करीअरलाई कसरी अघि बढाउने ? - College Times : Educational Magazine
Headlines News :
Home » » करीअरलाई कसरी अघि बढाउने ?

करीअरलाई कसरी अघि बढाउने ?

Written By Neplee on Saturday, March 16, 2013 | 6:42 PM

अध्ययनका लागि विषयको छनोट कुनै पनि विद्यार्थीका लागि एसएलसीसम्मको शिक्षाले जीवनमा कायापलट गर्न महत्व राख्छ, किनभने सबै किसिमका शिक्षाको जड नै एसएलसीसम्मको शिक्षा हो । त्यसैले शिक्षाको जग मजबुत गर्न आवश्यक हुन्छ । सुरूमै राम्रो अध्ययन गरेका विद्यार्थीले कुनै विषयवस्तुहरूको अध्ययन गर्न र राम्रो अङ्क ल्याएर पास गर्न सक्छन् ।

सजगकता 
कुनै पनि विद्यार्थीलाई पछि इन्जिनियर, डाक्टर, वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता, चार्टर्ड एकाउन्टेन्ट वा सफल शिक्षक, प्राध्यापक र असल नागरिक बनाउने शिक्षा नै हो । त्यसैले सफल जीवन एवम् करियर निर्माणका लागि एसएलसीसम्मको शिक्षामा विद्यार्थी–अभिभावक दुवैले विशेष जोड दिनुपर्छ । उच्चशिक्षाका लागि आफ्नो अध्ययन क्षमता, अभिभावकको आर्थिक क्षमता, एसएलसीमा ल्याएको अङ्क तथा ठाउँ र सामाजिक अवस्थाअनुसार मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षा, इन्जिनियरिङ, चिकित्सा, कृषिलगायतका विषयहरू छनोट गर्न सकिन्छ । आफू विद्यार्थी भए पनि वा रोजगार खोज्ने क्रममा रहे पनि स्वयम्प्रति सदा सचेत भइरहनुपर्छ । विद्यार्थीहरूले आफूभित्रको सम्भावनालाई उजागर गर्दै आफ्नो योग्यतालाई अझ विकसित गर्दै माथि पु¥याउनुपर्छ । हरेक व्यक्तिमा कुनै न कुनै सुषुप्त प्रतिभा, असल गुण र योग्यता लुकेको हुन्छ । त्यसलाई चिन्न मात्र सक्नुपर्छ । यदि यस्ता सुसुप्त सम्भावनालाई चिनेर क्यारियर निर्माणको क्षेत्रमा अघि बढेमा कुनै मानिसले धेरै ठूलो सफलता हात पार्न सक्छ ।

आत्ममूल्याङ्कन 
तपाईंले यो थाहा पाउनुपर्छ कि तपाईको योग्यता कति छ ? रूचि केमा छ ? उद्देश्य के छ ? तपाईको व्यक्तित्व कस्तो छ ? वास्तविकतामा आधारित योग्य गुणहरू नै तपाईको अगाडिको यात्रालाई तय गर्न सहायक सिद्ध हुन सक्छ भने बुझ्नुपर्छ । उदाहरणका लागि तपाईमा उद्घोषणको राम्रो कला छ, तर अनुहार ‘आकर्षक’ छैन भने टिभी स्क्रिनमा देखा परेर समाचार पढ्ने ध्येय त्याग्नु नै राम्रो हुन्छ । त्यस्तै राम्रो अध्ययन क्षमता छ तर सम्पत्ति छैन भने विदेशमा गएर पढ्ने आकाङ्क्षाले साकार रूप नलिन सक्छ ।
 त्यसैले करियर अगाडि बढाउँदा आफ्नो योग्यताका साथै व्यक्तिगत गुण, रूचि एवम् आर्थिक अवस्थालाई समेत विचार गरेर अगाडि बढ्नुपर्छ र अझ यस्तो बेलामा साथीभाइ तथा अग्रज र सम्बन्धित विशेषज्ञहरूको सल्लाह सुझाव लिनु उपयुक्त हुन्छ ।

सम्भावना 
आफ्नो योग्यता, क्षमता, रूचि, व्यक्तिगत भित्री तथा बाहिरी गुण र परिस्थितिको लेखाजोखा गरिसकेपछि मात्र करियरका लागि उपयुक्त बाटो रोज्नुपर्छ । तपाईले यो पत्ता लगाउनुस् कि तपाईको करियर क्षेत्रका व्यक्ति कसरी अगाडि बढेका छन् । उनका अनुभवहरू के के छन् ? यो जानकारी बटुल्नुस् कि तपाईको योग्यताअनुरुप कुन–कुन क्षेत्रमा रोजगारी पाउन सकिन्छ ? कुन रोजगार वा व्यवसायमा बढी सफल बन्न सक्नुहुन्छ ? कुन क्षेत्रमा तपाईंको भविष्य बढी सुरक्षित हुन सक्छ ? र बढी लाभ प्राप्त गर्न सकिन्छ ? त्यसै क्षेत्रमा लाग्नु आवश्यक छ ।
के तपाई आफूले रोजेको रोजगार वा जिम्मेवारीको क्षेत्रका चुनौतीहरूको सामना गर्न तयार हुनुुहुन्छ ? यदि सबै कुराको लेखाजोखा समयमै गर्नुभयो भने तपाईंले आफ्नो करियरको बाटो प्रष्ट भएको देख्नुहुनेछ ।

दिशा–निर्धारण 
तपाईले सबै कुराको लेखाजोखा र चिरफार गरिसकेपछि आफूले लिने बाटो, गर्न लागेको काम, व्यवसाय वा रोजगारीको क्षेत्र तय गर्नुपर्छ र सुनियोजित रूपमा कदम चाल्नुपर्छ ।
आपूmले गर्ने काम, व्यवसाय वा नोकरीको क्षेत्र तय गरिसकेपछि सो क्षेत्रमा सुनियोजित रुपमा अघि बढ्न तपाईले कार्य योजनाको निमार्ण गर्नुपर्छ । जस्तो कि बायोडाटा, पुँजी, पाठ्यक्रम, परिश्रम, ठाउँ, सम्बन्धित मानिस, समय आदिको खाका तयार गरी अघि बढ्नुपर्छ । आफ्नो करियरको क्षेत्रसँग सम्बन्धित जानकारी तथा अनुभवहरू बटुलेर धैर्यताका साथ अघि बढे सफलता अवश्य हात लाग्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved