२०७०असार मसान्तमा सुनसरी निरक्षर मुक्त - College Times : Educational Magazine
Headlines News :
Home » » २०७०असार मसान्तमा सुनसरी निरक्षर मुक्त

२०७०असार मसान्तमा सुनसरी निरक्षर मुक्त

Written By Collegetimes on Friday, February 22, 2013 | 4:56 AM

सुनसरी ११ फागुन । २०७० असार मसान्त सम्ममा सुनसरीलाई निरक्षर मुक्त जिल्ला घोषणा गरिने भएको छ ।
जिल्ला विकास समितिले आज सदरमुकाम इनरुवामा पत्रकार सम्मेलन गरि (इच वन टिच वन) अभियान मार्फत सुनसरीमा रहेका १५ वर्ष माथिका करिव ९५ हजार निरक्षरलाई एकै पटक साक्षर बनाउने घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा  स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले नागरिक मंच, शिक्षक, कर्मचारी, स्थानिय संघ संस्था र स्वंयसेवकहरुलाई परिचालन गरी व्यक्तिगत तथा सामूहिक कक्षा संचालन गरी २०७० असार २९ गते सम्ममा जिल्लालाई निरक्षरता मुक्त घोषण गर्ने बताउनु भयो । उहाले सुनसरीलाई साक्षर जिल्लाको रुपमा घोषणा गर्नका एकले एकलाई सिकाउने (इच वन टिच वन ) अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
जनगणना २०६८को तथ्याङक अनुसार १५ वर्ष माथिका करिव ९५ हजार निरक्षर रहेको सुनसरीमा यो अभियान चलाउन चैत्त २५ गते देखि नौ सय २५ वटा कक्षा असार २५ गतेसम्म संचालन गरिने र त्यसका लागि प्रसार प्रसार, मुल्यांकनलगायतका समिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved