विषयगत सम्भावित क्षेत्रहरू - College Times : Educational Magazine
Headlines News :
Home » » विषयगत सम्भावित क्षेत्रहरू

विषयगत सम्भावित क्षेत्रहरू

Written By Neplee on Saturday, March 16, 2013 | 6:33 PM


व्यवस्थापन सङ्काय :
व्यवस्थापनअन्तर्गत बजार, सहकारी, वित्त, लेखा, बैंक, राजस्व, कार्यालय व्यवस्थापन, कम्पनी सञ्चालन, पसल, व्यापार, व्यवसाय, उद्योगधन्दा आदि क्षेत्र पर्छन् । यसमा पढ्न सकिने विषयमा बिजनेस स्टडिज, बिजनेस म्याथ, लेखा (एकाउन्ट), अर्थशास्त्र, बजारशास्त्र (मार्केटिङ), कम्प्युटर साइन्स, पेडागोजी, बुम, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, एलिमेन्ट अफ् फिनान्स, को–ओपरेटिभ म्यानेजमेन्ट आदि रोज्न पाइन्छ ।
विज्ञान सङ्काय :
विज्ञान सङ्कायअन्तर्गत पढाइ हुने मुख्य विषयहरूमा भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, कम्प्युटर साइन्स, तथ्याङ्कशास्त्र आदि हुन् । विज्ञान सङ्कायबाट उत्पादित जनशक्तिले धेरै विषयमा विशेषज्ञता हासिल गरेर चाहेजस्तो रोजगारी सजिलै प्राप्त गर्नसक्छन् । उदाहरणका लागि विज्ञान–प्रविधि क्षेत्र, शिक्षण, भौगर्भिक अनुसन्धान, दुग्ध डेरी, वातावरण, वनजङ्गल संरक्षण तथा व्यवस्थापन आदि ।
शिक्षाशास्त्र :
 शिक्षाशास्त्रमा ऐच्छिक विषयमा मानविकीमा जस्तै भाषा, अर्थशास्त्र, स्वास्थ्य, गणित आदि हुन्छन् । शिक्षाशास्त्र अध्ययन गर्नुको मुख्य लक्ष्य शिक्षण पेसा नै हो । यसका अतिरिक्त विद्यालय निरीक्षक, अनुगमनकर्ता, जिल्ला शिक्षा अधिकारी आदि बन्न सकिन्छ । शैक्षिक सिकाइ र विधिअनुरूपका सबै विषय यसमा पर्छन् ।
इन्जिनियरिङ तथा प्राविधिक शिक्षा :
प्लसटु तह एवम् प्रमाणपत्र तह चिकित्सा तथा इन्जिनियरिङ विषयको शिक्षाका साथै रोजगार एवम् सीपमूलक शिक्षा मुख्य रूपमा त्रिभुवन विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रदान गर्दै आएको छ । त्रिविले कृषि, वन, इन्जिनियरिङ तथा नर्सिङ विषयमा प्रमाणपत्र तहको शिक्षा अध्ययन–अध्यापन गराउँदै आएको छ ।
सिटिइभिटीले पनि प्लस टु तह तथा डिप्लोमा स्तरको प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । नर्सिङ विषयको प्रवेश परीक्षामा एसएलसीसरह अङ्ग्रेजी, गणित तथा विज्ञान विषयसँग सम्बन्धित अब्जेक्टिभ प्रश्न सोधिन्छन् ।
मानविकी सङ्काय :
मानविकी सङ्कायका उत्पादनहरू प्रशासन, कार्यालय सञ्चालन तथा व्यवस्थापन, जनसम्पर्क, र आमसञ्चारमाध्यम, शिक्षण, परराष्ट्र सेवा, गैरसरकारी क्षेत्र सामाजिक अनुसन्धान आदिमा खपत हुन्छन् । यसअन्तर्गत प्राथमिकतामा राख्न सकिने विषयहरूमा आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्र, जनसङ्ख्या, अङ्ग्रेजी साहित्य, नेपाली साहित्य, स्वास्थ्य, राजनीतिशास्त्र, इतिहास, गणित, भूगोल, मैथिली, नृत्य, मनोविज्ञान, सङ्गीत, हिन्दी, गृहविज्ञान, संस्कृति, भाषा (फ्रेन्च, जापानी, उर्दू, जर्मनी आदि), जनरल ल, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्स आदि हुन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved