परीक्षा
Written By Neplee on Saturday, March 16, 2013 | 12:12 AM
केही दिनदेखि उसको मन अस्थिर छ । आज पनि विहानको ७ बजे नै उसले आफ्नो टोलको सबै गल्ली घुमेर भ्याइसकेको छ । हातखुट्टामा किन हो कुन्नी व्यग्रता छ । हात कहिले खल्तीमा हाल्छ त कहिले झट्कार्दै हिँड्छ । खुट्टा पनि कहिले ढिलो र कहिले छिटो ।
‘के भो तँलाई ?’ धागो बाँधेको लठ्ठीसँगै चङ्गा समातेर बसेको साथीले चिया पसलअघि भेट्दा सोधेको थियो ।
‘केइ होइन ।’ उसले यसरी लापरवाह तरिकाले उत्तर दिएपछि उसको साथी पनि फन्केर हिँड्यो ।
अलिपर ढिस्कोमा पुगेर चङ्गा हुत्यायो र बेस्मारी कुद्यो । हेर्दाहेर्दै उसको चङ्गाले आकाश छोयो ।
उसको मन भने जहाँको त्यहीँ थियो । झन् व्यग्र । ‘उसैलाई सोधौं कि ?’ एक मनले सोच्यो, ‘आ... यो नाथुलाई के थाहा होला र ?’ ऊ एकछिन खम्बाजस्तै भएर उभियो, अनि लच्ँिकदै दौड्यो ।
...
पत्रिका पसलमा मानिसहरूको भिड थियो । अगाडि लहरै पत्रिका झुन्ड्याइएका थिए । उसले मानिसको भिडबाट पसलभित्र चियायो । भित्र थरिथरिका किताबहरू थिए । किताबहरूका बीचमा एउटा किताबमा लेखिएको थियो, ‘एसएलसी प्रश्नपत्र सङ्ग्रह’ ।
नियालेर हे¥यो निकै बाक्लो किताब । कतिधेरै प्रश्न होलान् त्यसभित्र । ती सबै प्रश्नको उत्तर दिनुपर्ने होला मैले !
ऊ आत्तियो । त्यहाँबाट घरतिर कुद्यो ।
...
दिनभरि उसले अल्छी ग¥यो । कापीका पाना च्यात्दै प्लेन बनाएर उडायो । टिभी हे¥यो तर उसको मन शान्त भएन । झन् व्यग्र । ‘एसएलसीको परीक्षामा सुरक्षा कडा पारिने ...’ टेलिभिजनले यसो भन्दा उसले रिमोर्ट घुमाउन छोड्यो र फेरि एसएलसीको बारेमा भन्छ कि भनेर कुरेर बस्यो । तर, देखाएन ।
उसले पछि मात्र थाहा पायो, त्यो त समाचारको अन्तिममा भनिने मुख्य समाचार पो रहेछ ।
...
स्कुल जानु त थियो । लुगा लगाएर ठिक प¥यो । ढोका खोल्यो । अचम्म, ‘घर अगाडि कसले हो यत्रो ठूलो गेट बनाएको ?’ गेटमा चन्द्राकार पारेर केही लेखिएको थियो ‘ए.. स.. ए.. ल.. सी ।’ पढिसकेपछि ऊ झसङ्ग भयो ।
‘अब म तिमीलाई खान्छु ।’ गेट बोल्यो ।
‘किन ?’ ‘तिमी मदेखि डराउँछौ, त्यही भएर ।’
‘को... को हौ तिमी ?’ थर्थराएको ओठले बोल्यो ऊ । उसका खुट्टा डरले लगलग कामिरहेका थिए ।
‘म एसएलसी !’ गेटले निकै चर्को स्वर निकालेर भन्यो ।
‘म तिमी भएतिरै आउँदिनँ । लु हेरौं त कसरी खाँदा रै’छौ ?’ रुँदै उसले आँट देखायो ।
‘आउनैपर्छ, धेरै पढ्न चाहने कुनै पनि विद्यार्थी मबाट उम्किएर अगाडि जान पाउँदैन ।’ यसो भन्दै गर्दा त्यो गेट झनै भयङ्कर देखियो । ऊ रुन थाल्यो ।
गेट आफैं मुख बाउँदै अघि बढ्यो । ‘ममी...’ ऊ चिच्यायो ।
ब्युँझदा पसिना खल्खली थियो ।
‘थुक्क ! कस्तो नराम्रो सपना...!’ ऊ केहीबेर थक्थकायो ।
...
उसलाई स्कुल जान मन भएन । उसले डे«सको सर्ट खोज्ने जाँगर पनि देखाएन । न त पेन्टको फस्नर फुस्किएकै वास्ता थियो । आमाले बिग्रिएको फस्नरमा खिप गाँस्दै सोधिन्, ‘आज के भो सरकारलाई ? स्कुल जान मन छैन कि क्या हो ?’
उसले आमाको मुखतिर पुर्लुक्क हे¥यो ।
केही बुझेजस्तो गरी आमाले उसको गाला मुसारिन् ।
‘आमा म पढ्दिनँ,’ मसिनो स्वरमा उसले भन्यो ।
‘किन छोरा ?’
‘एसएलसी त धेरै गाह्रो हुन्छ रे हो ?’
‘कसले भन्यो ?’
‘सबैले त्यसै भन्छन् । सरले पनि भन्दै हुनुहुन्थो ।’
‘त्यस्तो होइन, सजिलो हुन्छ ।’
‘अँ हुन्छ, मैले त हेरेको । पत्रिका पसलमा । एसएलसीको प्रश्नको कत्रो मोटो किताब थियो ।’
‘एसएलसी गाह्रो होस् कि सजिलो, तँ चाहिँ किन स्कुल नजाने ?’
‘पढो भने त्यस्तो गाह्रो जाँच दिनुपर्छ नि त । बरु, पढ्दै नपढे ढुक्क हुन्छ ।’
...
आमा चुपचाप भित्र गइन् । एकछिनपछि आएर उसलाई आफ्नो पञ्जा लगाउन दिइन् ।
उसको सानो हात ठूलो पञ्जाभित्र हरायो ।
‘यो त ठूलो भो ।’ उसले आमाको मुखतिर हेर्दै गुनासो ग¥यो ।
आमाले सम्झाइन्, ‘यो पञ्जाजस्तै अहिले तेरो लागि एसएलसी परीक्षा निकै ठूलो छ । तँ ठूलो भएपछि तँलाई यो मेरो पञ्जा ठिक्क मिल्छ अनि एसएलसी पनि गाह्रो लाग्न छोड्छ । फेरि पढ्ने विद्यार्थीलाई जुन परीक्षा पनि सजिलोे हुन्छ । राम्रो पढ्दै जा न, एसएलसी पनि सजिलो लाग्छ । गाह्रो त नपढ्ने, अल्छी गर्ने विद्यार्थीलाई हो । तँ राम्रो पढ्छस्, तँलाई केको डर ?’
आमाको कुराले उसको चित्त बुझ्यो । अनुहार उज्यालो भयो । ब्याग भि¥यो र हात हल्लाउँदै बाटोमा निस्कियो ।
त्यो दिनदेखि सधैँ बेलुका उसले आमाको पञ्जामा आफ्नो हात छिराउँथ्यो, अनि दङ्ग पथ्र्यो ः ‘मैले एसएलसी दिने बेला भएकै छैन ।’
–युगपथ
0 comments:
Speak up your mind
Tell us what you're thinking... !