एकबर्ष अगाडी देखि इटहरीबाट प्रकाशन हुदै आएको पत्रिका सञ्चालक समुहले प्राली दर्ता गरि प्रकाशनलाई बृहत बनाउने भएको हो ।
प्रालीको सोमबार भएको साधारणसभाले चिरहाङ राइको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज धिमाल, सचिवमा अमर खडका, सहसचिवमा हिमाल दहाल र कोषाध्यक्षमा पवन अधिकारी चयन भएका छन् । त्यसैगगरि सदस्यहरुमा शेखर ढकाल, एकराज दाहाल, टेकेन्द्र लिम्बु र दिपेन्द्र ढकाल छन् । साधारण सभाले, टीका प्रसाद ओझा, बलराम आचार्य र विजय मित्रलाई सल्लाहकार छानेको छ ।
कार्यक्रममा कोषाध्यक्ष पवन अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पास ग¥यो । कलेज टाइम्स पत्रिकालाई प्रभावकारी बनाउन विषेश ग्राहका योजना ल्याएर पूर्वाञ्चल भरि पुग्ने पनि साधारणसभाले निचो निकालेको छ । पत्रिकालाई स्तरिय बनाउदै थप उचाइमा पूया¥याउन प्रालीले विभिन्न कार्यक्रम ल्याउने प्रालीका अध्यक्ष राइले बताउनुभयो ।
पूर्वमा शैक्षिक पत्रिका नभएको र कलेज टाइम्सले त्यसको अभाव पूर्तीका लागि कार्य गरिरहेको बताउदै पत्रिकाका सम्पादक अमर खडकाले आगामी दिनमा यसका सामाग्री र गुणस्तर बृद्धिगर्दै विद्यार्थी र युवाकाले पढ्नैपर्ने पत्रिका बनाउने बताउनुभयो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !