सतप्रतिशतका पछिपछि - College Times : Educational Magazine
Headlines News :
Home » » सतप्रतिशतका पछिपछि

सतप्रतिशतका पछिपछि

Written By Neplee on Saturday, March 16, 2013 | 6:39 PM


एसएलसी परीक्षा विद्यार्थीका लागि मात्र होइन विद्यालयका लागि पनि चुनौतीको विषय बन्ने गरेको छ । यतिबेला माध्यमिकस्तरका सबै विद्यार्थी र विद्यालयहरू एसएलसी नामको ‘महायज्ञ’मा होमिएका छन् । प्रतिष्ठामा आँच आउने डरले व्याकुल बनेका विद्यालय सञ्चालकहरूको चिन्ता विश्लेषण गर्दै भोजराज श्रेष्ठको सोधी–खोजी ः
सरकारले विगतमा जस्तै विद्यार्थीहरू एसएलसीको ‘महा–सङ्ग्राम’मा  जुटिरहेका छन् । एसएलसी भन्नेवित्तिकै यसलाई विशेष रूपमा लिनुपर्छ भन्ने विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयको सोच छ । तर, विद्यार्थीमा मेहनत गर्ने प्रवृति हराउँदै गएको शिक्षकहरूको बुझाइ छ । विद्यार्थीहरू भने कोही एसएलसीलाई विशेष रूपमा र कोही सामान्य रूपमा लिन्छन् । नवज्योति उच्चमाविबाट एसएलसीकी उमेद्वार मगना खाम्याहाङ भन्छिन्, ‘मैले एसएलसीलाई ठूलो रूपमा लिएको छैन ।’ उनले रुटिङ बनाएर परीक्षाको तयारी ठिकठिकै गरेको बताइन् ।
विद्यार्थीले जस्तो रूपमा माने पनि विद्यालयहरूका लागि भने एसएलसी प्रतिष्ठाको विषय बनेको छ । प्रतिस्पर्धीका सामुन्ने प्रतिष्ठा कायम नगरे विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न नसकिएला भन्ने भयसहित एसएलसी परीक्षा विशेषगरी निजी विद्यालयहरूका लागि ठूलो चुनौतीको रूपमा उभिएको छ । गत वर्षको नतिजा पनि नल्याए विद्यालयको प्रतिष्ठा गिर्ने भन्दै निजी विद्यालयहरूले विद्यार्थीहरूका लागि विशेष कक्षा र
परीक्षाको तयारीमा निकै खर्च गरेका छन् । विद्यालयले आफ्नो प्रतिशत देखाएर अभिभावक र विद्यार्थी आकर्षित गर्नकै लागि पनि उनीहरूको ध्यान अहिले एसएलसीमा केन्द्रित छ ।
गत वर्ष सतप्रतिशत गरेको धरानको विष्णु मेमोरियल उच्चमावि यसपल्ट पनि सतप्रतिशत ल्याउनेमा आशावादी छ । सो विद्यालयबाट यसपल्ट ६० विद्यार्थी एसएलसीमा सहभागी छन् । विष्णुका प्राचार्य वेनिन्द्र कटुवाल भन्छन् ‘विद्यार्थीलाई विशेष कक्षा र प्रि–एसएलसी परीक्षामा सहभागी गराएर आन्तरिक तयारी राम्रै गरेका छौं, मेहनत गरेअनुसारको प्रतिफल पनि राम्रै होला भन्ने आशा छ ।’
सरकारले सेन्टअप खारेज गरेसँगै विद्यार्थी मापनमा भने समस्या आएको विद्यालय सञ्चालकहरूको बुझाइ छ ।   विद्यालयले आन्तरिक परीक्षा लिने क्रम भने बढ्दो छ । सतप्रतिशत विद्यार्थीहरू पास हुन् भन्नकै लागि विद्यार्थीलाई बिहानदेखि बेलुकासम्मै विभिन्न कक्षामा सहभागी गराएका हुन् । ‘मर्यादित होस् भनेर सेन्टअप खारेज गर्नु राम्रै हो, तर विद्यार्थीमा मेहनत गर्ने बानी हराएर गएको छ,’ प्राचार्य कटुवाल भन्छन्, ‘कम्तीमा पनि मापन गर्ने सरकारको एउटा प्रणाली भएको भए विद्यार्थीमा ‘डर’ हुन्थ्यो र पढ्ने बानीको विकास हुन्थ्यो ।’
सरकारले सेन्टअप खारेज गरेपछि विद्यालयका लागि टाउको दुःखाइको विषय बनेको र सिधै एसएलसी दिन पाइन्छ भन्ने सोचले विद्यार्थीमा पढाइप्रति ध्यान दिने र मेहनत गर्ने बानी घटेको डिपो उच्चमाविका प्राचार्य राजकुमार राई बताउँछन् । गत वर्ष ६८ जना विद्यार्थीले सतप्रतिशतले पास गरेको डिपोबाट यसवर्ष ६२ जनाले एसएलसी दिँदैछन् । गतवर्षको प्रतिष्ठालाई कायम गर्नु यतिबेला डिपोटको चिन्ताको विषय बनेको छ । ‘अहिले विद्यार्थीलाईभन्दा पनि विद्यालयलाई चिन्ता धेर छ,’ शिक्षक वेदप्रसाद लिम्बू भन्छन्, ‘धरासायी भइएला भनेर पनि विद्यालयलाई सतप्रतिशत हुनुपर्ने दबाब हुन्छ ।’
समिट उच्चमाविका प्रिन्सिपल बालजित राईका अनुसार सतप्रतिशतको पछाडि कुद्नु व्यापारिक दृष्टिले मात्रै ठिक हो । तर, त्यसले विद्यार्थीमा नराम्रो असर पारेको छ । यद्यपि, प्लसटु सम्मको शिक्षालाई स्कुलभित्रै गाभेपछि एसएलसीको महत्व निकै घटेको उल्लेख गर्दै राईले भने, ‘कक्षा १०को परीक्षालाई अब स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) भनिरहनुपर्ने अवस्था छैन ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved