छोटा स्कर्ट निषेध : सर्ट, पाइन्ट, कुर्ता, टाईमा समेत मापदण्ड - College Times : Educational Magazine
Headlines News :
Home » » छोटा स्कर्ट निषेध : सर्ट, पाइन्ट, कुर्ता, टाईमा समेत मापदण्ड

छोटा स्कर्ट निषेध : सर्ट, पाइन्ट, कुर्ता, टाईमा समेत मापदण्ड

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:53 PM


निजी विद्यालयको मनोमानी पोशाक चयन त निकै लामो समयदेखिको समस्या हो । तोकेको ठाउँबाट पोशाक खरिद गर्न बाध्य पार्ने गरी पोशाक भिराउने निजी विद्यालयको मनमौजी गतिविधिमा विद्यार्थीहरुको मनोमानी डिजाइन मिसिएपछि विद्यालय फेसन देखाउने ठाउँको रुपमा विकास भइरहेको छ । निजी विद्यालय हुँदै यस्तो समस्या सरकारी विद्यालयमा समेत सरेपछि विकृति बढेको छ । छात्रले फिटिङ सर्ट लाउन थालेका छन् भने हिपअप शैलीको कम्मरमुनि बाँधेर पाइन्ट लगाउने गरेका छन् । यसैगरी छात्राहरुले टिमिक्कै पर्ने गरी सर्ट लगाउँछन् भने स्कर्ट लगाउनेहरु सकेसम्म छोटो स्कर्ट लगाउन थालेका छन् ।
निजी विद्यालयले प्रयोग गर्ने पोशाक भड्किलो भएको भन्दै आलोचना भएपछि देशका विभिन्न ठाउँमा दुई वर्षयता स्थानीय क्याम्पसहरुले छोटा स्कर्टमा प्रतिबन्ध लगाउने निर्णय समेत गरेका छन् । तर व्यवसायीकरण प्रतिस्पर्धात्मक रहेको शिक्षाक्षेत्रमा सँगैको विद्यालयले प्रतिबन्ध लगाएमा नजिकै रहेको अर्को विद्यालयले खुकुलो बनाएको समेत पाइएको छ । छोटो स्कर्ट लगाउन पाइने विद्यालयतर्फ विद्यार्थी आकर्षित हुँदा अनुशासन कार्यान्वयन गर्ने विद्यालय समस्यामा पर्दै आएका छन् ।
सबै विद्यालयले मान्ने गरी साझा नीतिको आवश्यकता महसुस गरिएको समयमा सरकारले त्यसको नियमन थालेको छ । त्यसका लागि निजी विद्यालयका छात्र र छात्राहरुले कस्तो पोशाक लगाउने भनेर निर्देशिका नै तयार पार्न लागिएको छ । जसमा सर्ट, पाइन्ट, स्कर्ट, जुत्ता, टाईको नापसहितको मापदण्ड उल्लेख छ । विभागले कार्यान्वयनका लागि तयारी गरिरहेको निर्देशिका पारित भएमा आउँदो शैक्षिक सत्रदेखि लागू हुनेछ ।
विशेषगरी सहरीक्षेत्रका निजी विद्यालयका छात्राले लगाउने स्र्कटको तल्लो भाग घुँडाभन्दा केही इन्च माथिसम्म र छात्रले हिपहप शैलीका पाइन्ट प्रयोगमा ल्याउन थालेपछि पोशाक नियमन गर्नुपर्ने आवाज उठेको थियो ।
सरकारको प्रस्तावित निर्देशिकामा रहेको नियम :

  • पाइन्टको मोता आधारभूत तहका लागि १२–१४ र माध्यमिक  तहका लागि १६ इन्चभन्दा कम हुन नहुने ।
  • कम्मरभन्दा कम्तीमा एक इन्चमाथिसम्म पाइन्ट र स्कर्ट हुनुपर्ने । स्कर्टको तल्लो भाग घुँडाभन्दा कम्तीमा दुई इन्च तलसम्म हुनुपर्ने । 
  • नेकभन्दा तीन इन्च तलसम्म मात्र सर्टको बटन खोल्न मिल्ने । कुर्ता सुरुवाल प्रयोग गर्ने भए नेकभन्दा १ इन्च तलसम्म खुला भएको पोशाक प्रयोग गर्ने ।
  • कम्मर पेटीको हकमा १.५ इन्चभन्दा कम चौडाइ भएको कम्मर पेटी प्रयोग गर्ने । फेसनेवल पेटीको प्रयोग गर्न नपाइने ।
  • पोशाकसँग मिल्ने कोट, स्वीटर, ज्याकेट, मफलर तथा जुत्ता मोजा विद्यालयले तोकेबमोजिमको रङ र डिजाइनको प्रयोग गर्नुपर्ने ।
  • पोशाकमा टाई लगाउने व्यवस्था भए टाईको गाँठो नेकसम्म हुनुपर्ने । 
  • निजी विद्यालयले हप्तामा दुई किसिमको ड्रेस मात्र प्रयोग गर्न पाउने । सकेसम्म नेपाली संस्कृति तथा 
  • परम्परा सुहाउने खालको ड्रेस हुनुपर्ने र नेपाली उत्पादनका कपडाहरुलाई प्राथमिकता दिनुपर्ने । 
  • जाडो र गर्मीका पोशाक छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने ।
  • निजी विद्यालयले बर्र्सेनि पोशाक बदल्न नपाउने । ड्रेस कोड कम्तीमा तीन वर्षभन्दा बढी अवधिका लागि लागू गर्नुपर्ने ।
  • तोकेको स्थानमा ड्रेस खरिद गर्न बाध्य गर्न नपाइने ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved