनत र इमान्दारितालाई हेर्दा सबै विद्यार्थीको नतिजा राम्रो हुन्छ भन्ने अपेक्षा गरेका थियौं । ४८ विद्यार्थीमध्ये १२ जना डिस्टिङ्सन र अरू फस्ट डिभिजन हुन्छन् भन्ने अपेक्षा थियो तर सोचे जस्तो हुन सकेन । आठ जना मात्र डिस्टिङ्सन, केही फस्ट र केही सेकेन्ड डिभिजनमा पास भए । एक जनाले कम्पार्ट पाए । यस वर्ष एसएलसीमा ४७ जना विद्यार्थी सहभागी गराएका छौं । त्यसमध्ये १२ जना डिस्टिङ्सन, दुई–तीन जना अलि कमजोर भएकाले सेकेन्ड डिभिजन र बाँकी सबैले फस्ट डिभिजन हुन्छन् भन्ने अपेक्षा गरेका छौं । 
ज्ञानु दाहाल (प्रिन्सिपल)
इटहरी मोडल इङ्लिस स्कुल


गत वर्ष हाम्रो विद्यालयबाट एसएलसी दिने परीक्षार्थीको सङ्ख्या नियमिततर्फ एक सय ५९, एक्जाम्टेडतर्फ २३ र खुलातर्फ ६० जना थिए । त्यसमा नियमित तर्फ ६०, एक्जाम्टेडतर्फ पाँच र  खुलाबाट १२ जना पास हुने अपेक्षा गरेका थियौं । तर, नतिजा सोचेजस्तो भएन । नियमिततर्फ एक डिस्टिङ्सनसहित २८ र खुलातर्फबाट दुई जनाको नतिजा मात्र राम्रो आयो । एक्जाम्टेडतर्फबाट कोही सफल हुन सकेनन् । 
यस वर्ष हाम्रो विद्यालयबाट नियमिततर्फ एक सय १५, एक्जाम्टेडतर्फ ८८ र खुलातर्फ एक सय १९ जना सहभागी हुँदै छन् । यीमध्ये नियमिततर्फ ५०, एक्जाम्टेड तर्फ १० देखि १५ र खुलातर्फ १० जना विद्यार्थी सफल हुन्छन् भन्ने अपेक्षा गरेका छौं । यस वर्ष डिस्टिङ्सनको भने हामीले अपेक्षा गरेका छैनौं ।
छत्रपति ढुङ्गेल (प्रधानाध्यापक)
जनता उच्चमावि, इटहरी

गत वर्ष एसएलसीमा २५ विद्यार्थी सहभागी गराएका थियौं । २५ मध्ये एक जना अलि कमजोर भएकाले कस्तो गर्ला भन्ने डर लागेको थियो तर सबै विद्यार्थीको नतिजा राम्रो भयो । एक जनाको मात्र डिस्टिङ्सन अपेक्षा गरेका थियौं तर दुई जना डिस्टिङ्सन र अरू सबै विद्यार्थीले राम्रै डिभिजन ल्याएर पास भए । गत वर्षभन्दा यस वर्ष विद्यार्थीले अझ राम्रो नतिजा ल्याउलान् भन्ने आशा गरेका छौं । यस वर्ष एसएलसीमा हाम्रो विद्यालयबाट सहभागी १८ मध्ये सात डिस्टिङ्सन र अरू सबैको राम्रो डिभिजन हुने अपेक्षा गरेका छौं । एक जना विद्यार्थी अलि कमजोर भएकाले उसका बारेमा भने भन्न सकिन्न । 
धर्म न्यौपाने (प्रिन्सिपल)
ग्रिनपिस एकेडेमी, इटहरी

गत वर्ष एसएलसीमा हाम्रा २७ विद्यार्थी सामेल भएका थिए । दुई–तीन जना विद्यार्थीहरू अलि चञ्चले भएकाले तिनीहरूप्रति अलि चिन्ता भए पनि अपेक्षा त सबैको राम्रै होला भन्ने लागेको थियो । नभन्दै २७ मध्ये दुई डिस्टिङ्सन र अरू राम्रै अङ्क ल्याएर उत्तीर्ण भए । यस वर्ष 
विद्यालयबाट एसएलसी दिने विद्यार्थी १४ जना छन्, जसमा चार जनाले डिस्टिङ्सन ल्याउने अपेक्षा गरेका छौं । अरू प्रथम र द्वितीय श्रेणीमै पास हुने अपेक्षा छ । 
ज्ञानु पनेरु (भाइस प्रिन्सिपल)
गार्डेन एकेडेमी बोर्डिङ स्कुल


गत वर्ष एसएलसीमा २७ विद्यार्थीमध्ये २० जनाले पास गर्ने, तीन जना जति डिस्टिङ्सन हुने अपेक्षा गरेका थियौं । तर, अपेक्षा गरेझैं डिस्टिङ्सन कसैले ल्याउन सकेनन्, फस्ट डिभिजन पाँचसहित १९ विद्यार्थी पास भए । यस वर्ष हाम्रा ३० विद्यार्थी एसएलसीमा सहभागी छन्, जसमा ७० प्रतिशत सफल हुने अपेक्षा गरेका छौं । तीन जना डिस्टिङ्सन र पाँच जना फस्ट डिभिजन हुने अपेक्षा छ । गत वर्षभन्दा यसपालि तयारीमा बढी मेहनत गरेका छौं ।
नेत्रप्रसाद कोइराला (प्रिन्सिपल)
कबिर मावि, इटहरी


गत वर्ष हाम्रो विद्यालयबाट एसएलसी दिने परीक्षार्थीको सङ्ख्या नियमितबाट ९५ र एक्जाम्टेडबाट  ५० थियो । सरकारी विद्यालयमा यसै पनि विद्यार्थीको चाप उच्च नै हुन्छ, त्यसमा पनि विद्यार्थीको लापरबाही, अभिभावकको चासो कम हुने आदि कारणले अपेक्षा गरे जति विद्यार्थी सफल हुँदैनन् । त्यो बेला नियमितबाट १७, कम्पार्ट पाएर १७ अनि एक्जाम्टेडबाट एक जना विद्यार्थी सफल भए । दुई–तीन जनाले डिस्टिङ्सन ल्याउलान् भन्ने अपेक्षा थियो तर भएन ।  यस वर्ष हाम्रो विद्यालयबाट नियमित एक सय आठ र एक्जाम्टेडका ५६ विद्यार्थी एसएलसीमा सहभागी छन् । गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो होला भन्ने लागेको छ । चार–पाँच जनाको डिस्टिङ्सन र अरू सबैको राम्रो हुने अपेक्षा छ ।
दुखनलाल चौधरी (प्राधानाध्यापक) 
ज्योति मावि, इटहरी

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved