खतरनाक स्कुल प्रेम
Written By Neplee on Wednesday, February 13, 2013 | 6:45 PM
ऋषिमुनिहरूले दिने अनौपचारिक शिक्षाबाट सुरू भएको शिक्षाप्रणाली अहिले अत्याधुनिक र प्रविधिमय भइसकेको छ । तर, अत्याधुनिक प्रविधियुक्त प्रणालीको पहु“च वृद्धिले शिक्षालयहरू शिक्षा आर्जन गर्ने विकसित थलो हुनुपर्नेमा माया–प्रेम र सेक्स साट्न सहजीकरण गर्ने केन्द्रमा रूपान्तर हुन थालेको देखिन्छ, भोजराज श्रेष्ठ लेख्छन् :
स्कुल, कलेज किन गइन्छ ? सहज जवाफ छ शिक्षाआर्जन गर्न । तर, युवापुस्ताका लागि भने स्कुल कलेज त्यसको विपरीत भइरहेको छ । शिक्षा आर्जन गर्ने मन्दिर प्रेम गर्ने मन्दिरका रूपमा विकास भइरहेको छ । कसले बढी प्रेमी या प्रेमिका बनाउने प्रतिस्पर्धा नै चल्ने गरेको छ, अहिले स्कुल तथा कलेजहरूमा । केटी या केटाको नाउँमा स्कुले विद्यार्थीबीच फाइट नै चल्छ । तनाव, द्वन्द्व र मनमुटावका कुरा त सामान्य मानिन्छन् । शिक्षा आर्जन गर्ने केन्द्रमा प्रेमी–प्रेमिकाको विषयलाई लिएर ग्याङफाइटसम्मै पुग्छ युवापुस्ता ।
धरानकै एक प्रशिक्षित सामुदायिक विद्यालयमा एउटा प्रेमी–प्रेमिकाको विषयमा केही दिनअघि यस्तै घटनाले प्राथमिकता पायो । दुई केटीले एउटै केटालाई प्रेम गरेपछि कसको प्रेमी हो भन्ने विषयमा युवतीहरूबीच ग्याङफाइट नै चल्यो । उनीहरूबीच बाटो ढुकाढुकको स्थितिसमेत सिर्जना भयो ।
एउटा ग्याङले बाटो ढुकेर कुटिदिएपछि घटना स्कुलमा मात्रै सीमित भएन । स्कुलमा विद्यार्थीका अभिभावक, शिक्षक र विद्यार्थीबीच बसेर सहमतिको वातावरण बनाउन निकै पापड बेल्नुप¥यो ।
स्कुले जीवनको प्रेम धेरैको जीवन बर्बादीको कारणसम्म बन्ने गरेका घटनाहरू थुपै्र छन् । पाँचकन्या–२ स्थित सरस्वती उच्चमावि पानबारीकी विद्यार्थी सीताको जीवन अहिले त्यस्तै मोडमा पुगेको छ । स्कुलकै शिक्षकसँग प्रेमजालमा फसेपछि अहिले उनको जीवनका फेहरिस्तहरू बदलिएका छन् । कक्षा सातदेखि नै शिक्षकसँग प्रेमजालमा परेकी उनलाई शिक्षकले छाडेर भागेपछि उनले देखे–बनाएका सारा सपना भताभुङ्ग भएका छन् ।
यी त केही प्रतिनिधि घटना मात्रै हुन्, स्कुलमा गरिने प्रेमका । यस्ता कयौँ घटनाहरू छन्, जो दिनहँुजसो भइरहेका छन्, हाम्रो समाजमा । तर, प्रेमी या प्रेमिका धेरै बनाउने विद्यार्थीहरूबीचको प्रतिस्पर्धालाई ‘सामान्य कुरो’ ठान्छन् पब्लिक उच्चमाविका सहायक प्राध्यापक इन्द्रमोहन झा ।
मोबाइलमा बढ्दो इन्टरनेटको सुविधाका कारण नराम्रा फोटो, फिल्महरू सेभ गरी अहिलेका केटाकेटीबीच माया–प्रेमको भन्दा सेक्सको सम्बन्ध बढी हुने गरेको उनी बताउँछन् । प्रेमबाट सुरू हुने त्यस्ता गतिविधिको अन्तिम बिन्दु सेक्स हुने गरेको उनको बुझाइ छ । चार कक्षाका विद्यार्थीहरू पनि प्रेमप्रस्ताव राख्ने र मायाका कुरा गर्ने गरेको पाइएको उनले सुनाए ।
साथीहरूका प्रेमी भए पनि आफ्नो नभएको बताउने शिक्षासदन धरानकी अर्चना विद्यार्थीहरूबीचमा होडबाजी नै चल्ने गरेको बताउँछिन् । ‘मेरा साथीहरूका पनि धेरै केटा–केटी साथीहरू छन्, त्यो त सामान्यझैँ बनिसक्यो,’ उनले भनिन् । अहिलेका विद्यार्थीहरूमा यस्ता घटना समान्यझैँ लाग्छन् । ‘प्रेमीप्रेमिका नभएको त कोही पनि भेटिँदैन,’ उनले भनिन् । किशोर–किशोरी उमेरमा एउटा पनि प्रेमी या प्रेमिका भएन भने विद्यार्थीहरूले नै जिस्काउने गरेको तीतो अनुभव उनले सुनाइन् ।
ग्याजेट, मोबाइल फोन र विभिन्न बढ्दो प्रविधिहरूले उनीहरूलाई पनि प्रतिस्पर्धा गराउने गरेको छ । ‘नयाँपुस्तामा कसले धेरै प्रेमी बनाउने भन्ने विषयमा प्रतिस्र्धा हुन थालेको छ,’ अल्पाइन कलेजमा अध्ययनरत विक्की श्रेष्ठ भन्छन् ‘मोबाइल, विभिन्न फिल्म र विदेशी च्यानलहरूको कारणले युवायुवतीमा पढाइभन्दा पनि प्रेमीप्रेमिका बनाउने प्रतिस्पर्धा चलेको हो ।’
आफ्नो प्रेम सार्वजनिक गर्नेबारेमा भने उनी मौन छन्, भन्छन् ‘एउटी त सामान्य नै हो नि कलेज लाइफमा तर, अन्यलेझैँ प्रतिस्पर्धाको गोलचक्करमा म फसेको छुइनँ ।’
कुन कलेज र कुन स्कुलमा केटीहरू राम्रा छन्, त्यही स्कुल रोजेर विद्यालय जाने केटाहरू पनि थुप्रै भेटिन्छन् । ज्ञान आर्जन गर्ने थलोलाई माया–पिरती सेन्टर बनाउन थालेको युवापुस्तालाई झनै सजिलो बनाइदिएको छ, विदेशी च्यानल, फिल्म, ग्याजेटहरूले । स्कुलको पोसाक, फेसनले त झनै विद्यार्थीहरूलाई आर्कषित गरेको पाइन्छ । फेसन र अरूभन्दा केही ‘खुला’ वातावरणकै कारणले धरानका केही कलेजहरूमा विद्यार्थीको सबैभन्दा बढी चाप रहेको पाइन्छ ।
स्कुलेपुस्तामा देखासिकीमा प्रेम गर्ने प्रवृत्तिको विकास भइरहेको शिक्षा निकेतन उच्चमाविका प्राचार्य हीराकाजी बूढाथोकी बताउँछन् । ‘पहिले धेरै कुराको सुविधा थिएन, स्कुलकालमा प्रेम हुँदैनथ्यो, अहिले विभिन्न सुविधाहरू छन्, जसका कारणले प्रेम पनि फेसनझैँ हुँदै गएको छ,’ उनले भने ‘प्रेम फेसन भइसक्यो, प्रेमको अर्थ र गहिराइ नबुझी प्रेम गर्ने अहिलेका धेरै स्कुलेहरूले अध्ययनमा लगाउनुपर्ने महत्वपूर्ण समय खेर फालिरहेका छन् ।’
Labels:
आवरण,
संघर्षको कथा

0 comments:
Speak up your mind
Tell us what you're thinking... !